अर्थ

बैंकहरूको नाफा पौने एकाउन्न अर्ब

कोरोना महामारीमा वाणिज्य बैंकहरूको नाफा घट्ने अनुमान विपरीत झनै बढेको छ। चालु आर्थिक वर्षको नौ महिना (साउन–चैत) मा २७ वाणिज्य बैंकहरूले पौने ५१ अर्ब रूपैयाँ नाफा गरेका छन्। कोरोना महामारीका कारण अघिल्लो वर्ष बैंकहरूको नाफा घटेकाले यो वर्ष पनि घट्न सक्ने अनुमान थियो। गत वर्ष सोही अवधिमा ती बैंकहरूले करिब ४४ अर्ब ७० करोड रूपैयाँ खुद नाफा गरेका थिए। बैंकरहरूले गत आर्थिक वर्षको तुलनामा अहिले नाफा वृद्धि हुनुमा कोरोनाबाट अनुभव लिएर काम गर्नुलाई लिएका छन्। यस अवधिमा २१ बैंकले नाफा… पुरा पढौ

अत्यावश्यक सामग्रीको व्यवसाय मात्रै संचालन गर्न पोउवा संघको आग्रह

पोखरा । पोखरा उद्योग वाणिज्य संघले कोभिड–१९ को दोस्रो लहरको गाम्भीर्यता बुझ्न र आफै संयम हुन उद्योगी- व्यवसायीहरुसँग आग्रह गरेको छ । संघले बिहीबार जारी गरेको विज्ञप्तिमा तोकिएको निर्धारित अवधिको लागि तोकिएका ‘अत्यावश्यक’ सामग्रीहरुको व्यवसाय मात्रै संचालन गर्न अनुरोध पनि गरेको छ । ‘संकटको यो घडीमा स्वास्थ्य मन्त्रालयले सुझाएका सुरक्षा तथा सरकार एवं स्थानीय प्रशासनले जारी गरेका मापदण्ड कायम गराउनु व्यक्ति र समाजको लागि हितकर भएकोमा कुनै द्धिविधा छैन’,संघका महासचिव सुरेन्द्रमान विजुक्छेद्धारा जारी विज्ञप्तिमा भनिएको छ,‘ विषमतामा राज्यको आग्रह अवहेलना… पुरा पढौ

निषेधाज्ञामा पेट्रोलपम्प खुलै रहने

काठमाडौंँ। निषेधाज्ञाका समयमा गुड्ने अत्यावश्यक क्षेत्रका सवारी साधनलाई सहजै पेट्रोलियम पदार्थ उपलब्ध गराउने उद्देश्यले काठमाडौँ उपत्यकाभित्र रहेको पेट्रोलपम्प खुला रहने भएका छन् । निषेधाज्ञाको समयमा पेट्रोलियम पदार्थ सहज र सरलरूपमा बिक्री वितरण गर्न काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा रहेका पेट्रोलपम्प खुला रहने नेपाल आयल निगमले जनाएको छ । उपत्यकामा पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन थानकोटस्थित वाग्मती प्रादेशिक कार्यालय खुला रहेको पनि निमगका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले आजदेखि लागू हुने गरी कोरोना सङ्क्रमण… पुरा पढौ

सुरक्षित रहँदै व्यवसाय गर्न पोउवा संघको आग्रह

पोखरा । पोखरा उद्योग वाणिज्य संघले स्वास्थ्य सुरक्षाका सम्पूर्ण प्रबन्धसहित व्यापार व्यवसाय संचालन गर्न व्यवसायीहरुसँग आग्रह गरको छ । कोभिड–१९ को दोस्रो लहरले जनजीवन असहज बनेको बेला संघले दैनिक उपभोग्य बस्तुको सहज आपूर्ति गर्न तथा ढुवानी कार्यलाई पारदर्शी, सरल र प्रभावकारी बनाउन तथा आम उपभोक्ता तथा नागरिकहरुसँग सामान किनमेल गर्दा आवश्यक दूरी कायम गर्न, अनावश्यक भीडभाड नगर्न एवं अनिवार्य रुपमा माक्सको प्रयोग गर्नका लागि हार्दिक अनुरोध पनि गरेको छ । संघका महासचिव सुरेन्द्रमान बिजुक्छेद्धारा आइतबार जारी विज्ञप्तिमा कोभिड–१९ को दोस्रो… पुरा पढौ

गोरखा महाभुकम्पको सम्झना

आज बैशाख १२ गते। सात वर्षअघि आजकै दिन गोरखाको बारपाक क्षेत्रलाई केन्द्रविन्दु बनाएर महाभुकम्प गएको थियो। स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी गोरखा महाभूकम्पको स्मृति दिवस मनाइँदैछ। यस अवसरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पले पारेका प्रभाव, भएका उपलब्धी, हालसम्मको सिकाइलगायत विषयलाई समेटेर कार्यशाला गोष्ठीको आयोजना गरेको छ। कार्यक्रममा कार्यपत्र प्रस्तुत गरिने र त्यसमाथि विज्ञले टिप्पणी गर्ने कार्यक्रम रहेको प्राधिकरणले जनाएको छ। ०७२ वैशाख १२ गते बिहान ११ः५६ बजे ७ दशमलव ६ रेकटर स्केलको भुकम्प गएको थियो। सामान्य दैनिकीमा… पुरा पढौ

पोखरामा ‘किनमेल संसार’

पोखरा । पोखरामा किनमेल संसार संचालनमा आएको छ । पोखरा—४ गैह्रापाटन प्राईम सहकारीको भवनमा अवस्थित किनमेल संसारलाई पत्रकार संजय कुमार मल्ल र उनकी श्रीमती अञ्जु मल्लले संचालनमा ल्याएका हुन् । यसअघि अनलाइन व्यवसाय मात्रै गर्दै आएको “किनमेल संसार” को आउटलेटको शनिबार एक कार्यक्रमका बिच शुभारम्भ गरिएको छ । जसलाई कलाकारद्वय प्रकाश घिमिरे र माओत्से गुरुङ, रेडियो अन्नपूर्णकी प्रबन्ध निर्देशक सुनयना पालिखे र नायिका रजनी गुरुङले रिवन काटेर उद्घाटन गरे ।किनमेल संसारमा ब्राण्डेड बेडसेट उपलब्ध रहेको संचालक मल्लले जानकारी गराएका छन्… पुरा पढौ

अपाङ्गता श्रीमानको हेरचाह गर्ने कल्पना नै आगोमा जलेपछि …

तनहुँको म्याग्दे गाउँपालिका–७ धयराघारी निवासी दीपक भण्डारी १२ वर्ष अगाडि कोत्रेमा सडक दुर्घटनामा परी घाइते भए। पोखराबाट घर फर्किदै गर्दा दुर्घटनामा परेर मेरुदण्ड भाँचिएपछि भण्डारी पूर्ण रुपमा अपाङ्गता बने। त्यसयता उनी ओछ्यानमा थला परेका छन्। भण्डारीको हेरचाह तथा पालनपोषण श्रीमती कल्पना पौडेल भण्डारीले गर्दै आइन्। श्रीमानको रेखदेख, हेरचाह र परिवारको पालनपोषणको जिम्मेवारी पनि कल्पनाको काँधमा आइलाग्यो। घरमै पसल संचालन गरी परिवारको गुजारा चलाउँदै आएकी कल्पनाको जीवनमा गत वैशाख ३ गते दोस्रो ठूलो बज्रपात आयो। ग्यास पड्किएर घरमा आगलागी हुँदा कल्पनाको… पुरा पढौ

पोखरा लेकसाइडका उत्कृष्ट १० होटललाई पुरस्कार

‘यो नयाँ वर्ष जाउँ है पोखरा’ अभियान अन्तर्गत क्यूआर कोड स्क्यानमार्फत कारोबार गर्ने पोखरा लेकसाइडका उत्कृष्ट १० होटलहरु पुरस्कृत भएका छन्। नयाँ वर्ष २०७८ को अवसरमा ‘नगद छोडौ,ं फोन पे गरौं भन्ने नाराका साथ फोन पे प्रा.लि.सँगको सहकार्य र त्यसमा आबद्ध ५५ बैंक तथा वित्तीय संस्थाको सञ्जालमार्फत चैतको ३१ र वैशाखको १ गते डिजिटल माध्यमबाट ‘यो नयाँ वर्ष जाउँ है पोखरा’ अभियानमा उत्कृष्ट १० होटलहरु पुरस्कृत भएका हुन्। पोखरा र पोखरा क्षेत्रको भ्रमणका लागि पाहूनाहरुलाई आकर्षित गर्न संचालन गरिएको प्रबद्र्धनात्मक… पुरा पढौ

बाराही सहकारीको भित्तेपात्रो विमोचन

पोखरा । पोखरा १७ स्थित बिरौटामा रहेको बाराही बचत तथा ऋण सहकारी संस्थाले नव बर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सहित भित्तेपात्रो विमोचन गरेको छ । संस्थाका अध्यक्ष महेन्द्र कुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष तथा सल्लाहकार दुर्गा बहादुर गुरूङ र सल्लाहकार बाबुराम बरालबाट संयुक्त रूपमा नयाँ बर्षको भित्तेपात्रो विमोचन गरेका हुन् । कार्यक्रममा उपाध्यक्ष दिनबन्धु गौतमले स्वागत्, लेखा संयोजक प्रेमनारायण अधिकारी, निवर्तमान अध्यक्ष तथा सल्लाहकार दुर्गा बहादुर गुरूङ र सल्लाहकारहरू बाबुराम बराल,प्रकाश चन्द्र गुरूङ, गोबिन्द कुमार श्रेष्ठ, मुकुन्द राज अर्याल र संचालक… पुरा पढौ

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पोखरा । शनिबार मध्यरातबाट लागू हुने गरि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । निगमले मध्यरात बाट लागू हुने गरि पेट्रोल र डिजेल÷मटितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । उपाध्ययाका अनुसार एलपी ग्यास र अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिने हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत नै रहेको छ । यस्तै आन्तरिक उडानको लागि प्रयोग गरिने हवाई इन्धनको मूल्यमा २ रुपैयाँ प्रतिलिटरले वृद्धि गरी गरेर ७६ रुपैयाँ कायम गरिएको छ… पुरा पढौ