गण्डकी

दोस्रो पोखरा खेलकुद महोत्सव सुरु, ११ खेल समावेश

पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा ‘दोस्रो पोखरा खेलकुद महोत्सव तथा मार्सल आर्ट फेस्टिभल २०८३’ शनिबारदेखि सुरु भएको छ । खेलकुद गतिविधिलाई थप व्यवस्थित, समावेशी तथा प्रतिभामुखी बनाउने उद्देश्यका साथ आयोजित महोत्सवको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख आचार्यले खेलकुद व्यक्तिगत स्वास्थ्य, अनुशासन र समग्र व्यक्तित्व विकासको महत्वपूर्ण आधार भएको बताए। विद्यालय तहदेखि नै खेलकुदको विकास र प्रवर्द्धन गर्न सकिए भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सकिने उनको भनाइ थियो।… पुरा पढौ

राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी पोखरामा सम्मानित

कास्की जिल्ला क्रिकेट सङ्घले क्रिकेट क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका राष्ट्रिय खेलाडी, प्रशिक्षक, अम्पायर, अफिसियल तथा मैदान कर्मचारीलाई सम्मान गरेको छ । पोखरामा आज आयोजित सङ्घको चौथो अधिवेशनका अवसरमा राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा कास्कीको प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । नेपाली राष्ट्रिय क्रिकेट टोलीसम्मको यात्रा तय गरेका पुरुषतर्फ अर्जुन कुमाल र महिलातर्फ रचना चौधरीलाई जनही रु १० हजार नगद, सम्मानपत्र तथा दोसल्लासहित सम्मान गरिएको छ । त्यसैगरी, नेपाल ‘ए’ पुरुष राष्ट्रिय टोलीका सदस्य… पुरा पढौ

कालिकाको त्रिलोकेश्वर शिव मन्दिर परिसरमा वृक्षारोपण

बुद्व विशाल बजार व्यापारिक एशोसियसनको आयोजनामा पोखरा २८ कालिकास्थित त्रिलोकेश्वर शिव मन्दिर परिसरमा बृक्षारोपण गरिएको छ । बुद्व विशाल बजार व्यापारिक एशोसियसनको आयोजना तथा त्रिलोकेश्वर शिव मन्दिर सेवा समितिको समन्वयमा मन्दिर पसिरमा बर, पिपल, सुमि, आँप, बेलपत्र, निम, अशोक, डुम्री, गुराँस, अमला, नारेश्वर, विभिन्न फलफुल तथा फुलहरूका विरूवाहरु रोपिएको थियो । कार्यक्रमको शुभारम्भ गर्दे पोखरा महानगरपालिका २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले बुद्व विशाल बजार व्यापारिक एशोसियसन सामाजिक कार्यमा निकै सक्रिय रहेको र एशोसियसनको समाज प्रति ठुलो योगदान रहेको बताए… पुरा पढौ

पश्चिमाञ्चल माविमा अभिमुखिकरण

पोखराको गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई शनिबार अभिमुखिकरण गरेको छ । नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्दै विद्यालयले विद्यार्थीका लागि लागुऔषधबारेको सचेतना, साइवर सुरक्षा लगायतबारे जानकारी गराएको छ । विद्यालयका प्राचार्य सरोज कोइरालाका अनुसार माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर कक्षा ११ मा भर्ना भएका विभिन्न विषयका विद्यार्थीका लागि सचेतनामुलक कार्यक्रम आयोजना गरिएको हो । पछिल्लो समय युवापुस्तामा लागुऔषधको दुरुपयोग बढेको तथा साइवर सुरक्षाबारे चूनौती थपिएकोले उनीहरुलाई त्यसबाट जोगाउनका लागि सचेतनामुलक कार्यक्रम गरेको उनले बताए । कार्यक्रममा प्रहरी निरिक्षक… पुरा पढौ

मन्टेश्वरी एसोसियसनको स्थापना दिवसमा कर्मचारी सम्मानित

मन्टेश्वरी एसोसियसन कास्कीले ११ औं स्थापना दिवस बिभिन्न कार्यक्रम गरी मनाएको छ । दिवसका अवसर पारेर शनिबार पोखरामा आयोजित कार्यक्रममा एसोसियसनले मन्टेश्वरी विद्यालयमा कार्यरत ४८ जना कर्मचारीलाई सम्मान गरेको हो ।नन टिचिङ तर्फका कर्मचारीलाई प्रोत्साहन स्वरुप सम्मान गरिएको एसोसियसनका कोषाध्यक्ष थिरबहादुर थापाले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि कवि एवं संस्कृतिविद् तीर्थ श्रेष्ठ र एसोसियसनका अध्यक्ष रिता पौडेलले सम्मानपत्र, सल र मायाको चिनोसहित सम्मान गरे । कार्यक्रममा बोल्दै कवि श्रेष्ठले ससाना बालबालिकाको सुनौलो भविष्यको शैक्षिक आधार नै मन्टेश्वरी भएको बताए… पुरा पढौ

पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले थाल्यो सुझाव सङ्कलन, गण्डकीमा ११ असारमा

नेपाल कम्युनिष्ट पार्टी एमालेले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका लागि गठन गरिएको कार्यदलमार्फत प्रदेशस्तरबाट सुझाव सङ्कलन सुरु गरेको छ । गत फागुन २१ गते सम्पन्न स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै पार्टी र जनताबीचको सम्बन्ध थप सुदृढ बनाउन आवश्यक रूपान्तरण तथा पुनर्गठनका विषयमा सुझाव सङ्कलन गर्न कार्यदल गठन गरिएको हो । एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख नीरज आचार्यका अनुसार कार्यदलले आज बागमती प्रदेश सङ्गठन कमिटीको समन्वयमा काठमाडौँबाट सुझाव सङ्कलन अभियान सुरु गरेको हो। बागमती प्रदेश सङ्गठन कमिटीको बैठक… पुरा पढौ

प्रतिभा माविमा ‘मिट एण्ड ग्रिट’ सम्पन्न

पोखरा, जेठ २९ पोखरा–३ नदीपुरमा रहेको प्रतिभा माविमा ‘मिट एण्ड ग्रिट’ कार्यक्रम सम्पन्न भएको छ । शिक्षक र अभिभावकबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित विद्यालयले कक्षा १ का विद्यार्थी र अभिभावकसहित ‘मिट एण्ड ग्रिट’ कार्यक्रम गरेको हो । विद्यार्थी, अभिभावक, शिक्षक तथा विद्यालय व्यवस्थापन पक्षसहितको सहभागितामा भएको कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य किरण सापकोटाले विद्यार्थीको समग्र विकासका लागि विद्यालय र अभिभावकबीच नियमित संवाद हुनुपर्ने बताए । त्यसका लागि विद्यालयको तर्फबाट प्रयास भएको भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबघता जनाए… पुरा पढौ

पोखरा १७ मा मैनबत्ती बनाउने तालिम सम्पन्न

कास्की पोखरा हस्तकला संघ र पोखरा महानगरपालिका वडा नं १७ को आयोजना संचालित तीन दिने मैनबत्ती बनाउने तालिम सकिएको छ । महिलालाई आर्थिक आर्जन, स्वआर्जन र उद्यमशील बनाउन “सिप सिकौं, आत्मर्भिर बनौं” भन्ने मूल नाराका साथ विरौटाचोकस्थित घले हस्तकला प्रशिक्षण केन्द्रमा आयोजना गरिएको तालिममा ५० जना महिलाहरुको सहभागिता रहेको थियो । तालिममा स्वस्तिक हस्तकला बगरका प्रशिक्षक रत्न कुमारी शाक्य तथा लक्ष्मी गुरुङले प्रशिक्षण दिएको कास्की हस्तकला संघ तथा स्वस्तिक हस्तकला उद्योगका प्रमुख सीता गुरुङले जानकारी दिईन् । समापन समारोहमा बोल्दै… पुरा पढौ

आश्रय अभियान नेपालद्वारा कृष्ण प्रणामी वृन्दावन धाममा भोजन सहयोग

आश्रय अभियान नेपालले पोखरा २७ स्थित कृष्ण प्रणामी वृन्दावन धाममा भोजन सहयोग गरेको छ । समूहका अध्यक्ष मायादेवी शर्मा गीताले धामका प्रमुख विष्णु वशिष्ठ महाराजलाई भोजन खर्चवापत १० हजार रुपैयाँ हस्तान्तरण गरिन् । सहयोग प्रदान गर्दै अध्यक्ष लामिछानेले मानिस शारीरिक रुपबाट मात्र नभइ मानसिक रूपमा पनि खुसी रहन यस्तो कार्यक्रमबाट मद्दत पुग्ने बताईन् । उनले आफ्नो समूहले विगतका वर्षहरूमा पनि उक्त धामका लागि सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोगलाई निरन्तरता प्रदान गरिने बताईन् । सहयोग रकम बुझ्दै धामका… पुरा पढौ

नागढुङ्गा आमा समूहको अभिमुखीकरण तथा प्रस्तावना लेखन तालिम सम्पन्न

नागढुङ्गा आमा समूहको आयोजनामा पोखराको नागढुंगामा एक दिने अभिमुखीकरण तथा प्रस्तावना लेखन सम्बन्धी तालिम सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ९ को आर्थिक सहयोगमा आयोजित तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि वडा नम्बर ९ का सदस्य लक्ष्मी पहारीले महिलाहरूको व्यक्तित्व तथा नेतृत्व विकासका लागि वडाले विभिन्न तालिमहरूमा सहयोग प्रदान गर्दै आएको बताईन् । वडा सदस्य नन्दराम गिरीले तालिम लिएपछि समूहका सदस्यहरूमा आत्मविश्वास सँगै क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गरे । आयोजक नागढुंगा आमा समूहका अध्यक्ष कमला श्रेष्ठले तालिमका लागि… पुरा पढौ