अर्थ

थप २,४७६ जनामा कोरोना पुष्टि

काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार ४७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १४ हजार ३५१ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार नौ हजार ५८६ जनाको पिसिआर परीक्षण गर्दा एक हजार ७२१ र चार हजार ७६५ जनाको एन्टिजेन परीक्षण गर्दा ७५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा देशभर २७ जना सङ्क्रमितको मृत्यु भएको… पुरा पढौ

जीवन विकास लघुवित्त वित्तीय संस्थाको आइपिओ खुल्याे, कहिलेसम्म दिने आवेदन ?

काठमाडाैं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) आजदेखि बिक्री खुला भएको छ । आजदेखि बिक्री खुला भएको आइपिओ यही असार १५ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ । सो अवधिसम्म माग अनुसारको आवेदन नपरेमा यही असार २५ गतेसम्म शेयर बिक्री खुला गरिने संस्थाले जानकारी गराएको छ । रु. १९ करोड ७७ लाख ३० हजार बराबरको आइपिओ निष्कासन तथा बिक्री खुला गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सञ्जयकुमार मण्डलले जानकारी दिए । उनका अनुसार प्रतिकित्ता रु. एक… पुरा पढौ

माछापुच्छ्र्रे गाउँपालिकाको ५६ करोड ५८ लाख बढीको बजेट सार्वजनिक

पोखरा ।कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि रु ५६ करोड ५८ लाख ९८ हजार ४७१ को बजेट गाउँसभामा प्रस्तुत गरी पारित गरेको छ । गाउँपालिका उपाध्यक्ष एवं बजेट नीति तथा कार्यक्रम समितिका संयोजक कृष्णकुमारी दवाडीले आज सभामा प्रस्तुत गर्नुभएको बजेट कार्यक्रममा ‘पर्यटन, कृषि, उर्जा र पूर्वाधार ः समृद्ध माछापुच्छ्रे ’को मूल आधारको नारालाई साकार पार्दै मानव जीवन रक्षालाई प्राथमिकतामा राखिएको छ ।बजेटमा चालू खर्चतर्फ रु ३५ करोड तीन लाख ५० हजार विनियोजन गरिएको छ । यसैगरी पूँजीगततर्फ… पुरा पढौ

स्याङ्जाको फेदीखोला गाउँपालिकाद्वारा ३६ करोड बढीको बजेट सार्वजनिक

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकाले आर्थिक बर्ष २०७८÷७९ का लागि ३६ करोड ८९ लाखको बजेट ल्याएको छ । जसमा चालुतर्फ २४ करोड २४ लाख ८८ हजार र पुँजीगततर्फ १२ करोड ६४ लाख ६० हजार बजेट विनियोजन गरिएको छ । सुरुवाती आर्थिक बर्षबाट शिक्षा क्षेत्रलाई प्राथमिकता दिँदै आएको पालिकाले शिक्षा क्षेत्रमा मात्र १२ करोड बढि बजेट विनियोजन गरेको छ । गाउँपालिका उपाध्यक्ष देवी थापाले प्रस्तुत गरेको बजेट अनुसार सामाजिक विकासमा १५ करोड ९८ लाख, पुर्वाधार विकासमा १२ करोड ५६ लाख, आर्थिक… पुरा पढौ

फेवाताल वरीपरी पदमार्ग निर्माण गर्न डेढ करोड विनियोजन

पोखरा महानगरपालिकाले पोखराको प्रमुख पर्यटकीय क्षेत्र फेवातालको वरिपरी पदमार्ग निर्माण गर्ने भएको छ । महानगरपालिकाको नवौं नगरसभामा प्रस्तुत गरिएको बजेटमा फेवाताल वरिपरी पदमार्ग निर्माण गर्ने भन्दै त्यसका लागि १ करोड ५० लाख विनियोजन गरेको हो । महानगरले पोखराको ‘पर्यटन गुरुयोजना’ तर्जुमा गर्ने भन्दै त्यसका लागि आवश्यक पर्ने बजेट विनियोजन गरेको बताएको छ । त्यस्तै, पोखराको पर्यटनमा कोशेढुंगा सावित हुने विश्वास लिइएको पोखरा क्षेत्रका सात ताल जोड्ने गरी खाका तयार भएको साइकल रुटको प्रवद्र्धन तथा विकासको लागि ५० लाख बजेट विनियोजन… पुरा पढौ

थन्किएको जलकुम्भी झार हटाउने मेसिन मर्मत सम्भार गर्न बजेट छुट्टियो

पोखरा महानगरपालिकाले जलकुम्भी झार हटाउन खरिद गरिएको साधनको मर्मत गर्ने भएको छ । महानगरको नवौं साधारण सभाको दोश्रो दिन बजेट प्रस्तुत गर्दै महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले फेवाताल, बेगनास ताल, रुपाताललगायत पोखरा आसपासका तालहरुमा रहेको जलकुम्भी झार हटाउन खरिद गरिएको साधनको आवधिक मर्मत सम्भार गर्नका लागि बजेट विनियोजन गरेको हो । पर्यटकीय तालहरुमा जलकुम्भी झार आएर कुरुप बनाएपछि त्यहाँ रहेको जलकुम्भी झार हटाउन जलकुम्भी झार हटाउने साधन खरिद गरिएको थियो । जलकुम्भी झार हटाउन प्रभावकारी मानिने सो साधन ल्याएको केहि समयमै… पुरा पढौ

पोखराको सडक पखाल्न र सफा गर्न महानगरले गाडी र ब्रुमर किन्ने

पोखरा महानगरपालिकाले सडक पखाल्न र सफा गर्नका लागि ब्रुमर खरिद गर्ने भएको छ । महानगरपालिकाले अस्फाल्ट प्रविधिबाट गरिएको पिच सडक पखाल्न मिल्ने कष्टमाइज गरिएको एक थान सवारी साधन र सोही सडक सफा गर्न १ थान ब्रुमर खरिद गर्ने जनाएको हो । महानगरको नवौं साधारण सभाको दोश्रो दिन बजेट प्रस्तुत गर्दै महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले ब्रुमर र सवारी साधन खरिदका लागि २ करोड ५० लाख बजेट विनियोजन गरेको बताईन् । पुरा पढौ

तालचोक–बेगनास सडक निर्माणका लागि २४ करोड २५ लाख विनियोजन

नेपालकै नमूना सडकका रुपमा निर्माण गर्न लागिएको लेखनाथको तालचोक–बेगनास सडकका लागि २४ करोड २५ लाख बजेट विनियोजन गरिएको छ । पोखरा महानगरपालिकाको नवौं नगरसभामा आर्थिक वर्ष २०७८÷७९ को बजेट प्रस्तुत गर्दै उपप्रमुख मञ्जुदेवी गुरुङले नेपाल सरकारको सशर्त अनुदान अन्तर्गत निर्माण हुने उक्त सडक निर्माणको लागि आगामी आर्थिक वर्षका लागि सो रकम विनियोजन गरिएको बताईन् । विश्व बैंकको आर्थिक सहयोगमा निर्माण गर्न लागिएको उक्त सडक निर्माण गर्न १ अर्ब ५३ करोड रुपंैयाँको बहुवर्षीय बोलपत्र प्रकाशित भइसकेको छ । उक्त सडक निर्माण… पुरा पढौ

पोखरा महानगरको बजेट सवा ६ अर्ब

पोखरा । देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाले सवा ६ अर्ब भन्दा बढीको बजेट प्रस्तुत गरेको छ । महानगरको नवौं नगरसभामा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले आर्थिक वर्ष २०७८/ ७९ का लागि ६ अर्ब २७ करोड ७५ लाखको अनुमानित बजेट प्रस्तुत गरेकी हुन् । यो बजेट अघिल्लो वर्षको भन्दा ९३ करोड ३ लाख २२ हजारले कम हो । महानगरले ल्याएको आगामी आर्थिक वर्षको बजेट १ अर्ब ३ करोड ७५ लाख ९२ हजार घाटा बजेट हो । जुन घाटा बजेट सञ्चित मौज्दात र… पुरा पढौ

व्यास नगरपालिकाको नीति तथा कार्यक्रम : स्वास्थ्य, कृषि र पर्यटन प्राथमिकतामा

दमाैली । तनहुँको सदरमुकाम दमौलीस्थित व्यास नगरपालिकाले स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज आयोजित नगरपालिकाको ३५औँ नगरसभामा उपप्रमुख मीरा जोशीले आव २०७८/७९ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् । नगरपालिकाले नगर अस्पताल सञ्चालन, कृषिमा व्यवसायीकरण र पर्यटन क्षेत्रको प्रबद्र्धनलाई प्राथमिकतामा राखेर कार्यक्रम बनाएको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को महामारीबाट जीवनरक्षाका लागि सङ्घीय सरकार, प्रदेश सरकार, सबै पालिका र नागरिक समाजको सहभागितामा दुम्सीबजारको आधारभूत स्वास्थ्य चौकीमा पिसीआर… पुरा पढौ