अर्थ

गण्डकी प्रदेश सरकारको पहिलो प्राथमिकता खोप : मन्त्री आचार्य

गण्डकी प्रदेश सरकारका मन्त्री हरिशरण आचार्यले सरकारले कोरोना विरुद्धको खोपलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् । सम्बृद्धि कृषि बचत तथा ऋण सहकारी संस्थाले शनिबार लेखनाथमा आयोजना गरेको रक्तदान कार्यक्रमको शुभारंभ गर्दै, मन्त्री आचार्यले खोपलाई प्राथमिकता दिदै, त्यसका लागि मुख्यमन्त्रीले संघिय सरकारसँग समन्वय गरिरहेको बताएका हुन । उनले एक दुई दिनमै मुख्यमन्त्रीले प्रधानमन्त्रीसँग भेट गरी खोप खरिद र व्यवस्थापनका बिषयमा कुराकानी गर्ने उल्लेख गरे ।मन्त्री आचार्यले जनता बचाउनु नै प्रदेश सरकारको पहिलो प्राथमिकता भएको उल्लेख गर्दै, सार्वजनिक खरिद ऐनको पालना लगायतका… पुरा पढौ

तत्काल कर तिर्न नसक्ने उद्योगी व्यवसायीको सरकारलाई ध्यानाकर्षण

पोखरा । गण्डकी प्रदेश चेम्बर अफ कमर्सले सरकारले तोकेको समय सीमा भित्र कर बुझाउन नसक्ने बताएको छ । चेम्बरले तुरुन्तै कर तिर्न नसक्ने भन्दै सरकार ध्यानाकर्षण गराएको हो । कोभिड–१९ रोकथाम तथा नियन्त्रणको लागि जिल्ला जिल्लामा स्थानीय प्रशासनले जारी निषेधाज्ञाले व्यापार व्यवसाय ठप्प रहेकोले सरकारले तोकेको असार २५ गतेसम्मको समय सीमामा कर तिर्न नसक्ने गण्डकी प्रदेश चेम्बरले जनाएको छ । अध्यक्ष किसान सुनारले अहिलेको कठिन परिस्थितीमा तुरुन्तै कर तिर्न नसक्ने भएकोले असार २५ गतेसम्मको समय सीमा बारे पुनर्विचार गर्न सरकारसँग… पुरा पढौ

बाढीले सिक्लेस हाइड्रोमा ३० करोड बढीको क्षति

पोखरा । अविरल वर्षाका कारण मादी नदीमा आएको बाढीले सिक्लेस हाइड्रो प्रा.लिद्वारा सञ्चालित मदक्यू खोला जलविद्युत आयोजनामा ३० करोड रुपैयाँ बढीको क्षति पुगेको आयोजनाले जनाएको छ । कास्कीको मादी गाउँपालिका–१ स्थित मदक्यू खोलामा १३ मेगावाट क्षमताको सो आयोजनामा असार १ गते आएको बाढीले १४ किलोमिटर ट्रान्समिसन लाइन लगायतका अन्य संरचनामा क्षति पुग्दा विद्युत उत्पादन बन्द भएको छ । बाढीले आयोजनाको ‘स्विचयार्ड’ बगाएको छ भने बाँधमा व्यापक क्षति पुगेको सञ्चालक किरण केसीले जानकारी दिए । आयोजनाको इलेक्ट्रिक मेकानिकल सिभिल संरचना, विद्युत… पुरा पढौ

विपद् कोषमा पाँच करोड राख्ने गण्डकी प्रदेश सरकारकाे निर्णय

पाेखरा। गण्डकी प्रदेश सरकारले प्रदेशस्तरीय विपद् कोषमा तत्कालका लागि पाँच करोड रुपैयाँ राख्ने निर्णय गरेको छ । पछिल्ला दिनमा प्रदेश अन्तर्गतका जिल्लामा अविरल वर्षासँगै ठाउँ ठाउँमा क्षति भएकाले उद्धार, राहत र व्यवस्थापनका लागि सो रकम राख्ने निर्णय गरिएको हो । प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको अध्यक्षतामा आज बसेको गण्डकी प्रदेशस्तरीय प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले उक्त निर्णय गरेको हो । हिमाल पारीको जिल्ला मनाङका विभिन्न स्थानमा बाढी पहिरोले पुर्‍याएको क्षतिको अवलोकनका लागि मुख्यमन्त्रीसहितको टोली आजै मनाङ जाने भएको छ… पुरा पढौ

फ्रेण्डस फरेभर ग्रुपद्वारा गौतम बुद्ध क्रिकेट रंगशालालाई १ लाख ८० हजार प्रदान

वेलायतमा रहेका नेपालीहरुको समुह फ्रेण्डस फरएभर गु्रपले चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि १ लाख ८० हजार रुपैया सहयोग गरेको छ । राष्ट्र निर्माण, तपाई हाम्रो अभियान भन्ने मुल मन्त्रका साथ स्थापित फ्रेण्डस फरएभर गु्रपका सदस्य हाल हङकङमा रही पोखरा ११ निवासी गोल गुरुङको संयोजकत्सवमा संकलित उक्त रकम गु्रपका सदस्य बिरकाजी गुरुङले रंगशाला निर्माणका संयोजक तथा धुर्मुस सुन्तली फाउण्डेशनका संयोजक सिताराम कट्टेल धुर्मुसलाई उक्त रकम हस्तान्तरण गरेका हुन । वेलायतमा रहेपनि आफ्नो मातृभुमिमा आइपरेको विभिन्न विपत्तिहरुमा सहयोग… पुरा पढौ

नेलम्बो नेपालद्वारा धम्पुसमा वृक्षारोपण

विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस कोभिड–१९ बाट बच्न स्वास्थ्य सामग्रीहरु विभिन्न संघसंस्थालाई वितरण गरेर चर्चामा आएको नेलम्बो नेपालले बृक्षारोपण गरेको छ । कोरोना महामारी चलेसँगै मास्क, सेनिटाइजर, ग्लोब्सलगायतका स्वास्थ्य सामग्री वितरण गर्दै आएको नेलम्बो नेपालले माछापुच्छ«े गाउँपालिका वडा नं. ७ धम्पुस डाँडासँग सहकार्य गरेर वृक्षारोपण गरेको हो । गत वर्ष ८ सय बोट विरुवा हस्तान्तरण गरेको नेलम्बो नेपालले यस वर्ष १ हजार २० वटा डाले घाँसका बिरुवाहरु, बकाइनो १५० वटा, र्राखनियो १५९ वटा, टाँकी १५० वटा, भटमास १५०… पुरा पढौ

बजेटको नाममा लिखित भाषण पेश :पूर्वअर्थमन्त्री किरण गुरुङ

गण्डकी प्रदेशका पूर्वअर्थमन्त्री किरण गुरुङले आगामी आर्थिक वर्ष २०७८/७९ कालागि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले ल्याएको बजेटलाई वक्तव्यको संज्ञा दिएका छन् । बजेटको नाममा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले लिखित भाषण गरेको गुरूड.ले बताए । प्रस्तुत छ , पूर्ब अर्थमन्त्री गुरुड.ले आफ्नो फेसबुक स्टाटसमा बजेटप्रति गर्नु भएको टिप्पणी उहांकै शब्दमा :हरेक वर्ष असार १ गते प्रदेश सरकारले प्रदेश सभामा बजेट तथा कार्यक्रम पेश गर्नुपर्ने संवैधानिक व्यवस्था भएअनुसार गण्डकी प्रदेशमा पनि नेपाली काङ्ग्रेसको नेतृत्वको गठबन्धन सरकारले प्रदेश सभामा आगामी… पुरा पढौ

गण्डकी प्रदेश सरकारको ‘सिप दक्षता र रोजगारी यूवा पलायन रोक्ने हाम्रो जिम्मेवारी’

पोखरा । गण्डकी प्रदेश सरकारले यूवा पलायन रोक्नका लागि ‘सिप दक्षता र रोजगारी यूवा पलायन रोक्ने हाम्रो जिम्मेवारी’ कार्यक्रम अघि सारेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट सार्वजनिक गर्ने क्रममा यूवाहरुका लागि लक्षित गर्दै यो कार्यक्रम ल्याइएको बताए ।उनले यूवाहरुलाई स्वरोजगार र व्यवसायीक बनाउनका लागि आवश्यक बजेटको व्यवस्था गरेको पनि उल्लेख गरे । यो कार्यक्रममार्फत सामूहिकरुपमा उद्यम गर्न चाहाने यूवाहरुलाई प्रोत्सहान गर्न प्रदेश सरकार र यूवा उद्यमीहरुविच लगानी साझेदारीमा ‘उद्यमी युवा… पुरा पढौ

गण्डकी सरकारले द्वन्द पिडित तथा सहिद परिवारको तथ्याङ्क संकलन गर्ने

पोखरा । गण्डकी प्रदेश सरकारले द्वन्द पिडित तथा सहिद परिवार र द्वदका क्रममा घाइते नागरिकको तथ्याङ्क संकलन राहत उपलब्ध गराउन आवश्यक बजेट विनियोजन गर्ने भएको छ । प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आर्थिक वर्ष २०७८÷७९ का लागि बजेट सार्वजनिक गर्दै उनीहरुको तथ्याङ्क संकलन गरी परिचय पत्रको व्यवस्था गर्न, राहत प्रदान गर्न, सहिद स्मारकहरुको संरचनाहरुको मर्मतसम्भारको आवश्यक बजेट विनियोजन गरेको जनाएका छन् । मुख्यमन्त्री पोरखरेलले सो शिर्षकमा कति बजेट विनियोजन भएको भन्ने बारेभने खुलाएनन् । अर्थ मन्त्रालयसमेत सम्हालेका मुख्यमन्त्री पोखरेलले… पुरा पढौ

कोरोनाका कारण अभिभावक विहिन बालबालिकालाई मासिक ४ हजार

पोखरा । गण्डकी प्रदेश सरकारले कोरोना महामारीका कारण अभिभावक गुमाएका बालबालिकालाई मासिक राहत उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष २०७८/७९ का लागि सरकारका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् । मुख्यमन्त्री पोखरेलले कोरोना महामारीका कारण अभिभावक गुमाएका बालबालिकालाई समाजिक सुरक्षा बापत मासिक रु ५ हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने व्यवस्था मिलाएको बताए । साथै कोरोना संक्रमणका कारण ज्यान गुमाएका व्यक्तिहरुको परिवारका लागि आर्थिक साहायता स्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था मिलाएको उनले बताए ।प्रदेशमा… पुरा पढौ