अर्थ

लगानी मैत्री वातावरण बनाउन प्रदेश सरकार प्रतिबद्ध छ : मन्त्री थापा

पोखरा ।गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले प्रदेशमा लगानी मैत्री वातावरण बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । आरकेडी होल्डीङ्ग कम्पनीको ५ औं साधारण सभा तथा दोस्रो अधिवेशन कार्यक्रममा बोल्दै उनले व्यवसायीको लगानीलाई सुरक्षा गर्ने जिम्मेबारी सरकारको समेत रहेको उल्लेख गरे । ‘प्रदेशमा व्यवसायीलाई लगानीमैत्री वातावरण बनाउन हामी प्रतिबद्ध छौं’, उनले भने, ‘व्यवसायी र लगानीकर्ताहरुको हित विपरितको ऐनहरुलाई परिमार्जित गर्दै नियमानुसार सहज र सरल बनाउने छौं ।’ मन्त्री थापाले आरकेडी होल्डीङग कम्पनीले… पुरा पढौ

संघ सरकारको अनुदानले मात्र सरकार चलाउनुले प्रदेशको औचित्य रहँदैनः मन्त्री बराल

लेखनाथ गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले संघिय सरकारको अनुदानले मात्र सरकार चलाउनुले प्रदेशको कुनै अर्थ र औचित्य नहुने बताएका छन् । गण्डकी प्रदेश मालपोत कार्यालयहरुसंग राजश्व संकलन र परिचालन सम्बन्धमा आइतबार लेखनाथमा आयोजित अन्तरक्र्रिया कार्यक्रममा वोल्दै मन्त्री बरालले प्रदेशलाई आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिदै संघिय सरकारको अनुदानले मात्र प्रदेश सरकार चलाउनु कुनै अर्थ र औचित्य नहुने बताएका हुन् । गण्डकी प्रदेशको आन्तरिक श्रोत बृद्धि गर्न आवश्यक भएको उल्लेख गर्दै मन्त्री बरालले प्रदेशलाई आत्मनिर्भर र सक्षम बनाउने… पुरा पढौ

हिमपातले सडक अवरुद्ध हुदा रित्तिए हुम्लाका खाद्य डिपो

हुम्ला । खाद्यान्न आपूर्तिमा ढिलाइ हुँदा हुम्लाका खाद्य डिपोहरू रित्तिएका छन् । हुम्लाको सर्केगार्ड, श्रीनगर, ताजाकोट चङ्खेली, याङचु र याल्वाङमा पनि चामल छैन । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्थापना गरेका ग्रामीण क्षेत्रका खाद्य डिपोहरूमा चामल नहुँदा स्थानीयवासीलाई महँगोमा चामल किन्नुपर्ने बाध्यता भएको छ । गाउँका खाद्य डिपो खाली भएपछि बजारको महँगो चामल खरिद गरी उपभोग गर्नुपरेको स्थानीयवासीको भनाइ छ । लिमिटेड शाखा कार्यालय हुम्लाले हिन्दूहरुको महान पर्व दसँै तिहारको अवसरमा खाद्यान्न बिक्री वितरण गरेपछि ती खाद्य डिपोहरू रित्तिएका हुन् । चालु आर्थिक… पुरा पढौ

भोजनका लागि भजन सन्ध्याबाट रकम सङ्कलन

गण्डकी । पोखराको छोरेपाटनस्थित मानवसेवा आश्रमका लागि रु पाँच लाख ५० हजार सहयोग प्राप्त भएको छ । आकाशलाई छानो र धर्तीलाई विछ्याउना बनाउन बाध्य सडक मानवलाई उद्धार गर्ने लक्ष्यका साथ आश्रम निर्माण गरिएको थियो । आश्रममा आश्रितको भोजनका लागि भजन सन्ध्या कार्यक्रमबाट रु पाँच लाख ५० हजार सङ्कलन गरिएकोे हो । कार्यक्रममा उपस्थित विभिन्न क्षेत्रमा आवद्ध ३० जनाले खानाका लागि उक्त रकम दिएका थिए । तीमध्ये पूर्वमन्त्री हरि पाण्डेलले रु एक लाख ४२ हजार, सिका शेरचन र विष्णु गुरुङले जनही… पुरा पढौ

रुकुमवासी राडीपाखी कारोबार गर्न रिडी झर्न सुरु

रुकुुुुम । रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाका नागरिक मेला मान्न हिँडेका छन् । उनीहरु पाल्पा, अर्घाखाँची र गुल्मीको सिमानामा लाग्ने रिडी गण्डकी मेलाको लागि प्रस्थान गरेका छन् । यहाँबाट मेला भनेर हिँडे पनि उनीहरुको मुख्य उद्देश्य भनेको राडीपाखी कारोबार गर्नु हो । जिल्लाको पुथाउत्तरगङ्गा र भूमे गाउँपालिकाको विभिन्न क्षेत्रबाट आठ–दश जनाको समूह बनाइ मेलामा राडीपाखी कारोबारका लागि हिँडिसकेको छ । अहिले पुथाउत्तरगङ्गाको घुम्लिबाङ, तुपा, दमचन, तकसेरा, कोल, गर्खानी, हुकाम र भूमेको लुकुमलगायतका ठाउँबाट रिरी गण्डकीको लागि समूह बनाएर मानिस हिँडिसकेको घुम्लिबाङका विकास… पुरा पढौ

भोजनका लागि भजन सन्ध्याबाट रकम सङ्कलन

गण्डकी। पोखराको छोरेपाटनस्थित मानवसेवा आश्रमका लागि रु. पाँच लाख ५० हजार सहयोग प्राप्त भएको छ । आकाशलाई छानो र धर्तीलाई विछ्याउना बनाउन बाध्य सडक मानवलाई उद्धार गर्ने लक्ष्यका साथ आश्रम निर्माण गरिएको थियो । आश्रममा आश्रितको भोजनका लागि भजन सन्ध्या कार्यक्रमबाट रु. पाँच लाख ५० हजार सङ्कलन गरिएकोे हो । कार्यक्रममा उपस्थित विभिन्न क्षेत्रमा आवद्ध ३० जनाले खानाका लागि उक्त रकम दिएका थिए । तीमध्ये पूर्वमन्त्री हरि पाण्डेलले रु. एक लाख ४२ हजार, सिका शेरचन र विष्णु गुरुङले जनही रु.… पुरा पढौ

धौलागिरी सहकारीको अध्यक्षमा देवीजंग

धौलागिरी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा देवीजंग गुरुङ चयन भएका छन्। \संस्थाको २१ औ साधारणसभा एंव छैटौ अधिवेशनले गुरुङलाई अध्यक्षमा निर्वाचित गरेको हो। समितिको उपाध्यक्षमा खड्कबहादुर थापा, सचिवमा खुसीमान गुरुङ, कोषाध्यक्षमा डम्वरजंग गुरुङ छन्। समितिको सदस्यहरुमा कल्पना थापा क्षत्री, पदममाया गुरुङ, पुजन राजभण्डारी शाक्य, खुसीमाया गुरुङ, नरबहादुर गुरुङ, लेखा संयोजकमा सनकमान सिके सर्वसम्मत चयन भएका छन्। कार्यक्रममा उत्कृष्ठ ब्यवस्थापनतर्फ कुशल कार्की र रुपा गुरुङ, जेष्ठ सदस्यहरु थमनसिङ गुरुङ, गमवहादुर गुरुङ, गणेश गुरुङ, उत्कृठ बचत कारोवारीमध्ये शेयर सदस्य तथा एसई… पुरा पढौ

राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सवमा आयोजित मैत्रीपूर्ण फुटसलमा पन्तको टोली प्रथम

पोखरा ।राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५७ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित मैत्रीपूर्ण फुटसलको उपाधी दयाराम पन्तको टोलीले हात पारेको छ । पोखराको अमरसिंह फुटसलमा आयोजित उक्त प्रतियोगितामा निर्धारित समयमा हितकाजी गुरुङको टीम संग दयाराम पन्तको टीम ४÷४ गोलको बरावरीमा सकिएपछि पेनाल्टीमा दयाराम पन्तको टोलीले हितकाजी गुरुङको टीमले २÷१ गोल अन्तरले पराजित गरेको राष्ट्रिय वाणिज्य बैक प्रादेशिक कार्यालय पोखराका प्रादेशिक प्रवन्धक प्रमोद अधिकारीले जानकारी दिए ।लीक सिस्टममा खेलाइएको उक्त प्रतियोगितामा पोखरा उपत्यका भित्रका ६ वटा शाखा र प्रादेशिक कार्यालय गरी ७ वटा… पुरा पढौ

पोखरामा भजन महोत्सव तथा महायज्ञ हुने

पोखरा २४ ।राष्ट्रिय भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा भागवत महायज्ञ तथा भजन महोत्सव पोखरामा हुने भएको छ ।लोक संगितलाई बचाउँ लोक भजन चुड्कामा भक्तजनलाई नचाउँ भन्ने मूल नारासहित प्रष्ठिानको भवन निर्माण सहयोगका लागि कार्यक्रम आयोजना गर्न लागिएको प्रतिष्ठानका केन्द्रिय अध्यक्ष प्रजापती पराजुलीले जानकारी दिए ।महोत्सवबारे छलफलका लागि शनिबार पोखरामा आयोजित अन्र्तक्रियाका क्रममा बोल्दै पराजुलीले विगतमा आफ्नो नेतृत्वमा दोहोरी प्रतियोगिता, दोहोरी साँझको सुरुवात, तिजगीत प्रतियोगिताको सुरुवात गराएको दावी गर्दै भजनको विकास र विस्तार एवं लोक संस्कृतिको जगेर्नाका लागि प्रतियोगिता आयोजना… पुरा पढौ

मिर्गौला पीडित रानालाई सहयोग हस्तान्तरण

पोखरा २४ पुस मिर्गौला पीडित पोखरा १६ का हेम व.रानालाई उपचारका लागी आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । सामाजिक अभियन्ता शिवराज देवकोटाको पहलमा संकलित १ लाख ७ हजार ३ सय ७२ रुपैया एक कार्यक्रमका विच पिडित रानालाई हस्तान्तरण गरिएको हो । विगत ३२ वर्षदेखि पोखरा वस्दै आएको रानाको परिवार ज्याला मजदुरी गरेर दैनिक गुजारा चलाउदै आएको छ । आर्थिक अभावका कारण उपचारमा समस्या परेपछि अभियन्ता देवकोटा सहित अमरदिपका नारायण थापा, धर्मराज थापाले सामाजिक संजाल मार्फत सहयोगको आव्हान गरेका थिए ।… पुरा पढौ