गण्डकी

भीरबाट लडेर परियारको मृत्यू

पोखरामा एक युवाको भीरबाट लडेर मृत्यू भएको छ । पोखरा महानरपालिका वडा नम्बर १५ खहरेस्थित भीरबाट लडेर स्थानिय २३ वर्षिय साजन परियारको ज्यान गएको हो । विहान करीब ७ः३० बजे भीरबाट खसेका उनलाई मृत अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ । घट्नाको थप अनुसन्धान भने जारी राखिएको प्रहरीले बताएको छ । पुरा पढौ

भिरबाट खसेर पोखरामा एक जनाको मृत्यु

कार्तिक ७ पोखरा । पोखरामा भिरबाट खसेर एक युवाको मृत्यु भएको छ ।पोखरा–१५ को खहरेको भिरबाट खसेर पोखराको टुटुङ्गा बस्ने वर्ष २३ का साजन परियारको मृत्यु भएको हो ।आज विहान साढे सात बजे उनी भिरबाट खसेको थाहा पाएपछि प्रहरी त्यहाँ पुगेर अनुसान्धान सुरु गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराका प्रहरी नायव उपरिक्षक राजेन्द्र बाबु रेग्मीले जानकारी दिए । साथीहरुसंग पोखरा घुम्न आएका एक किशोरको पोखरामा मृत्यु भएको छ । भारतको आन्द्रा प्रदेश घर भई मनमोहन मेडिकल कलेज काठमाण्डौंमा अध्ययन गरिरहेका… पुरा पढौ

गण्डकीमा थप ४२ जनामा कोरोना सङ्क्रमण

गण्डकी प्रदेशमा आज बिहानै थप ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ३०९ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो । निर्देशनालयको अद्यावधिक विवरणअनुसार थपिनेमा नवलपरासी ९बर्दाघाट सुस्ता पूर्व० का २१, बाग्लुङका नौ, म्याग्दीका तीन, तनहुँ, गोरखा र लम्जुङका दुई÷दुई, पर्वत, कास्की र स्याङ्जाका एक÷एकजना छन् । सङ्क्रमित सबैको आइसोलेसन व्यवस्थापनको तयारी भइरहेको जनाइएको छ ।रासस पुरा पढौ

कोरोना संक्रमित मीन गुरुङको प्रश्न : के हाम्रो स्वाबको नतिजा हाम्रै नामको रिपोर्टमा आउला ?

विश्वब्यापी महामारीपको रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) को आफू संक्रमित भएको दशौं दिन कसैलाई वडाले त कसैले वडालाई समन्वय गरेर दोश्रो पिसिआर टेष्टको लागि हतार हतारमा कृषि तालिमकेन्द्र मालेपाटन पुगियो पूर्वाह्न ११ः०० बजेको समयमा । लाईन लामै थियो । बसियो चर्को घाममा कोरोनाको लक्षणले निकालेको पसिना भन्दा बढी पसिना चुहाउदै । केहि घण्टाको प्रतीक्षा पछि हाजिरी गरियो र पिसीआरको प्रतीक्षाको लाईन थियो, यत्रतत्र बसियो दुई सय बढिको भेलबाढी बीच । बस्दै गर्दा अर्ध चिनिएका( मास्कले) साथीहरुको उपस्थिती पनि बाक्लिदै… पुरा पढौ

गण्डकीमा संक्रमितको संख्या ६ हजार ३ सय नाघ्यो

कार्तिक ७ पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ३ सय नाघेको छ ।विभिन्न प्रयोगशालाहरुमा गरिएको परिक्षणमा प्रदेशका ४५ जनामा कोरोना पुष्टि भएसंगै प्रदेशभर संक्रमितको संख्या ६ हजार ३ सय १२ पुगेको हो ।क्षयरोग उपचार केन्द्र, पोखरा, भरतपुर अस्पताल, चितवन र चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा उनिहरुमा संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।यसरी थपिनेमा सबैभन्दा बढी नवलपुर वर्दघाट सुस्ता पूर्वका २१ जना छन् । यस्तै बाग्लुङका ९ जना, कास्कीका ४ जना, गोरखा, तनहुँ र लमजुङका… पुरा पढौ

अस्पतालका निर्देशक आचार्यलाई मुख्यमन्त्रीको फोन : कोरोनाको निःशुल्क उपचार गर्नुस्, लागेको खर्च प्रदेश सरकारले बेहोर्छ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक अर्जुन आचार्यलाई फोन गरि कोरोनाको उपचार निःशुल्क गर्ने प्रक्रिया जारी राख्न भनेका छन् । मुख्यमन्त्री गुरुङले आज विहान आचार्यलाई टेलिफोन गरि कोरोनाको निःशुल्क उपचार जारी राख्न भनेका हुन् । मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले शुक्रबार पूर्वाह्न सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै भनेका छन्,‘पश्चिमाञ्चल क्षेत्रीय अस्पताल संघ मातहत भएपनि गण्डकी प्रदेशकै जनताको उपचारस्थल भएको हुँदा कोभिड–१९ का संक्रमितको निःशुल्क उपचार गर्ने र त्यसको खर्चपर्च सरकारले ब्यहोर्ने र त्यसका लागि गण्डकी प्रदेश… पुरा पढौ

न्यूरोडमा फेसनवयर र रेष्ट्रो सञ्चालन

कार्तिक ७ पोखरा । युवा उद्यमी ओम उपाध्यायले पोखराको न्यूरोडमा दुई नयाँ व्यवसाय सञ्चालनमा ल्याएका छन् । उपाध्यायले नगरपालिका अगाडिको सेन्टर प्लाजामा सेन्ट्रर रेष्ट्रो र फेसन वयर सञ्चालन गरेका हुन् । लामो समयदेखि पोखराका विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका उपाध्यायले व्यवसाय बिस्तारका क्रममा फेसन वयर र रेष्ट्रोलाई बढाएका हुन् । उपाध्यायले कोरोनाका कारण अन्य व्यवसाय धरासायी बनेको अवस्थामा लगाउने र खाने अत्यावश्यक वस्तु भएकाले आफू त्यसतर्फ आकर्षित भएको बताए । उनले ब्राण्डेट सामग्रीलाई न्यूनतम रेटमा ग्राहकलाई दिने गरेको र दशैं… पुरा पढौ

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ओभरस्मार्ट बन्न खोज्यो, निर्णय सच्चिन्छ : मुख्यमन्त्री

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले गण्डकी प्रदेश सरकारको निर्णय बिरुद्ध सूचना निकालेको छ । प्रदेश सरकारले विश्वब्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) को उपचार निःशुल्क गर्ने भनेर घोषणा गरेको भोलिपल्टै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले कोभिड–१९ को उपचार विरामी आफैले गर्नुपर्ने भन्दै विहीबार विज्ञप्ती निकालेको हो । अस्पतालले यसअघी निःशुल्क उपचार गर्दै आएको थियो । तर प्रदेश सरकारले निर्देशन दिएको भोलिपल्टै विरामी आफैले उपचार खर्च बेहोर्नुपर्ने भनेर निकालिएको सूचना संयोग मात्र मान्न सकिन्न । किनभने संघ सरकार… पुरा पढौ

कास्कीका ५ सहित १३ जनामा कोरोना संक्रमण

कार्तिक ६ पोखरा । गण्डकी प्रदेशमा कास्की ,म्याग्दी र बाग्लुङका १३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा उनिहरुमा कोरोना संक्रमण देखा परेको स्वास्थ्य निर्देशनालय गण्डकीले पुष्टि गरेको हो ।निर्देशनालयका अनुसार थपिने मध्य कास्की र म्याग्दीका ५ जना र बाग्लुङका ३ जना छन् ।कास्कीमा संक्रमण पुष्टि भएका सबै पोखरा महानगरपालिकाका रहेका छन् । उनीहरुमध्य एक जना मणिपाल शिक्षण अस्पतालका चिकित्सक हुन् भने अन्य ५ जना ग्रिन पास्चर अस्पाताल चिकित्सक, स्टाफ नर्स र विरामी रहेको जनाइएको… पुरा पढौ

अक्सिजन उत्पादन शुरु

पर्वत जिल्ला अस्पतालमा उपकरणको सहायताबाट अक्सिजन प्लान्ट बनाइ अक्सिजन उत्पादन गर्न थालिएको छ । बुधवारदेखि अक्सिजन उत्पादन गर्न थालिएकाले अक्सिजनको अभावमा अस्पतालबाट बिरामीलाई अन्यत्र सिफारिस गरेर पठाउनुपर्र्ने समस्या अन्त्य भएको छ । गण्डकी प्रदेश सरकारबाट प्राप्त रू।६० लाखको लागतमा सो प्लान्ट जडान गरिएको हो । “अब जिल्ला अस्पतालले अक्सिजनको अभावमा पोखरा वा काठमाडौँ बिरामी पठाउनुपर्ने अवस्था आउँदैन ।” उक्त अस्पतालका ब्यवस्थापन समिति अध्यक्ष गोबिन्द पहाडीले भन्नुभयो, “१५ शैयाको यस अस्पताललाई आवश्यक पर्नेजति र माग भएर आएमा थप अक्सिजन उत्पादन गर्न… पुरा पढौ