पोखरा महानगरपालिका वडा नं ६ बैदाम निवासी बोगटी परिवारले पोखरा १७ छोरेपाटनमा रहेकोे मानव सेवा आश्रम तथा सितापाइला स्थित बृद्दाश्रमलाई खाद्यान्न सहयोग गरेका छन् । लक डाउन र कोरोनाले महामारीको रुप लिएको अबस्थामा मानवसेवा आश्रममा सहयोग धेरै कम भएको कारणले गर्दा लक्ष्मीनारायणहरुलाई सेवा दिन गाह्रो भै–रहेको अबस्थामा पोखरा–६ लेक साइड निवासी पूर्ण बहादुर बोगटी र श्रीमति शुसिला बोगटीले चामल ९ बोरा सहित दाल, मस्यौरा, तेल, चना, चाउचाउ, चिउरा, नुन, बिस्कुट, भाडा माझ्ने साबुन, लुगा धुने साबुन प्रदान गर्नु भएको थियो…
पुरा पढौ