समाचार

सहिद स्मारक ‘ए’ डिभिजन फुटबलः साविक विजेता मच्छिन्द्रको जित

सहिद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्र क्लबले न्युरोड टिम एनआरटीलाई हराएको छ। खेलमा मच्छिन्द्रले एनआरटीलाई २–१ गोल अन्तरले पराजित गरेको हो। मच्छिन्द्रका लागि फरवार्ड सुनिल बलले २ गोल गरे। एनआरटीका एरिक विष्टले एक गोल फर्काए। यससँगै यो सिजनको लिगमा सात खेल सकिएका छन् । पहिलो चरण सकिँदा थ्रीस्टार क्लब, ब्रिगेड ब्याइज क्लब, मनाङ मस्र्याङ्दी क्लब र मच्छिन्द्रले आ–आफ्ना खेलमा जित हासिल गरेका छन्। मच्छिन्द्रकै गोलकर्ता सुनिल बल खेलको ‘म्यान अफ दि म्याच’ बने। यो जितसँगै मच्छिन्द्रले ३ अंक जोडेको छ।… पुरा पढौ

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलः विभागीय डर्बीमा आर्मी र पुलिसले बराबरी खेल्यो

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको विभागीय डर्बीमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले १/१ गोलको बराबरी खेलेका छन्। दशरथ रंगशालामा भएको पहिलो खेलमा नेपाल प्रहरीका सन्तोष हेमरामले खेलको ५१ औँ मिनेटमा गोल गरेर टोलीलाई अग्रता दिलाए। आर्मीका विवेक बस्नेतले ६१ औँ मिनेटमा गोल फर्काएपछि खेल १/१ गोलको बराबरीमा टुंगियो। खेलमा आर्मीका सेसेहाङ ‘म्यान अफ दि म्याच’ बने। बराबरीपछि अंक तालिकामा दुवै टोलीको समान १/१ अंक जोडेका छन्। पुरा पढौ

टी–२० विश्व कप एसिया छनोटः आज नेपालले भुटानसँग खेल्दै

आइसीसी महिला टी–२० विश्व कप एसिया छनोटको दोस्रो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज (मंगलबार) भुटानसँग खेल्दैछ। दुबईको आईसीसी क्रिकेट एकेडेमीमा नेपाल र भुटानबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ। भुटानविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ। किनकी नेपालले पहिलो खेलमा हार व्यहोरेको छ। सोमबार भएको पहिलो खेलमा नेपाल हङकङसँग पराजित भएको थियो। नेपाललाई हङकङले हराएको थियो। भुटान भने लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ। पहिलो खेलमा भुटानले कुवेतलाई ४० रनले हराएको थियो। यसअघि सोमबार भएको पहिलो… पुरा पढौ

देशभर कांग्रेसको प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन

काठमाण्डौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा पार्टीको अधिवेशन प्रारम्भ भएको छ । तोकिएको मितिमा आज १२५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन प्रारम्भ भएको पार्टी कार्यालयले जनाएको छ । मुलुकका कूल १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये यसअघि १६ निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भइसकेको छ । बाँकी १४९ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा सोमबार अधिवेशन निर्धारण गरिएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । अधिवेशन प्रारम्भ भएका जिल्लामा मतदान भई परिणाम प्राप्त भएको, मनोनयन गरी मतदान तोकिएको, सर्वसम्मतिको प्रयास भइरहेकोलगायतका देशभरबाट जानकारी… पुरा पढौ

प्रधानमन्त्री देउवा महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन

डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशन प्रतिनिधिका लागि सर्वसम्मत चयन भएका छन् । उनको गृह जिल्ला डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले जानकारी दिए । सभापति देउवाले मञ्जुरीनामा मार्फत उम्मेदवारी दिएका थिए । यस्तै कांग्रेस नेतृ एवम प्रधानमन्त्री देउवा पत्नी डा. आरजु राणा पनि महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएकी छन् । कांग्रेस पार्टीको विधानको धारा १५ को उपधारा १ (ग) मा केन्द्रीय समितिका पदाधिकारी र सदस्य स्वतः एक अवधिका लागि महाधिवेशन प्रतिनिधि… पुरा पढौ

पोखरा लेडि जेसिजको अध्यक्षमा लक्ष्मी अधिकारी

पोखरा । पोखरा लेडि जेसिजको अध्यक्षमा लक्ष्मी अधिकारी निर्वाचित भएकी छन् । संस्थाको ३३ औं साधरण सभा तथा २८ औं शाखा अधिवेशनले वर्ष २०२२ कालागि अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । यस्तै संस्थाको उपाध्यक्षमा सरु थापा, सिलु चालिसे, सुनिता गौतम भण्डारी, संगिता अधिकारी र सम्झना थापा क्षेत्री, सचिवमा प्रमिला सुवेदी, कोषाध्यक्षमा सुमित्रा कोइराला निर्वाचित भएकी छन् । निर्देशकमा सिर्जना आले, सकुन पौडेल, दिपा तिवारी रेग्मी र रचना अधिकारी, कानूनी सल्लाहाकारमा लता थापालाई चयन गरेको छ । यसअघि कार्यक्रमको… पुरा पढौ

श्रेष्ठको संयोजकत्वमा युआरएल पत्रकारिता पुरस्कारकालागि छनोट समिति गठन

पोखरा । युआरएल पत्रकारिता पुरस्कार २०७८ प्रदानका लागि प्रतिभा छान्न प्रतिभा छनोट समिति गठन भएको छ । नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष दीपेन्द्र श्रेष्ठ संयोजक रहनेगरि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वकुलपति प्राडा बुद्धिबहादुर थापा र सञ्चारिका समूह गण्डकी अध्यक्ष स्मीता अधिकारी समिति गठन भएको हो । सो समितिले गण्डकी प्रदेशमा कम्तीमा ५ वर्षदेखि पत्रकारितामार्फत् स्वास्थ्य क्षेत्रमा योगदान गर्ने १ जना पत्रकारलाई पुरस्कार प्रदान गर्न निर्णय दिने युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्तले बताए । पुरस्कार राशि नगद २० हजार र ताम्रपत्र छ… पुरा पढौ

नेकपा कास्कीद्वारा पोखरामा बृहत मोटरसाइकल र्‍याली

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आठौँ पार्टी पुनर्गठन दिवसका अवसरमा सोमबार पोखरामा बृहत मोटरसाईकल र्‍याली निकालेको छ । पोखराको पृथ्वीचोकबाट शुरु भएको र्‍याली सभागृहचोक, चिप्लेढुङ्गा, सिद्धार्थचोक, जिरो किलो,हल्लनचोक बैदाम, मिलनचोक, एयरपोर्ट परीक्रमा गर्दै पृथ्वी हाईवे अन्तर्गत अमरसिंह चोक, बिजयपुल, बुढिबजार, अर्घौ, तालचोक हुँदै शिशुवा चोकमा पुगी कोण सभामा परीणत भएको थियो । पार्टी पुनर्गठन दिवसको उत्सवमा निकालिएको सो र्‍यालीमा नेकपा जिन्दावाद , एकीकृत जनक्रान्ति जिन्दावाद , महान सहिद अमर रहुन् , वेपत्ताको खोजी गर , बैज्ञानिक समाजवाद जिन्दावाद ,… पुरा पढौ

मुस्ताङको टुकुचे जिप दुर्घटनाका घाइतेलाई काठमाण्डौं पठाइयो

पोखरा । मुस्ताङको थासाङ गाउँपालिका १ टुकुचे नजिकै भएको जिप दुर्घटनाका घाइतेहरुलाई उपचारकारका लागि काठमाण्डौं पठाइएको छ । सोमबार विहान बेनी जोमसोम सडकखण्ड अन्र्तगत टुकुचे नजिकै भन्सिङ भन्ने स्थानमा जोमसोमबाट बेनीतर्फ जाँदै गरेको ग १ ज ७७०३ नम्वरको जीप दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि काठमाण्डौं पठाइएको प्रहरीले जनाएको छ । सडकदेखि अन्दाजी २० मिटर खसेर भएको जिप दुर्घटनामा चालकसहित ५ जना घाइते भएका छन् । घाइतेमध्य २ जना श्री शैनिक उच्च शिखर विद्यालय कैसाङ मुस्ताङमा कार्यरत कर्मचारी रहेको प्रहरीले जनाएको छ… पुरा पढौ

भगवती विद्यालयलाई युके नागरिकको सहयोग

पोखरा । पोखरा महानगरपालिका वडा नं. २२ पुम्दीभुम्दी, कालाबाङ घरेडीमा रहेको भगवती आधारभूत विद्यालयलाई वेलायत निवासी व्रिगेडियर जोन ब्रिवरले आर्थिक सहयोग गरेका छन् । विद्यालयका भुपु विद्यार्थी कृष्णबहादुर गुरुङका धर्मपिता जोन ब्रिवरले पठाएको ३२ हजार दुई सय सोमबार विद्यालयका प्रधानाध्यापक डिलकुमारी गुरुङ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाशचन्द्र गुरुङलाई हस्तान्तरण गरेका थिए । जोनले यस अगाडि पनि विद्यालयलाई पटक पटक गरी २० हजार आर्थिक सहयोग गरिसकेका विद्यालयका निर्वमान अध्यक्ष यामबहादुर गुरुङले वताउनु भयो । सो अवसरमा अभिभावक संघका पुर्व अध्यक्ष… पुरा पढौ