गण्डकी

गण्डकी प्रदेशको चार जिल्लाका सडक मर्मत सम्भार तथा विस्तार कार्यमा तीब्रता

गण्डकी प्रदेशको तनहुँ, गोरखा, लमजुङ र मनाङ जिल्लाका सडक मर्मत सम्भार र विस्तार गर्ने कार्यलाई तीव्ररूपमा अघि बढाइएको छ। साथै,सडक डिभिजन कार्यालय दमौलीको कार्यक्षेत्रमा रहेको पृथ्वीराजमार्ग अन्तर्गतका सडकको पनि मर्मत सम्भार र विस्तार गर्ने कार्यलाई तीव्ररूपमा अघि बढाइएको छ। आर्थिक वर्ष ०७६/०७७ मा कोभिड–१९ कारण निर्माण कार्य प्रभावित हुँदा कामले गति लिन सकेको थिएन । यस आर्थिक वर्ष ०७७/०७८ को भने शुरुदेखि नै सडक मर्मत सम्भार र विस्तार गर्ने कार्यलाई तीव्ररूपमा अघि बढाइएको हो। पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको पूर्वमा मुग्लिनदेखि पश्चिम… पुरा पढौ

स्याङ्जा, गल्याङको सरस्वती आधारभूत सामुदायिक विद्यालयमा मगर भाषाको पढाई

स्याङ्जाको गल्याङ नगरपालिका–७, कल्लेरीस्थित सरस्वती आधारभूत विद्यालयमा मगर भाषा पढाउन थालिएको छ। मगर समुदायको भाषा, लिपी, लिपी र रीतिरिवाजको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले मगर भाषाको पढाई शुरु गरिएको विद्यालयका प्रधानाध्यापक दलबहादुर रानाले बताए। ‘पछिल्लो समय मगर समुदायका बालबालिकालाई यसबारे जानकारी नहुँदा मगर भाषा बोल्न जान्दैनन, प्रअ रानाले भने, ‘मगर भाषा संरक्षण गर्न विद्यालयमा यसको पठन पाठन शुरु गरेका हौं।’ विद्यालयले गत माघदेखि कक्षा एकमा पाठ्यक्रम विकास केन्द्रले निर्माण गरेको पाठ्यपुस्तकलाई आधार बनाएर ऐच्छिकरुपमा एकसय पूर्णाङ्कको मगर भाषाको… पुरा पढौ

पर्वतको कुस्मा बजारमा एक हप्ता निषेधाज्ञा

पर्वतको सदरमुकाम कुस्मा बजार क्षेत्रमा एक हप्ताका लागि निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतले शुक्रबार राती १२ बजेदेखि कात्तिक २१ गते राती १२ बजेसम्म कुस्मा बजार क्षेत्रमा पर्ने कुस्मा नगरपालिकाको वडा नम्बर ४, ५, ६ र ७ नम्बर वडा क्षेत्रमा निषेधाज्ञा लगाएको हो । जिल्ला प्रशासन कार्यालय पर्वतका प्रशासकीय अधिकृत विमलप्रसाद गौतमले शुक्रबार सूचना जारी गर्दै कोरोना संक्रमितको संख्या बढेको, कोरोनाकै कारण मान्छेको ज्यानसमेत जान थालेको र बढ्दो जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा लगाएको उल्लेख गरेका छन् ।… पुरा पढौ

म्याग्दीमा जिप दुर्घटना १ को मृत्यु, ११ घाईते

कार्तिक १४ पोखरा । म्याग्दीमा बेनीतर्फ यात्रु लिएर जाँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि ११ जना घाइते भएका छन् । म्याग्दीको बेनी नगरपालिका ८ जलेश्वरस्थित ठाडाखानीबाट बेनीतर्फ आउदै गरेको ग १ ख ८९६ नम्बरको बोलेरो दुर्घटना हुँदा १० वर्षीया रिया विकको ज्यान गएको प्रहरीले जनाएको छ । गण्डकी प्रदेश प्रहरी नायब उपरिक्षक रोजेन्द्रबाबू रेग्मीका अनुसार अन्नपूर्ण गाउँपालिका २ भुजुङकी १० वर्षीया बालिका रियाको उपचारको क्रममा बेनी अस्पतालमा ज्यान गएको हो । जिप बाटोबाट… पुरा पढौ

तनहुँमा भएको सडक दुर्घटनामा एकको मृत्यु

कार्तिक १४ पोखरा । तनहुँमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गएराती तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा भएको दुर्घटनामा गम्भीर घाइते भएका एक युवकको आज मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । विहीबार राती ११ बजे आबुँखैरेनीबाट डुम्रेतर्फ आइरहेको प्रदेश ३ (०२(१३ प २१०६ न।को मोटरसाईकल सोही ठाउँमा रोकी राखेको ना ५ ख ८८९२ नं।को ट्रकमा ठक्कर खाँदा आँबुखैरेनी गाउँपालिका –४ भागेका वर्ष १९ का अन्जन सुनार घाईते भएका सुनारको हाडजोर्नी अस्पताल आँबुखैरेनीमा उपचारका क्रममा… पुरा पढौ

पोखरा र बाग्लुङका थप ३५ जनामा कोरोना संंक्रमण

कार्तिक १४ पोखरा । कास्की र बाग्लुङमा गरि थप ३५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा उनीहरुमा संक्रमण देखिएको हो ।संक्रमण पुष्टि हुनेमा कास्कीको पोखरा महानगरपालिकाको वडा नं १, ५, ७, १४, १७, २०, २२, २५ र २६ का २८ जना छन् । भने बाग्लुङको बाग्लुङ नगरपालिकाका ६ जना पुरुष र १ जना महिला रहेको निर्देशनालयद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । यो संगै प्रदेशमा संक्रमितको संख्या ७ हजार ३ सय १६ पुगेको छ… पुरा पढौ

यातायात ब्यवस्था कार्यालय सवारी, कास्कीका कर्मचारीमा कोरोना संक्रमण, सेवा अबरुद्ध

यातायात ब्यवस्था कार्यालय सवारी, कास्कीमा कार्यरत एक जना कर्मचारीलाई विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) भएपछि शुक्रबार कार्यालयको काम प्रभावित भएको छ । पोखराको पृथ्वीचोकस्थित कार्यालयले एक सूचना निकाल्दै शुक्रबार कार्यालय बन्द गरेको जनाएको हो । सूचनामा आईतबार कार्यालय खुल्ने वा नखुल्नेबारे प्रष्ट पारिएको छैन । सूचनामा भनिएको छ,‘आउँदो आईतबार अर्को सूचना प्रकाशित हुने गरी आज शुक्रबार नामसारी सम्बन्धि कार्य बन्द गरिएको सरोकारवाला सबैमा जानकारीका लागि हार्दिक अनुरोध छ ।’ पुरा पढौ

मल्कवाङ सडक सञ्जालमा जोडियो

म्याग्दीको भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिका–५ मल्कवाङ सडक सञ्जालमा जोडिएको छ । प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय, म्याग्दीले मराङको बँेशीदेखि आरवाङ–हाङबाङहँुदै मल्कवाङ जोड्ने सडक निर्माण गरेको हो । मल्कबाङका अमर छन्त्यालले सडकको ट्र्याक ९मार्ग० खुलेपछि जीप, ट्याक्टर र मोटरसाइकल सञ्चालन हुन थालेको बताए। अल्पसङ्ख्यक छन्त्याल समुदायको बाहुल्य बसोवास रहेको मल्कवाङमा यसअघि सडक यातायात सुविधा थिएन् । आवतजावतका लागि भीर, जङ्गल र खोल्साको बाटोमा पैदलयात्रा गर्नुपर्दथ्यो । ढुवानीका लागि घोडा, खच्चर र भरियामा निर्भर थिए ।… पुरा पढौ

मुख्यमन्त्री र अर्थमन्त्रीबीच भेट, सशर्त आयोजनाका लागि मागे बजेट

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संघ सरकारका अर्थमन्त्री विष्णु पौडेललाई भेटेर विभिन्न आयोजनाहरुका लागि बजेट माग गरेका छन् । केहि दिनदेखि काठमाडौंमा रहेका मुख्यमन्त्री गुरुङले शुक्रबार अर्थमन्त्रीलाई भेटेर संघ सरकारले प्रदेशलाई हस्तान्तरण गरेका विभिन्न आयोजना तथा योजनाहरु निर्माणका लागि आवश्यक बजेट निकासाका लागि अनुरोध गरेको मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको सामाजिक सञ्जाल फेसवुकमा स्टाटसमा उल्लेख छ । मुख्यमन्त्री गुरुङले प्रदेश सरकारलाई संघले हस्तान्तरण गरेका ३२ वटा सडकका लागि २ अर्ब ८६ करोड रुपैया बजेट निकासाका लागि आग्रह गरे । त्यस्तै,… पुरा पढौ

विदेश छाडेर गाई पाल्छन् युवा

बागलुङ जिल्लाको जैमिनी नगरपालिका– १ कुश्मीशेराका गुरुदत्त आचार्य बिहान, बेलुका झोला बोकेर दगुरी रहेको देखिन्छन् । ठूलो प्लाष्टिकको भाँडा झोलाभित्र हुन्छ, त्यो भाँडाभरिको दूध हातमा समाउँदा हात गल्ने भएकाले उनले झोलामा राखेर बोकछन् र झण्डै डेढ किलोमिटरको तल रहेको दुग्ध सङ्कलन केन्द्रमा पुग्छन् । उनको घर केन्द्रदेखि उकालो लाग्दा डेढ किलोमिटरमा पुगिन्छ । बिहान ७ बजे र बेलुका ५ बजे दूध बोकेर सङ्कलन केन्द्र पुग्ने उनको दैनिकी हो । उनले जीवनको झण्डै आठ वर्ष मलेसियामा बिताए । त्यहाँ तरकारी बारीको… पुरा पढौ