अर्थ

‘बैंक लुटेर बुलेट बाइक’

कात्तिक ३ जेनजी आन्दोलनमा लुटेको पैसाले एक युवाले बुलेट बाईक खरिद गरेको खुलासा भएको छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते काठमाडौं नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकमा भएको तोडफोड र आगजनीको मौकामा भएको लुटपाटमा संलग्न दोलखाका दीपक श्रेष्ठले लुटेको पैसाले बुलेट बाईक खरिद गरेको पाइएको हो । घटनापछि समातिएका उनले आफूले लुटेर लगेको पैसामा केहि थपेर बुलेट बाईक खरिद गरेको वयानमा स्वीकारेको काठमाडौं प्रहरीले जनाएको छ । उनले बैंकबाट २ लाख ५० हजार क्यास र साथमा ३ थान… पुरा पढौ

सहारा क्लवले देउसी भैलोको सट्टा च्यारिटी डिनर नाईट कार्यक्रम गर्ने

पोखरा, कात्तिक ३ सहारा क्लब पोखराले यस वर्ष देउसी भैलो कार्यक्रम नगर्ने भएको छ । क्लवले पोखरा–१७, दोबिल्लामा संचालन गरिरहेको सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीको सहयोगार्थ नेपालीको दोस्रो ठूलो चाँड तिहारको अवसरमा वर्षेनी गर्दै आएको देउसी भैलो कार्यक्रम यस वर्ष नगर्ने भएको हो । बरु क्लवले देउसी भैलो कार्यक्रमको सट्टा यस वर्ष च्यारिटी डिनर नाइट कार्यक्रम गर्ने जनाएको छ । क्लवले पहिलो पटक नया कन्सेप्टमा गर्न लागेको च्यारिटी डिनर नाईट कार्यक्रम यही कात्तिक १४ गते शुक्रबार गर्न लागेको… पुरा पढौ

सुन-चाँदीको मुल्य सामान्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार? हेर्नुहोस

नेपाली बजारमा आज सोमबार सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ५३ हजार २ सय रुपैयाँ थियो । यसैगरि, आज चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ । चाँदी आज ३ हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । पुरा पढौ

ज्येष्ठ नागरिकका लागि हवाई टिकटमा ८० प्रतिशतसम्म छुटको व्यवस्था

नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई यात्रा गर्ने ज्येष्ठ नागरिकका लागि ८० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । आज प्राधिकरणमा सम्पन्न बैठकले ७० वर्ष र सोभन्दा माथिका नागरिकलाई हवाई टिकटमा ५० देखि ८० प्रतिशतसम्मको छुट प्रदान गर्ने निर्णय गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक एवं इञ्जिनियर प्रदीप अधिकारीको अध्यक्षतामा वायुसेवा सञ्चालक सङ्घका अध्यक्ष र नेपालका आन्तरिक वायुसेवा सञ्चालक कम्पनीका प्रतिनिधिबीच भएको बैठकले उक्त निर्णय गरेको हो । बैठकले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सङ्घीय सरकारद्वारा तोकिएको अधिकतम हवाई भाडादरमा… पुरा पढौ

पर्वतमा नेपालकै अग्लो हाइलाइनको सफल परीक्षण

साहसिक पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास हुँदै गएको पर्वतमा नेपालकै अग्लो स्थानमा हाइलाइनको सफल परीक्षण गरिएको छ । कुश्माबजार र छिमेकी जिल्ला बागलुङको बलेवा जोड्ने गरी ‘द क्लिफ’ले सञ्चालन गरेको विश्वकै अग्लो बञ्जी पुल र ‘द हार्नेस’ प्रालीले सञ्चालन गरेको विश्वकै लामो ‘सुपरम्यान’ शैलीको जिपलाइनलाई जोडेर मुदुकमा पहिलोपटक अग्लो र लामो दूरीमा हाइलाइनको अभ्यास गरिएको हो । हाइलाइन मानसिक तथा शारीरिक शक्ति परीक्षण गर्ने अत्यन्त रोमाञ्चक खेलका रूपमा मानिन्छ । कालीगण्डकी खोँचमा ४०८ मिटर लामो र २२८ मिटरको उचाइमा पहिलोपटक… पुरा पढौ

पोखरामा सयपत्री फूल : केजीको ३-४ सय, मालाको १००-१५० रुपैयाँ, थुङ्गाको २-५ रुपैयाँ

सन्देश श्रेष्ठपोखरा, कात्तिक २ नेपालीको महान चाँड तिहारमा पोखरामा फुलको मालाको मूल्य ३ फरक दर कायम गरिएको छ । पोखरा महानगरपालिकाले फ्लोरीकल्चर एशोसियसन नेपाल, कास्की शाखासँगको सहकार्यमा फूलको मालाको मूल्य ३ फरक फरक दर कायम गरेको हो । पोखरामा तिहारका लागि सानो थुङ्गाको मालाको मूल्य एक सय रुपैयाँ, मध्यमस्तरको थुङ्गाको माला १ सय ३० रुपैयाँ र ठूलो थुङ्गाको मालाको मूल्य १ सय ५० रुपैयाँ कायम गरेको पोखरा महानगरपालिकाले जनाएको छ । तर फूलको थुङ्गाको आकार अनुसार एउटा मालाको मूल्य २… पुरा पढौ

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा छ करोड १० लाख सङ्कलन

गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा हालसम्म छ करोड १० लाख रुपैंया सङ्कलन भएको छ । अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार आज बिहानसम्म कोषमा रु छ करोड १० लाख सङ्कलन भएको हो ।जेनजी प्रदर्शनका क्रममा क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले उक्त कोष स्थापना गरेको थियो । कोषमा योगदानका लागि सरकारले सर्वसाधारण नागरिक, निजी क्षेत्र, गैरआवासीय नेपाली, विकास साझेदार,… पुरा पढौ

पुष्पलाल मध्यपहाडी राजमार्गको १ सहित, ५० रुग्ण ठेक्का तोड्न सार्वजनिक सूचना

सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौँदेखि अलपत्र पारिएका थप ५० रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । सडक विभागअन्तर्गत पुष्पलाल ९मध्यपहाडी० राजमार्ग, सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँ, इटहरी, जनकपुर, पोखरा र सुर्खेत मातहतका सडक डिभिजन कार्यालयले रुग्ण अवस्थामा रहेका ५० वटा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएका छन् । शुक्रबार १७ र शनिबार एक रुग्ण ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको थियो । सडक डिभिजन कार्यालय जनकपुरले २१, काठमाडौँले सात, ओखलढुङ्गा तथा अछाम डिभिजनले… पुरा पढौ

सयपत्री फूलखेतीमा रमाइरहेका पोखरेली युवा

पोखरा महानगरपालिका–३३ भरतपोखरीको बागमाराका युवा युवराज आचार्यले विगत सात वर्षदेखि फूलको व्यावसायिक खेती गर्दै आएका छन् । उनले यस वर्ष पनि करिब पाँच रोपनी क्षेत्रफलमा तिहारका लागि सयपत्री फूल लगाएका छन् । यतिखेर बारीमा ढकमक्क फूल फूलेका छन् । आचार्यले तिहारका लागि कर्मा ५५५ जातको सयपत्री फूल लगाएका हुन् । उनले सुरुमा एक रोपनी क्षेत्रफलबाट फूलखेती सुरु गरे पनि यसबीचमा सात रोपनी क्षेत्रफलसम्म फूल लगाएको अनुभव सुनाए । पाँच रोपनी क्षेत्रफलमा फूलको खेती गर्दा करिब रु एक लाख लगानी भएको… पुरा पढौ

नगर विकास कोषको रकम प्रतिफल दिने क्षेत्रमा लगानी गरौँः मन्त्री घिसिङ

सहरी विकासमन्त्री कुलमान घिसिङले क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने बताएका छन् । शनिबार कोषका कामकारबाहीबारे जानकारी लिँदै उनले प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी विस्तार गरी कोषलाई प्रभावकारी रूपमा अगाडि बढाउन आवश्यक रहेको बताए । मन्त्री घिसिङले विद्युतीय सवारीसाधन, चार्जिङ स्टेसनजस्ता ‘इ—मोबिलिटी’का क्षेत्रमा लगानी गर्न सम्बद्ध पक्षलाई सुझाव दिए । “ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र नगरपालिकासँगको साझेदारीमा लगानी परिचालन गरिने यस कोषबाट फोहर व्यवस्थापन र ऊर्जा उत्पादन जस्ता परियोजनामा लगानी गर्न सकिन्छ । त्यसको… पुरा पढौ