गण्डकी

गण्डकीमा फेरि थपिए ४१ नयाँ संक्रमित

कार्तिक १४ पोखरा । कास्की सहित गण्डकीका ५ जिल्लाका थप ४१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार दिउँसो १ः १५ बजे एक विज्ञप्ती जारी गर्दै यसको जानकारी दिएको हो । थपिनेमा कास्कीका ३५ जना, स्याङ्जा र तनहुँका २–२ जना, बाग्लुङ र म्याग्दीका १–१ जना छन् ।कास्कीका संक्रमित सबै पोखरा महानगरका हुन् । यस्तै स्याङ्जाको भिरकोट र वालिङका १–१ जना, तनहुँको शुक्लागण्डकीका एक जना र अर्का एक जनाको पालिका खुल्न सकेको छैन । भने बाग्लुङ नगरपालिकाका एक… पुरा पढौ

फेदीखोलामा ‘मजदूर सञ्चयकोष’ स्थापना

स्याङ्जाको फेदीखोला गाउँपालिकाले मजदूरका लागि सञ्चयकोष स्थापना गरेको छ । पालिकाभित्र ज्यालादारी काम गर्ने न्यूनआय भएकालाई सूचीकृत गरी कामका आधारमा सञ्चयकोषमार्फत रकम उपलब्ध गराईने भएको हो । गाउँपालिकाको बैठकले पालिकाको मजदूर सञ्चय कोष कार्यविधि, २०७७ पारित गरी लागू गरेको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताएका छन् । “ दैनिक रु ८०० देखि एक हजार ५०० सम्म आम्दानी गरे तापनि बचत गर्ने बानीको विकास नभएकै कारण श्रमिक वर्ग अप्ठ्यारोमा पर्ने गरेका छन्”, अध्यक्ष सुवेदीले भने, “जीवनभर अर्काका लागि श्रम गर्ने तर अप्ठ्यारो… पुरा पढौ

पोखरामा होम आइसोलेसनमा बसेका पुरुषसहित २ को मृत्यू, प्रदेशमा मृतकको संख्या ७५ पुग्यो

पोखरामा होम आइसोलेसनमा बसेका एक बृद्धको मृत्यू भएको छ । नोभल कोरोना भाईरसको संत्रमण भएर घरमै होम आइसोलेसनमा बसेका पोखरा महानगरपालिका वडा नम्बर १५ का ८१ वर्षिय पुरुषको शुक्रबार विहान मृत्यू भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनलाई कात्तिक १२ गते कोरोना पुष्टी भएको थियो ।यसैगरी, स्याङ्जा जिल्ला, वालिङ नगरपालिका वडा नम्बर ५ का ७० बर्षीय महिलाको पनि कोरोनाले मृत्यू भएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आई.सि.यु.मा उपचाररत उनको उपचारकै क्रममा मृत्यू भएको… पुरा पढौ

कोरोना संक्रमणबाट पोखरामा थप २ को मृत्यु

कार्तिक १४ पोखरा । गण्डकी प्रदेशमा शुक्रबार थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । संक्रमणका कारण पोखरा महानगरपालिका –१५ का ८१ वर्षिय पुरुषको आज मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । गत कार्तिक १२ गते कोरोना संक्रमण भएपछि होम आइसोलेसनमा बस्दै आएका उनको आज मृत्यु भएको निर्देशनालयले विज्ञप्ती मार्फत जनाएको छ । यस्तै, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको कोभिड उपचार केन्द्रको सघन उपचार कक्षमा उपचाररत स्याङजाको वालिङ् ५ का ७० वर्षीय संक्रमित पुरुषको शुक्रबार मृत्यु भएको छ ।कार्तिक… पुरा पढौ

बागलुङ नगरका सडक धमाधम कालोपत्रे

बागलुङ नगरपालिकाका सडक धमाधम कालोपत्रे भइरहेका छन् । बागलुङ नगरपालिका–३ भलाटाकुरा–काभ्रे हुँदै कालिमाटी जाने सडकअन्र्तगत ६५० मिटर सडक कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । यस्तै बागलुङ बजारका मुख्य चोक तथा गल्लीमा सडक मर्मत तथा कालोपत्रे गर्ने कार्यले तिब्रता पाएको छ । यस्तै बलेवा पुग्ने सडकमा समेत कालोपत्रेको तयारी थालिएको छ भने केही स्थानमा कालोपत्रेका लागि पूर्वाधार निर्माण भईरहेको छ । स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्र्तगत भलाटाकुरा–काभ्रे हुँदै कालिमाटी जाने सडक खण्डको कालोपत्रेका लागि रु एक करोड बनियोजित भएको थियो… पुरा पढौ

सङ्क्रमितलाई घृणा नगरी आइसोलेशनमा बस्न वातावरण मिलाउनुपर्छः गलबहादुर गुरुङ, सदस्य, जिसस, तनहुँ

जिल्ला समन्वय समिति तनहुँका सदस्य गलबहादुर गुरुङलाई १५ दिन अगाडि ज्वरो आयो । सामान्य ज्वरो होला भनेर उनले औषधि सेवन गर्दै आवासगृहमै आराम गरे। ज्वरो दिनप्रतिदिन बढ्दै गयो । ज्वरोका कारण उनलाई पानीभन्दा केही पनि रुचेन । ज्वरो झन् बढ्दै १०३ सम्म पुग्यो । जिससका प्रवक्ता गुरुङ ओछ्यानबाट चल्न नसक्ने अवस्थामा पुगे। बेलाबेलामा होश नै हराएको जस्तो हुने र श्वास फेर्न एकदमै गाह्रो हुँदै गयो । बीचमा उहाँले पोखरा जाने सोच पनि बनाए तर ज्वरो भनेपछि हतपत सवारी साधन नै… पुरा पढौ

फेवातालको बाँध

पोखरा– १७ ड्यामसाइडस्थित फेवातालको बाँध केही भाग खुल्दा बगेको पानीको सुन्दर दृश्य । तस्बिर ः जमुनावर्षा शर्मा ÷रासस पुरा पढौ

पोखराका ५३ सहित गण्डकीमा थप ६५ कोरोना पुष्टि

कार्तिक १४ पोखरा । पोखराका ५३ जना सहित गण्डकी प्रदेशमा थप ६५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । लाइफ केयर डाइग्नोष्टिक प्रा. लि. पोखरामा गरिएको नमुना परिक्षणमा उनिहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।निर्देशनालयका अनुसार पछिल्लो क्रममा थपिनेमा पोखराका ५३ जना, तनहुँका ४ जना, स्याङ्जाका १ जना, पर्वतका ६ जना र लमजुङका एक जना छन् । पोखरामा थपिने संक्रमित मध्य १९ वटा वडाका छन् भने २ जनाको वडा खुल्न सकेको छैन् ।यस्तै पर्वतको कुश्माका ६ जना,… पुरा पढौ

रोजगारीका लागि तीन हजार सूचीकृत

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तनहुँका विभिन्न पालिकामा करीब तीन हजार बेरोजगार सूचीकृत भएका छन् । व्यास र शुक्लागण्डकी नगरपालिका तथा म्याग्दे, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा दुई हजार ९३५ बेरोजगार प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सूचीकृत भएका हुन् ।सरकारले गत साउन ८ देखि भदौ ७ गतेसम्म आफू स्थायी बसोबास रहेको स्थानीय तहका वडामा गएर १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिले बेरोजगार दर्ताका लागि निवेदन दिन पाउने व्यवस्था गरेको थियो । रोजगारीको हकसम्बन्धी ऐन, २०७५ र प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, २०७५… पुरा पढौ

सञ्जीवनी भनिएको ‘ब्यबसाय पुनरुत्थान कोष’ पर्यटन व्यवसायीका लागि ‘आकाशको फल आँखा तरी मर’

विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) गत चैतको शुरुदेखि नेपाल भित्रियो । कोरोना भित्रिएसँगै नेपालमा चैत ११ गतेदेखि लकडाउन भयो । लकडाउनसँगै उद्योग, कलकारखाना, ब्यापार, ब्यबसाय, यातायातलगायत सबै ठप्प भए । पर्यटन त झन् भन्नै परेन । पर्यटक बोलाएर उनीहरुलाई सेवा दिएर आम्दानी गर्नुपर्ने क्षेत्र पर्यटक नै नआएछि मारमा पर्ने नै भयो । यो समस्या १, २ वा ३ महिना होईन लगातार ८ महिना बितेको छ । गत असारताका सरकारले मौद्रिक नीति ल्याउँदा पर्यटन व्यवसायी बडो उत्साहित थिए… पुरा पढौ