स्वास्थ्य

नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा ‘गम्भीर’ तहमा पुग्यो

नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा पछिल्ला केही दिनमा बढ्दै गएको देखिएको छ। यहाँ आइतबार गरिएको मापनमा वायु प्रदूषणको मात्रा ‘गम्भीर’ तहमा पुगेको बताइएको हो। यहाँको प्रदूषण गम्भीर तहमा पुगेको पाइएपछि कतिपय निर्माणका कार्य, जलाउने या ध्वंस गर्ने कार्य तथा सडकमा भ्याक्युम क्लिनरले सफा गर्ने काममा प्रतिबन्ध लगाइएको बताइएको छ। यहाँको वायु गुणस्तर व्यवस्थापन आयोग, सिएक्युएमले आइतबार प्रकाशन गरेको एक प्रेस विज्ञप्तिमा सो कुराको जानकारी दिइएको हो। उक्त विज्ञप्तिमा वायु प्रदूषणको मात्रा पछिल्ला दिनमा बढ्दै गएको र आइतबार यो मात्रा गम्भीर… पुरा पढौ

आरजू सल्यानीलाई युआरएल पत्रकारिता पुरस्कार

पोखरा । युआरएल पत्रकारिता पुरस्कार २०७९ पत्रकार आरजू विष्ट सल्यानीलाई प्रदान गरिने भएको छ । गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी(युआरएल)ले स्थापना र सञ्चालन गरेको यो पुरस्कारको राशि नगद २० हजार र ताम्रपत्र छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल संयोजक र डा सुरेश पौडेल र पत्रकार वासुदेव मिश्र सदस्य रहेको प्रतिभा छनोट समितिले सल्यानीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । २ दशकभन्दा बढीदेखि पत्रकारिता क्रियाशील सल्यानी रेडियो अन्नपूर्ण र सफल आवाज डटकममा आवद्ध छन् ।… पुरा पढौ

‘राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा’

वाग्मती सफाइ महाअभियान चार सय ९९ हप्ता पूरा भएको छ । विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको महाअभियानअन्तर्गत प्रत्येक हप्ताको शनिबार वाग्मती सफाइ हुने गरेको छ । ‘राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ निरन्तर प्रत्येक हप्ता बिहान साढे सात बजेदेखि साढे नौ बजेसम्म यो अभियान चल्ने गर्छ । महाअभियानले शनिबार तिलगङ्गामा चार सय ९९औँ हप्ताको सफाइ गरेको छ । सफाइबाट १।५ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी एवं अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक… पुरा पढौ

रक्तस्राव भएपछि सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

दिपायल । दिपायल डोटीकी एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । उच्च रक्तस्राव भएपछि जिल्लाको बडिकेदार गाउँपालिका–५ लाना केदारेश्वर कि २७ वर्र्षीया अमृतादेवी बोहराको आज हेलिकप्टरबाट उद्धार गरिएको बडिकेदार गाउँपालिका–५ का वडासदस्य भीमबहादुर बोहराले बताए । सोमबार साझदेखि सुत्केरी बेथा लागेकी बोहराले बच्चा जन्माउन नसकेपछि रन्तोला सामुदायिक स्वास्थ्य इकाई लाना रन्तोलामा लगिएको थियो । उच्च रक्तस्राव भएपछि उनको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी विभिन्न निकायको पहलमा थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो । राष्ट्रपति महिला उत्थान… पुरा पढौ

ढोरपाटन उपत्यकामा १५ शय्याको अस्पताल बन्दै

ढोरपाटन । पछिल्लो समय ढोरपाटन नगरपालिकाले यस क्षेत्रलाई विकाससँग जोड्न थालेको छ । यस वर्षदेखि वडा नं ९ को ढोरपाटन उपत्यकामा नगर अस्पताल निर्माण गर्न सुरु भएको छ । जिल्लाकै सबैभन्दा दुर्गम मानिने ढोरपाटनमा नगर अस्पताल बन्न थालेपछि स्थानीयवासी खुसी भएका छन् । केन्द्र सरकारले विनियोजन गरेको साढे रु १४ करोड ७६ लाख लागतमा अस्पताल निर्माण हुन लागेको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक केशव थापाले जानकारी दिए । पाखाथरमा निर्माण हुन लागेको अस्पताल १५ शय्याको हुने थापाको भनाइ छ । पाँच… पुरा पढौ

थप ४ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा देशभर थप ४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ९ सय ४० जनाको नमूना परीक्षण गरिएको थियो । ५ सय १२ जनाको पीसीआर र ४ सय २८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आइतबार ३८ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर २ सय ६३ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ मन्त्रालयले जनाएको छ… पुरा पढौ

रुकुमपूर्वमा पनि पहिलो पटक शल्यक्रियामार्फत् शिशुको जन्म

रुकुम पुर्व । जिल्ला अस्पताल रुकुमपूर्वमा पहिलो पटक एक गर्भवतीको शल्यक्रिया गरिएको छ । अस्पताल स्थापना भएको पाँच वर्षपछि जिल्ला अस्पतालमा पहिलो पटक सुत्केरीले शल्यक्रियामार्फत शिशुको जन्म गराईएको हो । शनिबार अस्पतालमा भूमे गाउँपालिका–८ की सन्तु बुढाको शल्यक्रिया गरिएको डा. पूर्णबहादुर पुनले जानकारी दिए । शल्यक्रियाका डा नारायण बरालको टोलीले उक्त शल्यक्रिया गरेको हो । सुत्केरी हुने समय नाघेको र सामान्य अवस्थामा शिशु जन्माउन नसकेकाले शल्यक्रिया गर्नुपरेको डा पुनले बताए । विसं २०७४ पुस ७ गते रुकुमकोटस्थित स्वास्थ्य चौकीलाई जिल्ला… पुरा पढौ

हिमालय आँखा अस्पताल कर्मचारी युनियनको अध्यक्षमा नकर्मी

नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन हिमालय आँखा अस्पताल पोखराको अध्यक्षमा प्रेमकुमार नकर्मी पुन: निर्वाचित भएका छन्। युनियनको शनिबार पोखरामा सम्पन्न सातौ अधिबेशनले नकर्मीलाई पुन: अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो। कमिटीको उपाध्यक्षमा सकुन्तला श्रेष्ठ, सचिवमा अनिलकुमार सिंह, कोषाध्यक्षमा पुण्यप्रताव शाह र सह–सचिबमा कल्पना आचार्य छन्। यस्तै सदस्यहरूमा बिष्णु काफ्ले, जमुना पौडेल, सन्तोष बराल, सृजना तिवारी, गिता नहर्की, शान्ति चौधरी, दिपिका गुरुङ, बिजय पौडेल, चित्रा उप्रेती र कृष्ण राना छन्। नबनिर्वाचित कमिटीलाई कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका… पुरा पढौ

कर्मचारी युनियन हिमालय आँखा अस्पतालको अध्यक्षमा नकर्मी

पोखरा ।नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन हिमालय आँखा अस्पताल पोखराको अध्यक्षमा प्रेम कुमार नकर्मी निर्वाचित भएका भएका छन् । युनियनको शनिबार पोखरामा सम्पन्न सातौं अधिबेशनले नकर्मीलाई पुनः अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो । कमिटीको उपाध्यक्षमा सकुन्तला श्रेष्ठ, सचीवमा अनिलकुमार शिंह, कोषाध्यक्षमा पुन्य प्रताव शाह र सहसचिबमा कल्पना आचार्य निर्वाचित भएका छन् । यस्तै अधिबेशनले सदस्यहरूमा बिष्णु काफ्ले, जमुना पौडेल,सन्तोष बराल, सृजना तिवारी, गिता नहर्की, शान्ति चौधरी, दिपिका गुरुङ्ग, बिजय पौडेल, चित्रा उप्रेती र कृष्ण रानालाई चयन गरेको छ ।… पुरा पढौ

गाउँपालिकाद्धारा पन्ध्र शय्याको अस्पतालमा सञ्चालनमा

तनहुँ । तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका कार्यालयले पन्ध्र शय्या क्षमताको आँबुखैरेनी अस्पताल सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको नवनिर्मित भवन निर्माणपश्चात् साविकको वडा नं २ र ३ को कार्यालय रहेको सामुदायिक भवनलाई अस्पतालमा परिणत गरी सञ्चालनमा ल्याइएको हो । स्थानीय तहको निर्वाचनमा जनतामाझ आफूले गरेको वाचा पूरा गरेको बताउँदै गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने जानकारी दिए। सरकारीस्तरबाटै स्थानीयरुपमा अस्पताल सञ्चालनमा ल्याएसँगै स्थानीय नागरिकलाई उपचार गराउन सहज हुने र अब टाढा र महँगा निजी अस्पताल… पुरा पढौ