गण्डकी

प्रतिनिधिसभाको बैठक जारी, राष्ट्रियताका सवालमा विपक्षीबाट सरकारको जवाफ माग

प्रतिनिधिसभाको जारी बैठकमा विपक्षी दलहरुले राष्ट्रियताको सवालमा नेपाल सरकार गम्भीर हुनुपर्ने विषयमा ध्यानाकर्षण गराएका छन् । बैठकको सुरूमै विपक्षी दलका सांसदहरू आफ्नो स्थानबाट उठेर विरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले नेकपा एमालेका संसदीय दलका उपनेता पद्मा अर्याललाई बोल्न समय दिए । सांसद अर्यालले परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिका सन्दर्भमा जवाफ माग गरिन् । नेता अर्यालले संसद्मा जवाफमा क्रममा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले दिएको अभिव्यक्तिप्रति पनि असन्तुष्टि जनाईन् । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री शाहको गत जेठ… पुरा पढौ

पर्वतका कृषकको आम्दानी: केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख

पर्वतको फलेवासका कृषक छविलाल पौडेलले केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट वार्षिक रु १२ लाख आम्दानी गरेका छन् । कालीगण्डकी नदी किनारमा रहेको उनको घर वरिपरिको झण्डै ७० रोपनी जग्गामा रु ४० लाख लगानी गरी सो आम्दानी गरेका हुन् । दक्षिण कोरियाको जागीरे जीवन त्यागेर गाउँमै फर्किएपछि व्यावसायिक रुपमा फलफूलखेती गर्न थालेकाले उनी अहिले गाउँको उदाहरणीय किसान बन्न सफल भएका छन् । पौडेलको केरा बगैँचामा घरपरिवार र थप दुईजना स्थानीयले रोजगारी पाएका छन् । सरकारले भारतबाट केरा आयातमा रोक लगाएपछि… पुरा पढौ

सुस्तामा एसएसबी प्रवेशको पोखरामा विरोध

पोखरा, जेठ ३१ नेपाली भूमि सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी० प्रवेशको पोखरामा विरोध भएको छ । नेकपा (माओवादी० कास्की, राष्ट्रिय जनमोर्चा कास्की र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कास्कीले पोखरामा संयुक्त रुपमा विरोध कार्यक्रम गरेका हुन् । पोखराको महेन्द्रपुलचोकमा आयोजना गरिउको कार्यक्रममा उनीहरुले प्लेकार्ड प्रदर्शन गर्नुका साथै नाराबाजी गरेर सुस्तामा एसएसबी प्रवेशको विरोध गरेका थिए । प्रदर्शनकारीले भारतीय विस्तारवाद मुर्दावाद, प्रधानमन्त्रीको राष्ट्रघाती अभिव्यक्ति फिर्ता गर, राष्ट्रिय स्वाधीनता रक्षा गरौँ, देशद्रोही बालेन सरकार मुर्दावाद, कठपुतली सरकार मुर्दावाद लगायतका नारा लगाएका थिए… पुरा पढौ

गण्डकीका महिला पत्रकारलाई आध्यात्मिक तथा मानसिक स्वास्थ्य प्रशिक्षण

‎पोखरा, ३० जेठ । सञ्चारिका समूह गण्डकी प्रदेशको आयोजना तथा गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालयको सहयोगमा महिला पत्रकारहरूका लागि दुई दिने ’आध्यात्मिक तथा मानसिक स्वास्थ्य सम्बन्धी प्रशिक्षण’ कार्यक्रम सम्पन्न भएको छ । शनिबारदेखि शुरु भएको प्रशिक्षण आईतबार सम्पन्न भएको हो । ‎कार्यक्रममा गण्डकी प्रदेशका प्रेस रजिस्ट्रार विमला भण्डारीले परिस्थिति अनुसारको मनस्थिति बनाउन आध्यात्मिक ज्ञानको ठुलो आवश्यकता रहेको औँल्याइन् । अब सरकारले समेत स्वास्थ्य क्षेत्रमा काउन्सिलरहरू राखेर काम गर्नुपर्ने समय आइसकेको उल्लेख गर्दै उनले पत्रकारिताको बद्लिँदो… पुरा पढौ

पोखरेली पर्यटन व्यवसायी पर्यटक बोलाउन कोलकत्तामा, भ्रमण पर्यटनको आधारशीला बन्ने विश्वास

पोखरा, जेठ ३१ पोखराका पर्यटन व्यवसायीहरुले भारतको कोलकत्ताबासीलाई पोखरा भ्रमणको निम्तो दिएका छन् । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको नेतृत्वमा गएका पोखराका पर्यटन व्यवसायीहरुले कोलकत्तामा ‘पोखरा–नेपाल प्रवद्र्धन अभियान २०२६’ अन्तर्गत बी–टु–बी नेटवर्किङ कार्यक्रम गरेर त्यहाँका नागरिकलाई पोखरा भ्रमणको निम्तो दिएका हुन् । त्यहाँ आफूहरुले ‘गर्मीमे चलो नेपाल’ नारासहित पोखरा भ्रमणको निम्तो गरेको पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिए । कार्यक्रममा पोखरेली पर्यटन व्यवसायीहरुले पोखरा, मुस्ताङको मुक्तिनाथ, अन्नपूर्ण क्षेत्रसहित गण्डकी प्रदेशका अन्य पर्यटकीय गन्तव्यहरुबारे… पुरा पढौ

सावित्री गिरी सुकुका दुई कृति पोखरामा सार्वजनिक

लोकदोहोरी गायिका तथा साहित्यकार सावित्री गिरी सुकुका दुई फरक विधाका कृति एक समारोहका बीच लोकार्पण गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीद्वारा पोखरामा आयोजित कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार तीर्थ श्रेष्ठले अवकाश मुक्तकसङ्ग्रह र छालहरू ओढेर गजलसङ्ग्रहको लोकार्पण गर्दै मुक्तक तथा गजल विधाका विविध आयामबारे प्रकाश पारे । उनले गिरीको चतुष्पदीय संरचनाको मुक्तक र समसामयिक विषयको गजल साधना प्रशंसायोग्य रहेको बताए ।वरिष्ठ लोकदोहोरी गायिका हरिदेवी कोइरालाले सावित्री गिरी सुकुको गायन कलाबाट प्रभावित भएको स्मरण गर्दै पछिल्लो समय देखिएको साहित्यिक… पुरा पढौ

अधिकृत बिक्रेता संघ पोखराले मनायो १९ औं स्थापना दिवस

अधिकृत बिक्रेता संघ पोखराले १९ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । संघले शनिवार बृहत निशुल्क स्वास्थ्य शिविर कार्यक्रमको आयोजना गऱ्यो । शिविरमा झण्डै तीनसय जनाले बिभिन्न रोगको स्वास्थ्य परिक्षण, दाँत सम्बन्धी रोगको उपचार, स्वास्थ्य परामर्श तथा विभिन्न रोगहरुको उपचार गरी लाभाम्वित भएका छन् । शिविरमा दाँत सम्बन्धी रोगको निशुल्क औषधी समेत वितरण गरिएको थियो ।मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर, तथा अर्किड डेण्टल एण्ड अर्थोडन्टिक सेन्टर, रानीपौवाको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको संघका अध्यक्ष तेजेन्द्र पौडेलले जानकारी दिए… पुरा पढौ

पसिएम कप प्लस टु बास्केटबलमा छात्र – छात्रा दुवै उपाधी एमिसीलाई

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम पिसिएम कप प्लस टु छात्र÷छात्रा बास्केटबल प्रतियोगिताको उपाधी छात्र÷छात्रा दुबैतर्फ टिम एमिसीले जितेको छ । नदिपुरस्थित कलेजकै बास्केटबल कोर्टमा भएको छात्रतर्फको फाइनलमा एमिसीले साझापानी ‘बि’ लाई पराजित गर्दै प्रथम स्थान हाँसिल गरेको हो । त्यस्तै छात्रातर्फ फाइनलमा एमिसीले टिम मुस्कानलाई पराजित गर्दै प्रथम स्थान हाँसिल गर्यो ।छात्रतर्फ २४ र छात्रातर्फ ६ टिमको सहभागिता रहेको थियो । जितसंगै छात्रतर्फ एमिसीले नगद रु १५ हजार सहित ट्रफि, मेडल प्रमाण–पत्र पुरस्कार प्राप्त गर्यो । उपविजेता साझापानीले नगद… पुरा पढौ

शेर्पा समाजको रक्तदान, ४० युनिट रगत संकलन

शेर्पा समाज पोखराले आयोजना गरेको रक्तदान कार्यक्रमबाट ४० युनिट रगत संकलन भएको छ । सागादावाको अवसरमा शनिबार पोखरा महानगरपालिका–७, पुरानो विमानस्थल अगाडि रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्दैपोखरा ७ का वडाध्यक्ष राममोहन आचार्यले सागादावालाई केवल धार्मिक पर्वका रूपमा मात्र नभई सामाजिक उत्तरदायित्वको प्रतीकका रूपमा मनाउनुपर्ने बताए । उनले रक्तदान कार्यक्रममार्फत मानव सेवा, सहयोग र परोपकारको सन्देश प्रवाह भएको बताए । कार्यक्रममा सुन्दरमार्ग टोल विकास संस्थाका अध्यक्ष तुलबहादुर गुरुङ, पूर्वाञ्चल सेवा समाज कास्कीका अध्यक्ष बालकुमार लुइटेल, सन्दर्भ टोल… पुरा पढौ

स्याङ्जामा तीन स्रष्टा सम्मानित

स्याङ्जाको पुतलीबजार नगरपालिकामा स्थापित पुतलीबजार प्रज्ञा प्रतिष्ठानले तीन जना स्रष्टालाई सम्मान गरेको छ । लामो समयदेखि कला, साहित्य र सङ्गीतको क्षेत्रमा निरन्तर साधना गरी नेपाली वाङ्मयको श्रीवृद्धिमा योगदान पुर्‍याउनुभएका असफल गौतम, अनन्तकुमार श्रेष्ठ र लक्ष्मी रेग्मी खनाललाई शुक्रबार एक समारोहबीच सम्मान गरिएको हो । सम्मानित स्रष्टाहरूलाई जनही रु २० हजारसहित सम्मानपत्र र दोसल्ला हस्तान्तरण गरिएको हो । भाषा, कला, साहित्य, संस्कृति, सङ्गीतमध्ये जुनसुकै विद्यामा कलम चलाउने वा कृति प्रकाशन गर्ने स्रष्टालाई सम्मान गर्दै आइएको प्रतिष्ठानका कुलपति विश्वप्रेम अधिकारीले जानकारी दिए… पुरा पढौ