स्वास्थ्य

गण्डकी प्रदेशमा कोरोना संक्रमित र निको हुनेको संख्या उस्तै उस्तै

पोखरा । गण्डकी प्रदेशमा बुधबार कोरोना संक्रमित हुने र निको हुनेको संख्या उस्तै उस्तै रहेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका २१ जना कोरोना संक्रमित हुँदा २३ जना निको भएका छन् । विभिन्न जिल्लाका २४२ जनामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा कास्कीका १२ जना, म्याग्दीका ३, पर्वतका २, तनहुँ, लमजुङ, स्याङ्जा र बाग्लुङका एक–एक जना छन् । यो सहित प्रदेशभर हालसम्म संक्रमित हुने संक्रमितको कुल संख्या एक लाख एक हजार ८०३ पुगेको छ… पुरा पढौ

भारतमा थप १५ हजार नयाँ सङ्क्रमित

भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा १५ हजार १०२ जना सङ्क्रमित भएका छन् । सोही अवधिमा कोरोनाकै कारणले २७८ जनाको मृत्यु भएको संघीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या चार करोड २८ लाख ६७ हजार ३१ पुगेको मन्त्रालयको तथ्याङ्क छ ।मन्त्रालयका अनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या एक लाख ६४ हजार ५२२ रहेको छ । पछिल्लो एक दिनमा ३१ हजार ३७७ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै कुल चार करोड २१ लाख ८९… पुरा पढौ

आठ वर्षमा सम्पन्न हुदै धवलागिरि अस्पतालको भवन

बागलुङ । बागलुङको धवलागिरि अस्पताल भवन निर्माण सुरु भएको आठ वर्षपछि सम्पन्न हुन लागेको छ । तीन वर्षमा सक्ने गरी ठेक्का सम्झौता भएको सो भवन आठ वर्षपछि मात्रै सम्पन्न हुन थालेको हो । ठेकेदार कम्पनीको लापरवाहीका कारण भवन निर्माणमा ढिलाइ भएको हो । भवन निर्माण समयमै नहुँदा अस्पतालले प्रदान गर्ने सेवा प्रभावित बन्दै आएको थियो । पटक–पटक म्याद थप्दै गरे पनि ठेकेदार कम्पनीले निर्माणमा ढिलाइ गर्दै आएको थियो । अस्पतालको ‘सी’ ब्लकको रङरोगन, झ्यालढोका जडान, विद्युत् जडानलगायत काम भइरहेको छ… पुरा पढौ

गाउँपालिकाद्धारा एम्बुलेन्स सेवा सुचारु

बाँके । बाँकेको जानकी गाउँपालिकाले जनतालाई सहज स्वास्थ्य सेवाको लागि एम्बुलेन्स सेवा सुरु गरेको छ । नागरिकको स्वास्थ्य सेवामा सहज पहुँचका लागि गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले जानकारी दिए । गाउँपालिकावासीले आपतकालीन अवस्थामा गम्भीर बिरामी हुँदा व्यहोर्नुपर्ने समस्याबाट मुक्ति पाउन भनेर गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको उल्लेख गर्दै कार्यवाहक अध्यक्ष धितालले भने, “अब नागरिकले सजिलै एम्बुलेन्स सेवा पाउनेछन् ।” प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले एम्बुलेन्समार्फत स्थानीयलाई सहजरुपमा सेवा दिइने उल्लेख गरे। अहिले गाउँपालिकाका स्थानीय नागरिक अन्य… पुरा पढौ

लण्डनको हिलिङ्डन अस्पतालले ‘नेपाल डे’ मनाउँदै

बेलायतको लण्डनमा रहेको हिलिङ्डन अस्पतालले यही फेब्रुअरी २५ का दिन ‘नेपाल डे’ मनाउने भएको छ। हिलिङ्डन अस्पताल व्यवस्थापनमा विविधता र समावेशी प्रमुखका रुपमा कार्यरत ड्यानी कार्यस्निनोजले इमेलमार्फत यहाँ कार्यरत कर्मचारीलाई यस्तो जानकारी गराएका छन्। यहाँ हाल ७८ देशका नागरिकहरु विभिन्न पदमा कार्यरत छन्। कार्यक्रमलाई सहयोग गर्न हिलिङ्डन अस्पतालमा कार्यरत नेपालीको ‘हिलिङ्डन हस्पिटल नेपाली ग्रुप’ लागिपरेको छ। उक्त समूहमा अस्पतालको जर्सी वार्डमा प्रबन्धक रहेकी रस्मितासिंह दर्लामी, आकस्मिक कक्षमा कार्यरत मणि तामाङ, अञ्जना गुरुङलगायतका नेपालीहरु आवद्ध छन्। कार्यक्रम व्यवस्थापनको जिम्मा लिएको उक्त… पुरा पढौ

म्याग्दीको धवलागिरि गाउँपालिकाद्वारा एम्बुलेन्स संचालन

म्याग्दीको धवलागिरि गाउँपालिकाले एम्बुलेन्स संचालन गर्ने भएको छ। भौगोलिक रुपमा विकट उक्त गाउँपालिकाका बासिन्दालाई सहज र सर्वसुलभ रुपमा उपचार दिलाउन एम्बुलेन्स खरिद गरिएको छ। विभिन्न प्रकृया पूरा गरी भारतबाट भन्सार छुटमा एम्बुलेन्स खरिद गरी कार्यविधि बनाएर संचालनको तयारी गरिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिएकी छन्। ‘बिरामीलाई उपचारका लागि बेनी हुँदै पोखरा लैजान यातायातमा मात्रै ३० हजार रुपैयाँसम्म खर्च हुने गरेको छ’, उनले भनिन्। समयमै सवारीसाधन पाउन मुस्कील हुने गरेको उनको भनाइ छ। समयमै र न्यून शुल्क तिरेर पुग्ने वातावरण… पुरा पढौ

पोखराका १९ स्थानमा आज र भोली बुस्टर डोजको खोप

पोखराका १९ स्थानबाट आज (बुधबार) र भोली (बिहीबार) कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाइँदैछ। कोभिशिल्ड, भेरोसेल, अस्ट्रजेनेका, जेनसन, मोडर्ना लगायतका सबै खोप लगाएर ६ महिना पूरा भएकालाई आज र भोली बुस्टर डोज खोप लगाइने भएको हो। पोखरा महानगरपालिकाको व्यवस्थापनमा कोभिशिल्ड, भेरोसेल, अस्ट्राजेनेका, जेनसनको बुस्टर डोजको खोप लगाइने भएको हो।खोप केन्द्रबाट कोभिशिल्ड, मोडर्ना र अस्ट्राजेनेकाको बुस्टर डोज खोप लगाइँदैछ। यो हप्ताभर पोखराका विभिन्न ४६ स्थानबाट कोरोना विरुद्धको खोप वितरण हुँदैछ। फागुनको ११, १२, १३, १५, १६, १७ र १८ गतसम्म पोखरामा खोप… पुरा पढौ

एक हजार ३३८ जना सङ्क्रमणमुक्त

काठमाण्डौं । पछिल्लो २४ घण्टामा एक हजार ३३८ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा नौ लाख ५१ हजार ३९४ सङ्क्रमणमुक्त भएका छन् ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल देशभर कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या १२ हजार २४४ रहेको छ । जसमध्ये ११ हजार ७५४ सक्रिय सङ्क्रमित होम आइसोलेशनमा छन् । ४९० संस्थागत आइसोलेशनमा छन् । उनीहरूमध्ये १३६ जनाको आइसीयु र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यस अवधिमा थप २६२ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ… पुरा पढौ

पोखराको अन्नपुर्ण मा.विको चार कोठे पक्की भवनको उद्घाटन

पोखरा । संघीय संसदका सदस्य विद्या भट्टराइृले गुणस्तरीय शिक्षाले मात्रै विद्यालयमा विद्यार्थीको आर्कषण वढाउन सकिने बताएकी छन् । पोखरा १६ अर्मलामा रहेको अन्नपुर्ण मा.विको नवनिर्मित चार कोठे पककी भवन, शौचालय र खानेपानीको उद्घाटन पछि आयोजित कार्यक्ममा वोल्दै उहााले सरकारी विद्यालयमा पछिल्लो समय भौतिक पुर्वाधार निमाृणले तिव्रता पाए पनि शैक्षिक गुणस्तरमा भने अझै कमजोर नै रहेको दावी गरिन् । भुकम्प पछि सासंद विकास कोष मार्फत पनि विदालय पुनृनिर्माणका कामले तिव्रता पाएको वताउदै, शिक्षामा भएको लगानी अनुसार प्रतिफल पाउन नसकिएकोमा गुनासो गरिन्… पुरा पढौ

पोखरामा फागुन भोली र पर्सि बुस्टर डोज तथा बालबालिकालाई मोडर्ना खोप लगाइँदै

पोखरामा फागुन भोली (आइतबार) र (पर्सि) सोमबार कोरोना विरुद्धको खोप वितरण हुने भएको छ। दुई स्थानबाट बुष्टर डोज र १५ स्थानबाट बालबालिकालाई मोडर्ना खोप वितरण हुने बताइएको छ। पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाले सूचना प्रकाशित गर्दै ८ गते ७ स्थानबाट र ९ गते ८ स्थानबाट मोडर्ना खोप वितरण हुने जनाइएको छ। सूचनाअनुसार स्वास्थ्य चौकी हेमजाबाट ८ र ९ गते तथा शहरी स्वास्थ्य केन्द्र पोखरा १० बाट ८ गते बुष्टर डोज खोप वितरण हुनेछ। पुरा पढौ