अर्थ

लायन्स क्लब कालिकाद्वारा न्यानो कपडासहित खाद्यान्न वितरण

पोखरा, १० पुस लायन्स क्लब अफ पोखरा कालिका भ्यु टाउनले पोखरा ३२ राधाकृष्ण विद्याश्रम र त्यहाँ रहेको गुरुकुल संस्कृत विद्यालयलाई खाद्यान्न, स्टेसनरी र न्यायो कपडा वितरण गरेको छ । क्लबले विद्याश्रम रहेका वृद्धवृद्धाहरुको लागि खाद्यान्न र राधाकृष्ण विद्याश्रम गुरुकुल संस्कृत विद्यालयका विद्यार्थीका लागि स्टेसनरी सामान र न्यायो कपडा शनिबार वितरण गरेको हो । लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ बि वानका डिपार्टमेन्ट को चिफ सुदीपराज ढुंगाना, कालिका भ्यु टाउनका संस्थापक अध्यक्ष नारायणप्रसाद अधिकारी, क्लबका अध्यक्ष शुक्रराज अधिकारी, लायन्स क्लबका रिजन… पुरा पढौ

नागरिक उड्डयनमन्त्री आलेद्वारा विमानस्थालको सुरक्षा र सरसफाइमा ध्यान दिन निर्देशन

काठमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अनुगमन तथा निरीक्षण गरेका छन् । अनुगमनका क्रममा मन्त्री आलेले विमानस्थलमा सुरक्षा र सरसफाइमा विषेश ध्यान दिन कर्मचारीलाई निर्देशन दिए। विमानस्थलमा यात्रुको चाप बढी हुने भएकाले सौचालयदेखि अन्य क्षेत्र सफा र चिटिक्क हुनुपर्ने मन्त्री आलेको निर्देशन थियो । उनले भने“विमानस्थलमा यात्रुको चाप बढी हुन्छ, यहाँ आन्तरिक तथा विदेशी पर्यटकसमेत आगमन गर्ने हुँदा सौचालयदेखि पसल सफा राख्नुस्, खानेकुरा पनि ताजा होस् ।” भारत भ्रमणबाट आजै स्वदेश फर्किनु भएका मन्त्री… पुरा पढौ

पोखराको मालोपाटनमा खुल्यो स्माइल मार्ट , शनिबारदेखि सञ्चालनमा आउँदै

पोखरा । पोखरा–५ मालोपाटन गणतन्त्र चोकमा खुल्यो स्माइल मार्ट पोखरा–५ मालेपाटन गणतन्त्र चोकमा स्माइल मार्ट सञ्चालनमा आउने भएको छ । मार्टको पुष १० गते शनिबार औपाचारीक उद्याटन हुने संचालक कृष्ण प्रासाद भट्टराईले जानकारी दिए । सो मार्टमा दैनिक उपभोग्य सामान सुपथ मुल्यमा उपलब्ध हुनेछन् । कस्मेटीक, पेयपदार्थ, किचनवेयर लगायत इलेक्ट्रोनिक्स सामान उपलब्ध हुने सञ्चालक भट्टराइले बताए । उद्याटन देखी पौष १७ गतेसम्म हरेक सामान खरिद गर्दा ५ देखी २५ प्रतिशतसम्म छुट रहेको भट्टराइले जानकारी दिए । तीन हजार भन्दा माथिको… पुरा पढौ

रु. २०० ले घट्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. २०० ले घटेर रु. ९३ हजार १०० मा आएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु. ९३ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु. ९२ हजार ६०० कायम भएको छ जसको मूल्य बिहीबार प्रतितोला रु. ९२ हजार ८०० तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको महासङ्घले जनाएको छ । चाँदी… पुरा पढौ

सहकारीले बजार नियन्त्रण गर्न सक्नुपर्छः मन्त्री बराल

पोखरा ८, पुष गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजीप्रसाद बराल जीवनले सहकारीले बजार नियन्त्रण गर्न सक्नुपर्ने बताएका छन् । पोखरा २३ स्थित औसेलुचौरमा रहेको पञ्चकोषी कृषि सहकारी संस्थाको विहिबार सम्पन्न भएको आठौं बार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री बरालले सहकारीले बजारलाई सन्तुलन कायम गर्दै नियन्त्रण गर्न सक्नुपर्ने बताएका हुन् । मन मिल्नेहरुको सहकार्य गर्ने उद्धेश्यले स्थापन भएका सहकारीहरुले जनताको आवश्यकता हुने बस्तु तथा सेवा उत्पादन गर्न सके बजारमा हुने मुल्यश्रृखलालाई सहकारीले नियन्त्रण गर्न सक्ने मन्त्री बरालको भनाई थियो । स्थानियको… पुरा पढौ

नाडामा बन्यो ३१ सदस्यीय पदाधिकारीको कार्यसमिति

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको पदाधिकारी निर्वाचित गरिएको छ। पुस ७ गते बसेको नवनिर्वाचित २९ सदस्यीय केन्द्रीय कार्य समितिको बुधबार बसेको बैठकले नाडाको संशोधित विधान २०.७ बमोजिम पदाधिकारीसहित २९ जनाको केन्द्रीय कार्य समिति तथा २ जना आमन्त्रित सहित ३१ सदस्सीय केन्द्रीय कार्य समितिको निर्वाचन गरेको हो। जसअनुसार अध्यक्षमा ध्रुवबहादुर थापा, निवर्तमान अध्यक्ष कृष्णप्रसाद दुलाल, संस्थागत उपाध्यक्षमा सुभाष आचार्य र मोहनबाबु खड्का, उपाध्यक्षमा राजनबाबु सुनिल रिजाल, निराकार श्रेष्ठ छन्। महासचिवमा सुरेन्द्रकुमार उप्रेती, सचिवमा विक्रम सिंघानिया, कोषाध्यक्षमा मिलनबाबु मल्ल, सह–कोषाध्यक्षमा पंकज अग्रवाल… पुरा पढौ

नेप्सेमा हरियाली फर्किदा चार कम्पनीको शेयरमा सर्किट

काठमाण्डौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । लगातार ओरालो लागेको नेप्सेमा मङ्गलबार र बुधबार भने सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले केही वस्तुको आयातमा सीमा निर्धारण गरेपछि त्यसको प्रभाव बजारमा परेकाले शेयर मूल्यमा सुधार देखिएको बताइन्छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९२.७० अङ्कले बढेर दुई हजार ५०७.७० मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १४.७४ अङ्कले बढेर ४७७.२६ मा पुगेको छ ।… पुरा पढौ

छोरीको सम्झनामा बुबा आमाद्वारा अक्षयकोष स्थापना

पोखरा, ७ पुस गत वर्ष करेन्ट लागेर मृत्यु भएकी माछापुच्छ्रे ३ धितालकी अविश्री पौडेलको सम्झनामा अक्षय कोष स्थापना भएको छ । स्वर्गीय अविश्रीको नाममा उनका बुबा त्रिविक्रम पौडेल र आमा शिवकुमारी अधिकारीले सोमबार ५१ हजार रुपैयाँको अविश्री अक्षयकोष स्थापना गरेका हुन् । पोखरा ३१ बेगनासमा रहेको श्री आनन्द ज्योति माध्यमिक विद्यालयले संचालन गर्नेगरि उक्त अक्षयकोष स्थापना भएको विद्यालयका प्रधानाध्यापक शिवराज अधिकारीले जानकारी दिए । कोषको ब्याजबाट आउने रकम आनन्द ज्योति माध्यमिक विद्यालयमा अध्ययनरत २ जना विद्यार्थीलाई प्रदान गरिने गरेर अक्षय… पुरा पढौ

घट्यो सुनको मूल्य : बढ्यो चाँदी

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ४०० ले घटेर रु. ९२ हजार ६०० तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु. ९३ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु. ९२ हजार १०० तोकिएकोे छ यसको मूल्य मङ्गलबार प्रतितोला रु. ९२ हजार ५०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु.१०ले बढेर रु. एक हजार २४५ पुगेको महासङ्घले जनाएको छ ।… पुरा पढौ

नाडाको पहिलो बैठक आज, पदाधिकारीसहित सदस्यहरू मनोनीत हुँदै

नव निर्वाचित नेशनल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) को पहिलो बैठ आज (बुधबार) बस्दैछ। बैठकले नव निर्वाचित नाडाका लागि पदाधिकारी चयन गर्नेछ। केन्द्रीय कार्यसमितिमा ३ जना सदस्य मनोनित हुनेछन् भने ७ वटा प्रदेशका लागि ७ जना सदस्य पनि मनोनीत हुनेछन्। १७ जना निर्वाचित र अन्य मनोनीत गरी २९ जनाको कार्यसमिति बन्ने र उनीहरूमध्येबाटै पदाधिकारी चयन हुनेछ। निवर्तमान अध्यक्ष पनि कार्यसमितिमा रहनेछन्। हालै सम्पन्न नाडाको अधिवेशनबाट अध्यक्ष र १७ जना सदस्य निर्वाचित भएका छन्। निर्वाचित सदस्यहरूबाटै पदाधिकारी चयन हुने भएकाले सोही बैठकबाट… पुरा पढौ