हाम्रो सहकारी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा शुक्रराज कंडेल निर्वाचित भएका छन्। संस्थाको पाँचौं अधिवेशन तथा १२ औं साधारणसभाले कंडेललाई पुनः संस्थाको अध्यक्षमा निर्वाचित गरेको हो। संस्थाको उपाध्यक्षमा रुद्रबहादुर बि.क., सचिवमा कृष्ण तिमिल्सिना, कोषाध्यक्षमा सृजन श्रेष्ठ छन्। त्यस्तै, सदस्यहरुमा मनोज रसाइली, गोपाल भुषाल, कृष्णबहादुर लम्साल, शिवशंकर श्रेष्ठ, रवी बि.क., डिल्लीराज पाण्डे, सावित्री क्षत्री, सुमन पहारी र सकुन्तला श्रेष्ठ छन्। रामचन्द्र पौडेलको संयोजकत्वमा लक्ष्मीप्रसाद शर्मा र डिलप्रसाद पोखरेल सदस्य रहेको संस्थाको लेखा सुपरीवेक्षण समिति गठन भएको छ।
पुरा पढौ