स्वास्थ्य

दमौली अस्पतालमा आइसियू र भेन्टिलेटर कक्ष तयार

तनहुँको सदरमुकामस्थित दमौली अस्पतालले ७ आइसीयू र ४ वटा भेन्टिलेटरसहितको शय्या तयार पारेको छ। नयाँ भेरियेन्टसहितको कोरोना संक्रमण बढिरहेको अवस्थामा अस्पतालले आइसीयू र भेन्टिलेटर कक्ष तयार पारेको हो। स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा अस्पतालले आइसीयू र भेन्टिलेटरको व्यवस्थापन गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिएका छन्। उक्त आइसीयू र भेन्टिलेटर व्यवस्थापनका लागि मन्त्रालयले अस्पताललाई २ करोड रुपैयाँ बजेट उपलब्ध गराएको थियो। आइसीयू र भेन्टिलेटरको व्यवस्था भएपछि अब कोभिडका गम्भीर प्रकृतिका बिरामीलाई पनि बाहिर पठाउनु नपर्ने दमौली अस्पतालका प्रमुख डा… पुरा पढौ

गोरखाका गोरखा र पालुङटार नगरपालिकामा आज रातीदेखि निषेधाज्ञा

गोरखाका २ स्थानीय तहमा आज (मगंलबार) रातीदेखि लागु हुनेगरि निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय गोरखामा सोमबार बसेको डीसीसीएमसीको बैठकले गोरखा र पालुङटार नगरपालिकालाई मंगलबार रातीदेखि बैशाख मसान्तसम्मलाई निषेधाज्ञा जारी गरेको हो। बैठकले गोरखा र पालुङटार नगरपालिकाको अनुरोधमा दुवै नगरपालिकामा अत्यावश्यकीय सेवा बाहेकका सबै सेवा बन्द रहने गरी निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ। जिल्ला स्तरीय कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले सबै प्रकारको सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, भेला, जात्रा तथा महोत्सव गर्न प्रतिबन्ध… पुरा पढौ

गण्डकी प्रदेशमा थप २०३ जना कोरोना संक्रमित थपिए

गण्डकी प्रदेशमा हिँजो (सोमबार) थप २०३ जनामा कोरोना संक्रमित थपिएका छन्। कास्कीमा ४५ जनासंगै प्रदेशमा उक्त संख्यामा कोरोना भाइरस संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार संक्रमण पुष्टि हुनेहरुमा क्षयरोग उपचार केन्द्र पोखरामा ८९ जना, धौलागिरी अस्पताल, बागलुङमा ७२ जना, मध्यविन्दु जिल्ला अस्पताल (नवलपरासी पूर्व)मा ३९ जना, मनाङ जिल्ला अस्पताल, मनाङमा ३ जना गरी कुल २०३ जनामा संक्रमण पुष्टि छ। संक्रमण पुष्टि हुनेहरुमा कास्कीका ४५ जना, बागलुङका ७५ जना, गोर्खाका २१ जना, स्याङजाका १४ जना, लमजुङ… पुरा पढौ

पोखरामा सोमबार ४५ जना कोरोना संक्रमित थपिए

पोखरामा हिँजो (सोमबार) थप ४५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ती जारी गर्दै ४५ जनामा संक्रमण पुष्टि भएको जनाएको हो। संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका वडा नं. १, २, ३, ४, ५, ६, ७, ८, ९, ११, १३, १७, १९, २०, २५, २९ र ३० का छन् । पुरा पढौ

देशभर एकै दिन ७४४८ मा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाण्डौं । सोमबार देशभर अहिलेसम्मकै उच्च संख्यामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा सात हजार ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा हालसम्म तीन लाख ४३ हजार ४१८ सङ्क्रमित भएका छन् । आज एकै दिन ३७ जनाको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । पुरा पढौ

गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १९ हजार ४ सय नाघ्यो

पोखरा । सोमबार गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको १९ हजार ४ सय नाघेको छ । पछिलो २४ घण्टामा २०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसंगै प्रदेशभर कोरोना भाइरस संक्रमण हुनेको संख्या १९ हजार ४२४ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । निर्देशनालयले दिएको जानकारी अनुसार सोमबार प्रदेशमा कास्कीका ४६, बाग्लुङका ७१, नवलपुर वर्दघाट सुस्ता पूर्वका ३९, गोरखाका २१, स्याङ्जाका १४, पर्वतका ५, मनाङका ३, तनहुँ र लमजुङका दुई–दुई जनामा संक्रमण पुष्टि भएको छ । कास्कीमा पुष्टि भएका… पुरा पढौ

बिहेको भोज खाँदा तनहुँमा ३५ बिरामी

तनहुँ। व्यास नगरपालिका–१४ स्थित छाब्दीमा बिहेभोज खाएर करिब ३५ जना बिरामी परेका छन् । स्थानीयवासी शरणहरि पन्थको घरमा बिहेभोज खाएर फर्केका व्यक्ति बिरामी परेका हुन् । बिरामी परेका व्यक्तिमा पखाला, बान्ता र कसैकसैलाई ज्वरो आउनेलगायतका लक्षण देखिएको बताइएको छ । शुक्रबार बिहेपश्चात शनिबार भोज कार्यक्रम राखिएकामा त्यस भोजमा गएर खाना खाने ८० प्रतिशत मानिस बिरामी परेको छाब्दीस्थित सहारा हेल्थ केयरका स्वास्थ्यकर्मी शैलेन्द्र हडखलेले जानकारी दिए । चार जना अलि गम्भीर प्रकृतिको रहेकाले उनीहरुलाई स्लाइन चढाएर उपचार भइरहेको उनले बताए ।… पुरा पढौ

तनहुँको कारागारमा कैदीबन्दी भेटघाट बन्द

नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम बढेपछि तनहुँ जिल्ला कारागारमा कैदीबन्दी भेटघाट बन्द गरिएको छ। कारागार प्रशासनले गत वर्ष पनि कोरोना संक्रमण उच्च हुँदा केही समयलाई कैदीबन्दी भेटघाट बन्द गरेको थियो। कोरोना जोखिम कम हुँदै गएपछि कैदीबन्दी भेटघाट खुल्ला गरिएकामा हाल जोखिम तीव्र गतिमा बढेकाले भेटघाटलाई पूर्ण रूपमा बन्द गरिएको तनहुँ कारागारले जनाएको छ। पुरा पढौ

कृषिमन्त्री पद्मा अर्याल गण्डकी प्रदेश कोरोना नियन्त्रण समन्वय समितिको संयोजक

कृषिमन्त्री पद्मा अर्याल कोभिड–९ को महामारी रोकथाम र नियन्त्रणका लागि गण्डकी प्रदेशको संयोजकमा चुनिएकी छन्। संघीय सरकारले कोभिड–९ को महामारी रोकथाम र नियन्त्रणका लागि गण्डकी प्रदेशको संयोजकमा कृषिमन्त्री अर्याललाई तोकेको हो। संघीय सरकारले कोभिड–९ को महामारी रोकथाम र नियन्त्रणका लागि सातै प्रदेशहरुमा समन्वय गर्न सातजना मन्त्रीलाई संयोजक तोकेको छ। मन्त्रिपरिषद्को हिजोको बैठकले प्रदेशसँग समन्वय र संयोजन गरी महामारीविरुद्धको लडाइँमा आवश्यक पर्ने सामग्री लगायतका सहयोगका लागि संघीय सरकारले संयोजक तोकेको हो। बैठकले प्रदेश १ को संयोजकमा भूमि व्यवस्थामन्त्री डा. शिवमाया तुम्बाहाङफेलाई… पुरा पढौ

कास्कीमा जारी निषेधाज्ञा वैशाख मसान्तसम्म लम्बाउने प्रशासनको निर्णय (विज्ञप्ती सहित)

पोखरा । कास्कीमा जारी निषेधाज्ञा थप कडाई गर्दै वैशाख मसान्तसम्म लम्बिने भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीमा आइतबार बसेको बैठकले विश्वमा महामारीका रुपमा फैलिएको कोभिड–१९ कोरोना भाइरसको फैलावट रोकथाम तथा नियन्त्रणका लागी भन्दै यस्तो निर्णय गरेको हो । कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको अध्यक्षतामा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को आइतबार बसेको बैठकले जारी निषेधाज्ञालाई बैशाख ३१ गते राती १२ बजेसम्मलाई कास्की जिल्लाभर कडाई गरिने निर्णय गरेको जिल्ला प्रशासनद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । प्रशासनले सो अवधीमा… पुरा पढौ