समाचार

‘अब मौसम क्रमिकरूपमा सुध्रन्छ’

पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले आज पनि देशका विभिन्न स्थानमा बदली हुनुका साथै छिटफुट वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली भएको छ भो बाँकी भागमा मौसम सफा रहनेछ । पोखरामा बिहानैदेखि पारिलो घाम लागेको छ । बिहीबार साँझ हल्का वर्षा भएकाले पोखरासहित देशका विभिन्न स्थानमा तुवाँलो हटेर मौसम सफा भएको छ । आजदेखि मौसम क्रमिकरूपमा सुधार हुने पनि महाशाखाले जनाएको छ । आज दिउँसो कोशी… पुरा पढौ

आइतबारदेखि देशभर दादुराविरुद्ध खोप अभियान

सरकारले दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत यही फागुन १३ देखि चैत ७ गतेसम्म जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्दै छ । अभियानअन्तर्गत काठमाडौँ जिल्लाका पाँच लाख ९७ हजार तीन सय पाँचजना बालबालिकालाई खोप लगाइने बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलन गरेर वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. भुवन पौडेलले जानकारी दिए । उनले ती वालबालिकालाई एक हजार छ सय ७० खोप केन्द्रबाट खोप लगाइने बताए । पहिले विद्यालयलाई नै खोप केन्द्र बनाउने र खोपको अन्तिम दिन वडा कार्यालयमा रहेका स्वास्थ्य संस्थामा… पुरा पढौ

एक दशकपछि दोस्रो आँबुखैरेनी महोत्सव

तनहुँको आँबुखैरेनीमा बिहीबारदेखि दोस्रो आँबुखैरेनी महोत्सव सुरु भएको छ । पहिलो महोत्सव भएको झण्डै एक दशकपछि दोस्रो महोत्सव आयोजना गरिएको हो । तनहुँ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सवको प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले उद्घाटन गरे। त्यस अवसरमा उनले मेला–महोत्सव स्थानीय वस्तु बजारीकरणका लागि सहयोगी हुने बताए । उनले भने, “अबको समय आर्थिक समृद्धिको हो, राजनीतिक परिवर्तन भइसक्यो । अब जनतालाई समृद्ध बनाउनेतर्फ सबै दलबीच सहमति र सहकार्य आवश्यक छ ।” गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर चुमानले आँबुखैरेनीको पर्यटकीय, धार्मिक, सांस्कृतिक क्षेत्रको… पुरा पढौ

मादीको भगवतीटारमा दोश्रो आलु महोत्सव हुने

पोखरा । कास्कीको मादी गाउँपालिका–१२ भगवतीटारमा दोश्रो आलु महोत्सब गरिने भएको छ । ‘भगवती टार जाऔं, अर्गानिक आलुका परिकारमा रमाऔं’ भन्ने नाराका साथ हराभरा भगवती कृषक समूहको आयोजनामा आगामी चैत ३ गते दोश्रो आलु महोत्सव हुन लागेको हराभरा भगवती कृषक समूहकी अध्यक्ष कुसुमलता सुवेदीले जानकारी दिइन् । मादी गाउँपालिका वडा नं. १२ को प्रायोजनमा हुने महोत्सव सम्पन्न गर्न आयोजकले विभिन्न ५ वटा उपसमिति मार्फत तयारीलाई अगाडि बढाएको समुहकी अध्यक्ष सुवेदीले जानकारी दिइन् । कृषि, पर्यटन र व्यवसायको पंर्वद्धन गर्दै यस… पुरा पढौ

सातौं विरेन स्मृति १७ औं बिटी कपमा ‘लामागाउँ च्याम्पियन’

फागुन ९ पोखरा । ‘हामी एक हौं’ भन्ने नारासहित सामाजिक तथा खेलकुद क्षेत्रमा क्रियाशिल बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा सम्पन्न सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगितामा लामागाउँ गुम्बा एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा आज (बिहीबार) भएको फाइनल खेलमा एट टु नाइन एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै लामागाउँ च्याम्पियन बनेको हो । लामागाउँलाई उपाधि जिताउन अनुज भण्डारीले निर्णायक गोल गरे । उपाधिसँगै लामागाउँ गुम्बाले नगद १ लाख ७१ हजार १ सय… पुरा पढौ

नारायणगढ–मुग्लिन सडक फागुन १३ गतेदेखि बन्द नहुने

फागुन १० चितवन । दैनिक चार घण्टा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड फागुन १३ गतेदेखि बन्द नगरिने भएको छ । तेस्रो पटक थपेको म्याद यही फागुन १२ गते सकिँदैछ । पुल निर्माणका लागि भित्तो काट्नुपर्ने काम अन्तिम चरणमा पुगेकाले अबको कामका लागि सवारी रोक्नु नपर्ने भएको हो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का प्रमुख केदार नेपालका अनुसार पुस ७ गतेदेखि क्रमशः २१ दिनका दरले तेस्रो पटक सडक बन्द गरेर काम गरिएको हो । कूल… पुरा पढौ

एकदिवसीय शृङ्खला : नेपाल ए पराजित, क्यानडाले जित्यो शृङ्खला

फागुन १० काठमाण्डौं । एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल ए क्यानडा–११ सँग चार विकेटले पराजित भएको छ । जितसँगै तीन खेलको उक्त शृङ्खला क्यानडा–११ ले २–१ ले जित्यो । पहिलो खेलमा क्यानडाले नेपाललाई चार विकेटले हराएको थियो भने दोस्रो खेलमा नेपालले क्यानडामाथि दुई विकेटको जित हासिल गरेको थियो । आज जितका लागि एक सय ८२ रनको लक्ष्य क्यानडा–११ ले २८ दशमलव पाँच ओभरमा छ विकेटको क्षतिमा पूरा गर्यो । क्यानडा–११ को जितमा निकोलस किर्तोनले ७७ बल खेल्दै छ… पुरा पढौ

कांग्रेस कमजोर भए लोकतन्त्रको विस्तार अवरुद्ध हुन्छ : नेता कोइराला

फागुन १० ललितपुर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपाली कांग्रेस कमजोर भए लोकतन्त्रको विस्तार अवरुद्ध हुने बताएका छन् । उनले देशवासीको भविष्य निर्माण गर्ने पार्टी कांग्रेस मात्र भएको उल्लेख गरे । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा यही फागुन ७ गतेदेखि सुकरु भएको कांग्रेस महासमिति बैठकको आज समापन सत्रमा बोल्दै नेता डा कोइरालाले महासमितिको बैठक समापनसम्म आइपुग्दा आन्दोलनमा लागेर यथोचित सम्मान पाउन नसकेकाको खोजी गरेर तिनको उचित मूल्यांकन गर्ने कार्य तथा त्यस्ता व्यक्ति, घटना र मोडको खोजी, अनुसन्धान गरी… पुरा पढौ

शैक्षिक क्यालेण्डर कार्यान्वयन पहिलो प्राथमिकता : उपकुलपति बराल

फागुन १० काठमाण्डौं । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा केशरजङ्ग बरालले पदबहाली गरेका छन् । आज साँझ कीर्तिपुरस्थित विश्वविद्यालय कार्यालयमा पुगेर उनले कार्यभार सम्हालेका हुन् । पदबहालीपछि कुराकानी गर्दै उपकुलपति प्रा डा बरालले आफ्नो पहिलो प्राथमिकता विश्वविद्यालयको वार्षिक शैक्षिक ‘क्यालेण्डर’ कार्यान्वयन गर्नु रहेको बताए । “त्रिभुवन विश्वविद्यालय देशको ठूलो संरचनायुक्त संस्था हो । यहाँ धेरै काम गर्नुपर्नेछ”, उनले भने । शैक्षिक क्यालेण्डर कार्यान्वयन तथा समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशनलाई प्राथमिकता दिइने उपकुलपति प्रा. डा. बरालले बताए । विश्वविद्यालयको… पुरा पढौ

गण्डकीमा घरेलु मदिरालाई वैध बनाइने

फागुन १० पोखरा । लुकीछिपी उत्पादन र बिक्री वितरण भइरहेको घरेलु मदिरालाई वैध बनाउन गण्डकी प्रदेश सरकारले कानुन निर्माणको प्रक्रिया थालेको छ । सोसम्बन्धी विधेयकको मस्यौदालाई प्रदेशसभाको आगामी हिउँदे अधिवेशनमा पेस गर्ने प्रदेश सरकारको तयारी छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता दिनेशप्रकाश अर्यालले घरेलु मदिराको ‘ब्रान्डिङ’का लागि कानुन ल्याउन लागिएको बताए । “विधेयक प्रस्तावका लागि आर्थिक मामिला मन्त्रालयले स्वीकृत दिइसकेको छ”, उनले भने, “कानुन मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सैद्धान्तिक सहमति आएपछि मस्यौदाको काम अगाडि बढ्छ… पुरा पढौ