अर्थ

सुलभ डिपार्टमेन्टल स्टोर्समा उपहार योजना, किचनका ठुला सामग्री पनि थप

पोखरा, २७ असोज पोखरा ६ जरेबरमा रहेको सुलभ डिपार्टमेन्टल स्टोर्सले दशै तिहारमा ग्राकहरुलाई लक्षित गर्दै उपहार योजना ल्याएको छ । दशै र तिहारलाई लक्ष्त गरे ल्याएका योजनामा १ हजारको खरिदमा एउटा कुपन पाइने छ । लक्की ड्र मार्फत विजेताले प्रथम पुरस्कार इलेक्टिक स्कुटर, दोस्रो पुरस्कार माउन्टेन साइकल र तेस्रो पुरस्कार डिस्पेन्सर पाउने छन् । अन्य १२ जनालाई सान्तोना पुरस्कार प्रदान गरिने डिपार्टमेन्टलका प्रबन्ध निर्देशक लक्ष्मण बरालले जानकारी दिए । १७ वर्ष अगाडि पोखराका पर्यटन व्यवासायीहरुको संयुक्त लगानिमा स्थापना भएको सुलभ… पुरा पढौ

पूर्वसभामुख कृष्णबहादुर महरा विरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता

सुन तस्करी गरेको आरोपमा आईतबार पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरा विरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ। अनुसन्धानका लागि म्याद थप नगरी जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको हो।जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख रामहरि काफ्ले महराविरुद्ध मुद्दा दर्ता भएको जानकारी दिए । उनीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको छ ।महराविरुद्ध भन्सार छली र संगठित अपराधको कसुरमा मुद्दा दर्ता गरेको हो। उनीविरुद्ध मंगलबारदेखि थुनछेक बहस… पुरा पढौ

बागलुङमा एक अर्ब ९४ करोड ६० लाखको आलु उत्पादन

बागलुङमा यस वर्ष एक अर्ब ९४ करोड ६० लाख मूल्य रुपैयाँ बराबरको आलु उत्पादन भएको छ । यहाँका किसानले बर्खे र हिउँदे गरी दुई याममा आलुखेती गर्दै आएका छन् । हिउँदेभन्दा बर्खे आलु उत्पादन बढी हुने गरेको छ । आलु उत्पादनका हिसाबले जिल्लाको माथिल्लो क्षेत्र उपयुक्त रहेकाले बर्सेनि करोडौँ मूल्य बराबरको आलु उत्पादन हुने गरेको छ । कृषि ज्ञान केन्द्र बागलुङले आलुखेतीमा लगानी गर्दै आएपछि किसानसमेत यसतर्फ आकर्षित भएका छन् । बागलुङका तमानखोला, ताराखोला, निसीखोला, काठेखोला गाउँपालिका, ढोरपाटन र गलकोट… पुरा पढौ

गण्डकी प्रदेशका ३४ स्थानीय तहमा काष्ठफल तथा फलफूल विकास आयोजना सञ्चालनमा

म्याग्दीको बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकासहित गण्डकी प्रदेशको १० जिल्लाका ३४ वटा स्थानीय तहमा पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना सञ्चालन भएको छ । कास्कीको पोखरा महानगर र पर्वतको जलजला गाउँपालिकामा दुई वर्षअघि सुरु भएको आयोजना लागू भएका स्थानीय तहको सङ्ख्या चालु आर्थिक वर्ष २०८२÷८३ मा ३४ पुगेको छ । कूल ९३ दशमलब ४५ मिलियन अमेरिकी डलर लागत अनुमान गरिएको आयोजना आर्थिक वर्ष २०८२ र ०३ मा गण्डकी प्रदेशका म्याग्दी, बागलुङ, मनाङ र मुस्ताङका १९ स्थानीय तहमा विस्तार भएको… पुरा पढौ

सुनको मूल्य तोलामा तीन हजारले बढ्यो

गत शुक्रबारको तुलनामा सुनको मूल्य रु तीन हजारले बढेको छ भने चाँदीको मूल्य पनि रु ४० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार रु दुई लाख ३५ हजारमा कारोबार भएको एक तोला सुनको मोल आज रु रु तीन हजारले बढेर रु दुई लाख ३८ हजार कायम भएको छ । सोही दिन एक तोला चाँदी रु तीन हजार ८५ मा खरिदबिक्री भएकामा आज त्यति नै परिमाणको चाँदी रु तीन हजार १२५ मा किनबेच भइरहेको छ । अन्तरराष्ट्रिय… पुरा पढौ

ठूलाकोट कृषि सहकारी संस्थाको साधारणसभा सम्पन्न

पोखरा–२८ कालिकामा रहेको ठूलाकोट कृषि सहकारी संस्था लिमिटेडको १६औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै पोखरा २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले यहाँका बासिन्दा कृषि क्षेत्र केन्द्रित रहेको हुनाले कृषि सहकारीको ठूलो महत्व रहेको बताउँदै ठूलाकोट कृषि सहकारीले उत्कृष्ट काम गरिरहेको बताए । वडा अध्यक्ष लामिछानेले कृषिमा राज्यले ठूलो अनुदान खर्च गरिरहेकोले पोखरा २८ मा कृषि सहकारी मार्फत सहकार्य गरेर काम गर्नको लागि वडा कार्यालय सकारात्मक रहेको बताए । सहकारीका अध्यक्ष श्याम प्रसाद तिमिल्सेनाको अध्यक्षतामा भएको सधारणसभामा… पुरा पढौ

कास्की पोखरा हस्तकला संघको १५ औं साधारण सभा सम्पन्न

कास्की पोखरा हस्तकला संघको १५ औं साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं १ का अध्यक्ष सहारा प्रधानले यस क्षेत्रको उद्यमशिलता, सिप हस्तान्तरण र विकासका लागि संघको महत्वपूर्ण योगदान रहेको बताए । अहिले पोखरा महानगर तथा वडाहहरुले विभिन्न सिप सिकाईका तालिमहरु ल्याईरहेको बताउँदै सिप सिकेर आत्मनिर्भर हुने बाटोमा लाग्न आग्रह गरे । पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमले स्थानिय हस्तकलाका सामग्रीको वजारिकरण र गुणस्तरिय उत्पादनमा जोड लिईन् । भदौ २३ र… पुरा पढौ

होटल मिस्टिक माउण्टेनको सेवा अब पोखरामा पनि

नगरकोटबाट सेवा दिँदै आएको होटल मिस्टिक माउण्टेनले आफ्नो सेवा पोखराबाट पनि सुरु गरेको छ । हस्पिटालिटि क्षेत्रमा आठ वर्ष देखि उत्कृष्ट होटल मिस्टिक माउण्टेनलाई हिली भ्याली प्रालीले फ्रेन्चाइचका रुपमा पर्यटकीय राजधानी पोखरामा ल्याएको हो । फेवाताल छेउमा अवस्थित होटलबाट पोखराका रमाणिय क्षेत्रहरुको दृश्यावलोकन गर्न पाइन्छ । प्राकृतिक हरियाली र स्वच्छ वातावरणमा बस्न चाहने पाहुनाका लागि होटल उपयुक्त रहेको होटेलका सेल्स एण्ड मार्केटिङ म्यानेजर अमिता श्रेष्ठले बताइन् । विशेष गरी पोखरा आउने पर्यटकहरु प्रकृतिसँग रम्न आउने भएकाले त्यसलाई मध्यनजर गर्दै पोखराको… पुरा पढौ

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले दिगो प्रतिफल दिन सक्दैन:सुझाव समिति

नागरिक उड्डयन क्षेत्र सुधारका लागि गठित सुझाव समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले दूरगामी रूपमा सञ्चालन भएर प्रतिफल दिनसक्ने अवस्था नरहेको निष्कर्ष निकालेको छ । समितिले गत असोज १२ गते अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको प्रतिवेदनमा सो निष्कर्ष निकालिएको छ । समितिले विमानस्थलको डिजाइन फिचरमै प्रश्न उठाएको छ । अहिलेको रनवे संरचना र अप्रोच पाथ नै गलत भएकोले यसले दिगो र प्रतिफलयुक्त विमानस्थल बन्नै नसक्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।विमानस्थलको रनवे अहिले २५०० मिटर मात्रै छ जुन पोखराको भू(बनोटमा अन्तर्राष्ट्रिय… पुरा पढौ

पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल ब्यबसायी संघको उपहार योजनाको नतिजा सार्वजनिक

पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल ब्यबसायी संघ कास्कीले आयोजना गरेको प्रथम ऐतिहासिक उपहार योजनाको नतिजा सार्वजनिक गरेको छ । शनिबार दोस्रो चरणको उपहार सार्वजनिक भएको हो । संघका अध्यक्ष चिन्तामणि खरेलले ४ जनाले स्मार्ट फोन, २५ जनाले कि प्याड फोन, २५ जनाले ईयर वड्स, ६ जनाले स्मार्ट वाच, ४ जनाले ब्लू तुथ स्पीकर, ६ जनाले पावर वैंक,२ जनाले राईस कुकर, २ जनाले इृलेक्टिक जग र २५ जनाले भित्ते घडी प्राप्त गरेको जानकारी दिए । सार्वजनिक नतिजा अनुसार ३२“इन्चको स्मार्ट टि.भी, कुपन… पुरा पढौ