समाचार

विन्ध्येश्वरी आदर्शमा रमाइलो मेला सम्पन्न

पोखराको मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा रमाइलो मेला कार्यक्रम सम्पन्न भएको छ । विद्यालयले प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशनसँगै विविध मनोरञ्जनात्मक तथा सिर्जनात्मक गतिविधिसहितको मेला आयोजना गरेको हो । मेलामा आयोजित बिभिन्न खेलकुद, सिर्जनात्मक कार्यक्रममा उत्कृष्ट हुन सफल विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।पुरस्कार वितरण गर्दै विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले कार्यक्रमले विद्यार्थी, अभिभावक र शिक्षकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै विद्यालयमा उत्साहपूर्ण र सकारात्मक शैक्षिक वातावरण सिर्जना गरेको बताए । कार्यक्रममा सहभागी विद्यार्थीहरूले मनोरञ्जनसँगै सिकाइ, सिर्जनशीलता र सहकार्यको अनुभव… पुरा पढौ

प्रदेश प्रमुखबाट फिर्ता गाँजा विधेयकमा पुनर्बिचार भएन, हुबहु पारित

पोखरा, साउन १५ गण्डकी प्रदेश सभाले प्रदेश प्रमुखबाट फिर्ता भएको गाँजा विधेयक हुबहु पुनः पारित गरेको छ । औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक नेपालको संविधान र संघीय कानूनसँग बाझिएको भन्दै सन्देशसहित साउन ८ गते फिर्ता पठाएका थिए । तर शुक्रबार बसेको प्रदेश सभा बैठकले सो विधेयक प्रदेशको एकल अधिकार भित्र पर्ने भएकाले पुनर्बिचार गर्नुपर्ने कारण नभएकोभन्दै हुबहु पारित गरेर प्रमाणिकरणका लागि पठाउने निर्णय गरेको हो । यसअघि गण्डकी प्रदेश… पुरा पढौ

मधेशमा विकसित समस्या समाधान गर्न प्रधानमन्त्री शाह सक्रिय, मधेशवादी नेताहरु र रास्वपा सांसदसँग छलफल

प्रधानमन्त्री बालेन्द्र शाहले तराई मधेशका केही जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न सरकार लागिपरेको बताएका छन् । आइतबार राती सुनसरीमा दुई पक्षबिचको झडप र त्यसबाट उत्पन्न समस्या अन्य जिल्लामा पनि बढ्दै गएपछि आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूसँग भएको छलफलमा उनले नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर एवं योजनाबद्ध रूपमा लागिपरेको बताएका हुन्।प्रधानमन्त्री शाहले राज्य संयन्त्रका सम्पूर्ण अंगहरू उच्च सतर्कताका साथ परिचालित भइसकेकाले… पुरा पढौ

ट्याक्सी र स्कुटर ठोक्किदा पोखरामा एक किशोरको मृत्यु

पोखरामा आज बिहान भएको सडक दुर्घटनामा परि एक किशोरको मृत्यु भएको छ । पोखरा १४ अनुपम टोलमा आज बिहान ट्याक्सी र स्कुटर एक आपसमा ठोकिँदा म्याग्दी रंघुगंगा घर भई पोखराको विजयपुर बस्दै आएका १७ वर्षीय संयोग भण्डारीको मृत्यु भएको हो।घटनामा परी गम्भीर घाइते भएका भण्डारीको उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ। ग १ ज ९९३ नम्बरको ट्याक्सी र ग १५ प ५०५ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाएका हुन्। कार चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको… पुरा पढौ

सप्तरीको राजविराजमा कर्फ्यु आदेश जारी, सिरहाको अवस्था सामान्य बन्दै

सुनसरीको कप्तानगञ्जमा भएको घटनालाई लिएर प्रदर्शन हुन थालेपछि सप्तरीको राजविराज क्षेत्रमा कफ्र्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालयले राजविराज नगरपालिकाका विभिन्न क्षेत्रमा आज बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कफ्र्यु आदेश जारी गरेको हो । कार्यालयले आज सूचना जारी गर्दै जिल्लामा शान्तिसुरक्षा कायम गर्न जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कफ्र्यु आदेश जारी गरिएको जनाएको छ ।घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ ।प्रदर्शनकारीले चोकमा टायर बालेका छन् । प्रदर्शनका क्रममा बजार पसल बन्द छ । यातायात सेवा पनि अवरुद्ध… पुरा पढौ

सोमकुमार तामाङको कुवेतमा ड्रोन आक्रमणमा परि निधन

कुवेतमा ड्रोन आक्रमणमा परि मृत्यु हुनेमा नेपाली युवा सोमकुमार तामाङ रहेका छन् । कुवेतस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै बिहीबार भएको ड्रोन आक्रमणमा परी ज्यान गुमाउनेमा त्यहाँ सवारी चालकको रुपमा कार्यरत तेह्रथुमका ४४ वर्षीय तामाङ भएको पुष्टि गरेको छ । विज्ञप्तिमा राजदूतावासले मृतक तामाङको पार्थिव शरीर कानुनी प्रक्रिया पुरा गरी यथाशीघ्र नेपाल पठाउन आवश्यक समन्वय भईरहेको जनाएको छ । यसका लागि त्यहाँका सरकारी निकायसँग सहकार्य गरेर अघि बढाइएको बताईएको छ ।राजदूतावासले मृतक तामाङको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति… पुरा पढौ

एसियाली खेलकुदमा सहभागी हुने खेलाडी, प्रशिक्षक, म्यानेजर र अफिसियललाई दिइयो सुरक्षा अभिमुखीकरण

पोखरा,साउन १४जापानको आइची नागोया सहरमा आयोजना हुने २० औँ एसियाली खेलकुदका सहभागी खेलाडि,प्रशिक्षक,टिम म्यानेजर,अफिसियल र जजको लागि काठमाडौँमा सुरक्षा अभिमुखीकरण कार्यक्रम आयोजना भएको छ ।नेपाल ओलम्पिक कमिटी एनओसी सँगको सहकार्यमा नेसनल ओलम्पिक एकेडेमी नेपाल (एनओए) ले आगामी सेप्टेम्बर र अक्टोबरमा हुने एसियाली खेलकुदको तयारीमा रहेका खेलाडी र अफिसियलहरूका लागि मंगलबार अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।कार्यक्रममा नेशनल ओलम्पिक एकेडेमी नेपालका अध्यक्ष तेजबहादुर गुरुङले खेलकुदमा संलग्न खेलाडी, प्रशिक्षक, अफिसियललगायत सबैका लागि सुरक्षा सचेतना अपरिहार्य रहेको बताएका थिए । उनले प्रत्येक खेलाडीले… पुरा पढौ

पोखरामा पनि प्रोटोन इ.मास ५को बिक्री सुरु, सुरुआती मूल्य २९ लाख ९९ हजार

पोखरा । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. ले आफ्नो आधिकारिक च्यानल पार्टनर स्क्वायर अटोमोबाइल्स प्रा.लि. सँगको सहकार्यमा पोखरास्थित आधिकारिक शोरुमबाट नयाँ प्रोटोन इ.मास ५ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको छ।नेपालमा प्रोटोन ब्रान्डको दोस्रो विद्युतीय सवारीका रूपमा भित्रिएको प्रोटोन इ.मास ५ आधुनिक शहरी जीवनशैली र दैनिक यात्रालाई सहज, स्मार्ट तथा दिगो बनाउने उद्देश्यसहित नेपाली बजारमा ल्याइएको कम्पनीले जनाएको छ।पोखरामा आयोजित सार्वजनिक कार्यक्रममा व्यावसायिक साझेदार, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो। पर्यटकीय राजधानीका रूपमा परिचित पोखराबाट विद्युतीय सवारीको नयाँ… पुरा पढौ

गण्डकीमा सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ता ३३ हजार ३ सय ३३

पोखरा, साउन १३ गण्डकी प्रदेशमा सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेको संख्या ३३ हजार नाघेको छ । गण्डकीमा असार मसान्तसम्ममा १ हजार ३ सय ७ वटा रोजगारदाता कम्पनी आबद्धहुँदा ३३ हजार ३ सय ३३ जना योगदानकर्ता आबद्ध भएको सामाजिक सुरक्षा कोष गण्डकी प्रदेश प्रमुख डि.पी. सुन्दर पराजुलीले जानकारी दिएका हुन् । गण्डकीमा गत वर्ष ४ सय ८ वटा रोजगारदाता संस्था थप भएका छन् भने ३ हजार ४ सय १ योगदानकर्ता थपिएका छन् । गण्डकीमा ९९ वटा सरकारी कार्यालयसमेत आबद्ध भएको प्रमुख… पुरा पढौ

एक आपसमा एकता र सद्भाव कायम राख्न पुर्वराजा ज्ञानेन्द्र शाहको आग्रह(सन्देशसहित)

पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकका विभिन्न भागमा सामाजिक र धार्मिक सद्भाव खलबल्याउन खोजिएकोप्रति चिन्ता व्यक्त गरेका छन् । निर्मल निवासबाटजारी सन्देशमा उनले कोसी र तराइका विभिन्न भूभागमा जनजीवन नै अशान्त हुने गरी भएको घटना सुन्दा दुःख लागेको बताएका छन् । पुर्वराजा शाहले परम्परा देखि नै नेपालीहरूबीच एकता र मेलमिलाप रही आएको स्मरण गर्दै, यो बिशिष्ट परिस्थितीमा मेलमिलाप नै आजको प्रमुख आवश्यकता रहेको बताएका छन् । नेपाली समाजको बहुजातीय र बहुभाषिक विशिष्टताका साथै आ आफ्नो धर्म र संस्कृतिको सम्मान गर्ने परम्पराले नै… पुरा पढौ