अर्थ

सयपत्री फूलमा आत्मनिर्भर बन्दै पोखरा, काठमाडौँ महानगरभित्र विदेशी फूल प्रतिबन्धित

नेपालीको दोस्रो ठुलो पर्व तिहारमा मालाका लागि प्रयोग गरिने सयपत्री फूलमा पोखरा आत्मनिर्भर बन्दै गएको छ । विगतमा तिहारका लागि पोखरामा ठूलै मात्रामा फूल बाहिरबाट आउने गरेकामा पछिल्ला वर्षमा त्यो क्रम क्रमशः घट्दै गएको छ । पछिल्ला वर्षमा घरका लागि आवश्यक हुने फूल अधिकांशले घरघरमा नै तयार गर्नाका साथै यस क्षेत्रमा व्यावसायिक फूलखेती गर्ने क्रम बढेसँगै पोखरा सयपत्री फूलमा आत्मनिर्भर बन्दै गएको हो । सयपत्री फूलप्रतिको आत्मनिर्भरता बढाउने उद्देश्यले पोखरा महानगरपालिकाले विगत तीन वर्ष यता फूलको बीउ वितरणलगायतमा अनुदान सहयोग… पुरा पढौ

सुनको दैनिक आयात कोटा वृद्धि,२५ किलोग्राम पु¥याइयो

नेपाल राष्ट्र बैंकले सुन आयातको दैनिक सीमा बढाएर २५ किलोग्राम पु¥याएको छ। शुक्रबार राष्ट्र बैंकले एकीकृत परिपत्र संशोधन गर्दै सुन आयातको दैनिक सीमा बढाएको हो।दिपावली नजिकिएसँगै सुनको माग झनै बढ्ने भएपछि केन्द्रीय बैंकले आयात कोटा बढाएको हो । त्यस्तै,विदेशबाट आउने विप्रेषण (रेमिट्यान्स) को भुक्तानी सीमामा पनि परिवर्तन गरेको छ। विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरेको नयाँ परिपत्रअनुसार यी व्यवस्था लागू हुने छ। नयाँ व्यवस्थाअनुसार, सुन आयातको दैनिक सीमा हालको २० किलोग्रामबाट बढाएर २५ किलोग्राम पु¥याइएको छ। त्यसैगरी, विदेशबाट आउने विप्रेषण… पुरा पढौ

सुनको मूल्यमा चार हजार २ सयले गिरावट

नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ । बिहीबारको तुलनामा प्रति तोला सुन र चार हजार २ सय रुपैंया ले सस्तो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार दुई लाख ३९ हजार २ सय रुपैंयामा कारोबार भएको एक तोला सुनको मुल्य आज चार हजार २ सय रुपैंयाले घटेर दुई लाख ३५ हजार रुपैंया कायम भएको छ । चाँदीको मूल्य भने बढेको छ। बिहीबार एक तोला चाँदी तीन हजार २५ रुपैंयामा खरिदबिक्री भएकामा आज त्यति नै परिमाणको चाँदी… पुरा पढौ

पोखराको विन्दुवासिनी संस्कृत विद्यापीठ क्याम्पसको विद्यार्थी कल्याणकारी कोष र छात्रवृत्ति कोषको रकम हिनामिना भएको अनेरास्ववियू क्रान्तिकारीको आरोप

सन्देश श्रेष्ठपोखरा, असोज २३ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियू (क्रान्तिकारी)ले पोखराको विन्दुवासिनी संस्कृत विद्यापीठ क्याम्पसमा आर्थिक अनियमितता भएको आरोप लगाएको छ । अखिल क्रान्तिकारी विन्दुवासिनी क्याम्पस शाखाले आर्थिक शाखा प्रमुख दुर्गारमण पराजुली अन्य केहि प्राध्यापकहरुले क्याम्पसको विद्यार्थी कल्याणकारी कोष र छात्रवृत्ति कोषको लाखौं रकम हिनामिना गरेको विहीबार विज्ञप्ती निकालेर जनाएको छ । आर्थिक शाखा प्रमुख पराजुलीले आन्तरिक लेखा परीक्षणलाई समेत प्रभावमा पारेर वर्षौंदेखि आर्थिक अनियमितता गर्दै आएको पूर्व क्याम्पस प्रमुखहरुले बताएको पनि विज्ञप्तीमा उल्लेख छ । अखिल क्रान्तिकारीले… पुरा पढौ

जेनजी आन्दोलनमा जलेका गाडी बनाउने जिम्मा गण्डकी अटोमेकानिकल वर्क्स एशोसियसन लिन तयार

सन्देश श्रेष्ठपोखरा, असोज २३ गण्डकी अटोमेकानिकल वक्र्स एशोसियसन पोखराले जेनजी आन्दोलनका क्रममा आगजनीमा परेका सवारी साधन बनाउने जिम्मा दिन माग गरेको छ । एशोसियसनले विहीबार कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई जलेका सबै सवारी साधन बनाउने जिम्मा दिन माग गर्दै ज्ञापन पत्र बुझाएको हो । भ्रष्टाचारको अन्त्य, सुशासनलगायतको माग राखेर गत भदौ २३ गतेदेखि जेनजी पुस्ताले थालेको आन्दोलनको दोस्रो दिन भदौ २४ गते देशभरका सार्वजनिक कार्यालय तथा सरकारी सवारी साधनमा तोडफोड तथा आगजनी भएका थिए । सो क्रममा गण्डकीमा मात्रै… पुरा पढौ

मालपोत कार्यालयको श्रेस्ता सम्बन्धी सूचना अव्यवहारिक भएको पोखरा उद्योग वाणिज्य संघको ठहर

जिल्ला मालपोत कार्यालय कास्कीले हिजो जारी गरेको सूचना अव्यवहारिक भएको भन्दै पोखरा उद्योग वाणिज्य संघले सच्याउन माग गरेको छ। संघका अध्यक्ष गोकर्ण कार्कीको नेतृत्वमा महासचिव शोभा गौतम तथा उपमहासचिव सुदीप प्रधानाङ्गसहितको प्रतिनिधिमण्डलले मालपोत कार्यालय कास्कीका निमित्त प्रमुख शोभाखर पोख्रेललाई ज्ञापनपत्र बुझाउँदै जग्गाको श्रेस्ता कायम गर्नका लागि भन्दै जारी सुचना सच्याउन आग्रह गरेको हो । बुधबार जग्गाधनीले आफ्नो जग्गाको दर्ता स्रेस्ता पुनः कायम गर्नका लागि जग्गा रहेको स्थानीय तहबाट भोगसम्बन्धी किटानी सिफारिस, स्थायी ठेगाना भएको स्थानीय तहको जग्गाधनीको तीनपुस्ते खुलेको फोटो… पुरा पढौ

पोखरा सडक महोत्सवको संयोजकमा गौतम चयन

रेस्टुरेन्ट एण्ड बार एशोसियसन (रेवान) पोखराको कार्यसमिति बैठकले आगामी २७ औं पोखरा सडक महोत्सवका लागि संयोजकमा प्रथम उपाध्यक्ष वसन्त गौतमलाई चयन गरेको छ । समितिको आज बसेको बैठकले आगामी पुस १३ देखि १७ गतेसम्म पोखराको लेकसाइडमा आयोजना हुने महोत्सवको संयोजक मण्डल र स्टेरिङ कमिटी गठन गरेको हो । त्यस्तै कार्यसमिति सदस्य सुनिलबहादुर भट्टराई र सुमन भट्टराईलाई सह–संयोजकका रूपमा जिम्मेवारी दिइएको छ । महोत्सवको स्टेरिङ कमिटीमा अध्यक्ष विश्वराज पौडेल, निवर्तमान अध्यक्ष नरेश भट्टराई, संयोजक वसन्त गौतम, द्वितीय उपाध्यक्ष विकास भट्टराई, महासचिव… पुरा पढौ

सुनको मूल्य निरन्तर अकासिँदो

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज एक तोला सुन रु एक हजार २०० ले महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार रु दुई लाख ३८ हजारमा कारोबार भएको एक तोला सुनको मोल आज रु एक हजार २०० ले बढेर रु दुई लाख ३९ हजार २०० कायम भएको छ । चाँदीको मूल्य पनि बढेको छ । बुधबार एक तोला चाँदी रु दुई हजार ९५५ मा खरिदबिक्री भएकामा… पुरा पढौ

सुनको मूल्य निरन्तर अकासिँदो, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

नेपाली बजारमा बिहीबार सुनको मूल्य २ लाख ४० हजार नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख ३८ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार तोलामा २ लाख ३९ हजार २०० रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको मूल्य समेत ३ हजार ३५ रुपैयाँ पुगेको छ । बुधबार तोलामा २ हजार ९५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर कारोबार भएको हो । पुरा पढौ

पोखरेली नीजि क्षेत्रले भन्यो : ‘जेनजीको नाममा भएको तोडफोड र आगजनी गर्नेलाई कारवाही, उनीहरुबाटै क्षेतीपूर्ती भराउ

सन्देश श्रेष्ठपोखरा, असोज २२ पोखरेली नीजि क्षेत्रले जेनजीको नाममा विध्वंश मच्चाउनेलाई कारवाहीको माग गरेका छन् । पोखरा उद्योग वाणिज्य संघले बुधबार आयोजना गरेको ‘उद्योगी/व्यवसायी माथिको आक्रमणले निम्त्याएका बहुआयामिक असर निराकरणका उपायहरु’ विषयक अन्र्तक्रियामा बोल्ने नीजि लगानीकर्ताहरुले गत भदौ २३ र २४ गते जेनजीले गरेको आन्दोलनको मौका छोपेर विध्वंश मच्चाउनेहरुलाई कारवाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिएका हुन् । साथै उद्योग÷व्यवसायमा पुगेको क्षेतीपूर्ती विध्वंश मच्चाउनेहरुबाटै भराउन पनि उनीहरुको माग छ । जेनजीले उठाएको भ्रष्टाचार अन्त्य, सुशासन र पारदर्शिताप्रति नीजि क्षेत्रको ऐक्यबद्दता रहे पनि… पुरा पढौ