आज (शुक्रबार) छठको तेस्रो दिन अर्थात ‘सँझिया घाट’। छठको तेश्रो दिन ‘सँझिया घाट’ अर्थात् साँझमा व्रतालूहरु खोला, नदी, तलाउ अथवा जलाशयको आधा पानीमा डुबेर अस्ताउन लागेको सूर्यलाई दूधको अघ्र्य दिने गर्दछन्। अनि, चौँथो दिनको विहान एवं रितले सूर्य उदाउनुअघि नै छठ घाटमा पुगेर उदाउँदै गरेको सूर्यलाई अघ्र्य दिएर व्रतको समापन गर्ने चलन छ। पर्वको तेस्रो दिन सूर्य उपाशनाको निराहार ब्रत बसेर ब्रतालुले जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिनेछन्। यसलाई मिथिला क्षेत्रमा ‘सझुका अरख’ भन्ने गरिएको छ। तिहारमा बाँकी भएका…
पुरा पढौ