अर्थ

टानको समन्वयमा अल्पकालीन रोजगारका लागि जनशक्ति परिचालन

ट्रेकिङ्ग एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराको समन्वय, नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्यमा अल्पकालीन रोजगारका लागि जनशक्ति परिचालन भएको छ । पर्यटन क्षेत्रमा संलग्न जनशक्तिलाई अल्पकालिन रोजगार कार्यक्रम अन्तर्गत ३० जनालाई पहिलो चरणमा रोजगारी प्रदान गरिएको जनाइएको छ । दुई सय जना पदयात्रा मजदुरहरुलाई १० दिनको लागि परिचालन गर्ने योजना अनुरुप पहिलो चरणमा आज ३० जना खटाइएको टान पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले जनाएको छ । शुक्रबार खटाइएको ३० जनाको जनशक्तिले नौडाँडादेखि कास्कीकोट, सराङकोट,… पुरा पढौ

राष्ट्रपति भण्डारीद्वारा ‘विनियोजन विधेयक, २०७८’ प्रमाणीकरण

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘विनियोजन विधेयक, २०७८’ प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति कार्यालयका अनुसार सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको उक्त विधेयक प्रमाणीकरण भएको हो । नेपालको संविधानको धारा, ११३ को उपधारा २ बमोजिम राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण गरेकी हुन् । सभामुख अग्निप्रसाद सापकोटाले आजै सो विधेयक प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाउनुभएको थियो । विनियोजन विधेयक पारित नहुँदा मुलुक ‘बजेट होलिडे’मा परेको थियो । प्रतिनिधिसभाले यही असोज ४ गते विनियोजन विधेयक पारित… पुरा पढौ

पोखराको नागढुंगास्थित तिवारी फोम हाउसमा आगलागि हुँदा ६५ लाखको क्षेति

पोखराको नागढुंगास्थित तिवारी फोम हाउसमा आगलागि भएको छ । मंगलबार राती करिब ९ बजेको समयमा आगलागि भएको पसलका सञ्चालक थानेश्वर तिवारीले जानकारी दिए । पसलमा आगलागि हुँदा फोम, म्याट्रेस, कुशन कार्पेट लगायतका वस्तुहरु जलेर नष्ट भएको तिवारीले बताए । ध्रुव राजभण्डारीको घर भाडामा लिएर तिवारीले पसल सञ्चालन गर्दै आएका थिए । पसलमा भएको आगलागिबाट करिब ६५ लाख बराबरको क्षति भएको उनले बताए । पोखरा महानगरको बारुणयन्त्र, स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिईएको र मानवीय क्षति भने नभएको बताईएको छ… पुरा पढौ

पबित्र सहकारीको स्थापना दिवसमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

पोखरा । रानाभाट भाट समाजद्वारा संचालित पोखरामल पृथ्वीचोकमा रहेको पबित्र बचत तथा ऋण सहकारी संस्थाको ११ औं स्थापना दिवसको अबसरमा लामेआहाल स्थित वृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेको छ । सहकारीले पोखरा महानगरपालिका वडा नं. ३२ लामेआहालमा रहेको राधाकृष्ण वृद्धाश्रमलाई चामल, दाल, तेल, चना, बिस्कुट, नुन, चिनी, चिया लगाएत खाद्यान्न सहयोग गरेको हो । सहकारीका अध्यक्ष शिबबहादुर रानाभाटले सहकारीको सामाजिक उत्तर दायित्व अन्तर्गत आश्रमलाई सहयोग गरिएको बताए । सो अबसरमा संस्थाका सल्लाहकार चन्द्रबहादुर रानाभाटले आश्रमको सुरुवाती अवस्थादेखि हालसम्मको प्रगति सबैको सामु देखिएको… पुरा पढौ

गण्डकी प्रदेशका प्रदेश प्रमुख गुरुङद्वारा गुफा अवलोकन

गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङद्घारा विन्ध्यवासिनी मा.विको व्यवस्थापन तथा संरक्षकत्वमा संचालित पर्यटकीय क्षेत्र महेन्द्र गुफाको अवलोकन गर्नुभएको छ । पारिवारीक भ्रमणको सिलशिलामा महेन्द्र गुफा पुग्नु भएका गुरुङलाई महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिका संयोजक गुरुदत्त भट्राई र समितिका सदस्य–सचिव शिशिर पौडेलले वुके र खादा लगाएर सम्मान सहित स्वागत गर्नुभयो । पोखराकै प्राकृतिक गुफाको रुपमा परिचीत विन्ध्यवासिनी मा.विको व्यवस्थापन तथा संरक्षकत्वमा संचालित महेन्द्र गुफाको अवलोकन पछि प्रदेश प्रमुख गुरुङले लामो समयको अन्तराल पछि गुफा अवलोकन गर्न पाएकोमा खुशी व्यक्त… पुरा पढौ

साहस ऊर्जाको आइपिओ बुधबारदेखि

काठमाडौँ । साहस ऊर्जा लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु. १०० अङ्कित मूल्यमा रु. ७० करोड बराबरको ७० लाख कित्ता प्राथमिक शेयर निष्काशन गर्न लागेको हो । निष्काशन गरिने प्रारम्भिक शेयरमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको र तीन प्रतिशत अर्थात् दुई लाख १० हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ । बाँकी रहने ६४ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणले यही असोज ६ गतेदेखि… पुरा पढौ

आजदेखि नयाँ नोट साट्न पाइने

नेपालीको महान चाड दशैँलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले आज (सोमबार)देखि नयाँ नोट उपलब्ध गराउने भएको छ। यसअघि, असोज ४ गते आज (सोमबार)देखि इजाजतप्राप्त वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयमार्फत नयाँ नोट सटहीको सुविधा प्रदान गरिने जनाइएको थियो। नेपाल राष्ट्र बैंकले दशैंमा नयाँ नोट वितरणको व्यवस्था मिलाएकोे जनाएको छ। केन्द्रीय बैंकको नोट व्यवस्थापन विभागका अनुसार काठमाडौँ उपत्यकाभित्र र उपत्यका बाहिर राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको आफू नजिकको शाखा कार्यालयमा गई नोट सटहीको सुविधा लिन सकिने सूचनामा उल्लेख… पुरा पढौ

प्रदेशलाई आत्मनिर्भर बनाउन उत्पादनमा ध्यान केन्द्रित गर्न मन्त्री बरालको आग्रह

पोखरा । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले प्रदेशलाई आत्मनिर्भर बनाउन उत्पादनमा आधारित उद्योग धन्दा स्थापना गर्नुपर्ने बताए । पोखरा चेम्बर अफ कमर्स कास्कीको शनिबार सम्पन्न भएको तेश्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनको उद्घाटन गर्दै मन्त्री बरालले प्रदेशलाई आत्मनिर्भर बनाउनको लागि उत्पादनमा आधारित उद्योग धन्दा खोल्नुपर्ने बताएका हुन्। कच्चा पदार्थको उपलब्धताको आधारमा सानो देखि मझौला हुदै ठुला उत्पादनमा आधारित उद्योग स्थापना गर्नुपर्ने मन्त्री बरालको भनाई थियो । निजी क्षेत्रको पुंजिलाई कसरी सदुपयोग गर्न सकिन्छ त्यसमा प्रदेश सरकार… पुरा पढौ

सयपत्री बचत तथा ऋण सहकारीको १२ औं साधारण सभा सम्पन्न

पोखरा । सयपत्री बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारण सभा शनिबार सम्पन्न भएको छ । भदौ २४ गतेदेखि २७ गतेसम्म भच्र्युल माध्यमबाट भएको छलफल शनिबार सभा गर्दै समापन भएको सहकारीले जनाएको छ । पोखरा ११ रानीपौवास्थित सहकारीको भवनमा भएको समापन सभामा सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशका रजिष्ट्रार उदयबहादुर पराजुलीले सयपत्री सहकारीले आर्थिक कारोबारसँगै समाजिक उत्तरदायित्वमा फड्को मारेको बताए । उनले उत्कृष्ठ सहकारीमा नाम लेखाउन सफल सयपत्री सहकारीले नियमनकारी निकायको ऐन, मुल्य मान्यतालाई ध्यानसमेत दिएको बताए । सहकारीका अध्यक्ष… पुरा पढौ

खत्री बने बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनको पुन: अध्यक्ष

बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनको अध्यक्षमा केशवबहादुर खत्री दोहोरिएका छन् । एशोसियसन बाह्रौं अधिवेशनले खत्रीलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा ईन्द्रराज अर्याल, महासचिवमा बुद्दी कुवँर, सचिवमा राजु केसी, कोषाध्यक्षमा थमनसिंह गुरुङ चयन भएका छन् ।एशोसियसनको सदस्यहरुमा लक्ष्मण आचार्य, प्रविण महाजन, ज्ञानेन्द्रमा श्रेष्ठ, ईन्द्रमाया गुरुङ, शान्ति श्रेष्ठ जोशी, पार्वती ढकाल बस्ताकोटी, गणेश पौडेल मनोहरि पौडेल, गोविन्दप्रसाद दाहाल र सुशिल श्रेष्ठ चयन भएको एशोसियसनका अध्यक्ष केशवबहादुर खत्रीले जानकारी दिए । यसअघि साधारणसभा तथा अधिवेशनको पोखरा उद्योग वाणिज्य संघका… पुरा पढौ