साहित्य र कला

नेपाली विभागको पर्यावरणीय सचेतता गोष्ठी सम्पन्न

कुनै पनि बिषयमा विधिसम्मत ढङ्गले गरिने अनुसन्धानले मात्रै सार्थकता पाउने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । त्रिभुवन विश्वविद्यालय, शिक्षाध्यक्षको कार्यालय, अनुसन्धान निर्देशनालयद्वारा पोखरामा सञ्चालित गोष्ठीमा सहभागि शिक्षाविद्ले अनुसन्धान अघि गरिने छलफलले प्रतिवेदनलाई सार्थक बनाउने बताए । भैरहवा बहुमुखी क्याम्पसका उपप्राध्यापक डा. त्रिभुवन बरई र पृथ्वीनारायण क्याम्पस पोखराका उपप्राध्यापक डा. श्रीधर न्यौपानेले प्रस्तुत गरेको ‘समसामयिक नेपाली कवितामा पर्यावरणीय सचेतता’ शीर्षकमा अनुसन्धान गर्नु पुर्व गोष्ठीको आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डिन प्रा.डा. दुविनन्द ढकालले यस प्रकारको गोष्ठीले… पुरा पढौ

तनहुँका स्थानीय तहमा मगर भाषा पठनपाठन गरिँदै

तनहुँका १० वटै पालिकामा मगर भाषाको पठनपाठन गरिने भएको छ । मगर भाषा, लिपि, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीय पाठ्यक्रम निर्माण तथा शिक्षक प्रशिक्षण गरिएको छ । नेपाल मगर सङ्घ तनहुँका अध्यक्ष हर्कबहादुर थापा मगरले जिल्लाका १० वटै पालिकाको सहभागितामा जिल्लास्तरीय प्राज्ञिक परिषद् गठन गरी मगर भाषाको स्थानीय पाठ्यक्रम तयार गरिएको बताए । उनका अनुसार पाठ्यक्रम कार्यान्वयनका लागि आवश्यक शिक्षकलाई प्रशिक्षणसमेत प्रदान गरिसकिएकाले आगामी दिनमा पालिकासँग समन्वय गरेर विद्यालयमा पठनपाठन विस्तार गरिनेछ । अध्यक्ष मगरले भने,… पुरा पढौ

पोखरामा रक्तिम साँझ हुने

रक्तिम साँस्कृतिक अभियानले पोखरामा ‘रक्तिम साँझ २०८३’ को आयोजना गर्ने भएको छ । ‘राष्ट्रियताको रक्षा, रक्तिमको सदिच्छा’ भन्ने नाराका साथ संचालन भएको अभियानले यही जेठ २५ गते पोखरा सभागृहमा विशेष साँझको आयोजना गर्न लागेको राष्ट्रिय जनमोर्चा, निकट युवक संघका केन्द्रिय अध्यक्ष गणेश अधिकारीले जानकारी दिए । राष्ट्रिय जनमोर्चा, कास्कीको आयोजनामा हुने विशेष अभियान अन्र्तगतको कार्यक्रम दिउँसो १ बजेबाट शुरु भई करिब २ घण्टा संचालन हुने अधिकारीले बताए । विगत ४२ बर्ष देखि प्रगतिशिल आन्दोलनको नेतृत्व गरेको अभियानले युग नृत्य, गिती… पुरा पढौ

गण्डकीको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता

सन्देश श्रेष्ठपोखरा, जेठ १९ गण्डकी प्रदेश सरकारले कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम ल्याएको छ । गण्डकी प्रदेश सरकारको तर्फबाट गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले मंगलबार ल्याएको नीति तथा कार्यक्रममा कृषि र पर्यटनलाई प्राथमिकता दिइएको हो । गण्डकी प्रदेश सभामा प्रस्तुत नीति तथा कार्यक्रममा युवालाई योग्यता अनुसारको काम र काम अनुसारको दाम पाउन सक्षम बनाउने महत्वकांक्षी नीति लिइएको छ । गण्डकी प्रदेश सरकारले युवालाई हाल रोजगारी नपाएर बेरोजगार भइरहेको तथा कयौं युवाहरु वैदेशिक… पुरा पढौ

हिमाली साँस्कृतिक परिवारले आफ्नै भवन निर्माण गर्ने, अर्थ संकलन अभियान शुरु, पद्मराज ढकालले दिए १ लाख २५ हजार सहयोग

पोखरा । नेपाली लोक सँस्कृति बचाऔं नाराका साथ बिसं. २०५४ सालमा स्थापित पोखराको प्रतिष्ठित साँस्कृतिक संस्था हिमाली साँस्कृतिक परिवार आफ्नै भवन निर्माणको अभियानमा जुटेको छ ।नेपाली लोक गायन र नृत्यको संरक्षण, संवर्धन र विकासमा निरन्तर क्रीयाशिल हिमाली साँस्कृतिक परिवारलाई पोखरा नगर विकास समितिले स्थान प्रदान गरी पोखरा ९ पृथ्वीचोकमा कार्यलय निर्माण गरी साँस्कृतिक क्षेत्रबाट योगदान प्रदान गर्दै आइरहेको परिवारले कार्यालय छोड्ने अवस्था आए पश्चात आफ्नै जग्गा खरिद गरि साँस्कृतिक भवन निर्माणको अभियानमा जुटेको हो।पोखरा महानगरबाट ३५ दिने सुचना जारी गरेको… पुरा पढौ

उपन्यासकार रिजालको ‘पैकेलो’ माथि पोखरामा विमर्श

उपन्यासकार ओम रिजालको उपन्यास ‘पैकेलो’माथि पोखरामा विमर्श गरिएको छ । नेपाली लेखक सङ्घ, गण्डकी प्रदेशको आयोजनामा भएको कार्यक्रममा साहित्यकार तीर्थ श्रेष्ठले मान्छे प्रयत्न गर्न स्वतन्त्र भएको तर प्राप्ति उसको वशको कुरा नभएको बताए । उपन्यासकारको अध्ययन, खोजी र लेखनले उपन्यासको वैशिष्ट्य झल्काएको बताउँदै उनले नेपालीले आफ्नै इतिहास आफैँले लेखेर पढ्न नपाएकामा दुःख प्रकट गरे । नेपाल खस, नेवा, मैथिल र मुन्धुम सभ्यताको समष्टि भएको उल्लेख गर्दै श्रेष्ठले यी सभ्यताको उत्पत्ति र विकासबारे लेखिएको हाम्रो इतिहास अधुरो र कतिपय सन्दर्भमा काल्पनिक… पुरा पढौ

युद्ध उपन्यास कर्मवीर लिएर आए सुमलकुमार गुरुङ

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायतका पूर्व अध्यक्ष तथा भूतपूर्व भारतीय सैनिक सुमलकुमार गुरुङको युद्ध उपन्यास कर्मवीर एक समारोहका बीच लोकार्पण गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकी र तमु सांस्कृतिक प्रतिष्ठान नेपालद्वारा पोखरामा आयोजित समारोहमा वरिष्ठ साहित्यकार सरुभक्त, चन्द्रप्रकाश बानियाँ, हरिदेवी कोइरालालगायतले उक्त कृतिको लोकार्पण गरे ।कार्यक्रमका प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ साहित्यकार सरुभक्तले नेपाली उपन्यास लेखनको इतिहास सिलसिलेवार लिपिबद्ध हुन नसके तापनि उपन्यास लेखन परम्परामा कर्मवीरले एउटा इटा थपेको बताए । उनले युद्ध… पुरा पढौ

धनबहादुर गुरुङ सांगीतिक साँझबाट ३५ लाख २४ हजार वचत

पोखरामा आयोजना भएको धनबहादुर गुरुङ सांगीतिक साँझबाट ३५ लाख भन्दा बढी रकम वचत भएको छ । तमु (गुरुङ) कलाकार संघ गण्डकीले गत फागुन ८ गते पोखरामा आयोजना गरेको उक्त कार्यक्रममा ५६ लाख २४ हजार ४ सय ५८ रुपैंया संकलन भएकोमा खर्च कटाएर ३५ लाख २४ हजार ५ सय ८९ रुपैंया वचत भएको आज पत्रकार सम्मेलन गरी जानकारी दिईएको छ । गुरुङ गीत संगीतका नायक, अग्रज कलाकार धनबहादुर गुरुङको सम्मानमा आयोजित साँझमा करिब २१ लाख खर्च भएको कार्यक्रम संयोजक गोरे गुरुङले… पुरा पढौ

सिम्रन बुनुको “फुल रसैको” म्युजिक भिडियो सार्वजनिक

मौलिक भाका र ठट्यौली शैलीमा तयार पारिएको नयाँ गीत “फुल रसैको” को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सिम्रन बुनुको प्रस्तुतिमा तयार भएको उक्त भिडियो पोखरामा एक कार्यक्रमको बीच सार्वजानिक गरियो ।प्रेम, माया र समर्पणको भावलाई केन्द्रमा राखेर निर्माण गरिएको गीतको शब्द तथा सिर्जना समीर रामदामले लेखेका हुन भने निर्देशन अनुप अधिकारीले गरेका हुन् । गीतले भावनात्मक सम्बन्धलाई सरल र मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गर्ने प्रयास गरेको निर्माण टिमले जनाएको छ ।म्युजिक भिडियोमा समीर रामदाम, सिम्रन बुनु, अनुप अधिकारी, सागर क्षेत्री,… पुरा पढौ

स्याङ्जाकी बत्तीकुमारी थापा बनिन, गण्डकी लोकतारा

पोखरामा आयोजना भएको दोस्रो गण्डकी लोकताराको उपाधि स्याङ्जाकी बत्तीकुमारी थापाले जितेकी छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा थापा विजयी भएकी हुन् । उनले उपाधिसँगै नगद ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएकी छन् । थापाले गीत निशुल्क रेकर्डिङ गर्ने अवसरसमेत पाएकी छन् । अन्तिम प्रतिस्पर्धामा कास्कीका समिर पुन, पर्वतका शोभा परियार,बागलुङका ललिता घर्ती मगर, म्याग्दीका शक्ति छिनाल, तनहुँका मन्दिरा थापा मगर, गोरखाका निश्चल गुरुङ, लमजुङका युगेश परियार, स्याङ्जाकी बत्तीकुमारी थापा,… पुरा पढौ