समाचार

विश्व शहर दिवस मनाइँदै

समृद्धि र सुखी जीवनको आधारः हाम्रा समुदाय र शहर’ भन्ने नाराका साथ आज नेपालमा पनि विश्व शहर दिवस २०२० मनाइँदै छ । शहरी विकास मन्त्रालयले वर्षभरि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउँदै आएको छ ।यस वर्ष कोभिड–१९ का कारण विश्व शहर दिवसको मूल समारोह प्रत्यक्षरुपमा आयोजना गर्न नसकिए पनि भर्चुअल माध्यमबाट सम्पन्न गरिँदै छ । यस अवसरमा शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले आज सबैमा शुभकामना दिँदै विकासको मुख्य आधार योजनाबद्ध शहरीकरण भएकामा जोड दिएका छन् ।रासस पुरा पढौ

कास्कीमा करिब १ हजार ८ सय ७४ घरको खरका छानामा जस्तापाता लगाइँदै

कास्कीमा आर्थिक हिसाबले कमजोर परिवारका घरको छाना जस्तापाताले छाउन अनुदान रकम दिइने भएको छ। सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत जिल्लाका पाँचवटै स्थानीय तहमा अर्थाभावले खरको छाना छाउन बाध्य परिवारको तथ्यांक संकलन गरी चालु आर्थिक वर्षभित्रै १ हजार ८ सय ७४ परिवारको खरको छाना विस्थापित गरी जस्तापाता राख्न प्रति परिवार ५० हजार रुपैयाँका दरले अनुदान दिने तयारी गरिएको हो। खरको छाना भएका, बाढी पहिरोले विपद्मा परेका तथा न्यून वर्गका नागरिक परिवारको लगत संकलन गरी उनीहरुलाई अनुदान रकम दिइने सुरक्षित नागरिक आवास कार्यक्रम… पुरा पढौ

गण्डकीमा अहिले सम्मकै धेरैमा संक्रमण

कार्तिक १४ पोखरा । पोखरामा शुक्रबार एकै दिन १८३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालाहरुमा गरिएको नमुना परिक्षणमा कास्की सहित प्रदेशका ९ जिल्लाका २६९ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ९३४ जनामा गरिएको नमुना परिक्षणमा उनिहरुमा संक्रमण देखिएको हो । उनीहरुमध्य १७९ जना पुरुष हुन् भने ९० जना महिला छन् । निर्देशनालयका अनुसार कास्कीमा १८३, नवलपरासीमा २७, तनहुँमा २१, पर्वतमा १०, बाग्लुङमा ९, स्याङजामा ७, लम्जुङ, गोरखा र म्याग्दीमा… पुरा पढौ

बि.पी. कोइराला स्कुल अफ पब्लीक पोलिसी कास्कीको अध्यक्षमा पंगेनी

पोखरा। बि.पी. कोइराला स्कुल अफ पब्लीक पोलिसी गण्डकी प्रदेश समितिले बि.पी कोइराला स्कुल अफ पब्लीक पोलिसी कास्कीको अध्यक्षमा नेपाली कांग्रेस कास्कीकी युवा नेता सरिता तिम्सिना पगेनीलाई मनोनीत गरेको छ ।बिगत डेढ दशकदेखि कास्कीमा रहेर पत्रकारिता , लोकतन्त्र,मानब अधिकार र सामाजिक न्यायको पक्षमा काम गर्दे आएकी पगेनी नेपाल प्रेस युनियनको केन्द्रीय सदस्य समेत हुन ।महामानब बि.पी कोइरालाका आधारभुत सिद्यान्त र मान्यतालाई युवा माझ सहजीकरण गर्ने उदेश्यले पगेनीलाई बि.पी कोइराला स्कुल अफ पब्लीक पोलिसीको बिधान २०७३ बमोजिम कास्की जिल्ला अध्यक्षमा मनोनीत गरिएको… पुरा पढौ

पर्वतको कुस्मा बजारमा एक हप्ता निषेधाज्ञा

पर्वतको सदरमुकाम कुस्मा बजार क्षेत्रमा एक हप्ताका लागि निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतले शुक्रबार राती १२ बजेदेखि कात्तिक २१ गते राती १२ बजेसम्म कुस्मा बजार क्षेत्रमा पर्ने कुस्मा नगरपालिकाको वडा नम्बर ४, ५, ६ र ७ नम्बर वडा क्षेत्रमा निषेधाज्ञा लगाएको हो । जिल्ला प्रशासन कार्यालय पर्वतका प्रशासकीय अधिकृत विमलप्रसाद गौतमले शुक्रबार सूचना जारी गर्दै कोरोना संक्रमितको संख्या बढेको, कोरोनाकै कारण मान्छेको ज्यानसमेत जान थालेको र बढ्दो जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा लगाएको उल्लेख गरेका छन् ।… पुरा पढौ

तनहुँमा भएको सडक दुर्घटनामा एकको मृत्यु

कार्तिक १४ पोखरा । तनहुँमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गएराती तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा भएको दुर्घटनामा गम्भीर घाइते भएका एक युवकको आज मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । विहीबार राती ११ बजे आबुँखैरेनीबाट डुम्रेतर्फ आइरहेको प्रदेश ३ (०२(१३ प २१०६ न।को मोटरसाईकल सोही ठाउँमा रोकी राखेको ना ५ ख ८८९२ नं।को ट्रकमा ठक्कर खाँदा आँबुखैरेनी गाउँपालिका –४ भागेका वर्ष १९ का अन्जन सुनार घाईते भएका सुनारको हाडजोर्नी अस्पताल आँबुखैरेनीमा उपचारका क्रममा… पुरा पढौ

शुक्रबार थपिए ३५१७ जना कोरोना संक्रमित

कार्तिक १४ पोखरा । शुक्रबार देशभरका प्रयोगशालामा गरिएको नमुना परिक्षणमा ३ हजार ५१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४०९६ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख २८ हजार ९५८ रहेको छ । सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ रहेको छ । हालसम्म कोरोना भाइरस संक्रमणका कारण ९२० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार… पुरा पढौ

पोखरा र बाग्लुङका थप ३५ जनामा कोरोना संंक्रमण

कार्तिक १४ पोखरा । कास्की र बाग्लुङमा गरि थप ३५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा उनीहरुमा संक्रमण देखिएको हो ।संक्रमण पुष्टि हुनेमा कास्कीको पोखरा महानगरपालिकाको वडा नं १, ५, ७, १४, १७, २०, २२, २५ र २६ का २८ जना छन् । भने बाग्लुङको बाग्लुङ नगरपालिकाका ६ जना पुरुष र १ जना महिला रहेको निर्देशनालयद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । यो संगै प्रदेशमा संक्रमितको संख्या ७ हजार ३ सय १६ पुगेको छ… पुरा पढौ

यातायात ब्यवस्था कार्यालय सवारी, कास्कीका कर्मचारीमा कोरोना संक्रमण, सेवा अबरुद्ध

यातायात ब्यवस्था कार्यालय सवारी, कास्कीमा कार्यरत एक जना कर्मचारीलाई विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) भएपछि शुक्रबार कार्यालयको काम प्रभावित भएको छ । पोखराको पृथ्वीचोकस्थित कार्यालयले एक सूचना निकाल्दै शुक्रबार कार्यालय बन्द गरेको जनाएको हो । सूचनामा आईतबार कार्यालय खुल्ने वा नखुल्नेबारे प्रष्ट पारिएको छैन । सूचनामा भनिएको छ,‘आउँदो आईतबार अर्को सूचना प्रकाशित हुने गरी आज शुक्रबार नामसारी सम्बन्धि कार्य बन्द गरिएको सरोकारवाला सबैमा जानकारीका लागि हार्दिक अनुरोध छ ।’ पुरा पढौ

तरुण दलद्वारा स्वास्थ्य सामग्री सहयोग

नेपाल तरुण दलले आफनो ६८औँ स्थापना दिवसका अवसरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आज एक कार्यक्रम गरी विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ । तरुण दलले शिक्षण अस्पतालमा गई चार हजार थान मास्क, ३० थान पिपिई र ५२ थान फेस शिल्डलगायत स्वास्थ्य सामग्री सहयोग गरेको हो । जनताको स्वास्थ्य रक्षाका लागि आफ्नो ज्यान जोखिममा राखेर सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीको सुरक्षालाई मध्यनजर गर्दै उक्त सहयोग हस्तान्तरण गरिएको अध्यक्ष जितजङ्ग बस्नेतले जानकारी दिए । तरुण दलले स्वास्थ्य सामग्री उपलब्ध गराई सहयोग पु¥याउने नेपाली… पुरा पढौ