गण्डकी

औसत मिति टर्दा पनि मनसुन अझै भित्रिएन

नेपालमा केही दिन मनसुन सुरु हुन ढिला हुने भएको छ । गत वर्षभन्दा यस वर्ष तीन दिन ढिला हुँदा पनि मनसुन भित्रिन सकेको छैन । जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले नेपालमा मनसुन सरदर जुन १३ मा प्रवेश गर्ने भए अझै केही दिन ढिला हुने जानकारी दिईन् ।मौसमविद् पोखरेलले भू–उपग्रहबाट प्राप्त तथ्याङ्क तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणका आधारमा नेपालमा मनसुन सुरु हुन केही दिन ढिला हुने सम्भावना रहेको बताईन् । नेपालमा हाल कोशी, बागमती र गण्डकी प्रदेशका साथै… पुरा पढौ

पर्वत सेवा समाज अमेरिकामा पुर्णको नेतृत्व

पर्वत सेवा समाज न्यूयोर्क अमेरिकाको नेतृत्व पुर्ण श्रेष्ठले गरेका छन् । न्यूयोर्कको हिक्सभिलस्थित भिलेज ग्रीन परिसरमा सम्पन्न महाधिवेशनले श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अर्जुन लामिछाने, उपाध्यक्षमा किशोर लामिछाने, महिला उपाध्यक्षमा पुष्पा रेग्मी, महासचिवमा प्रकाश शर्मा, सचिवमा सविन क्षेत्री तथा कोषाध्यक्षमा राजन गुरुङ चयन भएको त्यहाँबाट सुवास शर्मा लामिछानेले जानकारी दिए। सदस्यहरूमा युवक श्रेष्ठ, सुदिन कुमार परियार, एम। प्रसाद रिजाल, केशव सुवेदी, प्रकाश क्षेत्री तथा निशान पौडेल क्षेत्री छन्।समाजका निवर्तमान अध्यक्ष सूर्य पौडेलको अध्यक्षतामा… पुरा पढौ

जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा १४ स्वर्णसहित सहिद स्मृति आवासीय स्कुल च्याम्पियन

पोखरा — कास्की जिल्ला स्तरीय जुनियर तेक्वान्दो प्रतियोगितामा सहिद स्मृति आवासीय स्कुल च्याम्पियन बनेको छ। कास्की जिल्ला तेक्वान्दो संघको आयोजनामा पोखरामा सम्पन्न दुई दिने प्रतियोगितामा सहिद स्मृतिले १४ स्वर्ण, ३ रजत र २ कांस्य पदक जित्दै उपाधि हात पारेको हो।प्रतियोगितामा एब्सोलुट तेक्वान्दो डोजाङ दोस्रो भएको छ। उसले ४ स्वर्ण, ३ रजत र १ कांस्य पदक जितेको आयोजकले जनाएको छ। हिमालयन टाइगर तेक्वान्दो डोजाङ २ स्वर्ण, ३ रजत र २ कांस्य पदकसहित तेस्रो स्थानमा रह्यो।प्रतियोगितामा विभिन्न तौल समूहका खेलाडीबीच प्रतिस्पर्धा भएको… पुरा पढौ

गण्डकीको बजेट : फेवातालमा सेल्फी ब्रिज, रुपातालमा शिसाको पुल

गण्डकी प्रदेश सरकारले पर्यटन केन्द्रीत बजेट ल्याएको छ । आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले सोमबार ल्याएको बजेटमा पर्यटनको प्रमुख गन्तव्यहरु फेवाताल र रुपातालमा सेल्फी ब्रिज र शिसाको पुल बनाउन बजेट विनियोजन गरिएको छ । मन्त्री शेरचनले फेवातालमा फेवा होराइजन पेडेष्ट्रियन ब्रिज (सेल्फी ब्रिज) निर्माणका लागि र रुपातालमा शिसाको ब्रिज निर्माण कार्य अगाडि बढाउन बजेट विनियोजन गरेको बताए । तर त्यसका लागि निश्चित बजेट भने तोकिएको छैन । पुरा पढौ

राउण्ड फेवा : भ्यू फेवालाई पूर्णता दिईने

पोखरा, असार १ गण्डकी प्रदेश सरकारले पर्यटनलाई विशेष प्राथमिकता दिएर बजेट ल्याएको छ । उद्योग तथा पर्यटनका लागि २ करोड बजेट विनियोजन गरेको गण्डकीले राउण्ड फेवा ः भ्यू फेवा कार्यक्रमलाई निरन्तरता दिएको छ । जस अन्तर्गत क्लोज सर्किटका लागि बजेट विनियोजन गरेको आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले सोमबार ल्याएको बजेटमा उल्लेख छ । पुरा पढौ

गण्डकीको बजेट : कृषि र पर्यटन केन्द्रीत, पूर्वाधार निर्माणमा प्राथमिकता

सन्देश श्रेष्ठपोखरा, असार १ गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि करीब ३३ अर्बको बजेट ल्याएको छ । गण्डकी प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले आज प्रदेश सभामा आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् । यो चालु आर्थिक वर्षको भन्दा १ अर्ब १ करोड ९९ लाख १ हजार बढी हो । चालु आर्थिक वर्षमा ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँ बराबरको बजेट कार्यान्वयन भइरहेको छ… पुरा पढौ

गण्डकीको बजेट ३३ अर्ब,पहिला घरदेश, अनि परदेश र लेक टु लेक कार्यक्रमलाई निरन्तरता

गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि करीब ३३ अर्बको बजेट ल्याएको छ । गण्डकी प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले आज प्रदेश सभामा आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् । यो चालु आर्थिक वर्षको भन्दा १ अर्ब १ करोड ९९ लाख १ हजार बढी हो । चालु आर्थिक वर्षमा ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँ बराबरको बजेट कार्यान्वयन भइरहेको छ ।गण्डकीको बजेटमा चालुतर्फ १२… पुरा पढौ

गण्डकी प्रदेशको बजेट : रिटर्न टु भिलेज अभियानका लागि ४ करोड

पोखरा, असार १ गण्डकी प्रदेश सरकारले व्यवसायीक कृषिमा आकर्षित गर्नका लागि रिटर्न टु भिलेज अभियान सञ्चालन गर्ने भएको छ । गण्डकी प्रदेशको आर्थिक वर्ष २०८३÷८४को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले कृषिलाई व्यवसायीक कृषितर्फ आकर्षित गर्न सो अभियान सञ्चालन गरिने बताए । जसका लागि ४ करोड विनियोजन गरिएको उनले जानकारी दिए । मन्त्री शेरचनका अनुसार विनियोजित बजेट कृषिमा युवालाई आकर्षित गर्न, उत्पादन तथा उत्पादकत्व बृद्धि गर्न ऋण, ब्याज अनुदान, न्यूनतम समर्थन मुल्य कार्यान्वयन र व्यवसाय प्रवद्र्धनका लागि खर्चिनेछ… पुरा पढौ

पोखरामा अन्तरविद्यालय जुडो प्रतियोगिता सम्पन्न, ७५ खेलाडी सहभागी

पोखरा महानगरपालिकाको खेलकुद विकास समितिले सञ्चालन गरेको दोस्रो पोखरा खेलकुद महोत्सव तथा मार्सल आर्ट फेस्टिभल–२०८३ अन्तर्गत जुडो प्रतियोगिता सम्पन्न भएको छ । छात्र तथा छात्रा गरी दुई विधाका विभिन्न तौल समुहमा गरेर कुल ७५ जनाले सहभागिता जनाएको महोत्सव मूल आयोजक समितिका संयोजक तथा पोखरा महानगरपालिकाको खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदारले जानकारी दिए ।उनका अनुसार छात्र तर्फ २५ केजी, ३० केजी, ३५ केजी, ४० केजी र ४५ केजी तौल समूहमा प्रतिष्पर्धा गराइएको थियो । जस अनुसार २५ केजी छात्रमा… पुरा पढौ

पोखरामा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

सन्देश श्रेष्ठपोखरा, असार १पोखरामा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पोखरा पोखरा–२७ डाँडाकोनाक आज विहान टिप्परले ठक्कर दिदा मोटरसाइकल चालक ५३ वर्षीय विष्णुबहादुर खत्रीको मृत्यु भएको हो । मृतक खत्री तनहुँको बन्दीपुर गाउँपालिका–१ निवासी भएको खुलेको छ ।प्रहरीका अनुसार विजयपुरबाट तालचोकतर्फ जाँदै गरेको ग१ख ७७६६ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको बा८०प ३५३० नम्बरको मोटरसाइकललाई आज बिहान करिब ११ः२५ बजे ठक्कर दिएको थियो।ठक्करपछि गम्भीर घाइते भएका खत्रीलाई तत्काल उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याइएको… पुरा पढौ