पोखराका उम्मेदवारहरुले आफू विजयी भएमा समृद्ध पोखरा निर्माणका लागि कार्य गर्ने प्रतिबद्धता जनाएका छन्। आइतबार पोखरा -२४ कास्कीकोटका युवाहरूको सामाजिक संस्था हाम्रो कास्कीकोट युवा संजालले आयोजना गरेको ‘मेरो उम्मेदवारी, योजना तथा प्रतिबद्धता’ विषयक प्रस्तुतिकरण कार्यक्रम मार्फत उम्मेदवारहरुले आफ्ना प्रतिबद्धता व्यक्त गरेका हुन्। स्थानीय निर्वाचनमा पोखरा महानगरपालिका तथा २४ नम्बर वडाको प्रमुख पदमा उम्मेदवारी दिएका व्यक्तिहरुको प्रस्तुतिकरण समेटिएको उक्त कार्यक्रममा अधिकांश उम्मेदवारले पोखराको शिक्षालाई गुणस्तरीय बनाउने, स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउने, कृषिलाई व्यवसायीकीकरण गर्ने, पर्यटन प्रवर्द्धनमा जोड दिने, रोजगारी सृजना गर्ने, सडक,…
पुरा पढौ