समाचार

पोखरा महानगरपालिका वडा नं.–५ मालेपाटनमा ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक पुरुषहरूबीच वाकिङ फुटबल प्रतियोगिता सम्पन्न

पोखरा । पोखरा महानगरपालिका वडा नं.–५ मालेपाटनमा सम्भवत: नेपालमै पहिलो पटक ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक पुरुषहरूबीच वाकिङ फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ । ज्येष्ठ नागरिक मैत्रीपूर्ण फुटबल खेल आयोजक समितिद्वारा आयोजित कार्यक्रमले खेलकुदसँगै सम्मान, स्वास्थ्य, पुनर्मिलन र सामाजिक प्रेरणाको सन्देश दिएको आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी अग्रजहरूले उमेरलाई चुनौती दिँदै उत्साह, आत्मविश्वास, अनुशासन र खेलभावनासहित उत्कृष्ट प्रदर्शन गरेका थिए । धेरै सहभागीहरू वर्षौंपछि आफ्ना पुराना साथीहरूसँग पुनर्मिलन भएको भन्दै भावुक बनेका थिए । आयोजकका अनुसार कार्यक्रमले “बुढो… पुरा पढौ

पोखरामा जेठ १२ देखि अन्तरविद्यालय वडाध्यक्ष कप फुटबल हुने

पोखरा । खेलकुदको शहर पोखरामा विद्यालयस्तरीय फुटबल प्रतियोगिताको रौनक फेरि बढ्ने भएको छ । ड्यामसाइड क्लबको आयोजनामा पाँचौं अन्तरविद्यालय वडाध्यक्ष कप फुटबल प्रतियोगिता जेठ १२ गतेदेखि सुरु हुने भएको हो ।पोखरा महानगरपालिका–१७ को प्रवर्द्धनमा जेठ १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिता गण्डकी प्रदेश प्रहरी गण (ड्यामसाइड) को खेलमैदानमा हुनेछ । प्रतियोगितामा वडा नम्बर १७ भित्रका १९ वटा सामुदायिक तथा संस्थागत विद्यालयको सहभागिता रहने आयोजकले जनाएको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा क्लब अध्यक्ष रमेशप्रसाद बरालले विद्यालय तहबाटै खेलाडी उत्पादन गर्दै फुटबलको… पुरा पढौ

पोखरा बसपार्क क्षेत्रमा कागजात पेश गर्न नगर विकास समितिको सूचना, बसपार्क क्षेत्रमा बनेका सटर कवल १५ दिनभित्र हटाउन निर्देशन

पोखरा । पोखरा उपत्यका नगर विकास समितिले पोखरा बसपार्क क्षेत्रभित्र लालपुर्जा भएका जग्गाधनी तथा सटर कवल निर्माण गरी व्यवसाय सञ्चालन गरिरहेका व्यक्तिहरूलाई लक्षित गर्दै अत्यन्त जरुरी सूचना जारी गरेको छ । समितिद्वारा जारी सूचनाअनुसार पोखरा बसपार्क क्षेत्रभित्र पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको जग्गामा लालपुर्जा (जग्गाधनी प्रमाणपुर्जा) भएका सम्पूर्ण जग्गाधनीहरूले ७ दिनभित्र आवश्यक कागजात कार्यालयमा पेश गर्नुपर्ने भएको छ । पेश गर्नुपर्ने कागजातमा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि, चालु आर्थिक वर्षको सम्पत्ति वा भूमिकर तिरेको रसिद तथा जग्गासँग… पुरा पढौ

फिर्के खोलाको मापदण्डभित्र बनेका अवैधानिक संरचना हटाउने महाअभियान आज बिहान १० बजेदेखि सुरु हुदै

पोखरा । पोखरा महानगरपालिकाले फिर्के खोलाको मापदण्डभित्र बनेका अवैधानिक संरचना हटाउने महाअभियान आज बिहान १० बजेदेखि सुरु गर्ने भएको छ । महानगर प्रमुख धनराज आचार्यद्वारा जारी सूचनाअनुसार अभियानका लागि महानगरलाई तीन केन्द्रमा विभाजन गरिएको छ । सम्बन्धित वडा अध्यक्ष, कार्यपालिका सदस्य, नगरसभा सदस्य, सचिव तथा कर्मचारीलाई अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको छ । अभियानअन्तर्गत अधेरीकुना केन्द्र (बिन्ध्यवासिनीभन्दा पश्चिम) मा वडा नं. १, २, ३, १६, १८, १९, २०, २४, २५ र ३० लाई समेटिएको छ । यस केन्द्रमा आर्थिक विकास… पुरा पढौ

नेकपा निकट मजदुर संगठनले बुझायो महानगरलाई १ करोड ५३ लाखमा बनेको भवनसहित ४ रोपनी जग्गा

सन्देश श्रेष्ठपोखरा, जेठ ९ नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निकट मजदुर संगठनले दुईतले भवनसहित ४ रोपनी जमिन पोखरा महानगरपालिकालाई बुझाएको छ । नेकपा निकट अखिल नेपाल ट्रेड युनियन महासंघले २०६७ सालदेखि उपयोग गर्दै आएको सो भवन र जमिन शनिबार महानगरलाई फिर्ता गरेको हो । कार्यक्रममा महासंघ गण्डकी प्रदेश अध्यक्ष रुद्र गौतमले पोखरा उपत्यका नगर विकास समितिका अध्यक्षसमेत रहेका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई भवनको चावीसहित जमिनको कागजात हस्तान्तरण गरे । पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको पोखरा पृथ्वीचोकस्थित यातायात कार्यालय… पुरा पढौ

पोखरा बसपार्क क्षेत्रका सटर कवल हटाउन नगर विकास समितिको १५ दिने अल्टिमेटम

पोखरा उपत्यका नगर विकास समितिले समितिको स्वामित्वमा निर्माण भएका सटर कवल संरचना हटाउन सुचना जारी गरेको छ । शनिबार सुचना जारी गदै नगर विकास समितिले पोखरा बसपार्क क्षेत्र,पोखरा घरदेखि सेतीपुलसम्म,पृथ्वी राजमार्गको दक्षिण, एयरपोर्ट देखि उत्तर र पुर्वमा सेती नदीका क्षेत्रमा पसल कवल सहितका सम्पुर्ण संरचना १५ दिनभित्र संरचना हटाउन व्यवसायीलाई निर्देशन दिएको छ ।समितिले संरचना हटाउन अटेर गरेमा आफैले हटाउने र हटाउँदा लागेको खर्च सम्बन्धित व्यक्ति वा संस्थासँग असुल उपर गरिने जनाएको छ ।उसले बसपार्क निर्माण प्रक्रियामा सहजिकरण गरिदिन पनि… पुरा पढौ

तराईका अधिकांश जिल्लामा गर्मीले जनजीवन प्रभावित

तराईका जिल्लामा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित भएको छ । दिउँसोपख चरक्क लागेको घाम र तातो हावाका कारण मानिस बाहिर निस्कन नसक्दा यहाँका सडक सुनसान जस्तै देखिन थालेका छन् । गर्मी बढेसँगै उखुको जुस र लस्सी पिउने स्थानमा सेवाग्राहीको घुइँचो बढ्न थालेको हो । जल तथा मौसम विभाग कोहलपुरका प्रमुख रामप्रसाद अवस्थीका अनुसार सन् २०१२ जुन १४ मा नेपालगञ्जमा सबैभन्दा बढी ४५ डिग्रीसम्म तापक्रम पुगेको थियो । पछिल्लो समय तराईका जिल्लामा अत्यधिक गर्मी बढदै गएको छ । यसले सबैभन्दा बढी… पुरा पढौ

विद्यार्थीलाई हिमालय क्लवको सहयोग

पोखरा महानगरपालिका वडा नं. १६ को गर्लाङमा रहेका सरकारी विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामाग्री प्रदान गरिएको छ । पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, बाटुलेचौरले एक कार्यक्रमको आयोजना गरी त्यस क्षेत्रका तीनवटा विद्यालयका विपन्न तर जेहेन्दार २५ जना विद्यार्थीलाई स्टेशनरी सामाग्री प्रदान गरिएको क्लवले जनाएको छ । सो सामाग्री वडा सदस्य राजकुमारी बानियाँ,क्लवका मानार्थ सदस्य बेनीबहादुर बस्नेत, सल्लाहकार दुर्गा केसी थापा र क्लवका पुर्व अध्यक्ष सुशील बस्नेतले हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै क्लवका अध्यक्ष मोहनबहादुर थापाले विपन्नता कै कारण कुनै पनि… पुरा पढौ

यार्सागुम्बा सङ्कलन गर्न गएका गोरखाका युवाको भिरबाट लडेर मृत्यु

यार्सागुम्बा सङ्कलन गर्न गएका गोरखाका एक जना युवाको भिरबाट लडेर मृत्यु भएको छ । आफ्ना दाजुभाइसँग यार्सा टिप्न गएका चुमनुब्री गाउँपालिका–३ पाङसिङका २५ वर्षीय प्रकाश गुरुङको भिरबाट लडेर मृत्यु भएको हो । बुद्ध हिमालको फेदबाट यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा गत बुधबार भिरबाट लडेर मृत्यु भएको वडासदस्य विकास गुरुङले जानकारी दिए । प्रकाशको शव गाउँमा ल्याएर शुक्रबार गुरुङ परम्पराअनुसार अन्त्येष्टि गरिएको उनले बताए । “आफ्नै चार दाजुभाई यार्सागुम्बा टिप्न गएका थिए । प्रकाश अघिअघि हिँडेका रहेछन्”, वडासदस्य गुरुङले भने ,… पुरा पढौ

अखिल नेपाल ट्रेड युनियन महासंघको भवन, नगर विकास समितिलाई हस्तान्तरण

अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकीले प्रयोग गर्दै आईरहेको भवन पोखरा उपत्यका नगर विकास समितिलाई हस्तान्तरण गरेको छ । नगर विकास समितिको जग्गामा बनेको पक्की भवन शनिबार एक कार्यक्रमका बिच महासंघ गण्डकीका अध्यक्ष रुद्र गौतमले नगर विकास समितिका अध्यक्ष समेत रहेका नगर प्रमुख धनराज आचार्यलाई हस्तान्तरण गरे । आचार्यलाई भवनको साँचो बुझाएसँगै महासंघले उक्त स्थान खाली गरेको छ। कार्यक्रममा नगर प्रमुख आचार्यले जग्गा उपभोग गरिरहेका संघ, संस्थाका प्रतिनिधिहरु, जनप्रतिनिधिहरु सहित सरोकारवालाहरु विचको छलफल र सहमतिबाट उपर्युक्त कार्य सफल भएको बताए… पुरा पढौ