स्वास्थ्य

एभरेस्ट एफएमको वार्षिकोत्सवमा विद्यार्थीलाई न्यानो कपडा वितरण

पोखरा । एभरेस्ट मिडिया हाउस प्रा.लि.द्वारा सञ्चालित एभरेस्ट एफ एम ९३ मेगाहर्जले प्रथम बार्षिकोत्सबको अवसरमा बाराही आधारभुत विद्यालय खांदरजुङमा न्यानो कपडा वितरण गरेको छ । एफएमले शुक्रबार एक कार्यक्रमका विच माछापुच्छ्रे गाउँपालिका–२ खाँदरजुङमा अवस्थित विद्यालयका ४३ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो । एफएमले प्रत्येक विद्यार्थीलाई एक–एक थान ट्र्याक सुट वितरण गरेको रेडियोका निर्देशक दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।यस अघि रेडियोले स्थापनाको अवसरमा गतवर्ष सामाजिक उत्तरदायित्व अन्र्तगत मानवसेवा आश्रम पोखरालाई एक लाख ५० हजार सहयोग हस्तान्त्रण गरेको थियो ।… पुरा पढौ

१८ वर्षमुनिका बालबालिकाका लागि एक करोड डोज खोप ‘बुक’

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले १८ वर्षमुनिका बालबालिकाको लागि १ करोड डोज खोप ‘बुक’ भइसकेको जानकारी दिएका छन्। ३ करोड, २० लाख डोज खोप पाइपलाइनमा रहेको मन्त्री खतिवडाको भनाई छ। १२ वर्षमाथिका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने विषयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसँगको स्वास्थ्य मन्त्रालयमा भएको छलफलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडाले यस्तो जानकारी दिएका हुन्। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार कक्षा १२ सम्मका ६७ लाख ५१ हजार ४४९ विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउनुपर्नेछ। जसमा ५ देखि ९ वर्ष उमेर… पुरा पढौ

आँखाको शल्यक्रिया गराउन पाउँदा वृद्धवृद्धा खुसी

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकामा सञ्चालित आँखा शिविरमा ६६ जनाको आँखाको शल्यक्रिया गरिएको छ । नेपाल नेत्रज्योति सङ्घ, भरतपुर आँखा अस्पतालको आयोजना, आँबुखैरेनी गाउँपालिका र नेपाल नेत्रहीन सङ्घ पुनस्र्थापना कार्यक्रम गोरखाको सहकार्यमा आँबुखैरेनी गाउँपालिका–३ मा सञ्चालित तीनदिने शिविरमा ६६ जनाको आँखाको शल्यक्रिया गरिएको हो । शिविरमा दुई सयजनाको आँखा परीक्षण गरिएको थियो । आँखामा मोतियाविन्दु देखिएकाहरुको सोही ठाउँमा नै शल्यक्रिया गरिएको आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिए । भरतपुर आँखा अस्पतालका डा रञ्जीतकुमार शाहको नेतृत्वमा चिकित्सकको टोलीले… पुरा पढौ

विद्यार्थीलाई विद्यालयमै कोभिडको खोप

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यार्थीलाई विद्यालयमै कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउने बताएका छन्। विद्यालय शिक्षाको समग्र शिक्षाको सुधारका लागि ३१ बुँदे प्राथमिकता सार्वजनिक गर्दै मंगलबार मन्त्रीले यस्तो बताएका हुन्। सबै विद्यार्थीलाई कोभिड १९ विरुद्धको खोप प्रदान गरिने विषयलाई मन्त्री पौडेलले पहिलो प्राथमिकता दिएका छन्। तर, कति समयभित्रमा खोप उपलब्ध गराइसक्ने भन्ने विषयमा भने उनले स्पष्ट पारेका छैनन्। संघीय शिक्षा ऐनलाई सकेसम्म छिटो जारी गर्ने, शिक्षक दरबन्दी मिलान तथा स्थायी शिक्षक पदपूर्तिको लागि प्रक्रिया आरम्भ गरिने, हरेक स्थानीय… पुरा पढौ

बालबालिकाको मुन्द्रा चोरेको आरोपमा एक पक्राउ

पोखरा । पोखराका विभिन्न ठाउँमा बालबालिकाहरुलाई ललाई फकाई तथा धम्की देखाएर सुनका मुन्द्रा तथा गहना चोरेको आरोपमा एक किशोरी पक्राउ परेकी छन् । चोरी गरेको आरोपमा स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्वर ४ स्थायी घर भई हाल पोखरा–१४ वस्ने वर्ष २४ की अम्बिका पुलामी मगरलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकी मगरमाथि पोखराका विभिन्न स्थानमा ५ वर्षदेखि ९ वर्षसम्मका बालबालिकाहरुलाई ललाई फकाई, विभिन्न डर,त्रास र धम्की दिई ५ जना बालबालिकाहरुको कानमा लगाएको मुन्द्रा चोरी गरि फरार भएको आरोप छ ।… पुरा पढौ

श्रेष्ठको संयोजकत्वमा युआरएल पत्रकारिता पुरस्कारकालागि छनोट समिति गठन

पोखरा । युआरएल पत्रकारिता पुरस्कार २०७८ प्रदानका लागि प्रतिभा छान्न प्रतिभा छनोट समिति गठन भएको छ । नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष दीपेन्द्र श्रेष्ठ संयोजक रहनेगरि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वकुलपति प्राडा बुद्धिबहादुर थापा र सञ्चारिका समूह गण्डकी अध्यक्ष स्मीता अधिकारी समिति गठन भएको हो । सो समितिले गण्डकी प्रदेशमा कम्तीमा ५ वर्षदेखि पत्रकारितामार्फत् स्वास्थ्य क्षेत्रमा योगदान गर्ने १ जना पत्रकारलाई पुरस्कार प्रदान गर्न निर्णय दिने युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्तले बताए । पुरस्कार राशि नगद २० हजार र ताम्रपत्र छ… पुरा पढौ

सामुदायिक स्वास्थ्य इकाई धम्पुसलाई नेलम्बोको साढे चार लाख सहयोग

पाेखरा । पोखरा महानगरपालिका–४, गैह्रापाटनमा रहेको नेलम्बो नेपालले माछापुच्छ«े गाउँपालिका –७ धम्पुसमा सामुदायि स्वास्थ्य इकाई स्थापनाको लागि आर्थिक सहयोग गरेको छ । नेलम्बोले स्वास्थ्य इकाइका लागि आवश्यक स्वास्थ्य उपकरण, तथा स्वास्थ्य इकाई मर्मत गर्न आवश्यक पर्ने सामग्रीहरुका लागि रु‍ चार लाख ५० हजार सहयोग गरेको छ । माछापुच्छ«े गाउँपालिका, वडा नं। ७ धम्पुस र नेलम्बो नेपालले संयुक्त रुपमा आर्थिक तथा भौतिक सहयोगबाट स्वास्थ्य इकाई स्थापना गरी गत श्रावण देखि नै सेवा उपलब्ध गराउँदै आएकामा आइतबार सामुदायिक स्वास्थ्य इकाइको उद्घाटन गरिएको… पुरा पढौ

एभरेस्ट एफएमको रक्तदानका लागि नाम दर्ता शुरु

पोखरा । एभरेस्ट एफएम पोखराले आयोजना गर्न लागेको रक्तदान कार्यक्रममा नाम गर्ने दर्ताको क्रम शुरु भएको छ । एभरेस्ट मिडिया हाउसद्वारा सञ्चालित एभरेस्ट एफएम ९३ मेगाहर्जले स्थापनाको दोस्रो वर्षमा प्रवेश गरेको अवसरमा आगामी शनिबार आयोजना गर्न लागेको रक्तदान कार्यक्रममा सहभागिताका लागि नाम दर्ताको क्रम शनिबारबाट शुरु भएको हो । यही मंसिर ११ गते शनिबार रेडियोको कार्यालय पोखरा –५ पस्र्याङमा हुने रक्तदान कार्यक्रममा सहभागिताका लागि जमुना गिरी, प्रदिप अधिकारी, संगिता अधिकारी, रोशन कटुवाल, पुस्प मगर, ममता पुन, गिता ढुंगना, इनु कोइराला,… पुरा पढौ

अस्ट्रियाले भोली (सोमबार)देखि पूर्ण लकडाउन गर्ने

युरोपेली मुलुक अस्ट्रियाले सोमबारदेखि पूर्ण लकडाउन गर्ने घोषणा गरेको छ । कोभिड १९ विरुद्धको खोप नलगाएका मानिसहरूलाई लकडाउन गरेको केही दिनपछि अस्ट्रियाले सबैको लागि लकडाउन गर्ने घोषणा गरेको हो। चान्सलर एलेक्जेन्डर सालेनबर्गले लकडाउन धेरैमा २० दिन सम्ममा अन्त्य हुने र २०२२ को फेब्रुअरी १ बाट खोप लगाउनु कानूनी आवश्यकता हुने बताए। अस्ट्रिया पश्चिम युरोपमा कम खोप लगाउने देशमा पर्छ । कोभिड संक्रमण बढ्न थालेपछि उसले यस्तो कदम चालेका हुन्।संक्रमणमा वृद्धि भएकाले अरू धेरै यूरोपेली देशहरूले प्रतिबन्धहरू लागु गर्दैछन्। ‘हामी पाँचौँ… पुरा पढौ

सबै नागरिकका लागि छ करोड खोप आउँदैछ : मन्त्री खतिवडा

काठमाण्डौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले अब देशका कुनै पनि नागरिकले कोभिड–१९ विरुद्ध खोपबाट वञ्चित हुन नपर्ने गरी खोप ल्याउन लागेको बताएका थिए । आज मध्यपुरथिमिको बोडेमा सुरु भएको राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपालको दुईदिने राष्ट्रिय भेलामा उनले सरकारले छ करोड खोपको सुनिश्चितता गरेको बताए । मन्त्री खतिवडाले भने, “करिब एक करोड डोज खोप जनतालाई लगाइसकेका छाँै, विश्वस्वास्थ्य सङ्गठनबाट सहयोगमा आउने २० प्रतिशत खोपबाहेक अरु खोप ल्याउन सरकारले केही सम्झौता गरिसकेको छ, केही सम्झौताको चरणमा छ, जनताका लागि छ करोड… पुरा पढौ