समाचार

हरितालिका तिजको दिन ११ औं मालेपाटन खुल्ला तिजगित प्रतियोगिता हुने

पोखरा । सुर्यचन्द्र विकास समाजको आयोजनामा विगतका वर्षमाझै यस वर्ष पनि ११ औं मालेपाटन खुल्ला तिजगित प्रतियोगिता हुने भएको छ । कार्यक्रम यहि भदौ १० गते मङ्गलबार हरितालिका तिजको दिन पुवान्ह ११ बजेदेखि पोखरा ५ मालेपाटन स्थित बाराही माविको खेल मैदानमा हुनेछ । प्रतियोगितामा महिलाहरुले मौलिक बोल लय मा तिजगित तथा नृत्य प्रस्तुत गर्नुपर्ने छ । साथै कास्की जिल्ला भित्रका महिलाहरु मध्येबाट एक जनालाइ महिलालाई सम्मान गरि “श्रस्ट्टा सम्मान कार्यक्रमलाई निरन्तरता दिने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने समुहलाइ… पुरा पढौ

प्रगतिशील माध्यमिक विद्यालयमा सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न

प्रगतिशील माध्यमिक विद्यालय अन्नपूर्ण–४, कास्कीले आइतबार एक विशेष समारोहको आयोजना गरी यस वर्षको कक्षा १० (SEE) र कक्षा १२ (SLC) उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरेको छ । साथै, सोही अवसरमा कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागतसमेत गरिएको विद्यालयले जनाएको छ । कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. खड्गबहादुर के.सी.ले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री भरतबहादुर के.सी., विशेष अतिथिका रूपमा विद्यालयका प्राचार्य श्री नमराज पौडेल तथा अतिथिका रूपमा पूर्व–प्राचार्य नारायण प्रसाद पौडेलको… पुरा पढौ

लोकतन्त्र संस्थागत नभएको र काम गर्ने वातावरण नबनाइएकोमा गैरसरकारी संस्था महासंघको आपत्ति

पोखरा, भाद्र १ ।गैर सरकारी संस्था महासंघ नेपाल (गैसस) ले लोकतन्त्र स्थापनापछि पनि नागरिक संस्थाहरुले लोकतान्त्रिक वातावरणको अनुभव गर्न नसकेको गुनासो गर्दै नीति–नियम र वातावरण निर्माणमा राज्यको उदासीनता रहेको आरोप लगाएको छ। महासंघका अध्यक्ष अर्जुनकुमार भट्टराईले सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा संस्थागत अधिकार अझै सीमित रहेको उल्लेख गर्दै “संविधानले दिएको मौलिक हक कार्यान्वयन नभएकाले लोकतन्त्र सबल भएको महसुस हुन सकेको छैन” भने। उनले संस्थाहरु दर्ता प्रक्रियामा अनावश्यक झन्झट, नयाँ ऐन नबन्नु, धारा १७ घ अनुसार पालिका स्तरमा दर्ता भएपश्चात पनि… पुरा पढौ

श्री कृष्ण भगवानको प्रकट्य दिवसको अवसरमा`शिक्षा क्षेत्रमा गीता ज्ञानको आवस्यक” विषयक वक्तृत्वकला प्रतियोगिता, रामज्योति मा.वि. की छात्रा स्वेच्छा परियार प्रथम

पोखरा । कृष्ण भगवानको जन्मोत्सव (प्राकट्य दिवस)को अवसरमा पोखरा महानगरपालिका वडा नम्बर २६ देखि ३३ भित्रका २७ वटा माध्यमिक विद्यालयका विद्यार्थीबीच “शिक्षा क्षेत्रमा गीता ज्ञानको आवश्यकता” विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा २९ जना विद्यार्थी सहभागी भएका थिए। उत्कृष्ट प्रस्तुतिका आधारमा विजेताहरूलाई नगद पुरस्कार प्रदान गरिएको थियो। प्रथम स्थान रामज्योति मा.वि. वडा नम्बर २६ की छात्रा स्वेच्छा परियारले हात पारिन्। उनलाई नगद रु. ११,१११/- प्रदान गरिएको थियो। दोस्रो स्थानमा जनप्रकाश मा.वि. वडा नम्बर २९ की अनुषा काफ्ले रहेकी थिइन्।… पुरा पढौ

बाटुलेचाैरमा आयाेजित राष्ट्रिय कृष्ण भजन प्रतियोगितामा बडहरवोट भजन समुह प्रथम

पोखरा  पोखराको बाटुलेचौरमा भएको श्री कृष्ण राष्ट्रिय भजन प्रतियोगितामा बाटुलेचौरको बडहरवोट भजन समुह प्रथम भई नगद १ लाख र प्रमाणपत्र प्राप्त गरेको छ। शुक्ला साहित्य प्रतिष्ठानले श्री कृष्ण जन्माष्टमीको अवसरमा आयोजना गरेको २६ संस्करणको प्रतियोगिता प्रतियोगितामा द्वितीय तनहुँ शुक्ला गण्डकीको  महेश्वर खनाल भजन समुह, तृतीय हेम्जाको मातृकेश्वर भजन समुह र  भद्रकाली खैंजडी भजन समुह र धर्मस्थली भजन समुहलले सान्त्वना स्थान प्राप्त गरेको छ ।उनीहरूले नगद ७५ हजार र प्रमाणपत्र,५० हजार र प्रमाणपत्र, र २५ हजार र प्रमाणपत्र प्रदान गरिएको प्रचार… पुरा पढौ

गैह्रापाटन नेवा समाजले जित्यो ताया: मचा नृत्य प्रतियोगिताको उपाधि

पोखरा, साउन ३१ पोखरामा भएको तायाः मचा प्रतियोगिताको उपाधि गैह्रापाटन नेवा समाजले जितेको छ। नेवा: खल कास्कीको आहवान र सिसुवा नेवा: खलको आयोजनामा शनिबार राती सम्पन्न प्रतियोगितामा २६ प्रतियोगी टिमलाई पछि पार्दै गैह्रापाटन नेवा: खल प्रथम भएको हो । प्रतियोगितामा सरस्वती मन्दिर तायाःमचा समिति द्वितीय, मोहरिया नेवाः टोल तृतीय र नदीपुर तायाः मचा समिति सान्त्वना स्थान प्राप्त गर्न सफल भएको छ। प्रथम हुने गैड्रापाटन नेवाः खलले १ लाख, द्वितीय हुने सरस्वती मन्दिर तायाः मचा समितिले ७५ हजार, तृतीय हुने मोहरिया… पुरा पढौ

पर्यटन तथा उद्योग कार्यालय खारेज गरेकोप्रति कोईरालाको आपत्ति, तत्काल पुर्नस्थापना गर्न माग

सन्देश श्रेष्ठपोखरा, साउन ३१ नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष सञ्जीवबहादुर कोईरालाले जिल्लास्थित पर्यटन तथा उद्योग कार्यालय खारेज गरेकोप्रति आपत्ति जनाएका छन् । चिप्लेढुंगा–सिद्दार्थचोक व्यवसायी समितिको शनिबार आयोजित तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनको उद्घाटन शत्रलाई सम्बोधन गर्दै उनले गण्डकी प्रदेश सरकारले प्रशासनिक संरचना घटाउने नाममा अत्यावश्यक कार्यालयसमेत खारेज गरेको भन्दै विरोध गरेका हुन् । गण्डकी प्रदेश सरकारले प्रशासनिक खर्च घटाउनका लागि ७ निर्देशनालयसहित ९१ संरचना घटाउने निर्णय गरेको थियो । जसमा कास्की, बागलुङ र तनहुँ जिल्लाबाहेक गण्डकी… पुरा पढौ

चिप्लेढुंगा–सिद्दार्थचोक व्यवसायी समितिको अध्यक्षमा दुर्गा सुनार

सन्देश श्रेष्ठपोखरा, साउन ३१ चिप्लेढुंगा–सिद्दार्थचोक व्यवसायी समितिको अध्यक्षमा दुर्गा सुनार चयन भएका छन् । समितिको शनिबार सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले सुनारको अध्यक्षतामा १५ सदस्यीय नया कार्य समिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा लक्ष्मण न्यौपाने, सचिवमा नविन श्रेष्ठ, सहसचिवमा किरणराज लामिछाने, कोषाध्यक्षमा प्रमोद लिगल र सहकोषाध्यक्षमा अनिल ढेवाजु सर्वसम्मत चयन भए । त्यस्तै सदस्यहरुमा सुशील लम्साल, वेदुनाथ लामिछाने, जनकराज सुवेदी, तारा गौतम, ज्योतिन्द्र घिमिरे, विरेन्द्र गहतराज, राजकुमार ध्वजु, धनबहादुर झैडी र विष्णुनारायण श्रेष्ठ चयन भए ।… पुरा पढौ

बाटुलेचौरमा आयोजित श्रीकृष्ण भजन प्रतियोगितामा विभिन्न भजन समूहको प्रस्तुती दिने क्रम जारी

सन्देश श्रेष्ठपोखरा, साउन ३१ पोखराको बाटुलेचौरमा आज राष्ट्रिय श्रीकृष्ण भजन प्रतियोगिता जारी छ । शुक्ला साहित्य प्रतिष्ठान पोखरा–१६ बाटुलेचौरको आयोजनामा श्रीकृष्ण जन्माष्टमीको अवसरमा आज राष्ट्रिय श्रीकृष्ण भजन प्रतियोगिताको २६ औं श्रृङ्खला भइरहेको हो । प्रतियोगिताको गण्डकी प्रदेश, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले उद्घाटन गरेका थिए । पोखरा–१६ बाटुलेचौर ऐतिहासिक मैदानमा भइरहेको प्रतियोगितामा १६ टिमले प्रतिष्पर्धा गरिरहेका छन् । जसमा आधा भन्दा बढीले प्रतियोगी टिमले प्रस्तुती दिइसकेका छन् । बाँकी प्रतियोगी टिमले प्रस्तुती दिने क्रम जारी छ ।… पुरा पढौ

आज सिसुवामा ताया:मचा प्रतियोगिता हुँदै

पोखरामा आज तायाःमचा नृत्य प्रतियोगिता तथा गाईजात्रा महोत्सव आयोजना हुँदैछ । नेवाःखल कास्कीको आह्वान तथा सिशुवा नेवाः खलको आयोजनामा हुने प्रतियोगितामा ३५ टिम प्रतिस्पर्धा गर्दैछन् । जसमा पुरुष २७ वटा र महिला ८ वटा गरेर ३५ वटा टीमले सहभागिता जनाएकाे सिशुवा नेवाः खलका अध्यक्ष अर्जुनकुमार ताम्राकारले जानकारी दिए । तायाःमचा नाचको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनका लागि भन्दै हरेक वर्ष पोखरामा हुँदै आएको प्रतियोगिता यश वर्ष आज हुन लागेकाे हाे । समुदायमा परिवारको सदस्यको मृत्यू भएको एक वर्ष भित्र गाईजात्रा निकाल्ने… पुरा पढौ