समाचार

कोरानाले पोखरामा २ सहित गण्डकी प्रदेशमा ४ को मृत्यू, मृतक संख्या ६७ पुग्यो

पोखरामा थप २ सहित गण्डकी प्रदेशमा ४ जनाको कोरोनाले ज्यान गएको छ । पोखरा ५ र पोखरा १५ का २ सहित पछिल्लो पटक ४ जनाको मृत्यू भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रम तथा प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यू हुनेको संख्या ६७ पुगेको छ । कोरोनाबाट पछिल्लो पटक पोखरा ५ का पुरुषको मृत्यू भएको छ । ५५ वर्षिय ती पुरुष निमोनिया र मुटु सम्बन्धी समस्याबाट ग्रस्त रहेको अस्पताल श्रोतले जनाएको छ । कात्तिक… पुरा पढौ

दशैं घर परिवारमै सिमित गर्न आग्रहसहित मुख्यमन्त्रीले दिए शुभकामना

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले दशैंलाई घर परिवारमा मात्र सिमित गर्न आग्रह गर्दै दशैंको शुभकामना दिएका छन् । मुख्यमन्त्री गुरुङले सोमबार शुभकामना सन्देश जारी गर्दै विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) कारण उत्पन्न विषम परिस्थितिमा मनाईन लागेकाले दशैंको टीका घर परिवारमा मात्र सिमित गर्न आग्रह गर्दै शुभकामना व्यक्त गरेका हुन् । साथै उनले परिवारमा बस्दापनि सामाजिक दुरी कायम गर्न, मास्क र सेनिटाईजरको आवश्यक्ता अनुसार प्रयोग गर्न आग्रह गरेका छन् । मुख्यमन्त्री गुरुङले बडादशैंको मुख्य दिन बिजयादशमीको अवसरमा… पुरा पढौ

स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै दशैं मनाउन नेकपा अध्यक्षको अपिल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै चाडपर्व मनाउन सबैमा अपिल गर्नुभएको छ । दशैँ, तिहार, छठ, नेपाल संवत्लगायत चाडपर्वका अवसरमा शुभकामना दिँदै उहाँले कोभिड–१९ को विषम परिस्थितिमा सुरक्षित भएर पर्व मनाउन अपिल गर्नुभएको हो । कोरोना भाइरसका कारण प्रभावित जनजीवन आगामी दिनमा सामान्य बन्न सकोस् भन्ने कामना गर्दै अध्यक्ष दाहालले स्वदेश तथा विदेशमा हुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । नेपाली समुदायले मनाउने विभिन्न… पुरा पढौ

आज बडादशैंको मुख्य दिन बिजयादशमी, टीका र जमरा ग्रहण गरेर मनाईदै

नेपालीको महान चाड बडादशैको आज मुख्य दिन अर्थात बिजयादशमी, मान्यजनको हातबाट टीका र जमरा ग्रहण गरेर मनाईदैछ । घटस्थापनाको दिनदेखि शुरु भएको दशैंको मुख्य दिन आफू भन्दा ठूला बडाको हातबाट टीका, जमरासहित आशिष लिने चलन रहिआएको छ ।यसअघिका दशैंहरुमा घर परिवारबाहेक अन्य आफन्तकोमा पनि टीका लगाउन जाने गरिन्थ्यो । तर विश्वब्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९)का कारण उत्पन्न विषम परिस्थितिका कारण सरकार र प्रशासनले घर परिवारमा मात्र दशैं सिमित गर्न आग्रह गरेको छ । उसो त सरकार र… पुरा पढौ

दशैंको टीकाको उत्तम साईत १० बजेर १९ मिनेटमा

नेपालीको महान चाड बडादशैंको मुख्य दिन आज बिजयादशमीको अवसरमा लगाईने टीकाको उत्तम साईत १० बजेर १९ मिनेट रहेको छ । टीकाको उत्तम साईत आज पूर्वाह्न १० बजेर १९ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णाय समितिले जनाएको छ ।आज पूर्वाह्न १० बजेर ११ मिनेटमा देवी विसर्जनको उत्तम साईत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले बताए । विजयादशमीमा साइत नै खोजेर टीका लगाउनेका लागि पूर्वाह्न १०ः१९ मा उत्तम साईत रहेपनि त्यसपछिको अन्य समयमापनि टीका लगाउन मिल्ने प्रा.डा.गौतमले बताए । “आर्यावर्त क्षेत्रका… पुरा पढौ

कोभिड १९ : दशैं कसरी मनाउने ?

हरेक वर्ष दशैंको रौनकले घर आंगन मात्रै होइन मननै रमाइलो हुन्थ्यो । खुलेको मौसम, आकाशमा उडेका चंगा, बाटो भरी देखिने लिङ्गे र रोटे पिङ घर रंगरोगन, रोटीका परीकार लगायतले चाडबाडको रौनकता दिन्थ्यो । यो बर्ष त कोरोनाको कहरका कारण दशैं आएको भान नै भएन । यो वर्ष यसै पनि मेरा तीन जना आफन्तको मृत्युले मन रमाइलो छैन, त्यहि माथि कोरोना कहरको सास्ती छ । मनमा खुशी उमंग भए चाडबाडले रमाइलो अनुभुति गराउँछ अहिले कसैको मनमा खुशी छैन । जीवन बाँच्न… पुरा पढौ

कोभिड १९ : दशै कसरी मनाउने ?

भीडभाडबाट बचेर बस्नुपर्ने अहिलको अवस्थामा मान्यजनको स्पर्श बिनाको पर्व निकै खल्लो भइरहेछ । कोराना कहरले आर्थिक , मानसिकसँगै सांस्कृतिक पक्षमा पनि उस्तै प्रभाव पारेको छ । अब हामीसँग दुईवटा विकल्प छन् । एउटा कोभिड–१९ को प्रतिकार गर्ने र अर्को कोभिड लामो समयसम्म रहन सक्छ भनेर यससँग सहअस्तित्व कायम गरेर लड्दै जाने । संसारभर यस्ता भाइरस आउछन्, तर संयमता र सजकता अपरिहार्य हुन्छ । मानवीय जीवनको अस्तित्व रक्षानै पहिलो प्राथमिकता हो । हामी बाँचे संस्कार र संस्कृति बचाउन सकिन्छ । यो… पुरा पढौ

अध्यक्ष थापा अस्पतालबाट घर फिर्ता

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आज चाबहिलस्थित ॐ अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । कोरोना संक्रमण पुष्टि भएपछि गत असोज ३० गते अस्पताल भर्ना हुनुभएका थापाको स्वास्थ्यमा उल्लेख सुधार भएपछि उहाँ आज घर फर्कनुभएको हो ।गत असोज ३० गते स्वास्थ्यमा समस्या देखिएपछि परीक्षण गर्दा उहाँमा कोरोना पोजिटिभ देखिएको थियो । उहाँलाई टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा केही असहज महसुस भएपछि सो अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो ।डिस्चार्जपछि थापाले उपचारमा संलग्न चिकित्सक, नर्ससहित सबै स्वास्थ्यकर्मी, अस्पताल सञ्चालक… पुरा पढौ

मुख्य न्यायाधीवक्ता घिमिरेसहित परिवारका ३ जना कोरोना संक्रमण

गण्डकी प्रदेशका मुख्य न्यायाधीवक्ता राजेन्द्र घिमिरेसहित उनको परिवारका तीन जनामा कोरोना संक्रमण भएको छ । मुख्य न्यायाधीवक्ता घिमिरेले सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै आफू, पत्नी अर्जना र आमा मालिकादेवी घिमिरेलाई कोरोना संक्रमण पुष्टी भएको जानकारी दिएका हुन् । न्यायाधीवक्ता घिमिरेले अहिले आफूहरुको स्वास्थ्य सामान्य रहेको र चिकित्सकको सल्लाह बमोजिम आफूहरु होम आइसोलेसनमा रहेको जनाएका छन् । साथै उनले आफूहरुसँग सम्पर्कमा रहेका सबैलाई सतर्कता अप्नाउन आग्रह गरेका छन् । पुरा पढौ

कोभिड १९ : दशै कसरी मनाउने ?

हाम्रा पर्वहरु सामाजिक सद्भावका सुत्रधार हुन् । दशैंको महत्व र महिमा पनि नेपाली समाजमा निकै छ । यो दशैं नेपालको मौलिक पर्व हो । यसको मेरुदण्ड भनेको शक्तिको उपासना हो । यो समय शक्तिको खेती गर्ने बेला हो । दशैंमा मान्यजनको हातबाट टिका प्रसाद ग्रहण गरेर आर्शिवाद लिने गरिन्छ । तर अहिले हामी कसैले नसोचेको अवस्थामा छौ । कोभिड– १९ को असर ज्येष्ठ नागरिकमा बढी हुने भन्ने स्वास्थ्य विज्ञको भनाइले गर्दा पनि अहिलेको अवस्थामा टाढैबाट अग्रज मान्यजनको आर्शिवाद लिनु हाम्रो… पुरा पढौ