समाचार

नेपाली महिला क्रिकेट टोलीको टी–२० विश्व कप एसिया छनोटमा शानदार जित

नेपाली महिला क्रिकेट टोलीले आइसीसी महिला टी–२० विश्व कप एसिया छनोटको दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराउँदै शानदार जित निकालेको छ। दुबईमा भुटानले दिएको ६२ रनको सामान्य लक्ष्य नेपालले ८ ओभर ३ बलमा मात्रै २ विकेट गुमाएर भेटायो। नेपालका लागि इन्दु बर्माले नटआउट १८, सीता रानामगरले १७, रुबिना क्षेत्रीले १० र काजल जोशीले ८ रन बनाए। यसअघि, पहिले ब्याटिङ गरेको भुटानले २० ओभरमा ६ विकेट गुमाएर ६१ रन बनायो। बलिङतर्फ नेपालकी सीता रानामगरले ४ ओभरमा १० रन दिएर ३ विकेट… पुरा पढौ

विद्यार्थीलाई विद्यालयमै कोभिडको खोप

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यार्थीलाई विद्यालयमै कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउने बताएका छन्। विद्यालय शिक्षाको समग्र शिक्षाको सुधारका लागि ३१ बुँदे प्राथमिकता सार्वजनिक गर्दै मंगलबार मन्त्रीले यस्तो बताएका हुन्। सबै विद्यार्थीलाई कोभिड १९ विरुद्धको खोप प्रदान गरिने विषयलाई मन्त्री पौडेलले पहिलो प्राथमिकता दिएका छन्। तर, कति समयभित्रमा खोप उपलब्ध गराइसक्ने भन्ने विषयमा भने उनले स्पष्ट पारेका छैनन्। संघीय शिक्षा ऐनलाई सकेसम्म छिटो जारी गर्ने, शिक्षक दरबन्दी मिलान तथा स्थायी शिक्षक पदपूर्तिको लागि प्रक्रिया आरम्भ गरिने, हरेक स्थानीय… पुरा पढौ

अध्यक्ष वा कुनै पनि पदमा अरुलाई नउठ्न दबाब दिन्न : अध्यक्ष ओली

काठमाण्डौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष वा कुनै पनि पदमा अरुलाई नउठ्न आफूले कुनै दबाब नदिने बताएका छन् । महाधिवेशनका सन्दर्भमा आज सो पार्टीको केन्द्रीय प्रचार विभागद्वारा सम्पादकसँग आयोजित छलफल कार्यक्रममा अध्यक्ष ओलीले महाधिवेशनले लोकतान्त्रिक अभ्यासबाट सहमति वा निर्वाचनबाट छानिने नेतृत्वलाई आफूले सहजरुपमा स्वीकार्ने बताए । तपाईंलाई सर्वसम्मत अध्यक्ष हुने स्थितिमा केही चुनौती आएको हो ? भन्ने प्रश्नमा अध्यक्ष ओलीले भने, “एमाले लोकतान्त्रिक पार्टी हो । यसमा कुनै प्रकारको जोरजुलुम छैन ।… पुरा पढौ

नेपाल वायुसेवालाई कालोसूचीबाट हटाउन मन्त्री आलेको आग्रह

काठमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमलाई कालोसूचीबाट हटाउन आग्रह गरेका छन् । युरोपियन युनियनका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीसँग आज मन्त्रालयमा भएको शिष्टाचार भेटवार्ताका क्रममा मन्त्री आलेले युरोपियन युनियनले नेपाल वायुसेवा निगमलाई कालोसूचीमा राखेकाले हटाइदिन आग्रह गरेका हुन् । मन्त्री आलेको आग्रहपछि निर्देशक पम्पोलिनीले नेपाल वायुसेवालाई कालोसूचीबाट हटाउने विषयमा युरोपियन युनियन सकारात्मक रहेको बताए । उनले भने, “वायुसेवा निगमलाई कालोसूचीबाट हटाउन सकारात्मक कुरो सुरु भएको छ, कालोसूचीबाट हट्ने छ ।” उक्त छलफका क्रममा दुई… पुरा पढौ

कांग्रेसको कास्की जिल्ला सदस्यमा पालिखेको उम्मेदवारी घोषणा

पोखरा । नेपाली कांग्रेसको आगामी १४ औं महाधिवेशनका लागि विश्वशंकर पालिखेले कास्की जिल्ला सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । पालिखेले मंगलबार पोखरामा पत्रकार सम्मेलन गर्दै उम्मेदवारी घोषणा गरेका हुन् । ५ दशकदेखि आफू नेपाली कांग्रेसमा आवद्ध रहेको बताउदै उनले अब भने व्यवसायिकबाट सक्रिय राजनीतिक यात्रा शुरु गरेको बताए । पद कहिले पनि सानो वा ठूलो नहुने भन्दै पालिखेले जिम्मेवारीबोध नै सबैभन्दा बढी महत्वपूर्ण भएको बताए । पार्टीको नीति नियमलाइ आत्मसाथ गर्दै कांग्रसलाई अझै सुदृढ र बलियो बनाउदै लैजानु आफ्नो… पुरा पढौ

बालबालिकाको मुन्द्रा चोरेको आरोपमा एक पक्राउ

पोखरा । पोखराका विभिन्न ठाउँमा बालबालिकाहरुलाई ललाई फकाई तथा धम्की देखाएर सुनका मुन्द्रा तथा गहना चोरेको आरोपमा एक किशोरी पक्राउ परेकी छन् । चोरी गरेको आरोपमा स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्वर ४ स्थायी घर भई हाल पोखरा–१४ वस्ने वर्ष २४ की अम्बिका पुलामी मगरलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकी मगरमाथि पोखराका विभिन्न स्थानमा ५ वर्षदेखि ९ वर्षसम्मका बालबालिकाहरुलाई ललाई फकाई, विभिन्न डर,त्रास र धम्की दिई ५ जना बालबालिकाहरुको कानमा लगाएको मुन्द्रा चोरी गरि फरार भएको आरोप छ ।… पुरा पढौ

कोन सहकारी बन्यो गण्डकी प्रदेशकै उत्कृष्ट करदाता

पोखराको कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड प्रदेशकै उत्कृष्ट करदाता बनेको छ । आन्तरिक राजश्व कार्यालय पोखराले कोन सहकारीलाई उत्कृष्ट करदाता घोषणा गर्दै मंगलबार सम्मान गरेको हो । कर सप्ताहको अन्तिम दिन मंगलबार आयोजित कर सप्ताह–२०७८ को समापन कार्यक्रमको अवसरमा उक्त सहकारीलाई सम्मान पत्र प्रदान गरेर सम्मान गरिएको हो । प्रदेशकै उत्कृष्ट करदाताका रुपमा सम्मानित कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ६७ लाख २९ हजार रुपैयाँ कर तिरेको आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख रमेश शर्माले जानकारी… पुरा पढौ

फेवातालमा फुटट्रयाक बनाउनु पर्छ : मन्त्री बराल

पोखरा ७, मंसिर गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पोखरामा पर्यटकको बसाई लम्बाउन फेवाताल किनारमा फुटट्याक आवश्यक भएको बताएका छन् । पोखरा २२ स्थित तालपारी अनदु गुरुङ समाजको सोमबार अनदुमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री बरालले पोखरामा आउने पर्यटकको बसाई अवधि लम्बाउन फेवातालको किनार क्षेत्रमा फुटट्याक निर्माण गर्न आवश्यक भएको बताएका हुन् । फेवातालबाट नजिक भएर पनि पोखरा २२ माथिल्लो तथा तल्लो अनदु क्षेत्र सहितका स्थानियहरु अझै विकासको पूर्वाधारको हिसावले पछि परेकोले ताल वरीपरीको क्षेत्रको विकाससंगै… पुरा पढौ

पेड्रीले जिते ‘गोल्डेन ब्वाई अवार्ड’

स्पेनिस क्लब बार्सिलोनाका युवा स्टार पेड्री गोन्जालेजले ‘गोल्डेन ब्वाई अवार्ड’ जितेका छन्। युरोपियन क्लब फुटबलमा २१ वर्ष मुनिका उत्कृष्ट खेलाडी बन्दै पेड्रीले ‘गोल्डेन ब्वाई अवार्ड’ जितेका हुन् । अवार्ड जित्ने क्रममा १८ वर्षीय मिडफिल्डर पेड्रीले बोरुसिया डर्टमण्ड तथा इंग्ल्याण्डका जुड बेलिङघमलाई पछि पारे। स्पेनिस मिडफिल्डर पेड्री २०२० मा बार्सिलोना आएका थिए। उनले गत सिजन बार्सिलोनाका लागि ५३ खेल खेलेका थिए। थाई इन्जुरीको कारण उनले सेप्टेम्बरपछि भने खेलेका छैनन्। पेड्रीले स्पेनबाट युरोकप खेलेका थिए। यस्तै, ओलम्पिकमा रजत जित्दा उनी स्पेनिस टिममा… पुरा पढौ

फिफा ‘द बेस्ट अवार्ड’ को मनोनयन सार्वजनिक

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्ष खेलाडी अवार्डको मनोनयन सार्वजनिक गरेको छ। फिफाले सोमबार ‘द बेस्ट फिफा’ अवार्डको मनोनयन सार्वजनिक गरेको हो। फिफाले सार्वजनिक गरेको मनोनयनको पुरुषतर्फ साविक विजेता रोबर्ट लेवान्डोस्कीसहित ११ खेलाडी परेका छन्। मनोनयनमा लेवान्डोस्कीसँगै क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी, करिम बेन्जिमा, केभिन डे ब्रुएन, अर्लिङ हालाण्ड, जोर्गिन्हो, एन्जोलो कान्टे, केलियन एमबाप्पे, नेयमार र मोहमद सलाह परेका छन्। फिफाले विजेताको नाम १७ जनवरीमा घोषणा गर्नेछ। फिफाले सदस्य राष्ट्रको कप्तान, प्रशिक्षक, खेल पत्रकार र समर्थकको भोटका आधारमा फिफा वर्ष खेलाडी… पुरा पढौ