अर्थ

गण्डकी प्रदेशको बजेट ३० अर्ब ३ करोडको

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷७९ का लागि करीब ३० अर्बको बजेट घोषणा गरेको छ । गण्डकी प्रदेश सरकारका तर्फबाट मंगलबार प्रदेश सभा बैठकमा अर्थ मन्त्रालयसमेत सम्हालेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कुल ३० अर्ब ३ करोड ९४ लाख २७ हजारको बजेट घोषणा गरेका हुन् । यो चालु आर्थिक वर्षको बजेट भन्दा ५ अर्ब ६८ करोड १८ लाखले कम हो । प्रदेश सरकारले चालु आर्थिक वर्षमा ३५ अर्ब ७२ करोड १२ लाखको बजेट ल्याएको थियो । सरकारले आगामी आर्थिक वर्षमा चालुतर्फ… पुरा पढौ

नीति तथा कार्यक्रम पारित

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित भएको छ । गण्डकी प्रदेश सभामा सोमबार प्रस्तुत नीति तथा कार्यक्रम मंगलबार बसेको प्रदेश सभा बैठकमा बहुमतका आधारमा पारित भएको हो । मंगलबार बसेको बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको नीति तथा कार्यक्रम पारित गर्न प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई सभामुख नेत्रनाथ अधिकारीले निर्णयार्थ प्रस्तुत गर्दा बहुमत सदस्यले पारित गरेको सभामुख नेत्रनाथ अधिकारीले घोषणा गरे । नीति तथा कार्यक्रम पारित गर्नुअघी प्रदेश सभाका सदस्यहरुले नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नहरुको जवाफ दिएका… पुरा पढौ

बजेटमा स्वास्थ्यलाई प्राथमिकता दिन कांग्रेसका जिल्ला सभापतिहरूको माग

पोखरा । गण्डकी प्रदेशअन्तर्गत नेपाली कांग्रेसका आठ जिल्ला सभापतिले स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकता दिएर आगामी आर्थिक वर्षको बजेट ल्याउन माग गरेका छन् । प्रदेशका आठ जिल्लाका सभापति र सचिवहरूले सोमबार प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई सामूहिकरूपमा भेटेर त्यस्तो माग गरेका हुन् । अहिलेको मुख्य प्राथमिकता कोभिड विरुद्वको खोप भएको हुँदा यसलाई प्राथमिकतामा राख्न जिल्ला सभापतिहरूले अनुरोध गरेको नेपाली कांग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए । खोपसँगै कोभिड प्रभावित क्षेत्रलाई महत्व दिन सभापतिहरूले अनुरोध गरेको उनले बताए । कास्की कांग्रेसका… पुरा पढौ

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित, आजै ४ बजे बजेट प्रस्तुत हुने

पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेश सभा बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश प्रमुख सीता कुमारी पौडेलले सोमबार सरकाको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेकी थिइन् । प्रदेश सभाको आजको बैठकमा नीति तथा कार्यक्रममा सांसदहरुले आ–आफ्नो धारणा राखेका थिए । बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले दिएका थिए । मुख्यमन्त्री पोखरेलले जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित भएको हो । प्रदेश सरकारले आगामी आर्थिक बर्षको बजेट पनि आजै ल्याउने तयारी… पुरा पढौ

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम : कोरोनाको खोप र उपचारमा केन्द्रित

पोखरा । गण्डकी प्रदेश सरकारले कोभिड—१९ को महामारीबाट सृजित समस्याहरुको सम्बोधन गर्ने नीति कार्यक्रम ल्याएको छ । एमाले सरकार गिरेर कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री भएपछि ल्याइएको पहिलो नीति तथा कार्यक्रम कोरोनाबिरुद्धको खोप, रोकथाम, नियन्त्रण र उपचारमा केन्द्रीत रहेको हो । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले सोमबार प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कोभिड—१९ बिरुद्धको खोप ब्यबस्थापन गर्ने उल्लेख छ । साथै महामारीबाट बच्न सचेतना, संक्रमण परीक्षण गर्न संघ र स्थानिय तहबाट गरिने कार्यक्रममा सबलीकरण, समन्वय र सहयोग गर्ने… पुरा पढौ

‘केही बाहेक हामीलेनै बनाएका कार्यक्रम आए’ : एमाले नेता पृथ्वी सुब्बा गुरुङ

पोखरा । गण्डकी प्रदेशको नीति तथा कार्यक्रम लगभग आफूहरुले बनाएकै कार्यक्रम आएको नेकपा एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङले टिप्पणी गरेका छन् । नीति तथा कार्यक्रम सकिएलगत्तै पत्रकारसँग कुरा गर्दै निवर्तमान मुख्यमन्त्री गुरुङले भने,‘हामीले बनाएको नीति कार्यक्रममा १२ वटा बुँदा मात्र परिवर्तन भएको रहेछ । अरु हामीले बनाएकै कार्यक्रमहरु छन् ।’ २ दिन अघि मात्र नया सरकार आएकाले त्यसअघि गुरुङ नेतृत्वकै सरकारले बजेटको सिद्धान्त र प्राथमिकता ल्याएको र सोहि आधारमा नीति कार्यक्रम बनाएकालेपनि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।… पुरा पढौ

फेवाबजारले असार १ गतेदेखि होम डेलिभरी सेवा सञ्चालनमा ल्याउने

ग्राहकको निःशुल्क कोरोना विमा गरेर चर्चामा आएको फेवाबजार डटकम ईकमर्सले असार १ गतेदेखि निःशुल्क होम डेलिभरी सेवा पुनः सञ्चालन गर्ने भएको छ । विषम परिस्थितिमा पनि होम डेलिभरी सेवा दिएको फेवाबजारले सरकारले लगाएको निषेधाज्ञाका कारण बन्द गरेको सो सेवा असार १ गतेदेखी पुनः सञ्चालनमा ल्याउन लागेको फेवाबजार डटकमका कार्यकारी निर्देशक सुजन आचार्यले जानकारी दिए । ‘निषेधाज्ञाका कारण स्थगित गरिएको होम डेलिभरी सेवा यहि असार १ गतेदेखि देशैभरबाट सञ्चालनमा ल्याउँदैछौँ’–उनले भने । पोखरामा मुख्य कार्यालय, काठमाडौंमा कर्पोरेट कार्यालय तथा भक्तपुर, ललितपुर,… पुरा पढौ

गण्डकी प्रदेशमा आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

गण्डकी प्रदेशमा कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको गठबन्धन सरकारले आज (सोमबार) नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ। सरकार गठन भएको ३ दिनमै गठबन्धन सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको हो। नीति तथा कार्यक्रम कसरी ल्याउने भन्नेबारे हिँजो (आइतबार) मुख्यमन्त्री पोखरेलले निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग पनि छलफल गरेको श्रोतले बताएको छ। यसअघि नै गुरुङको सरकारले बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेको थियो । पुरा पढौ

‘तमु धिं यूकेद्वारा पश्चिमान्चल क्षे.अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि १० लाख सहयोग हस्तान्तरण’

पोखरा । तमु धिं यूकेले बतास फाउन्डेशनको नेतृत्व तथा एभरेस्ट एफ.एम.को संचार सहकार्यको पश्चिमान्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट स्थापना अर्थ संकलन महाअभियानमा १० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । तमु धिं यूकेका नेपाल संयोजक मे.लक्ष्मिप्रसाद गुरुड.ले अक्सिजन प्लान्ट निर्माण समितिका कोषाध्यक्ष नारायण पौडेललाई चेक हस्तान्तरण गरेका थिए ।पोखरा स्वास्थ्य विज्ञापन प्रतिष्ठानमा शनिबार तमु धिं यूकेको आयोजना र बतास फाउन्डेशनको समन्वयमा भएको कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा गण्डकी प्रदेश सरकारलाई २५ वटा अक्सिजन कन्सन्ट्रेटर पनि हस्तान्तरण गरिएको… पुरा पढौ

हाम्रो सहयोगी साकोसद्वारा संक्रमण तथा सरूवा रोग अस्पताललाई सहयोग

पोखराको पृथ्वीचोकस्थित हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाद्वारा लेखनाथको मोहोरियास्थित संक्रमण तथा सरूबा रोग अस्पताल स्वास्थ्य सामग्री सहयोग गरेको छ। सहकारी संस्थाको १२ औ बाषिकोत्सबको अवसरमा स्वास्थ्य तथा जिन्सी सामग्री सहयोग गरेको हो । सहकारीका अध्यक्ष शुक्र राज कंडेलले अस्पतालका निर्देशक बिकास गौचनलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे । कार्यक्रममा सहकारीका सह–सचिव कृष्णप्रसाद तिमिल्सिना, कोषाध्यक्ष रूद्रबहादुर बिश्वकर्मा, संचालक दीपेन्द्र शर्मा, शिवसंसार श्रेष्ठ, ब्याबस्थापक जीवन अधिकारीलगायतका पदाधिकारीहरूको उपस्थिति थियो। साथै अस्पतालको तर्फबाट सुचना अधिकारी केदारनाथ लामिछाने, श्रीभद्र कंडेल, नेत्रप्रसाद अधिकारी लगायतको… पुरा पढौ