समाचार

बसन्त र बिनुले जिते विद्यालयस्तरीय पोखराको सडक दौड

पोखरामा भएको सडक दौडको उपाधि छात्रतर्फ भद्रकाली माविका बसन्त विक र छात्रातर्फ उदय मावी धम्पुसकी बिनु विकले जितेका छन्। अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा जिल्ला खेलकुद विकास समिति कास्कीको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा भएको ३ कि.मि. छात्रतर्फको दौड बसन्तले १३ मिनेट ११ः२३ सेकेण्डमा पूरा गर्दै नगद १० हजारकोा पुरस्कार जिते। त्यस्तै छात्रातर्फ उदय मावी धम्पुसकी बिनुले १८ मिनेट ०९ः०२ सेकेण्डमा पूरा गर्दै नगद १० हजारको पुरस्कार हात पारिन्। यस्तै, छात्रतर्फ कलिका माविका पवन क्षेत्री दोश्रो भए भने सोही… पुरा पढौ

कास्कीमा आजदेखि राहदानीको काम हुँदैन

जिल्ला प्रशासन कार्यालय कास्कीले आज (आइतबार)देखि राहदानीको फारम नलिने भएको छ। राहदानी विभागले अब राहदानी विद्युतीयतर्फ लैजाने भएपछि केही समयका लागि फारम वितरण बन्द गर्ने भएको हो। मंसीर १ गतेदेखि नै विद्युतीय राहदानी (इ–पासपोर्ट) जारी गर्नेगरी सुभारम्भ गरिएको छ। इदि, राहदानी बनाउँदै हुनुहुन्छ भने आइतबारदेखि फारम भर्ने र बुझाउने काम हुनेछैन। जिल्ला प्रशासन कार्यालय कास्कीले एक विज्ञप्ती जारी गर्दै आइतबारदेखि अर्को सूचना नआएसम्म फारम संकलन गर्न, गराउन बन्द गरेको छ। विज्ञप्तीमा भनिएको छ, ‘जिल्ला प्रशासन कार्यालय र तोकिएको इलाका प्रशासन… पुरा पढौ

अभियानको रक्तदानमा १८५ यूनिट रगत संकलन

पोखरा । लायन्स क्लव पोखरा अभियानको आयोजनामा शनिबार पोखरामा सम्पन्न रक्तदान कार्यक्रममा १८५ यूनिट रगत संकलन भएको छ । क्लवको वार्षिक कार्यक्रम अन्र्तगत पोखराको अमरसिंहचोकमा आयोजना गरिएको कार्यक्रममा १८५ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक दिनेश जिसीले जानकारी दिए । यसअघि कार्यक्रमको उद्घाटन लायन्स अन्तराष्ट्रीय डिस्ट्रिक्ट ३२५ वि १ नेपालका एलआरपीसी चीफ राम बस्यालले गरे । उनले रगतको विकल्प रगत नै भएको भन्दै रक्तदानको महत्वबारे प्रकाश पारेका थिए । त्यस्तै कार्यक्रममा डिस्ट्रिक्ट को–चिफ एड्भाइजर चन्द्र कुमार केसी र क्लवका संस्थापक अध्यक्ष्य… पुरा पढौ

अन्तिम खेलमा कास्की ५४ रनले विजयी

पोखरा । पोखरा रंगशालामा सम्पन्न वाई वाई यु–१९ गण्डकी प्रदेश छनौंट क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा कास्की विजयी भएको छ । शनिबार पोखरा रंगशलामा भएको खेलमा कास्कीले तनहुँमाथि ५४ रनको जित निकालेको हो । टस जितेर व्याटिङ्ग गरेको कास्कीले पुरा ४० ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको थियो । प्रत्युक्तरमा तनहुँले २९.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय १० रन मात्रै बनाउन सक्यो । कास्कीको व्याटिङ्गमा अर्जुन कुमालले ४९, अभिषेक थापाले ४० रन बनाए । तनहुँका बलर… पुरा पढौ

एभरेस्ट एफएमको रक्तदानका लागि नाम दर्ता शुरु

पोखरा । एभरेस्ट एफएम पोखराले आयोजना गर्न लागेको रक्तदान कार्यक्रममा नाम गर्ने दर्ताको क्रम शुरु भएको छ । एभरेस्ट मिडिया हाउसद्वारा सञ्चालित एभरेस्ट एफएम ९३ मेगाहर्जले स्थापनाको दोस्रो वर्षमा प्रवेश गरेको अवसरमा आगामी शनिबार आयोजना गर्न लागेको रक्तदान कार्यक्रममा सहभागिताका लागि नाम दर्ताको क्रम शनिबारबाट शुरु भएको हो । यही मंसिर ११ गते शनिबार रेडियोको कार्यालय पोखरा –५ पस्र्याङमा हुने रक्तदान कार्यक्रममा सहभागिताका लागि जमुना गिरी, प्रदिप अधिकारी, संगिता अधिकारी, रोशन कटुवाल, पुस्प मगर, ममता पुन, गिता ढुंगना, इनु कोइराला,… पुरा पढौ

नेकपा माओवादी केन्द्र पोखरा-६ को अध्यक्षमा आचार्य

नेकपा माओवादी केन्द्र पोखरा-६ को अध्यक्षमा कृष्ण आचार्य चयन भएका छन्। नेकपा माओवादी केन्द्र पोखरा-६ को शनिबार सम्पन्न वडा अधिवेशनले आचार्यको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको हो।. समितिको उपाध्यक्षमा नारायण सापकोटा, सचिवमा मदन पहारी, सहसचिवमा विजयकुमार प्रधान र कोषाध्यक्षमा रमेश पहारी सर्वसम्मत चयन भएका छन्। पुरा पढौ

नेकपा माओवादी केन्द्र पोखरा–१६ को अध्यक्षमा निर्मल

नेकपा माओवादी केन्द्र पोखरा–१६ को अध्यक्षमा निर्मल आचार्य चयन भएका छन् । नेकपा माओवादी केन्द्र पोखरा–१६ को शनिबार सम्पन्न वडा अधिवेशनले आचार्यको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा गोमा परियार, सचिवमा जीवन बस्नेत, सहसचिवमा सबिना राना र कोषाध्यक्षमा भीमबहादुर गुरुङ चयन भएका छन् । पुरा पढौ

नेकपा माओवादी केन्द्र अन्नपूर्ण गा.पा–३ कास्कीको अध्यक्षमा विष्णु

नेकपा माओवादी केन्द्र अन्नपूर्ण गाउँपालिका वडा नम्बर–३ कास्कीको अध्यक्षमा विष्णुप्रसाद पौडेल (नारान) चयन भएका छन् । नेकपा माओवादी केन्द्र अन्नपूर्ण गाउँपालिका वडा नम्बर–३ को शनिबार सम्पन्न अधिवेशनले पौडेलको अध्यक्षतामा नया कार्यसमिति सर्वसम्मत चयन गरेको हो । पुरा पढौ

नेकपा माओवादी केन्द्र अन्नपूर्ण गा.पा–५ कास्कीको अध्यक्षमा दीपेन्द्र

नेकपा माओवादी केन्द्र अन्नपूर्ण गाउँपालिका वडा नम्बर–५ कास्कीको अध्यक्षमा दीपेन्द्र गिरी चयन भएका छन् । नेकपा माओवादी केन्द्र अन्नपूर्ण गाउँपालिका वडा नम्बर–५ को शनिबार सम्पन्न अधिवेशनले गिरीको अध्यक्षतामा नया कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको सचिवमा भीमबहादुर विक सर्वसम्मत चयन भएका हुन् । पुरा पढौ

नेकपा माओवादी केन्द्र पोखरा–१ को अध्यक्षमा रुद्र

नेकपा माओवादी केन्द्र पोखरा–१ को अध्यक्षमा रुद्र लुईटेल चयन भएका छन् । नेकपा माओवादी केन्द्र पोखरा–१ को शनिबार सम्पन्न वडा अधिवेशनले लुइटेलको अध्यक्षतामा ३५ सदस्यीय कमिटी चयन गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीका कार्यलय सदस्य भानुभक्त अधिकारीले माओवादी केन्द्रलाई देशको प्रमुख शक्ति बन्नबाट कसैले रोक्न नसक्ने ठोकुवा गरे । माओवादीले उत्पीडित जनताको पक्षमा काम गरेकाले दलाल र पुँजीवादीहरुको प्रतिनिधित्व गर्ने पार्टीले केहिपनि नलछार्ने बताए । कार्यक्रममा नेता तिलक कोइरालाले माओवादी पार्टी… पुरा पढौ