स्वास्थ्य

कास्कीमा सिनेमा हल र रात्रीकालीन व्यवसाय माथिको प्रतिवन्ध हट्यो, अव राती १२ सम्म खोल्न पाइने

पोखरा । कास्की जिल्लामा कोरोना सङ्क्रमणमा कमी आएपछि प्रशासनले यसअघि रोक लगाएका व्यवसाथ तथा सेवा सञ्चालनको अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गरी पछिल्ला दिनमा जिल्लाको सङ्क्रमण दरमा कमी आएकाले यसअघिको आदेशमा सञ्चालन रोक लगाइएका व्यवसायलाई स्वास्थ्य मापदण्डको पालना गर्ने गरी खुला गरिएको जनाएको हो । प्रशासनले सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल, फुटसल, पटके बजार, स्पा सेन्टर र व्यूटीपार्लरलगायत पेशा व्यवसाय खोल्न अनुमति दिएको हो । यसैगरी डान्सबार, दोहोरी, नाचघर, क्लब र रेष्टुरेण्टलगायत रात्रीकालीन… पुरा पढौ

पतंजली योग सहशिक्षक तालिमका सहभागीलाई प्रमाणपत्र वितरण

पोखरा । पतंजली योग समिति गण्डकी प्रदेश, कास्की जिल्ला समिति, महिला योग समिति कास्कीको आयोजनामा सहशिक्षक तालिममा सहभागीलाई शुक्रबार प्रमाणपत्र प्रदान गरिएको छ । कार्यक्रमकी प्रमुख अतिथि पतंजली योग समिति कास्कीकी पुर्व महामन्त्री तथा गण्डकी प्रदेश सभा सदस्य मिना गुरुङले सहभागीलाई प्रमाणपत्र वितरण गर्दैै योगको वारेमा चर्चा गर्नुका साथै आफू पनि विभिन्न रोगसंग लड्न योग नियमित गरिरहेको वताइन् । साथै उनले सबैलाई योगको साथै भान्सामा पाइने जडिबुटिलाई घरेलु उपचारका रुपमा प्रयोग गर्नुपर्ने बताएकी थिइन् । गण्डकी प्रदेश संरक्षक लोक दर्शन… पुरा पढौ

गण्डकी प्रदेशमा ३८ जना कोरोना संक्रमित, १४६ जना संक्रमणमुक्त

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमित हुने भन्दा निको हुनेको संख्या लगातार बढ्न थालेको छ । प्रदेशमा शुक्रबार ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा १४६ जना संक्रमणमुक्त भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलाय पोखराले जनाएको छ । निर्देशनालयका अनुसार बिहीबार पनि प्रदेशमा संक्रमितभन्दा निको हुनेको संख्या बढी थियो । बिहीबार प्रदेशमा १५५जना निको हुँदा १४ जना संक्रमित भएका थिए । शुक्रबार २६८ जनामा गरिएको परीक्षणमा उनीहरु संक्रमित भएका हुन् । संक्रमित हुनेमा कास्कीका २३, पर्वतका ६, स्याङ्जा र म्याग्दीका ३… पुरा पढौ

सामुदायिक सेवा केन्द्र बगरको रक्तदान

पोखरा । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ बगरको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ७२ औं प्रजातन्त्र दिवसको अवसर पारेर आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा ३९ जना रक्तदाताले रक्तदान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरकी संस्थापक अध्यक्ष सीता गुरुङ र सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिका प्रहरी इन्चार्ज प्रहरी नायव निरीक्षक होतबहादुर रोकालाई ब्लड व्याग… पुरा पढौ

बागलुङको बडिगाड पालिकामा ‘जनस्वास्थ्य अभियान’ संचालन गरिदैँ

बागलुङको बडिगाड गाउँपालिकामा ७ देखि २६ फागुनसम्म बृहत जनस्वास्थ्य अभियान संचालन गरिदैँ छ। बडिगाड पालिकाको आयोजनामा विशेषज्ञ डाक्टरसहित पालिकाभित्रका १६ स्थानमा जनस्वास्थ्य अभियान सुरु गर्न लागिएको हो। १६ जना विशेषज्ञ डाक्टरसहित संचालन गरिने अभियानमा हड्डी, नाक, कान, घाँटी, स्त्रीरोग तथा प्रसूति, छाला, आँखा तथा मानसिक रोगलगायतका सेवा संचालन गरिने गाउँपालिकाले जनाएको छ। गाउँपालिका अनुसार अभियानमा रेडियोलोजिस्टबाट भिडियो एक्सरे, एकीकृत स्वास्थ्य सेवा व्यवस्था गरिने छ। गण्डकी मेडिकल कलेज पोखराको सहकार्यमा बडिगाड गाउँपालिकाभित्रका भीमगिठे, ग्वालीचौर, जलजला र खर्वाङमा बृहत् स्वास्थ्य सेवासहित क्रमशः… पुरा पढौ

मन्त्री खतिवडा र बेलायती राजदूत पोलिट भेट, २१ लाख मात्रा खोप हस्तान्तरण

काठमाण्डौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडासँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरेका छन् । आज मन्त्रालयमा भएको भेटमा मन्त्री खतिवडाले बेलायत र नेपालको २०० वर्षभन्दा पुरानो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्दै कोभिड–१९ महामारीका बेला बेलायत सरकारले गरेको सहयोगप्रति आभार प्रकट गरे । “विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ विरुद्धको यो लडाइँमा बेलायत सरकारले भेन्टिलेटर, भ्याक्सिनलगायत अन्य स्वास्थ्य सामग्री सहयोगस्वरूप प्रदान गरेकामा बेलयाती सरकार र बेलायती जनताप्रति हार्दिक आभार व्यक्त गर्दछु”, मन्त्री खतिवडाले भने । नेपालको पूर्वाधार विकास,… पुरा पढौ

कोरोना संक्रमणबाट पोखरामा २ जनाको मृत्यु, एकैदिन १३६ जना संक्रमणमुक्त

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । संक्रमणबाट पोखरा – १७ का ८८ वर्षिय वृद्धको गण्डकी मेडिकल कलेजमा र तनहुँको ब्यास नगरपालिका – १२ की ७० वर्षिया वृद्धाको मणिपाल शिक्षणमा उपचारका क्रममा मृत्यु भएको हो । यो सहित गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार ४६३ पुगेको छ । सोही अवधीमा १३६ जना कोरोना संक्रमणमुक्त हुँदा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी… पुरा पढौ

हात्तीपाइले रोग विरुद्धको औषधि खुवाईँदै

बलेवा। जिल्लामा १३औँ पटक हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भएको छ । १२ औँ पटक आम औषधि सेवन अभियान सञ्चालन भइसकेको बागलुङमा अझै हात्तीपाइले रोगका बिरामी फेला परेकाले १३ औँ पटक आम औषधि सेवन कार्यक्रम सञ्चालन गर्न लागिएको हो । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले आम औषधि सेवन कार्यक्रम सञ्चालनका लागि बागलुङका सरोकारवालासँग समीक्षा तथा योजना गोष्ठी सम्पन्न गरेको छ । जिल्लाका दशवटै स्थानीय तहले फागुनको १५ गतेदेखि अभियानअन्तर्गतका विभिन्न कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना बनाएका छन् । हात्तीपाइलेको प्रारम्भिक खोजीका क्रममा… पुरा पढौ

भारतमा ३० हजार भन्दा बढी कोरोनाका नयाँ सङ्क्रमित

नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा ३० हजार ७५७ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीहरुले बिहीबार बिहान जानकारी दिएका छन् । यसैसँगै भारतमा कोरोना सङ्क्रमण शुरु भएयता हालसम्म चार करोड २७ लाख ५४ हजार ३१५ जना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ । सोही अवधिमा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भने ६७ हजार ५३८ रहेको छ । एउटै अवधिमा कोरोनाभाइरसबाट नयाँ सङ्क्रमित भएकाहरुको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएको छ । भारतमा… पुरा पढौ

पोखराको रत्नचोकमा आज बुस्टर डोज खोप लगाइँदै

पोखराको रत्नचोकस्थित शहरी स्वास्थ्य केन्द्रमा आज (बिहीबार) कोरोना भाइरस विरुद्धको खोपको अतिरिक्त मात्रा बुस्टर डोज लगाइने भएको छ। पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाको व्यवस्थापनमा हुन लागेको खोप अभियानमा यस अगाडी एस्ट्राजेनेका, कोभिशिल्ड र भेरोसेल खोपको दोस्रो मात्रा लगाएको ६ महिना पूरा गरेका नागरिकले खोपको अतिरिक्त मात्रा लगाउन महाशाखाले भनेको छ। महाशाखाले एक सूचना प्रकाशित गर्दै बुस्टर डोज लगाउन जाँदा अनिवार्य रुपमा खोप कार्ड लिएर आउन आग्रह गरेको छ। एस्ट्राजेनेका र कोभिशिल्ड अतिरिक्त मात्राका रुपमा खोप लगाइने कार्यक्रम रहेको सूचनामा उल्लेख छ। पुरा पढौ