गण्डकी

माउण्टेनसिटीद्वारा रिपोर्टिङ तालिम र माइन्युट हस्तान्तरण

लायन्स क्लब अफ पोखरा माउण्टेनसिटीले क्लवका पदाधिकारीलाई रिपोर्टिङ तालिम प्रदान गरेको छ । कार्यक्रममा डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी विकाश भुर्तेलले सहभागि पदाधिकारीलाई रिपोर्टिङसम्बन्धी तालिम दिएका थिए। उनले डिस्ट्रिक्ट गभर्नरबाट प्राप्त निर्देशनहरूलाई ध्यानमा राख्दै काम गर्न, गरिएका सामाजिक कार्यहरूको व्यवस्थित अभिलेख राख्न र समयमै रिपोर्टिङ गर्न आग्रह गरेका थिए। सोही अवसरमा पद हस्तान्तरण पनि गरिएको थियो। वर्ष २०२५÷२६ का अध्यक्ष विष्णुप्रसाद अधिकारीले वर्ष २०२६÷२७ का अध्यक्ष पदम श्रेष्ठलाई माइन्युट हस्तान्तरण गर्दै जिम्मेवारी सुम्पेका थिए। कार्यक्रममा नवनियुक्त अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालको एक वर्षमा… पुरा पढौ

रोटरी क्लब अफ पोखरा मिडटाउनको रजत जयन्ती तथा २५औँ पदस्थापन समारोह सम्पन्न

रोटरी क्लब अफ पोखरा मिडटाउनले आफ्नो स्थापना कालको २५ वर्ष पूरा गरेको अवसरमा रजत जयन्ती तथा २५औँ पदस्थापन समारोह सम्पन्न भएको छ । समारोहमा रोटरियन सङ्गीता तिमिल्सिनाले रोटरी वर्ष २०२६–२७ का लागि क्लबको अध्यक्षको रूपमा नेतृत्व सम्हालेकी छन् । निवर्तमान अध्यक्ष रोटरियन उपेन्द्र प्रसाद पौडेलले गाभेल, चार्टर प्रमाणपत्र तथा अध्यक्षीय कलर हस्तान्तरण गरी नेतृत्व औपचारिक रूपमा हस्तान्तरण गरे । समारोहको उद्घाटन प्रमुख अतिथि डिस्ट्रिक्ट गभर्नर इलेक्ट रोटरियन डा. आई.पी. ढकालले गरेका थिए । विशेष अतिथिका रूपमा नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक… पुरा पढौ

विश्वकर्मा सेवा समाज कास्कीको नवनिर्मित भवन उद्घाटनसँगै विशिष्ट व्यक्तित्व र ज्येष्ठ नागरिक सम्मानित

विश्वकर्मा सेवा समाज कास्कीको तेस्रो साधारण सभासहित नवनिर्मित भवनको उद्घाटन गरिएको छ । शनिबार पोखरा महानगरपालिका–७, रामकृष्ण टोल, घारीपाटनमा समाजले आफ्नै सुविधासम्पन्न भवन निर्माण गरी उद्घाटन गरेको हो । कार्यक्रममा समाज र राष्ट्रका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउने बौद्धिक एवं व्यावसायिक व्यक्तित्व, ज्येष्ठ नागरिक र भवन निर्माणमा सहयोग गर्ने मनकारी दाताहरूलाई भव्य सम्मान गरिएको थियोे । सो अवसरमा वोल्दै प्रमुख अतिथि दुर्गा बहादुर सुनारले उत्पीडित तथा शिल्पी आन्दोलनमा विश्वकर्मा समुदायले पु¥याएको ऐतिहासिक र निर्णायक योगदानको चर्चा गर्दै समुदायबीचको बलियो एकता,… पुरा पढौ

गोल्डेन नेचरमा अभिभावक शिक्षक अन्तरक्रिया सम्पन्न

पोखरा ३० खुदीस्थित गोल्डेन नेचर बोर्डिङ स्कुलले अभिभावक–शिक्षक अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न गरेको छ। कक्षा १, २ र ३ मा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक उपलब्धि, व्यवहारगत विकास, रुचि, क्षमता तथा निरन्तर मूल्याङ्कन प्रणालीका विषयमा जानकारी आदानप्रदान गर्दै विद्यालय र अभिभावकबबिच सहकार्यलाई अझ प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ।कार्यक्रममा विद्यालयका प्राचार्य प्रेमप्रसाद शर्माले बालबालिकाको समग्र विकासका लागि विद्यालय र अभिभावकबिच नियमित संवाद, विश्वास र सहकार्य अपरिहार्य रहेको बताए । उनले बालबालिकालाई केवल परीक्षामुखी नभई जीवनोपयोगी सिप, नैतिक आचरण, अनुशासन,… पुरा पढौ

पश्चिमाञ्चल माविमा स्वागत र अभिमूखिकरण

पोखरा–४ गैहपाटनस्थित पश्चिमाञ्चल माविमा ११ कक्षामा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई स्वागत गरिएको छ । विद्यार्थीका लागि आयोजित उक्त कार्यक्रममा पश्चिमाञ्चल फाउन्डेसनका अध्यक्ष प्राडा रामनाथ ओझाले उज्जवल भविश्यलाई ध्यान दिएर अध्ययन गर्न विद्यार्थीलाई सुझाए । ‘सही समयमा सही विषय छनोट गर्न सकेमा मात्र भविश्य उज्जवल हुन्छ । बेलैमा सही विषय छनोट गर्नुपर्छ,’ उनले भने, ‘अबका दुईवर्ष मेहनत गरेमा विद्यार्थीको जीवन उज्जवल हुनेछ ।’विद्यालयका प्राचार्य सरोज कोइरालाले अनुशासनमा रहेर अध्ययन गर्न विद्यार्थीलाई सुझाव दिए । कोइरालाले भने, ‘अबको दुईवर्ष कतैपनि अन्योलमा नपर्नु,… पुरा पढौ

लेखनाथ उद्योग वाणिज्य संघको ३०औँ स्थापना दिवस सम्पन्न, व्यवसायमैत्री नीति र औद्योगिक विकासमा जोड

गण्डकी प्रदेशकी उद्योग तथा पर्यटन मन्त्री यसोदा रिमालले निजी क्षेत्रको सक्रिय सहकार्यबिना सरकार सफल हुन नसक्ने बताएकी छन्। राष्ट्रको आर्थिक समृद्धिको प्रमुख आधार निजी क्षेत्र नै भएकाले सरकार र निजी क्षेत्रबीच विश्वास, सहकार्य र साझेदारी अझ सुदृढ हुनुपर्नेमा उनले जोड दिइन् ।लेखनाथ उद्योग वाणिज्य संघको ३०औँ स्थापना दिवस तथा २९औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मन्त्री रिमालले उद्योग, व्यापार, पर्यटन र कृषिको समन्वित विकासबाट मात्रै प्रदेश र देशको आर्थिक अवस्था मजबुत बन्न सक्ने धारणा व्यक्त गरिन्। उनले निजी… पुरा पढौ

पोखरामा उत्कृष्ट कफि कृषक सम्मानित,बाँदरले क्षति पुर्‍याउने क्षेत्रमा कफि खेती गर्न सुझाव

नेपाली कफीको राष्ट्रिय प्रदर्शनी एवम् कफी कपिङ च्याम्पियनसिप पोखरामा सम्पन्न भएको छ । नेपाल सरकार राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय पोखराको आयोजना तथा पोखरा महानगरपालिका र कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको प्रवर्द्धनमा सो एक दिने कार्यक्रम आयोजना गरिएको थियो ।कार्यक्रमको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे । त्यस अवसरमा मुख्यमन्त्री पाण्डे, गण्डकी प्रदेशका कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री भीमबहादुर कार्की र पोखराका मेयर धनराज आचार्यले कफि कपिङमा उत्कृष्टता हासिल गर्ने उद्यमी तथा कृषकहरूलाई नगद… पुरा पढौ

बालेन सरकारबिरुद्ध आन्दोलनका लागि पत्रकार र कर्मचारीलाई उक्साउँदै गण्डकीका मुख्यमन्त्री

सन्देश श्रेष्ठपोखरा, असार २० पुराना दलहरुलाई बिस्थापित गर्दै नया शक्तिका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदाएको छ । केहि वर्ष अघिमात्र उदाएको यो पार्टीले गत निर्वाचनमा झण्डै दुईतिहाई मत पाएर सरकार बनाएको छ । सो पार्टीका बरिष्ठ नेता बालेन्द्र साह (बालेन) नेतृत्वमा सरकार बनेसँगै पुराना दलहरु रुष्ट छन् । अझ सरकारले गरेका पछिल्ला निर्णयप्रति ती दल र तिनका नेताहरु आक्रोषित छन् । त्यसमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे पनि अछुतो छैनन् । नेपाली कांग्रेसका शेरबहादुर देउवा पक्षीय पूर्णबहादुर खड्का निकट मुख्यमन्त्री… पुरा पढौ

फेवातालमा अलपत्र परेकी युवतीको सकुशल उद्धार

पोखराको प्रमुख पर्यटकीय स्थल फेवातालमा अलपत्र परेकी एक युवतीको सकुशल उद्धार गरिएको छ । उनी फेवातालमा कायकिङ गर्ने क्रममा अचानक हावाहुरी आएपछि तालको बीचमा अलपत्र परेकी थिईन् । काठमाडौँको नारायणटार घर भई पोखरा घुम्न आएकी २३ वर्षीया रितिका फुयाँललाई सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेडक्वाटर कालिकाबाट खट्टिएको टोलीले सकुशल उद्धार गरेको हो । फेवातालस्थित फेवा वाच एन्ड रेस्क्यु टावरमा खटिएका सशस्त्र प्रहरी सहायक निरीक्षक देवेन्द्र केसीको कमाण्डमा टोली उद्धारका लागि खटिएको थियो । विशेष विपद् उद्धार टोलीले तुरुन्तै… पुरा पढौ

गण्डकीका ५ जना अग्रज पत्रकार सम्मानित,प्रविधिको विकाससँगसँगै आमसञ्चारमा चुनौती थपियो: मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेश प्रेस रजिष्ट्रारको कार्यालयले अग्रज पत्रकारको सम्मानको थालनी गरेको छ । पोखरामा शनिबार आयोजित गण्डकी मिडिया समिट–२०८३ तथा अग्रज पत्रकार सम्मान समारोहमा गण्डकी प्रदेशका ५ जना अग्रज पत्रकारलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा पोखराका अग्रज पत्रकार स्व. केशवराज पराजुली, तिलकमान गुभाजू, नवलपुरका प्रेमचन्द्र रौनियार, तनहुँका विश्वबन्धु भण्डारी र पर्वतकी सरस्वती शर्मा जिज्ञासु हुन् । प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनीहरुलाई जनही ५० हजार राशि, ताम्रपत्र र दोसल्लाले सम्मान गरे । गत मंगलबार मात्र निधन भएका स्व.… पुरा पढौ