समाचार

विश्वकप छनोट: नेपालले आज हङकङको सामना गर्दै

आइसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज (सोमबार) हङकङको सामना गर्दैछ। दुबईको आइसीसी क्रिकेट एकेडेमीमा नेपालले हङकङको सामना गर्नेछ। नेपाल र हङकङबीचको खेल नेपाली समय अनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ। नेपाल आज पहिलो खेलमा जित निकाल्दै सुखद सुरुआत गर्न चाहन्छ। तर, हङकङविरुद्ध नेपाललाई जित निकाल्न सहज हुनेछैन। हङकङ पनि नेपाललाई स्तब्ध बनाउने योजनामा हुनेछ। पछिल्लो पटक नेपालले २०१९ मा हङकङसँग प्रतिस्पर्धा गरेको थियो। विश्वकप छनोट अन्तर्गत नै बंैककमा भएको खेलमा नेपालले हङकङलाई ४… पुरा पढौ

लमजुङको भोटेओडारमा १५ किमि सडक दौडको ‘मिनी म्याराथन’

लमजुङको सुन्दरबजार नगरपालिका–९, भोटेओडारमा यही मंसीरको १८ गते खुला पुरुष सडक दौड ‘मिनी म्याराथन’ हुने भएको छ। जिल्ला खेलकुद विकास समितिले पत्रकार भेटघाट कार्यक्रम गरी मंसिर १८ गते खुला पुरुष सडक दौड हुने जानकारी गराएको हो। मिनी म्याराथन नाम दिइएको उक्त दौड बेंसीसहर नगरपालिकाको सीमा उदिपुर गेटबाट भोटेओडार बगैंचा, सिउँडीबार, सुन्दरबजार कृषि क्याम्पसको गेट, पाउँदीबाट सिउँडीबार हुँदै भोटेओडार कृष्ण बगैंचासम्मको करीब १५ किलोमिटर दुरी रहेको आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योगबहादुर गुरुङ (कालु)ले जानकारी दिएका छन्। प्रतियोगिताको विजेताले ४४… पुरा पढौ

मित्रता बहुउद्देश्यीय सहकारीमा मोक्तान

पोखरा । मित्रता बहुउद्देश्यीय सहकारी संस्थामा जयन्ती मोक्तानको अध्यक्षतामा ११ जनाको सञ्चालक समिति सर्वसम्मत चयान भएको छ । शनिबार सम्पन्न संस्थाको प्रारम्भिक साधारण सभाले उपाध्यक्षमा पूर्णकुमार श्रेष्ठ, सचिवमा नविन श्रेष्ठ, कोषाध्यक्षमा बुद्धिराम भट्टराईलाई चयन गरेको हो । यस्तै सहकारीको सञ्चलकमा सुनिलकुमार ठाकुर, सुशिला केसी, चुननारायण श्रेष्ठ, शिव थापा, चन्द्रावती श्रेष्ठ, सञ्जय शर्मा, स्वेयता श्रेष्ठ चयन भएको निर्वाचन संयोजक राजु श्रेष्ठले जानकारी दिए । साधरण सभाले लेखा सुपरिवेक्षण संयोजक रुद्र गिरी र सदस्यहरुमा रुबि रञ्जीत र शिवकुमार श्रेष्ठ चयन गरेको छ… पुरा पढौ

माओवादी केन्द्रको मादी–७ मा दुर्गाबहादुर गुरुङ

पोखरा । नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्र मादी गाउँपालिका –७ को वडा अधिवेशनले दुर्गाबहादुर गुरुङको अध्यक्षतामा नयाँ वडा कमिटी चयन गरेको छ । पार्टीको शनिबार सम्पन्न वडा अधिवेशनले गुरुङको अध्यक्षतामा नयाँ वडा कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा योगराज रेग्मी, सचिव सन्तोष तामाङ, सह–सचिवमा द्रोण गुरुङ, कोषाध्यक्षमा मिरु परियार चयन भएका छन् ।यस्तै सदस्यहरुतर्फ बिष्णुकुमारी गुरुङ, प्रेम कुमारी खड्का लगायत चयन भएको जनाइएको छ । पुरा पढौ

माओवादी केन्द्र पोखरा–१९ मा बास्तोला

नेपाल कम्युनिस्ट पर्टी माओबादी केन्द्र पोखरा माहानगरपालिका–१९ को अध्यक्षमा बास्तोला निर्वाचित भएका छन्। पार्टीको शनिबार सम्पन्न वडा अधिबेशनबाट बास्तोलाको अध्यक्षतामा ४१ सदस्यीय वडा कमिटी गरेको हो। जसको उपाध्यक्षमा दर्शन पौडेल, सचिवमा निलकण्ठ आचार्य, सह–सचिवमा नरेशकुमार श्रेष्ठ र कोषाध्यÞमा अम्बिका ढुंगाना निर्वाचित गरेको छ। पुरा पढौ

माओवादी केन्द्र पोखरा–२५ मा अधिकारी

नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र पोखरा महानगरपालिका–२५ महादेब अधिकारी निर्वाचित भएका छन्। पार्टीको पोखरा महानगर २५ को शनिबार सम्पन्न अधिवेशनले अधिकारीको अध्यक्षतामा ४२ सदस्यीय समिति र महानगर प्रतिनिधि सर्वसम्मत चयन गरेको हो। पुरा पढौ

माओवादी केन्द्र पोखरा–२८ मा तिवारी

नेकपा माओवादी केन्द्र पोखरा महानगरपालिका वडा नं २८ को अध्यक्षमा यज्ञप्रसाद तिवारी निर्वाचित भएका छन्। पार्टीको शनिबार सम्पन्न वडा अधिवेशनले त्रिपाठीको अध्यक्षतामा ४५ सदस्यीय वडा कमिटी गरेको हो। जसको उपाध्यक्षमा पुष्प त्रिपाठी, सचिवमा दुधराज तिवारी, सह–सचिव हरि भण्डारी र कोषाध्यक्षमा गंगा भुर्तेल निर्वाचित भएका छन्।गण्डकी प्रदेश सभा सदस्य माननीय गायत्री गुरुङ (कुसुम) अधिवेसनमा प्रमुख अतिथि थिइन्। पुरा पढौ

नेपालगञ्ज म्याराथनको उपाधि एपीएफका किरणलाई

सातौँ नेपालगञ्ज म्याराथनको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ)का किरणसिंह बोगटीले जितेका छन्। नेपालगञ्जको सुर्खेत रोडमा शनिबार बिहान भएको म्याराथनमा उनले २ घण्टा २९ मिनेट ४१ सेकेण्डमा ४२ किलोमिटर पूरा गरी उपाधि हात पारेका हुन्। योसँगै उनले १ लाख रूपैयाँ पुरस्कार जितेका छन्। किरण सागको गत संस्करणका समेत स्वर्ण पदकधारी हुन्। यस्तै, नेपाली सेनाका नरेन्द्र रावलले २ घण्टा ३३ मिनेट २८ सेकेण्डमा म्याराथन पूरा गरेर दोस्रो स्थान हाँसिल गरे। उनले ५० हजार नगद पुरस्कार पाए। यसैगरी, नेपालगञ्ज हाफ म्याराथनको उपाधि सन्तोषी… पुरा पढौ

‘ए’ डिभिजन लिग फुटबल : संकटा र हिमालयनले अंक बाँड्यो

सहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लबले हिमालयन शेर्पा क्लबसँग बराबरी खेल्दै अंक बाडेको छ। त्रिपुरेश्वरस्थित दसरथ रंगशालामा भएको खेलमा संकटाले हिमालयनसँग १–१ गोलको बराबरी खेलेको हो। बराबरी खेलेसँगै दुबै टोलीले सुरुआती खेलबाट समान १÷१ अंक जोडेका छन्। खेलमा सुरुवाती एक गोलको अग्रता जोगाउन नसकेपछि संकटाले अंक बाड्नु परेको हो। खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन्। त्यस्तै, खेलको ६० औं मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै संकटालाई सुरुवाती अग्रता दिलाए। त्यस्तै खेलको ६४ औं मिनेटमा त्रिदेभ गुरुङले गोल… पुरा पढौ

‘ए’ डिभिजन लिग फुटबल : थ्री स्टारको विजयी सुरुआत

थ्री स्टार क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा च्यासल युथ क्लबलाई ३–० गोल अन्तरले हराउँदै थ्री स्टारले सानदार विजयी सुरुवात गरेको हो। थ्री स्टारको जितमा निशान खड्का, राफायल बिडीयास रिम र अनन्त तामाङले १/१ गोल गरे। थ्री स्टारले पहिलो हाफमै २ गोल गर्न सफल बन्यो। थ्री स्टारका लागि फ्रीकिकमार्फत निशानले खेलको २२, हेडमार्फत बिडीयासले ४४ र अनन्तले ५८ औं मिनेटमा गोल गर्दै थ्री स्टारलाई ३–० को जित दिलाए। जितसँगै थ्री स्टारले पहिलो… पुरा पढौ