समाचार

नेकपा माओवादी केन्द्र पोखरा–८ को अध्यक्षमा हिराकाजी

नेकपा माओवादी केन्द्र पोखरा–८ को अध्यक्षमा हिराकाजी श्रेष्ठ चयन भएका छन् । नेकपा माओवादी केन्द्र पोखरा–८ को शनिबार सम्पन्न अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ४५ सदस्यीय वडा कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा रामजी घिमिरे, सचिवमा हरिशचन्द्र मानन्धर, सहसचिवमा विवेक भुजेल र कोषाध्यक्षमा नानीमाया गुरुङ चयन भएका छन् । वडा अधिवेशनले १० जना महानगर प्रतिनिधिसमेत चयन गरेको जनाइएको छ । पुरा पढौ

नेकपा माओवादी केन्द्र पोखरा–३३ को अध्यक्षमा श्रीभद्र बराल

नेकपा माओवादी केन्द्र पोखरा–३३ को अध्यक्षमा श्रीभद्र बराल चयन भएका छन् । नेकपा माओवादी केन्द्र पोखरा–३३ को शनिबार भएको प्रथम अधिवेशनले बरालको अध्यक्षतामा ४५ सदस्यीय कमिटी गठन गरेको हो । पुरा पढौ

नेकपा माओवादी केन्द्र पोखरा–२२ को अध्यक्षमा नवराज बराल

नेकपा माओवादी केन्द्र पोखरा–२२ को अध्यक्षमा नवराज बराल चयन भएका छन् । नेकपा माओवादी केन्द्र पोखरा–२२ को वडा अधिवेशनले बरालको अध्यक्षतामा ३७ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो । त्यस्तै, अधिवेशनले १० जना महानगर प्रतिनिधिसमेत सर्वसम्मत चयन गरेको वडा ईञ्चार्ज त्रिभूवन पौडेलले जानकारी दिए । पुरा पढौ

रेशम गिरीको उपन्यास ‘चक्रधूम’ पोखरामा विमोचन

‘चक्रधुम’ शनिबार पोखरामा विमोचन गरियो । यो लेखक रेशम गिरीको पहिलो उपन्यास हो । उपन्यास नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तकोहातबाट विमोचन गरिएको हो । ‘चक्रधूम’ परिबन्धमा परी अदालतद्वारा दोषी ठहर भएका कैदीको कथामा आधारित सामाजिक उपन्यास भएको लेखक रेशम गिरी बताउनुहुन्छ । असुरक्षित नारीहरूका समस्यालाई प्रस्तुत गरेको उपन्यासमा बच्चादेखि वृद्धासम्मले भोग्नुपरेको त्रासदीपूर्ण अवस्थाको चित्रण गरिएको छ । समाजमा अन्याय सहेर बस्न विवश नारीहरूका पीडा र अपराधीका चलाखीपूर्ण व्यवहारले आहत मनमा परेको गहिरो घाउको मार्मिक वर्णन उपन्यासमा… पुरा पढौ

जाल्पा देबि महिला समुहको अध्यक्षमा राधिका

जाल्पादेबि महिलाउद्धार समुहको २३ औ सधारणसभा एवं ८ औ अधिवेशन एवं ८ औ अधिवेशनले राधिका थापा को अध्यक्षतामा ११ सदस्य कार्यसमिति चयन गरेको छ ।नवनिवार्चन कायसमितिको उपाध्यक्षमा दुर्गा अधिकारी , सचिवमा अमुता गिरी , सहसचिव सरस्वती गिरी , कोषाध्यक्षमा सुनिता बराल ,सहकोषाध्यक्ष राधा क्षत्री रहेका छन । समितिको सदस्यहरुमा रमा थामा , सृजना गिरी ,दिलु भण्डारी शुसिला गिरी , सवित्री बराल रहेका छन् । पोखरा ८ मा २३ बर्ष अघि स्थापना भएको समुहले महिलाको नेतृत्व, सामाजिक शैक्षिक तथा स्वास्थ सचेतना… पुरा पढौ

उपराष्ट्रपति कमला ह्यारिस राष्ट्रपतिको अधिकार प्राप्त गर्ने पहिलो अमेरिकी महिला

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस राष्ट्रपतिको अधिकार (केही समयका लागि) प्राप्त गर्ने पहिलो महिला बनेकी छन्। राष्ट्रपति जो बाइडेन उपचारका लागि भर्ना हुँदा ह्यारिसले राष्ट्रपतिको अधिकार प्राप्त गरेकी हुन्। राष्ट्रपति बाइडेनलाई नियमित क्लोनोस्कोपीका लागि एनेस्थेसिया दिइएका बेला शुक्रबार ८५ मिनेटका लागि ५७ वर्षकी ह्यारिसले राष्ट्रपतिको अधिकार प्राप्त गरेकी हुन्। राष्ट्रपतिको जिम्मेवारी पाएका बेला ह्यारिसले ह्वाइट हाउसको वेष्ट विङमा रहेको कार्यालयबाट जिम्मेवारी निर्वाह गरेको उनको कार्यालयले जनाएको छ। अमेरिकाको उपराष्ट्रपतिमा निर्वाचित हुने ह्यारिस पहिलो महिला, पहिलो अश्वेत र दक्षिण एसियाली अमेरिकी महिला… पुरा पढौ

माओवादी केन्द्रको आज देशभर वडा अधिवेशन

नेकपा माओवादी केन्द्रको आज (शनिबार) देशभर एकसाथ पार्टीको वडा अधिवेशन हुँदैछ। माओवादी केन्द्रीय निर्वाचन आयोगका अनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भर्चुअल माध्यमबाट बिहान ११ बजे वडा अधिवेशनको उद्घाटन गर्नेछन्। त्यससँग माओवादीको देशभर एकसाथ वडा अधिवेशन प्रारम्भ हुनेछ। देशभरका ६ हजार ७ सय ४३ वडामा निर्वाचन समिति बनाएर माओवादी केन्द्र वडाधिवेशनमो होमिएको हो। निर्वाचनका लागि माओवादी केन्द्रीय निर्वाचन आयोगले प्रत्येक वडामा ३ सदस्यीय निर्वाचन समिति खटाउने जानकारी दिएको छ। माओवादी केन्द्रको ११ मंसिरमा पालिका र २५ मंसिरमा सातै प्रदेशमा अधिवेशन… पुरा पढौ

नेपाली महिला टोलीले भारतमा ४ देशीय फुटबल खेल्ने पक्का

नेपाली राष्ट्रिय महिला टोलीले भारतमा ४ देशीय फुटबल प्रतियोगिता खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार भारतमा खेल्ने पक्का भएको जनाएको हो। प्रतियोगिता आउँदो डिसेम्बर ९ देखि २१ तारिखसम्म हुनेछ। भारतले एसिया कप प्रतियोगिताको तयारीस्वरूप ४ देशीय फुटबल प्रतियोगिता गर्न लागेको हो। पुरा पढौ

सहिद स्मारक ‘ए’ डिभिजन लिग सुरु

सहिद स्मारक ‘ए’ डिभिजन लिग सुरु भएको छ। यससँगै कोभिड १९ महामारीले थलिएको फुटबल नेपालमा लामो समयपछि फर्किएको छ। यसअघि, फुटबलका केही खेल भएपनि घरेलु लिग भने खासै सुरु हुन सकेका थिएनन्। लिगको पहिलो खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लबले गोलरहित बराबरी खेल्यो। दशरथ रंगशालामा भएको खेलमा सातदोबाटो तुलनात्मक रुपमा बलियो देखिए पनि गोल गर्न भने सकेन। बराबरीसँगै दुवै टिमले १/१ अंक बाँडेका छन्। लिगमा आज (शनिबार) २ खेल हुनेछन्। पहिलो खेलमा हिमालयन शेर्पा क्लबले संकटा क्लबको सामना गर्नेछ।… पुरा पढौ

अस्ट्रियाले भोली (सोमबार)देखि पूर्ण लकडाउन गर्ने

युरोपेली मुलुक अस्ट्रियाले सोमबारदेखि पूर्ण लकडाउन गर्ने घोषणा गरेको छ । कोभिड १९ विरुद्धको खोप नलगाएका मानिसहरूलाई लकडाउन गरेको केही दिनपछि अस्ट्रियाले सबैको लागि लकडाउन गर्ने घोषणा गरेको हो। चान्सलर एलेक्जेन्डर सालेनबर्गले लकडाउन धेरैमा २० दिन सम्ममा अन्त्य हुने र २०२२ को फेब्रुअरी १ बाट खोप लगाउनु कानूनी आवश्यकता हुने बताए। अस्ट्रिया पश्चिम युरोपमा कम खोप लगाउने देशमा पर्छ । कोभिड संक्रमण बढ्न थालेपछि उसले यस्तो कदम चालेका हुन्।संक्रमणमा वृद्धि भएकाले अरू धेरै यूरोपेली देशहरूले प्रतिबन्धहरू लागु गर्दैछन्। ‘हामी पाँचौँ… पुरा पढौ