स्वास्थ्य

विद्यालय बन्द गर्ने निर्णय भएको छैन: शिक्षा मन्त्रालय

कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले आगामी माघ १५ गतेसम्म सबै विद्यालय बन्द गर्न सिफारिस गरेपनि शिक्षा मन्त्रालयले भने विद्यालय बन्द गर्ने विषयमा अहिलेसम्म कुनै निर्णय नगरेको जनाएको छ। सीसीएमसी व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले नेपालमा कोरोनाको तेस्रो लहर सुरु भएको भन्दै कम्तीमा पनि माघ १५ गतेसम्म देशभरीका सबै विद्यालयमा बिदा दिनुपर्ने निर्णय गरेको थियो। सीसीएमसीले कम्तिमा पनि १५ दिन विद्यालय बन्द गर्न सिफारिस गरे पनि अहिलेसम्म यस विषयमा कुनै निर्णय नभएको शिक्षामन्त्रीको सचिवालयले जनाएको छ। सीसीएमसी व्यवस्थापन… पुरा पढौ

भीरकोट नगर अस्पतालमा सौर्य उर्जा जडान

स्याङ्जा । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी नेपाल) को आर्थिक सहयोगमा स्याङ्जाको भीरकोट नगर अस्पतालमा सौर्य उर्जा जडान गरिएको छ । विद्युत् आपूर्तिमा पटक पटक समस्या देखिएपछि वैकल्पिक व्यवस्थापनका लागि नगरपालिकाबाट माग भई आएकाले युएनडिपी नेपालको रु ४० लाखको लागतमा सौर्य उर्जा जडान गरिएको युएनडिपी नेपालका गण्डकी लुम्बिनी प्रदेश प्रमुख सुदिप अर्यालले जानकारी दिए । अस्पतालमा १० केभिए क्षमताको ३० वटा सौर्य उर्जा प्यानल जडान गरिएको छ । कोभिड– १९ का समयमा आइसोलेशन सेन्टरकारुपमा रहेको यस अस्पतालको सेवा प्रवाहलाई… पुरा पढौ

भारतमा थप एक लाख ५९ हजार भन्दा बढी कोरोना सङ्क्रमित, ओमिक्रोनका सङ्क्रमति तीन हजार ६०० नाघ्यो

नयाँदिल्ली । भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख ५९ हजार ६३२ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म तीन करोड ५५ लाख ८ हजार सङ्क्रमित भएका छन् । हाल यहाँ तीन हजार ५२३ जना ओमिक्रोनका सङ्क्रमित रहेका पनि सो मन्न्त्रालयले आइतबार जानकारी दिएको छ । ओमिक्रोनका ती सङ्क्रमितहरुमा एक हजार ४०९ जना भने कोरोना मुक्त भएका जनाइएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या… पुरा पढौ

कैदीबन्दीमा मधुमेहको समस्या

दाङ । दाङको तुलसीपुरस्थित कारागारका कैदीबन्दीमा मधुमेहको समस्या देखिएको छ । कारागारका २२ बन्दीमा सो रोगको समस्या देखिएको हो । तीमध्ये पाँच जनामा मधुमेहको मात्रा नियन्त्रणभन्दा बाहिर रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयका निमित्त निर्देशक महेशकुमार खनालले जानकारी दिए । “हामीले कारागारमा मधुमेहका बिरामीका लागि स्वास्थ्य जाँच गर्दा २२ जनामा मधुमेहको समस्या देखिएको थियो”, उनले भने, “तीमध्ये पाँच जनामा नियन्त्रणभन्दा बाहिर थियो ।” शनिबार विजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयको प्राविधिक सहयोगमा कारागारका बन्दीको निःशुल्क स्वास्थ्य परीक्षण गरी आयुर्वेदिक औषधिसमेत प्रदान गरिएको थियो ।… पुरा पढौ

एकपछि अर्काे गर्दै शिर्षनेताहरु आइसोलेशनमा

काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की होमआइसोलेशनमा बसेका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठलाई शनिबार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि मन्त्री कार्की होमआइसोलेशनमा बसेका हुन् । सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री कार्कीे सत्ता गठबन्धनको शुक्रबारको बैठकमा सहभागी भएका थिए । उनले पिसीआर परीक्षण गरेर नतिजा आएपछि मात्रै नियमित भेटघाट र काममा फर्कने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा पनि शनिबारदेखि आइसोलेशनमा बसेका छन् । आज उनको पिसिआर परिक्षण गरिने छ । माओवादीका… पुरा पढौ

कोरोनाका कारण १५ दिन शैक्षिक संस्था बन्द गर्न माग

नेपाली कांग्रेसका नेता नैनसिंह महरले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै १५ दिन शैक्षिक संस्था बन्द गर्नुपर्ने बताएका छन् । थारु विद्यार्थी सङ्घ केन्द्रीय समितिको आयोजनामा ‘ओमिक्रोन र शैक्षिक क्षेत्रमा यसले निम्त्याउने सङ्कट’ विषयक अन्तक्र्रियामा उहाँले मुलुकमा पुनः कोरोनाको जोखिम बढेकाले बालबालिकालाई त्यसको खतराबाट बचाउनुपर्नेमा जोड दिएका हुन् । नेपाल विद्यार्थी सङ्घका अध्यक्षसमेत रहेका उनले सरोकार निकायसँगको परामर्शका आधारमा स्थानीय, प्रदेश र केन्द्रीय सरकारले नै चाँडै कोरोना रोकथामको नीति अवलम्बन गर्न आवश्यक रहेको बताए । कोरोना महामारी नियन्त्रणमा… पुरा पढौ

खानेतेलमा टोटल पोलार मटेरियलको मात्रा बढी भएको पुष्टि

पाल्पा । पाल्पाका होटल तथा रेष्टुरेण्टमा प्रयोग गरिएको तेलमा टोटल पोलार मटेरियलको मात्रा अधिक रहेको भेटिएको छ । खाना पकाउन तथा तार्नका लागि टोटल पोलार मटेरियल २५ प्रतिशतभन्दा माथि हुनुहुँदैन । स्थानीय होटल रेष्टुरेण्टहरूमा टोटल पोलार मटेरियल २५ प्रतिशतभन्दा माथि भएमा खानाका लागि अनुचित हुन्छ । सिद्धार्थ राजमार्ग क्षेत्रका होटल तथा रेष्टुरेण्टहरूमा खाना पकाउन प्रयोग हुने तेल गुणस्तरहिन भेटिएकाले अयल टेस्टमिटर प्रयोग गरी गुणस्तर परीक्षण गरिएको थियो । उक्त तेलबाट पकाइएका खाद्यबस्तु स्वास्थ्यका लागि हानिकार रहेको जनाइएको छ । तानसेन… पुरा पढौ

मिर्गौला पीडित रानालाई सहयोग हस्तान्तरण

पोखरा २४ पुस मिर्गौला पीडित पोखरा १६ का हेम व.रानालाई उपचारका लागी आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । सामाजिक अभियन्ता शिवराज देवकोटाको पहलमा संकलित १ लाख ७ हजार ३ सय ७२ रुपैया एक कार्यक्रमका विच पिडित रानालाई हस्तान्तरण गरिएको हो । विगत ३२ वर्षदेखि पोखरा वस्दै आएको रानाको परिवार ज्याला मजदुरी गरेर दैनिक गुजारा चलाउदै आएको छ । आर्थिक अभावका कारण उपचारमा समस्या परेपछि अभियन्ता देवकोटा सहित अमरदिपका नारायण थापा, धर्मराज थापाले सामाजिक संजाल मार्फत सहयोगको आव्हान गरेका थिए ।… पुरा पढौ

त्रिभुवन विमानस्थलको आवागमन कक्ष फराकिलो बनाउन मन्त्री आलेको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फको आवागमन कक्ष विस्तार तथा फराकिलो बनाउन निर्देशन दिएका छन्। भैरहवा जाने क्रममा विमानस्थलको निरीक्षण अनुगमन गरेका मन्त्री आलेले आन्तरिकतर्फको विमानस्थलमा यात्रुको चाप बढ्दै गएको र कोरोना जोखिमलाई मध्यनजर गर्दै उक्त आवागमन कक्षलाई फराकिलो ठाउँमा निर्माण गर्न निर्देशन दिएका हुन्। उनले भने, ‘ठाउँ साँघुरो भयो, कोरोना जोखिमलाई मध्यनजर गरी आवागमन कक्ष फराकिलो बनाउनुस्, यात्रुलाई दुःख नहोस्।’ सोे निर्देशन पछि आवागमन कक्ष फराकिलो बनाउनका लागि काम अगाडि बढाइने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका… पुरा पढौ

माओवादी नेता नारायणकाजीलाई पनि कोरोना संक्रमण

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। पीसीआर परीक्षणमा आफूलाई कोरोना संक्रमण पुष्टि भएको श्रेष्ठले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन्। श्रेष्ठ हाल होम आइसोलेसनमै बसेका छन्। उनले हालसालै आफ्नो प्रत्यक्ष सम्पर्कमा रहेका सबैलाई आवश्यक सावधानी अपनाउन पनि अनुरोध गरेका छन्। हालै महाधिवेशन सम्पन्न गरेको माओवादीका केन्द्रीय कार्यालयका कतिपय कर्मचारीमा कोरोना देखिएपछि कार्यालय बन्द गरिएको छ। पुरा पढौ