समाचार

पोखरा ९ की ६२ वर्षिया महिलाको कोरोनाले मृत्यू

पोखरामा शनिबार एक जना कोरोना संक्रमित महिलाको मृत्यू भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचाररत पोखरा महानगरपालिका वडा नम्बर ९ की ६२ वर्षिया महिलाको कोरोनाका कारण मृत्यू भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यू हुनेको संख्या ७६ पुगेको छ । कात्तिक १३ गते संक्रमण पुष्टि भएकी ती महिलाको शनिबार विहान ८ बजे मृत्यू भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले जनाएको छ । कोरोना संक्रमण पुष्टि भएकी उनमा मधुमेह र निमोनियाको समस्यापनि रहेको अस्पतालले बताएको… पुरा पढौ

दुर्घटनामा सहचालकको मृत्यु

सल्यानको सल्लीबजारबाट कुशे गाउँपालिका –६ जाँदै गरेको भे १ त ८३१४ ट्रयाक्टर दुर्घटना हुँदा सह चालकको मृत्यु भएको छ ।छेडागाड नगरपालिका –१० धारामा दुर्घटना हुँदा कुशे ६ का २४ वर्षका सहचालक रामबहादुर सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ । डिजेल बोकेर गएको ट्रयाक्टर आज बिहान दुर्घटनामा परेको थियो । जाजरकोटमा पेट्रोलियम पर्दाथको डिपो नहुँदा सल्लीवजारबाट तेल ढुवानी गरिदैँ आएको छ । रासस पुरा पढौ

पर्यटकीय गाउँ ल्वाङमा पर्यटकलाई नै प्रवेश निशेध

पर्यटकीय गाउँ ल्वाङमा बाहिरकालाई प्रवेश निशेध गरिएको छ । कास्की जिल्ला माछापुच्छ«े गाउँपालिका वडा नम्बर ८ मा पर्ने पर्यटकीय ल्वाङ गाउँमा बाहिरबाट जानेलाई प्रवेश निशेध गरिएको हो । विश्वब्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड(१९) को संक्रमण फैलिइरहेको र बढ्दो जोखिम न्यूनिकरणका लागि यस्तो निर्णय गर्न बाध्य भएको ल्वाङ टोल विकास संस्थाका अध्यक्ष सेते गुरुङले जनाएका छन् । पर्यटन व्यवसायीहरुले पर्यटन क्षेत्र चलायमान बनाउनुपर्छ भनिरहँदा ल्वाङका स्थानियले भने तिहारसम्म ल्वाङमा प्रवेश निशेध भनेर ब्यानर नै टाँगेका छन् । उनीहरुले… पुरा पढौ

देहरादून घटनाका विद्यार्थीको निःशुल्क उपचारको माग

नेपाल विद्यार्थी सङ्घले देहरादून घटनामा घाइते विद्यार्थीलाई तत्काल उद्धार गरी निःशुल्क उपचारको व्यवस्था मिलाउन माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले एक विज्ञप्ति जारी गरी भारतको देहरादूनस्थित शाक्य एकेडेमीमा अध्ययनरत विद्यार्थीमाथि कात्तिक १० मा निर्घात कुटपिट भएको घटनाप्रति दुःख व्यक्त गर्दै घाइते विद्यार्थीलाई तत्काल उद्धार गरी निःशुल्क उपचारको व्यवस्था मिलाउन माग गरेका हुन् । “अहिलेको विश्व व्यापीकरणको युगमा विश्वको जुनसुकै शिक्षालयमा गएर शिक्षा लिन चाहने व्यक्तिले असल शैक्षिक वातावरणमा शिक्षा लिन पाउनु मानव अधिकारको विषय हो, मानव अधिकारको आधारभूत… पुरा पढौ

टर्कीमा ७ म्याग्निच्युटको शक्तिशाली भूकम्प, कम्तीमा २२ जनाको मृत्यु

टर्कीको इजमिर प्रान्तलाई केन्द्र बिन्दु बनाएर शुक्रबार बेलुका गएको ७ म्यागनिट्यूटको भूकम्प गएको छ। भूकम्पको धक्काले टर्की र छिमेकी ग्रीसमा सम्म ठुलो क्षति पुगेको छ । भूकम्पमा परी टर्की र ग्रिसमा गरी कम्तीमा २२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । टर्कीले भने भूकम्प ६.६ म्याग्निच्युटको भएको बताएको छ। भूकम्पमा परी ज्यान गुमाउनेहरू अधिकांश ग्रिसको सामोस टापु र टर्कीको इजमिर प्रान्तका भएको बीबीसीले जनाएको छ। भूकम्पका कारण टर्कीको इजमिर प्रान्तमा मात्रै २० जनाको मृत्यु भएको र ८ सय जनाभन्दा बढी… पुरा पढौ

गण्डकी प्रदेशको चार जिल्लाका सडक मर्मत सम्भार तथा विस्तार कार्यमा तीब्रता

गण्डकी प्रदेशको तनहुँ, गोरखा, लमजुङ र मनाङ जिल्लाका सडक मर्मत सम्भार र विस्तार गर्ने कार्यलाई तीव्ररूपमा अघि बढाइएको छ। साथै,सडक डिभिजन कार्यालय दमौलीको कार्यक्षेत्रमा रहेको पृथ्वीराजमार्ग अन्तर्गतका सडकको पनि मर्मत सम्भार र विस्तार गर्ने कार्यलाई तीव्ररूपमा अघि बढाइएको छ। आर्थिक वर्ष ०७६/०७७ मा कोभिड–१९ कारण निर्माण कार्य प्रभावित हुँदा कामले गति लिन सकेको थिएन । यस आर्थिक वर्ष ०७७/०७८ को भने शुरुदेखि नै सडक मर्मत सम्भार र विस्तार गर्ने कार्यलाई तीव्ररूपमा अघि बढाइएको हो। पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको पूर्वमा मुग्लिनदेखि पश्चिम… पुरा पढौ

अमेरिकामा एकै दिन थपिए ९१ हजार कोरोना संक्रमित, हजारभन्दा बढीको मृत्यु

विश्वमै सबैभन्दा धेरै संख्यामा कोरोना संक्रमित रहेको अमेरिकामा शुक्रबार अहिलेसम्मकै धेरै ९१ हजारमा कोरोना पुष्टि भएको छ । अमेरिकामा एकै दिन कोरोनाले मृत्यु हुनेको संख्यासमेत एक हजार पुगेको जोन हप्किन्स विश्वविद्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। कोरोना संक्रमणको आँकडा अपडेट गर्दै आएको वल्र्डोमिटरले गएको २४ घण्टामा अमेरिकामा ९८ हजार ५ सय भन्दा धेरै संक्रमित थपिएका र ९ सय ६६ जनाको मृत्यु भएको उल्लेख गरेको छ। विश्वमा कोरोनाले सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा अहिलेसम्म संक्रमितको संख्या ९३ लाख १३ हजार नाघेको… पुरा पढौ

भारतीय सीमामा हाइटेक सेना राख्ने चीनको योजना

भारत र चीनबीच बढेको सीमा विवादका कारण चीनले पछिल्लो समय विवाद देखिएको भारतीय सीमामा आफ्नो सेना राख्ने हाइटेक तयारी गरेको छ। भारतीय पत्रिका हिन्दुस्तान टाइम्समा छापिएको समाचारअनुसार चीनको रक्षा मन्त्रालयका प्रवक्ता कर्नल वु चिएनले सीमामा तैनाथ हुने जवानहरुका लागि विशेष फोर्स तयार गरेको जानकारी दिएका छन्। अब चीनले सीमामा खटाउने सैनिक जवानका लागि एउटा सेल्फ पावर्ड सेल्टर दिने जानकारी बाहिर आएको हो। यसले त्यहाँको तापक्रमलाई सहज बनाउने र चिनियाँ सेनालाई सहज हुने अपेक्षा गरिएको छ। पुरा पढौ

सडक बालबालिकासँगै चिल्ड्रेन–नेपालको दशैं

अन्नपूर्ण गाँउपालिका –१ लेवाडेस्थित चिल्ड्रेन–नेपालको फूलबारी स्रोत केन्द्रमा राखिएका सडक बालबालिकाहरुसँगै संस्थाका संस्थापक अध्यक्ष एबम कार्यकारी निर्देशक रामचन्द्र पौडेलले टीका र जमरा लगाई दशैं मनाएका छन्। २०७६ चैतमा बिश्व महामारीको रुपमा फैलिएको कोभिड १९ बाट सुरक्षित गर्ने उद्देश्यसहित पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको अगुवाईमा पोखराका सडकबाट बालबालिकाहरुको उद्धार गरि केन्द्रमा राखिएको थियो। सडक संस्कृतिबाट पारिबारिक र सामाजिक सुसंस्कृत रुपले रुपान्तरित हुदैँ गएका सडक बालबालिकाहरुलाई टिका र जमरा लगाउदै संस्थाका संस्थापक अध्यक्ष एबं कार्यकारी निर्देशक रामचन्द्र पौडेलले नेपालीहरुको महान पर्ब बिजया… पुरा पढौ

स्याङ्जा, गल्याङको सरस्वती आधारभूत सामुदायिक विद्यालयमा मगर भाषाको पढाई

स्याङ्जाको गल्याङ नगरपालिका–७, कल्लेरीस्थित सरस्वती आधारभूत विद्यालयमा मगर भाषा पढाउन थालिएको छ। मगर समुदायको भाषा, लिपी, लिपी र रीतिरिवाजको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले मगर भाषाको पढाई शुरु गरिएको विद्यालयका प्रधानाध्यापक दलबहादुर रानाले बताए। ‘पछिल्लो समय मगर समुदायका बालबालिकालाई यसबारे जानकारी नहुँदा मगर भाषा बोल्न जान्दैनन, प्रअ रानाले भने, ‘मगर भाषा संरक्षण गर्न विद्यालयमा यसको पठन पाठन शुरु गरेका हौं।’ विद्यालयले गत माघदेखि कक्षा एकमा पाठ्यक्रम विकास केन्द्रले निर्माण गरेको पाठ्यपुस्तकलाई आधार बनाएर ऐच्छिकरुपमा एकसय पूर्णाङ्कको मगर भाषाको… पुरा पढौ