स्वास्थ्य

स्याङ्जाको भीरकोट साप्ताहिक हाटबजार पुनः संचालनमा आयो

भीरकोटमा साप्ताहिक हाटबजार पुनः संचालनमा आएको छ। हाटबजार पुनः संचालनमा आएपछि भीरकोटका कृषकहरू निकै उत्साहित देखिन्छन्। कोरोना माहामारीका कारण अवरुद्ध हुन पुगेको हाटबजार पुनः संचालनमा आएको हो। भीरकोट नगरप्रमुख छायाराम खनालले आफैले उत्पादन गरेको २२ किलो मुला बिक्री गरेर हाट बजारको शुभारम्भ गरे। सो अवसरमा भीरकोटका स्थानीय कृषकहरूले उत्पादन गरेका सीमित कृषिजन्य उत्पादनहरू बिक्रीमा राखिएको छ। हरेक शनिवार बिहान ७–१० बजेसम्म हाटबजारमा कृषि उपज अन्तर्गत खरिद–विक्रीको मेला लाग्ने गर्दछ। भीरकोट नगरपालिकाले पालिकालाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले कृषकहरूको माग र आवश्यकता… पुरा पढौ

कोरोना अपडेटः देशभर १ सय ८० जनामा कोरोना पुष्टि, ४ सय जना निको

काठमाण्डौ – पछिल्लो २४ घण्टामा नेपालमा एक सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी आठ हजार तीन सय ४१ जनाको नमुना परीक्षण गरेकोमा एक सय ८० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा चार सय जना सङ्क्रमित निको भएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ५६ हजार चार सय १३ जना पुगेको छ । यही अवधिमा एक जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान… पुरा पढौ

१२ वर्षमाथिका सबैले कोरोनाविरुद्धको खोप लगाए

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका–१२ वर्षमाथिका सबै नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् । नगरपालिकाका लक्षित उमेरका सबै नागरिकले पूर्ण खोप लगाएका हुन् । यो नगरपालिका कोरोनाविरुद्ध पूर्ण खोप लगाउनेमा पहिलो पालिका बनेको त्यहाँका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताए । नगरपालिकाका १२ वर्षमाथिका एक लाख २८ हजार ५३० जनाले उक्त लगाएका र खोप लगाएकामध्ये १२ देखि १७ वर्षका १४ हजार ८० र १८ वर्षदेखि माथिका ८१ हजार ८८६ जना छन् । लक्षित जनसङ्ख्या ९५ हजार ९६६ रहेकामा लक्षितभन्दा बढीले कोरोनाविरुद्धको… पुरा पढौ

सामुदायिक सेवा केन्द्र माटेपानीको रक्तदानमा ६४ युनिट रगत संकलन

पोखरा, फागुन १६ सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा १२ माटेपानीको आयोजनामा भएको रक्तदान कार्यक्रममा ६४ युनिट रगत संकलन भएको छ । ‘रक्तदान जीवन दान ! जीवन दान महादान’ भन्ने नाराका साथ भएको रक्तदानको कास्कीका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) सुन्दर तिवारीले पहिलो रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरेर रक्तदान कार्यक्रमको उद्घाटन गरेका थिए । वार्षिक रुपमा रक्तदान कार्यक्रम गर्दै संस्थाको यो १७ औं रक्तदान कार्यक्रम भएको संस्थाका सचिव नेत्रबहादुर तिमिल्सिनाले जानकारी दिए । रक्तदान कार्यक्रममा बोल्दै डिएसपी… पुरा पढौ

नागरिकको औषधी सेवनमा बेवास्ताले निवारण भएन हात्तीपाइले

बागलुङ । नागारिकले हात्तीपाइलेविरुद्धको आम औषधी सेवनमा बेवास्ता गर्दा बागलुङमा १३ वर्षको प्रयासले समेत हात्तिपाइले निवारण हुन सकेको छैन । लगातार छ वर्षसम्म औषधि सेवनबाट निवारण हुने हात्तीपाइले रोगका लागि नागरिक जिम्मेवार नबन्दा १३ वर्र्षमासमेत निवारण भएको छैन । यस रोगबाट बच्न लगातार छ पटक हात्तीपाइले रोगविरुद्धको औषधि खानुपर्छ तर बागलुङमा आम औषधि सेवनमा नागरिक जिम्मेवारी नबन्दा समस्या भएको छ । लगातार छ पटक औषधि खाएमा मात्र रोगको जोखिमबाट बच्न सकिने भए पनि बागलुङमा पुन १३औँ पटक यही फागुन २८… पुरा पढौ

हात्तीपाइले विरुद्धको औषधि खुवाउने तयारी

मोरङ । हात्तीपाइले विरुद्धको औषधि मोरङमा यही फागुन २८ गतेदेखि खुवाउने तयारी भएको छ । मोरङको कूल जनसङ्ख्या ११ लाख ११ हजार १४६ मध्ये १० लाख ७४ हजार ७९० जनालाई सो रोगविरुद्धको औषधि खुवाउने जनस्वास्थ्य प्रमुख सुरेश मेहताले जानकारी दिए । गएको वर्षमा ८३ प्रतिशत नागरिकलाई खुवाइएको सो औषधि यसवर्ष ९० प्रतिशतलाई खुवाउने अभियान तीव्र पारेको आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख मेहताले बताए । औषधि खुवाउन लगभग १४ दिनसम्म अभियान चल्ने बताइएको छ । औषधि नखाने व्यक्तिका कारण नियमित खाइरहने… पुरा पढौ

गण्डकीमा कोरोना अपडेटः ५५ संक्रमणमुक्त,२२ जनामा पुष्टि

गण्डकी । पछिल्लो २४ घण्टामा गण्डकीका थप २२ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका २०० जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । आइतबार संक्रमण पुष्टि हुनेमा गण्डकीका ६ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १३ जना, तनहुँका २ जना, नवलपुरका २ जना, स्याङ्गजाका एक जना, बाग्लुङका एक जना र म्याग्दी जिल्लाका ३ जनामा कोरोना पुष्टि भएको छ। आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल… पुरा पढौ

पर्वतको जलजला–७ स्वास्थ्य शिविरबाट २ सयले निःशुल्क सेवा लिए

पर्वतको जलजला गाउँपालिका–७ मिलनचोकमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट करिब २ सय भन्दा बढीले स्वास्थ्य सेवा लिएका छन्। गाउँपालिकाको स्वास्थ्य शाखासँगको सहकार्यमा अन्तराष्ट्रिय पर्वत समाजले शनिबार एकदिने विशेषज्ञ चिकित्सकहरुको उपस्थितिमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो। शिविरमा स्त्रीरोग र दन्तरोग लगायतको स्वास्थ्य परीक्षणबाट सर्वसाधरणहरुले सेवा लिएका हुन्। शिविरमा एकसय ७५ जना महिला र ४० पुरुषले सेवा लिएको जनाइएको छ। शिविरमा निशुल्क स्वास्थ्य परिक्षण, परामर्श सेवा र औषधि वितरण गरिएको थियो। शिविरमा मल्लाझ, बासखर्क, लेखफाँट, सालिजा, धाइरिङ, बनौ र नागलिङका सर्बसाधरणहरुले… पुरा पढौ

गण्डकी प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख नाघ्यो

गण्डकी प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १ लाख नाघेको छ। शुक्रबार प्रदेशमा ४८ जना कोरोना संक्रमणमुक्त भएसँगै प्रदेशमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख १ सय पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। सोही अवधीमा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। विभिन्न जिल्लाका १ सय ११ जनामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो। संक्रमित हुनेमा कास्कीका १० र नवलपुर वर्दघाट पूर्वका २ जना छन्। यो सहित हालसम्म कोरोना भाइरस संक्रमित हुनेको संख्या… पुरा पढौ

हात्तीपाइलेविरुद्धको औषधि खुवाइने तयारी

झापा । हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानका लागि आवश्यक झापामा तयारी सुरु गरिएको छ । एक दशकदेखि अभियान सञ्चालन भइरहेको झापामा हात्तीपाइले रोग निवारणको चरणमा नपुगिसकेकाले एघारौँपटक अभियान सञ्चालन हुन लागेको हो । भद्रपुर नगरपालिकामा आज पहिलोपटक अभियानबारे सर्वपक्षीय अन्तक्र्रिया गरिएको छ । कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईँले हात्तीपाइले रोग, यसबाट बच्ने उपाय, आम औषधि सेवन अभियान र अभियानका प्रभावहरूकाबारे जानकारी गराउनुका साथै तयारीबारे स्पष्ट पारे । सन् २०२० मै नेपालबाट हात्तीपाइले रोग निवारण गर्ने प्रतिबद्धता नेपाल… पुरा पढौ