समाचार

गुरुङ लामा बौद्ध धर्म समाज क्षेत्रीय समिति पोखराको अध्यक्षमा लामा गुप्ती गुरुङ

गुरुङ तमू लामा बौद्ध धर्म समाज क्षेत्रीय समिति पोखराको अध्यक्षमा लामा गुप्ती गुरुङ सर्वसम्मत चयन भएका छन् । पोखरा–१८ स्थित पाल ङाघ्युर साङङ छ्योलिङ गुम्बामा आइतबार भएको गुरुङ तमू लामा बौद्ध धर्म समाज क्षेत्रीय समिति पोखराको प्रथम अधिवेशनबाट लामा गुप्ती गुरुङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा लामा प्रेमकाजी गुरुङ, उपाध्यक्षमा लामा अशोक गुरुङ, महासचिवमा लामा सन्तोष गुरुङ, सचिवमा लामा मिलन गुरुङ, कोषाध्यक्षमा लामा शेरब गुरुङ र सहकोषाध्यक्षमा लामा अमृत गुरुङ चयन भए ।… पुरा पढौ

सञ्चारमन्त्री तिमिल्सिना र नेपाल पत्रकार महासङ्घबीच छलफल

नेपाल पत्रकार महासङ्घको टोलीले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनासँग भेटघाट गरेको छ । सो क्रममा सरकारी विज्ञापनसम्बन्धी सरकारको पछिल्लो नीतिका विषयमा छलफल भएको छ । महासङ्घ अध्यक्ष निर्मला शर्माको नेतृत्वमा गएको टोलीले सञ्चारमन्त्री तिमिल्सिनासँग भेट गरी चैत १८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जारी निर्देशनप्रति ध्यानाकर्षण गराएको हो । उक्त निर्देशनमा सरकारी सञ्चारमाध्यममा मात्र सूचना प्रकाशन–प्रसारण गर्नुपर्ने व्यवस्था गरिएको छ । भेटमा सञ्चारमन्त्री तिमिल्सिनाले सरकारी विज्ञापनको रकम दुरुपयोग भएको, श्रमजीवी पत्रकार प्रत्यक्ष लाभान्वित हुन नसकेको तथा बिचौलियाको… पुरा पढौ

भूमेश्वर आधारभुत विद्यालयमा पोषराज

पोखरा १९ घार्मीमा रहेको भूमेश्वर आधारभूत विद्यालयको अध्यक्षमा पोखराका युवा व्यवसायी पोषराज पौडेल चयन भएका छन् । अभिभावक भेलाबाट छनोट भएका र वडा शिक्षा समितिले प्रतिनिधी पठाए पछि बसेको भेलाले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पौडेललाई चयन गरेको हो । समितिका सदस्यमा चुडामणी पौडेल, संगिता वि .क, ज्योति रेग्मी, भेषराज पौडेल र अजय पौडेल दीपक चयन भएको निवर्तमान अध्यक्ष रामप्रसाद पौडेलले जानकारी दिए । शिक्षा समितिबाट पोषराज र भेषराज तथा समुदायका तर्फबाट अजय मनोनित भएका थिए । शिक्षक प्रतिनिधिको रुपमा समितिमा… पुरा पढौ

फेवाताल जग्गा प्रकरणमा कानुनी उपचार खोज्ने गृहमन्त्री गुरुङको स्पष्टीकरण

गृहमन्त्री सुधन गुरुङले कास्कीको फेवाताल जग्गा प्रकरणमा आफू ठगिएकाले कानुनी उपचारमा जाने स्पष्ट पारेका छन् । फेवाताल किनारमा साहसिक पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यका साथ एक दशकअघि स्थापना गरिएको ‘एड्भेन्चर स्पोट्र्स नेपाल’ सञ्चालनका लागि भाडामा लिइएको जग्गा मापदण्डविपरित रहेको पाइएपछि मन्त्री गुरुङले त्यसविरुद्ध कानुनी प्रक्रियामा जाने बताएका हुन् । सर्वोच्च अदालतको आदेशबमोजिम पोखरा महानगरपालिकाले फेवातालको जग्गा मिचेर बनाइएको संरचना हटाउने क्रममा गृहमन्त्री संलग्न कम्पनीले भाडामा लिएको जग्गासमेत अतिक्रमण क्षेत्रभित्रै रहेको पाइएको थियो । जग्गा भाडामा लिँदा जग्गा धनीले अतिक्रमित जग्गा भन्ने… पुरा पढौ

एभरेस्टकर्मी दीपेन्द्र र सन्देशलाई पितृ शोक

एभरेस्ट मिडिया हाउसका प्रमुख कार्यकारी अधिकृत, एभरेस्ट आवाज डट कमका सम्पादक दीपेन्द्र श्रेष्ठ र एभरेस्ट एफ एमका समाचार संयोजक सन्देश श्रेष्ठलाई पितृ शोक परेको छ । श्रेष्ठद्वयका पिता ईटहरी ५,सुनसरी निवासी भीमबहादुर श्रेष्ठको ८० बर्षको उमेरमा आइतबार बिहान निधन भएको हो । विगत लामो समयदेखि नशा सम्बन्धि रोगबाट पिडित उनको बिहान आफनै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । ईटहरीको सामाजिक तथा शैक्षिक क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएका श्रेष्ठको निधनले त्यस क्षेत्रको विकासमा अपुरणीय क्षती पुगेको छ ।स्वर्गीय श्रेष्ठको शवयात्रा… पुरा पढौ

सात हजारभन्दा बढी ‘अनलाइन’ सट्टेबाजी ‘एप’ र ‘वेबसाइट’ बन्द

‘अनलाइन’ सट्टेबाजीसँग सम्बन्धित सात हजारभन्दा बढी ‘एप्लिकेसन एप’ र ‘वेबसाइट’ युआरएल बन्द भएका छन् । सरकारको शासकीय सुधारसम्बन्धी निर्णय कार्यान्वयनका क्रममा नेपाल दूरसञ्चार प्राधिकरणले ‘इन्टरनेट’ सेवा प्रदायकसँगको समन्वयमा वेबसाइट र एप बन्द गरेको हो ।नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार अवैध रूपमा सञ्चालनमा रहेका सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइटहरू पहिचान गरी बन्द गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिइएको हो । “हालसम्म सात हजारभन्दा बढी यस्ता युआरएल र एप बन्द भएका छन् । अनलाइन सट्टेबाजीबारे पछिल्लो एक सातामा प्राधिकरणलाई टेलिफोन, इमेल,… पुरा पढौ

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय,शैक्षिकसत्र वैशाख १५ बाट

सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले पेट्रोलियम आपूर्तिमा सहजताका लागि चैत २३ गतेदेखि लागू हुनेगरि सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्था शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।शैक्षिक संस्थाबाहेकका कार्यालय समय अब बिहान ९ देखि बेलुका ५ बजेसम्म कायम गरिएको छ । त्यस्तै बैठकले आगामी शैक्षिकसत्र वैशाख १५ बाट सुरु हुने निर्णय समेत गरेको छ । आगामी शैक्षिक सत्र वैशाख १५ गतेबाट लागू हुने निर्णय… पुरा पढौ

फेवा महोत्सवलाई बिभिन्न संघ संस्थाले सघाउने

यही चैत २९ गतेदेखि आगामी वैशाख १ गतेसम्म फेवा किनारमा आयोजना हुने २१ औं फेवा नव बर्ष महोत्सव २०८३ लाई सफल पार्न विभिन्न संघसंस्थाले सघाउने प्रतिबद्धता जनाएका छन् । महोत्सवको आयोजक संस्था होटल संघ पोखरा नेपालले पोखरास्थित विभिन्न पर्यटन सम्बद्ध संस्थाका अध्यक्ष र पदाधिकारीसँग हालै गरेको छलफलमा उनीहरुले फेवा महोत्सव समग्र पोखरेलीको महोत्सवको रुपमा आफूहरुले बुझेको बताएका थिए ।महोत्सवबारे जानकारी दिंदै होटल संघ पोखरा नेपालका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले पोखराको सहिदचोकदेखि खहरेचोकसम्म आयोजना हुने महोत्सवमा यसपटक पंचै बाजा… पुरा पढौ

कास्कीको मिजुरेडाँडा आसपासमा भूकम्पको धक्का

कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर ३।५ रेक्टर स्केलको भूकम्प गएको छ । यसअघि गत चैत १८ गते मुगु जिल्लाको दाइनाकोट आसपास केन्द्रविन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको थियो । पुरा पढौ

एभरेस्टकर्मिद्वयलाई पितृशोक

एभरेस्ट मिडिया हाउसका प्रमुख कार्यकारी अधिकृत, एभरेस्ट आवाज डट कमका सम्पादक दीपेन्द्र श्रेष्ठ र एभरेस्ट एफ एमका समाचार संयोजक सन्देश श्रेष्ठलाई पितृ शोक परेको छ । श्रेष्ठद्वयका पिता ईटहरी ५,सुनसरी निवासी भीमबहादुर श्रेष्ठको ८० बर्षको उमेरमा आइतबार बिहान निधन भएको हो । विगत लामो समयदेखि नशा सम्बन्धि रोगबाट पिडित उनको बिहान आफनै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । ईटहरीको सामाजिक तथा शैक्षिक क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएका श्रेष्ठको निधनले त्यस क्षेत्रको विकासमा अपुरणीय क्षती पुगेको छ । स्वर्गीय श्रेष्ठको… पुरा पढौ