गण्डकी

वीपी स्मृति दिवसमा, कास्कीमा विविध कार्यक्रम गरिने

नेपाली काँग्रेस कास्कीले ४४ औं वीपी स्मृति दिवसका अवसरमा विविध कार्यक्रम गर्ने भएको छ । नेपाली काँग्रेस कास्कीको शुक्रबार बसेको बैठकले तीन दिनसम्म विविध कार्यक्रम गर्ने निर्णय गरेको हो । साउन ४, ५ र ६ गते विद्यार्थी बीच वक्तृत्वकला प्रतियोगिता, नीति निर्माण र सरसफाईसँग सम्वन्धित कार्यक्रम गरिने भएको छ । वक्तृत्वकला प्रतियोगिताका लागि युवराज कुँवर संयोजक र सदस्य भानु ढकाल, नवीन सिग्देल रहेको समिति गठन गरिएको छ । नीति निर्माण सम्वन्धि कार्यक्रमका लागि माईकल कर्माचार्य संयोजक र सदस्य बाबुराम गिरी,… पुरा पढौ

आँबुखैरेनी गाउँपालिका पूर्ण खोप सुनिश्चितता

तनहुँको आँबुखैरेनी गाउँपालिका कार्यालयलाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । गाउँपालिका मातहत रहेका छ वटा वडामा रहेका ७८९ जना बालबालिकालाई १५ महिनाभित्रका सबै खोप पूरा गरेपछि पूर्ण खोप पालिका घोषणा गरेको हो । पाँच वर्ष मुनिका बालबालिका भएका घरको सर्वेक्षण गरी सबै खोप पूरा भए नभएको खोप कार्ड हेरिएको आँबुखैरेनी स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिए । उनले भने, “सर्वेक्षणका क्रममा आँबुखैरेनी बजारका चार जना भारतीय व्यापारीका छोराछोरीमा खोप पूरा नगरेको पाइएपछि आँबुखैरेनी अस्पतालमा ल्याई खोप लगाइएको थियो… पुरा पढौ

तरुण दलका नेता बस्नेतलाई मातृशोक

नेपाली कांग्रेसनिकट तरुण दलका युवा नेता अनिल बस्नेतलाई मातृशोक परेको छ । बस्नेतका ममतामयी आमा पोखरा १६, महेन्द्र गुफा निवासी सावित्री बस्नेतको बुधबार निधन भएको हो । ६३ बर्षिया बस्नेतको काठमाण्डौंको ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको र उनको धार्मिक परम्परा अनुसार शुक्रबार बिहान अन्त्येष्टि गरिएको छ । लामाचौरको शिवालयस्थित गोस्तेघाटमा अन्त्येष्टि गरिएको छ । स्वर्गीय बस्नेतको पार्थिव शरिरमा छोरा अनिल,सुनिल र सन्तोष बस्नेतले दागबत्ती दिएका थिए । त्यस अघि महेन्द्र गुफादेखि गोस्तेघाटसम्म शवयात्रा गरिएको थियो । सो क्रममा नेपाली… पुरा पढौ

कक्षा १२ को नतिजा सार्वजनिक, ६४ दशमलव १३ प्रतिशत उत्तीर्ण

राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार कुल उत्तीर्ण प्रतिशत ६४.१३ रहेको छ । नियमिततर्फ ग्रेड प्राप्त प्रतिशत ६९.७५ छ । आंशिकतर्फ ग्रेड प्राप्त प्रतिशत ४२.३८ रहेको बोर्डले जनाएको छ ।परीक्षामा ३ लाख ३२ हजार २४१ जना सहभागी भएका थिए । जसमा २ लाख ३१ हजार ७७० जना ग्रेडेड भएका छन् भने १ लाख ४७१ जना ननग्रेड भएका छन् ।जसमा ३.६१ देखि ४ जीपीए ल्याउनेको संख्या १७ हजार ७८६ जना ग्रेडेड… पुरा पढौ

पोखरामा चोरी गर्न काठमार्डौबाट चोर !

पोखरा, ४ असार पोखरामा पछिल्लो समय चोरीका लागि काठमाडौंबाट आउने गरेको कास्कीका प्रहरी प्रमुख एसपि नबिन कार्कीले बताएका छन् । शान्ति सुरक्षा सम्बन्धी अन्तक्रिया तथा नागरि सुनुवाई कार्यक्रममा एसपि कार्कीले पछिल्लो समय पोखरामा भएका ठुलाचोरीहरुमा काठमाडौंबाट चोरहरु आएको बताए । नुवारथोक टोलविकास सस्था पोखरा ७ को आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका पोखरा ७, वडा प्रहरी कार्यालय बैदाम र सामुदायिक सेवा केन्द्र बैदामको समन्वयमा भएको कार्यक्रममा स्थानीयले पोखरामा पछिल्लो समय चोरीका घटना बढेको बताएका थिए । एसपी कार्कीले… पुरा पढौ

पोखरा महानगरको नीति तथा कार्यक्रम : पृथ्वीचोकमा आधुनिक बसपार्क निर्माणदेखि फिर्के खोलामा करिडोरसम्म

पोखरा, असार ४ पोखरा महानगरपालिकाले पोखरा बसपार्क निर्माण र फिर्केखोलामा करिडोर निर्माणलाई प्राथमिकता दिएर आफ्नो नीति तथा कार्यक्रम ल्याएको छ । पोखरा महानगरपालिकाको विहीबार भएको १९ औं नगरसभामा महानगर प्रमुख धनराज आचार्यले बसपार्क र फिर्के करिडोर निर्माणसँगै पर्यटनलाई अर्थतन्त्रको आधार बनाउने नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । पोखरा पृथ्वीचोकमा बसपार्क निर्माणका लागि घर, टहरा हटाउने अभियान चलाईरहेको महानगरले सो अभियानलाई सार्थकता दिनेगरी नीति तथा कार्यक्रम ल्याएको हो । मेयर आचार्यले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भनिएको छ,‘नगर विकास कोष… पुरा पढौ

कन्चन क्यापिटलको रक्तदान, ६८ युनिट संकलन

पोखराको कन्चन क्यापिटल प्रा.लि.ले आयोजना गरेको रक्तदान कार्यक्रमबाट ६८ युनिट रगत संकलन भएको छ । संस्थाको सातौं वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको कार्यक्रमको पहिलो रक्तदाता रोमिका बुद्धाचार्यलाई ब्लड व्याग हस्तान्तरण गरि उद्घाटन गरिएको थियो । बुद्धाचार्यलाई कन्चन क्यापिटलका अध्यक्ष नितिन बज्राचार्यले ब्लड व्याग हस्तान्तरण गरेका थिए । अर्चलवोटस्थित कञ्चन डिपार्टमेण्टल स्टोर परिसरमा भएको कार्यक्रममा संस्थामा आवद्ध कर्मचारीसहित बिभिन्न व्यक्तिले रक्तदान गरेका थिए । संस्थाले विगत ४ बर्षदेखि बार्षिकोत्सवको अवसरमा नियमित रुपमा कार्यक्रम गर्दै आएको अध्यक्ष बज्राचार्यले बताए । पोखरामा रगत… पुरा पढौ

पोखरा बसपार्कमा चल्यो डोजर, ढले घर, टहरा

सन्देश श्रेष्ठपोखरा, असार ४ पोखरा महानगरपालिकाले पोखरा बसपार्क क्षेत्र भित्रका टहरा भत्काउन शुरु गरेको छ । पोखरा बसपार्क क्षेत्र भित्र पर्ने ठाउँमा बनाइएका संरचना महानगरले विहीबार डोजर लगाएर भत्काएको हो । महानगरले दिएको समयसीमा घर्किएपछि विहीबार महानगर टहरा भत्काउन ३ वटा डोजर लिएर पुगेको थियो । सो डोजरले बसपार्कको उत्तरी क्षेत्र पृथ्वी राजमार्गसँगै जोडिएका क्षेत्र र दक्षिणी क्षेत्र (सुकुमबासी बस्ती भन्दा पश्चिम)तर्फको भागमा रहेका घर, टहरा भत्काएको छ । भत्काइएका घर, टहरा व्यक्तिको लालपूर्जा भएको जग्गामा बनेको हो । यद्वपी… पुरा पढौ

पोखरामा शुक्रबार हुने ‘चङ्गा अल–स्टार फुटसल’ को तयारी पूरा, उद्घाटनमा कर्पोरेट र क्रियटर्स भिड्ने

चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा शुक्रबार हुने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । हाल जारी फिफा फुटबल विश्वकपको अवसरमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुलाई एउटै मैदानमा जमघट गराउनेगरी सो प्रतियोगिता आयोजना गर्न लागिएको हो । सामाजिक सेवा र परोपकारी कार्यमा टेवा पु¥याउने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको चंगा प्रोडक्सनका प्रमुख विवेक गुरुङले जानकारी दिए ।सो प्रतियोगितामा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू ,कलाकार, कन्टेन्ट क्रियटर, व्यवसायीलगायत आबद्ध ४ वटा टोलीहरूले सहभागिता जनाउँने छन् । उनका अनुसार रंगशालाको… पुरा पढौ

परिवार नियोजन संघ कास्कीको अभियान अमरसिंहमा

नेपाल परिवार नियोजन संघ कास्कीले शुरु गरेको यौंन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान बिहीबार पोखरा १२ स्थित अमरसिंह नमूना माविमा संचालन गरिएको छ । सो विद्यालयमा आयोजित कार्यक्रमलाई पोखरा महानगरपालिका वडा नं १२ कार्यालयले सहयोग गरेको हो । कार्यवाहक वडा अध्यक्ष शान्ति कोइरालाले कार्यक्रम शुभारम्भ गरिन् । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कोइराला, प्रधानाध्यापक बलराम पोख्रेलले बोलेका थिए । कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका कोषाध्यक्ष विष्णु दाहाल, युवा संयोजक कृशा सिग्देल, वरिष्ठ शाखा प्रवन्धक नव राज तिवारी, स्टार्फ… पुरा पढौ