साहित्य र कला

बागलुङमा भदौरे नाचको रौनक

बागलुङ बजारमा अहिले भदौरे नाचको रौनकता छाएको छ । यहाँको पुरानो नाचमध्येका विभिन्न नाचहरु दैनिकजसो प्रदर्शन भइरहँदा बजार क्षेत्र अहिले गुञ्जायमान भइरहेको छ । लोपोन्मुख अवस्थामा रहेका नाच पछिल्लो समय बागलुङका नेवार समुदायले संरक्षित गर्दै आएका छन् । विसं १८४३ अघि नै बागलुङमा व्यापारको सिलसिलामा नेवार समुदाय आएर बसोबास गरेको लिखित दस्तावेजका आधारमा उक्त नाच नेवार समुदायअन्तर्गत पर्ने स्थानीय काजी गाउँले श्रेष्ठले बताए । उनले उक्त नाच दुई सय ३७ वर्ष पुरानो हुनसक्ने बताए । श्रेष्ठले बागलुङमा भदौरे नाचअन्तर्गत पर्ने… पुरा पढौ

पोखरामा साढे दुई दशकपछि बाघ जात्रा प्रदर्शन, राजारानीदेखि बाघसमेतको झल्को

पोखरा, भदौ १८ पोखरामा झण्डै अढाई दशकपछि वर्षपछि बाघ जात्रा शुरु भएको छ । जात्रैजात्राको सहर भनेर चिनिने पोखरामा तेईस वर्षपछि सोमबारदेखि बाघ जात्रा शुरु भएको हो । नेवाः खल कास्कीको आह्वान तथा बाघ जात्रा तयारी समितिको आयोजनामा भएको बाघ जात्राको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दियो प्रज्वलन गरेर उद्घाटन गरेपछि शुरु गरिएको थियो । बाघ जाको पहिलो दिन नेवा छेँबाट शुरु भई भीमसेन मन्दिरमा रहेको नासः द्यको परिक्रमा गरेर भैरवटोल, मोहरियाटोल, बागबजार हुँदै नदीपुर, तेर्सापट्टी, नालामुखहुँदै नेवाः छेँ मा… पुरा पढौ

जात्रा संरक्षणमा बन्दीपुरका नेवार समुदाय

दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरका नेवार समुदाय जात्रा संरक्षणमा जुटेका छन् । बन्दीपुरमा साढे दुई सय वर्ष पहिलादेखि नेवार समुदायले विभिन्न जात्रा प्रदर्शन गर्दै आएका छन् । नेवार समुदायको संस्कृतिका रुपमा रहेको विभिन्न जात्रा बन्दीपुरमा प्रदर्शन हुँदै आएको बन्दीपुर नेवाः पुचका अध्यक्ष किसान प्रधानले जानकारी दिए । “भक्तपुरबाट बन्दीपुर नेवार बसाइँसराइ मात्रै गरेनन्, संस्कृति पनि लिएर आएँ । त्यही संस्कृतिको संरक्षणमा नेवार समुदाय लागिरहेका छन्”, उनले भने । उनका अनुसार बन्दीपुरका नेवार समुदायले विभिन्न संस्कृति र जात्राको संरक्षण गर्दै… पुरा पढौ

आजदेखि पोखरामा बाघजात्रा

२३ वर्ष पछि पोखरामा हुन गइरहेको बाघजात्रा आजबाट शुरु हुँदै छ । यही भदौ २० गतेसम्म चल्ने बाघजात्रा आफैमा जात्राहरुको पनि जात्रा भएको हुँदा यहाँ धेरै किसिमका जात्राहरु एक साथ प्रदर्शन हुनेछन् । बाघजात्रामा सबैभन्दा अगाडि कुमारी रहनेछ । यस पछि ताहामचा, धिमेबाजा, घोडानाच, सेनापति, प्रधानमन्त्री, राजा, रानी, दायाँबायाँ सुरक्षागार्ड, घोडचढी रिसल्लाहरु, झ्यासी न्यासीका रुपमा हतियारधारी शिकारीहरु, उहिलेका सैनिकका रुपमा गुरुज्यूका पल्टनका सैनिकहरु, सबैभन्दा आकर्षणका रुपमा रहेका बाघ तथा बाघको शिकारका लागि चारै तर्फबाट घेर्नका लागि हातमा बाँस बोकेका गाउँलेका… पुरा पढौ

बाल कल्याण संघ पत्रकारिता पुरस्कार-२०८० बाट युनिश गुरुङ पुरस्कृत

पोखरा । एक दशकभन्दा बढी समयदेखि क्रियाशील फोटो पत्रकार युवराज गुरुङ ‘युनिश’ बालकल्याण संघ पत्रकारिता पुरस्कार-२०८० बाट पुरस्कृत भएका छन् । बाल कल्याण संघ कास्कीले बालबालिकाको क्षेत्रमा पत्रकारिता गर्दै आएका पत्रकारलाई उक्त पुरस्कार दिँदै आएको छ । संघको २३ औं साधारणसभा तथा ७ औं अधिवेशनको अवसरमा फोटोपत्रकार गुरुङलाई सम्मान गरिएको हो । उनलाई गण्डकी प्रदेश सांसद प्रकाश बरालले दोसल्ला, सम्मानपत्रसहित ७ हजार ५ सय रुपैयाँले सम्मान गरेका हुन् । सन् २०१२ देखि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियामा फोटो पत्रकारिता गर्र्दै… पुरा पढौ

पोखराको सहीदपार्कमा अक्षरयात्राको २०२ औँ शृङ्खला सम्पन्न

गण्डकी । गजल सन्ध्या, पोखरा नेपाल र नवनित साहित्य सागरको संयुक्त आयोजनामा हरेक महिनाको तेस्रो शनिबार सञ्चालन हुने ‘अक्षरयात्रा’ को २०२औँ शृङ्खला पोखराको सहिदचोकस्थित पार्कमा आज सम्पन्न भएको छ । ‘जीवन र जगत्को यथार्थबोधका लागि अक्षरयात्रा’ भन्ने मूलनाराका साथ विभिन्न स्थानमा पुुगेर सो स्थान एवम् परिवेशलाई साहित्यकारहरू आ–आफ्ना रचनामा अधिकांश विषय सहीदको सम्झना, उनीहरूको बलिदानी एवम् समसामयिक विषयलाई उतार्न केन्द्रित थिए । कार्यक्रममा लक्ष्मण थापा, सुरज उपाध्याय, सञ्जीव पौडेल, प्राञ्जल, लाल कार्की ‘अञ्जान’, श्रीराम अधिकारी ‘गोर्जे’, रामजीप्रसाद आचार्य, माधव खतिवडा,… पुरा पढौ

शुक्ला साहित्य प्रतिष्ठानले गर्ने कृष्ण भजनको तयारी अन्तिम चरणमा, प्रथम हुने टोलीलाई नगद १ लाख

पोखरा । पोखराको वाटुलेचौरमा रहेको शुक्ला साहित्य प्रतिष्ठानले श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजना गर्ने खुल्ला कृष्ण भजन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । विगत २४ वर्षदेखि निरन्तर रुपमा गर्दै आएको प्रतियोगिता गत ३ वषर््ा कोभिड महामारीका कारण रोकिएकोमा यस वर्षदेखि पुन संचालन गर्न लागिएको प्रतियोगिताको तयारी आन्तरिक वाहेक सवै अन्तिम चरणमा पुगेको प्रतिष्ठानका अध्यक्ष हरि वरुवालले जानकारी दिए । यही भाद्र २० गते स्थानिय वाटुलेचौर मैदानमा आयोजना गरिने प्रतियोगितालाई भव्य र व्यवस्थित वनाउन कुनै कसर वाकी नराखिएको संयोजक दुर्गादेवी वस्नेतले… पुरा पढौ

लाखेनाच संरक्षण गर्न पहिलोपटक प्रतियोगिता गरियो

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा लाखेनाच संरक्षणका लागि जिल्लामा पहिलोपटक लाखेनाच प्रतियोगिता सम्पन्न भएको छ । कावासोती नगरपालिकाभित्रका पाँचवटा गुठीको सहभागीता रहेको सो प्रतियोगितामा श्री गणेश भीमसेन नेवाः गुठी कावासोती–१७ गोछडा प्रथम , भीमसेन कालिका नेवाः गुठी कावासोती–१४ त्रिभुवनटार दोस्रो र शिखा नेवाः गुठी कावासोती–३ तेस्रो भएका थिए । खुला लाखेनाच प्रतियोगिता आयोजना गरेर जिल्लाभित्र रहेका गुठीले लाखेनाच प्रदर्शन गरेका हुन् । मुखुण्डो लगाएर लाखेहरू नाचगान गरिरहेका थिए भने हेर्नेको त्यस्तै भीड थियो । कावासोती क्षेत्रमा बसोबास गर्दै आएका नेवार… पुरा पढौ

टेवान पोखराको आयोजनामा भदौ २५,२६ र २७ गते तीज सांस्कृतिक महोत्सव हुने

पोखरा । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)को आयोजनामा पोखरामा तीज, सांस्कृतिक महोत्सव – २०८० हुने भएको छ । ‘दिगो पर्यटनका लागि समान सहभागिता’ नाराका साथ महोत्सव आयोजना गरिएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।भदौ २५, २६ र २७ गते लेकसाइडस्थित कोमागाने पार्कमा महोत्सव हुनेछ । महोत्सवका अवसरमा महिला प्रतिभा प्रतिस्पर्धा कार्यक्रमसमेत हुने आयोजकको भनाइ छ ।तीज सांस्कृतिक महोत्सवमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका महिलाहरुको सहभागिता रहने टेवानकी अध्यक्ष कमला गिरीले बताइन् । उनका अनुसार महोत्सव लेकसाइड क्षेत्रको कोमागाने… पुरा पढौ

पोखरामा तायमचा नृत्य प्रतियोगिता आयोजना, तेर्छापट्टी प्रथम, तीन लाख पुरस्कार प्रदान

पोखरा । गाईजात्राको अवसरमा रानीपौवा तायमचा नाच समितिले पोखरामा आयोजना गरेको तायमचा नृत्य प्रतियोगितामा पुरुषतर्फ तेर्सापट्टी तायमचा समिति, पोखरा–३ प्रथम भएको छ ।पुरुषतर्फ २० टिमलाई पछि पार्दै तेर्सापट्टीले नगद ३ लाखसहित ट्रफी र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ । यस्तै, नयाँबजार सांस्कृतिक समिति दोस्रो र भीमसेन टोल सुधार समिति तेस्रो भए । उनीहरुले क्रमशः २ लाख र १ लाख पुरस्कार पाए । मोहरिया सिंहनाथ टोल तायमचा समितिले सान्त्वना हुँदै ३० हजार नगद पुरस्कार प्राप्त गरेको छ । महिलातर्फ बागबजार बगर… पुरा पढौ