स्वास्थ्य

ताङतिङमा निशुल्क स्वास्थ्य शिविर, १७३ जना लाभान्वित

पोखरा । कास्कीको मादी गाउँपालिका २ ताङतिङमा स्थानीयलाई मध्यनजर गर्दै वडा कार्यालयको समन्वयमा निशुल्क स्वास्थ्य शिविरको सम्पन्न भएको छ । पोखरा रानीपौवास्थित आस्था किड्नी एण्ड स्पेशलाइज्ड हस्पिटल प्रा.लिको आयोजना र मादी गाउँपालिका २ को समन्वयमा हिमालय मिलनमा एक दिने निशुल्क स्वाथ्य शिविर सम्पन्न भएको हो । नागार्जुङ स्वास्थ्य चौकीका प्रमुख हरिबहादुर गुरुङले सो स्वास्थ्य शिविरमा १ सय ७३ जनाले निशुल्क स्वास्थ्य परिक्षण गरेको जानकारी दिए । उनका अनुसार शिविरमा ४७ जनाले सामान्य प्रयोगशाला परिक्षण, ६० जनाले भिडियो एक्सरे तथा इसिजी… पुरा पढौ

‘नेपाल क्यान्सर हस्पिटल’ले गर्यो पोखरामा क्यान्सर सम्बन्धि जनचेतनामूलक कार्यक्रम

पोखरा । ‘नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर’ हरिसिद्दि ललितपुरले पोखरामा क्यान्सर सम्बन्धि जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ। पछिल्लो समय नेपालमा बढ्दै गरेको विभिन्न खालका क्यान्सर र त्यसको अबस्थाको बारेमा हस्पिटलका नाक, कान, घाँटी, तथा थाइराइड क्यान्सर विशेषज्ञ डाक्टर प्रभात चन्द्र ठाकुरले नेपालमा क्यान्सर रोग र समस्याको समाधान कसरी गर्ने भन्ने बारेमा सचेतना गराएका थिए। नेपाल क्यान्सर हस्पिटलले बिशेषतस् समाजमा सानो भएपनि क्यान्सर सम्बन्धि चेतना जागोस् भन्ने हेतुले यो कार्यक्रमको आयोजना गरेको डा. ठाकुरले बताए । उनले समस्यामा परेका कतिपय… पुरा पढौ

छोरीको उपचार गर्न मनिपाल पुगेकी महिलाको अस्पतालको तेश्रो तलाबाट खसेर मृत्यू

पोखरा, मंसिर २३ पोखराको मनिपाल अस्पतालको तेश्रो तलाबाट खसेर एक महिलाको मृत्यू भएको छ । पोखरा–१८ सराङ्कोट घर भएकी ६५ वर्षिया धनसरी घर्ती मगरको अस्पतालको तेश्रो तलाबाट खसेर आज पूर्वाह्न ११ः५० बजे मृत्यू भएको कास्की प्रहरीले जनाएको छ । घर्ती मुटुको समस्या भएर उपचाररत छोरी पूर्णकुमारी घर्तीको हेरचाहका लागि अस्पताल पुगेकी थिईन् । अस्पतालको तेश्रो तलामा उपचाररत छोरीको हेरचाहमा खटिएकी घर्ती अस्पतालको पछाडि पट्टीको ढोका खोलेर हेर्न खोज्दा खसेको कास्कीका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) सुन्दर तिवारीले जानकारी दिए… पुरा पढौ

पाल्पाको विवाह भोज काण्ड: प्रयोग भएको पानीमा ‘कोलिफर्म’फेला

पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिकास्थित एक बिहे भोजका लागि प्रयोग भएको पानी पानीमा ‘कोलिफर्म’ नामक जीवाणु भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । गएको शनिबार बिहे भोज खाएपछि पाल्पा र प्युठानका एक सय ५० जना बिरामी परेका थिए । ‘कोलिफर्म’ले झाडा पखाला लाग्ने गर्दछ । बिहेको भोजमा दुई वटा ड्रमको पानी प्रयोग भएकामा एउटामा कोलिफर्मको जीवाणु भेटिएको उक्त कार्यालयका प्रयोगशाला प्राविधिक मधुसुधन भट्टराईले जानकारी दिए । यही मङ्सिर १७ गते शनिबार बगनासकाली–१ घोरबन्दाका दानबहादुर गाहाको छोरीको बिहेमा भोज खाएर एक… पुरा पढौ

१५ शय्याको नगर अस्पताल निर्माण सुरु

नवलपरासी पुर्वी । पुर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकामा १५ शय्याको नगर अस्पताल भवन निर्माण सुरु भएको छ । अस्पताल भवनको आज मध्यबिन्दु नगरपालिकाका नगर प्रमुख भीमलाल अधिकारीले शिलान्यास गरेका हुन् । यसअघि मध्यबिन्दु–७ मा रहेको चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालको रुपमा स्तरोन्नति गरिएको थियो । नगर अस्पताल सञ्चालनको लागि सुविधा सम्पन्न भवन निर्माणको लागि ठेक्का सम्झौता भई निर्माणको काम अगाडि बढेको नगरप्रमुख अधिकारीले बताए । दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी नगरपालिकाले २०७९ कात्तिक १७ गते ठेक्का सम्झौता गरेको छ… पुरा पढौ

‘पाठ्यक्रममा लागु गरिएका प्रजनन स्वास्थ्यका विषयहरु प्रभावकारी रुपमा पठनपाठन हुनुपर्छ’: सांसद भट्टराई

पोखरा । नवनिर्वाचित नेकपा एमालेका प्रतिनिधि सभाका सदस्य विद्या भट्टराईले शैक्षिक पाठ्यक्रममा समावेश गरिएको महिला प्रजननका विषयहरु प्रभावकारी रुपमा पठनपाठन गरिनुपर्नेमा जोड दिएका छन् । सञ्चारिका समुह नेपाल गण्डकी प्रदेश तथा ग्लोबल एक्सन नेपालको संयुक्त आयोजना गरिएको लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत महिनावारी शिक्षा विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । महिलाको प्रजनन अंगसंग जोडिएर गरिएका बहसहरु अझैपनि अपहेलित भएका भन्दै उनले यसप्रति समाजलाई सचेत र सकरात्मक बनाउनको लागि विद्यालय स्तरबाटै जतिपनि पाठ्यक्रममा समावेश गरिएका महिला प्रजननका… पुरा पढौ

धौलागिरि अस्पताल अक्सिजनमा आत्मनिर्भर

बागलुङको धौलागिरि अस्पताल अक्सिजन निर्यात गर्ने अवस्थामा पुगेको छ । धौलागिरि अस्पताल परिसरमा रु तीन करोड लागतमा स्थापना गरिएको अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजनले आत्मनिर्भर संगै निर्यात गर्ने अवस्थामा पुगेको हो । कोरोनाकालको दोस्रो लहरमा अक्सिजनको ठूलो समस्या भोगेपछि अस्पतालले प्लान्ट स्थापना योजना अघि बढाएको थियो । अस्पतालमा विगत दुई महिनादेखि सञ्चालनमा आएको प्लान्टबाट अहिले नियमित अक्सिजन उत्पादन भइरहेको छ । अस्पतालको अक्सिजन प्लान्ट बाट उत्पादित अक्सिजन साविक धौलागिरि अञ्चलका जिल्लामा निर्यात गर्न थालिएको छ । अस्पतालमा २५ शय्यालाई पुग्ने प्लान्ट… पुरा पढौ

चरक मेमोरियल हस्पिटलमा निःशूल्क परामर्श सहित ५० प्रतिशतसम्म छुट

पोखरा । चरक मेमोरियल हस्पिटल प्रा.लि. ले १० औं वार्षिकोत्सवका अवसरमा निःशूल्क परामर्श सहित विशेष छुट दिने भएको छ । हस्पिटलले वार्षिकोत्सवका अवसरमा मंसिर २१ गतेदेखि २९ गतेसम्म विभिन्न उपचारमा निःशूल्क परामर्श सहित विशेष छुटको घोषणा गरेको हो । पोखरा ८ नागढुंगास्थित अस्पतालले हाडजोर्नी, नशा तथा मेरुढण्ड, सुगर, थाइरोइड, मुटु र ब्लडप्रेसर, महिला तथा प्रसुती रोग, बाल रोग, पेट, छाती, फोक्सो, पत्थरी, हर्निया, पाइल्स, फिस्टुला लगायतका समस्याको निःशूल्क परामर्श दिनुका साथै भिडियो एक्स–रेमा ५० प्रतिशत, ल्याव टेष्ट र रेडियोलोजीतर्फ १५–१५… पुरा पढौ

चरक मेमोरियल हस्पिटलमा निःशूल्क परामर्श सहित ५० प्रतिशतसम्म छुट

पोखरा । चरक मेमोरियल हस्पिटल प्रा.लि. ले १० औं वार्षिकोत्सवका अवसरमा निःशूल्क परामर्श सहित विशेष छुट दिने भएको छ । हस्पिटलले वार्षिकोत्सवका अवसरमा मंसिर २१ गतेदेखि २९ गतेसम्म विभिन्न उपचारमा निःशूल्क परामर्श सहित विशेष छुटको घोषणा गरेको हो । पोखरा ८ नागढुंगास्थित अस्पतालले हाडजोर्नी, नशा तथा मेरुढण्ड, सुगर, थाइरोइड, मुटु र ब्लडप्रेसर, महिला तथा प्रसुती रोग, बाल रोग, पेट, छाती, फोक्सो, पत्थरी, हर्निया, पाइल्स, फिस्टुला लगायतका समस्याको निःशूल्क परार्श दिने जनाएको छ । यसका साथै हस्पिटललले भिडियो एक्स–रेमा ५० प्रतिशत,… पुरा पढौ

बंगलादेशमा वायु प्रदूषणका कारण शारीरिक र मानसिक स्वास्थ्यमा खतरा

बंगलादेशमा वायु प्रदूषणका कारण शारीरिक र मानसिक स्वास्थ्यमा जोखिम बढेको एक अध्ययनले देखाएको छ। प्रदूषणका कारण श्वास–प्रश्वासमा समस्या, खोकी, तल्लो श्वासनलीमा संक्रमणका साथै डिप्रेसन र अन्य स्वास्थ्य समस्याको जोखिम बढेको अध्ययन प्रतिवेदनमा उल्लेख छ। ‘ब्रेथिङ हेभी: न्यू एभिडेन्स अन एयर पोलुशन एण्ड हेल्थ इन बंगलादेश’ नामक प्रतिवेदनले ढाका र सिलहट सहरमा शारीरिक र मानसिक स्वास्थ्यमा वायु प्रदूषणको प्रभावको मूल्यांकन गरेको छ। प्रदूषणका कारण ५ वर्षमुनिका बालबालिकाहरु, ज्येष्ठ नागरिक र मधुमेह, मुटु वा श्वास–प्रश्वासको अवस्था जस्ता अन्य रोग भएका व्यक्तिहरू सबैभन्दा… पुरा पढौ