समाचार

सुन-चाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? हेर्नुहोस

नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा छापावाल सुन तोलामा ६०० रुपैयाँ घटेको हो । जसअनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ९६ हजार २०० रुपैयाँ कायम भएको छ । बिहीबार सोही सुन तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँ थियो । यस्तै शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबार तोलामा २ हजार ३४० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर तोलामा २ हजार ३१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ… पुरा पढौ

पोखराको मुस्ताङचोकमा दुर्घटना : दुई युवा गम्भीर घाइते

पोखरा । पोखरा १७ स्थित मुस्ताङचोकमा आज बिहान दुर्घटना भएको छ । दुर्घटनापरि दुई युवा घाइते भएका छन् । दुर्घटनामा परेर घाइते भएका पोखरा महानगरपालिका वडा नम्बर २१ का २२ वर्षीय सुजन गौतमको गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको छ भने अर्का घाइते पोखरा १७ बिरौटा बस्ने २२ वर्षीय सुगम श्रेष्ठको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भैरहेको प्रहरीले जनाएको छ । घाइते दुवै जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ । बिहान करीब ६ बजे पोखराको मुस्ताङचोकमा पोखराको पृथ्वीचोकबाट बिरौटातर्फ जाँदै… पुरा पढौ

ओटेफकाे अध्यक्षमा ममता, महासचिवमा भावना

महिला पर्यटन व्यवसायीहरुको संस्था महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)को अध्यक्षमा ममता न्यौपाने निर्वाचित भएकी छन् । विहीबार सम्पन्न मञ्चको सातौं साधारण सभा तथा चौथो अधिवेशनले न्यौपानेको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो । ओटेफको उपाध्यक्षमा लक्ष्मी लामिछाने, महासचिवमा भावना रानाभाट, सचिवमा शारदा भुजेल, कोषाध्यक्षमा रिता रेग्मी पौडेल ‘मुना’, सहकोषाध्यक्षमा मिठु लामिछाने निर्वाचित भएकी हुन् । सदस्यहरुमा सुशीला भण्डारी, सरिता शर्मा, लक्ष्मी तिमिल्सिना, कान्ति अधिकारी, चन्द्रा पौडेल पहारी, सुनीता सुवेदी, चन्द्रा जिसी, मायाँदेवी लामिछाने, रेनु लामिछाने, शर्मिला थापा र मिरा… पुरा पढौ

ताराकुञ्ज ई. बो. स्कूल पोखरा १३ मा ‘डिजाइनिंग फ्युचर : मोटिभेसनल वर्कशप” आयोजना

पोखरा । ताराकुञ्ज ई. बो. स्कूल पोखरा १३ ले बिहिबार कक्षा ६ देखि १० सम्मका २ सय विद्यार्थीहरूको सहभागितामा बिहिबार “डिजाइनिंग फ्युचर : मोटिभेसनल वर्कशप” आयोजना गर्यो । कार्यक्रममा श्रोत ब्यक्ति पत्रकार/उत्प्रेरक दीपेन्द्र श्रेष्ठले बर्तमानको जगमा मात्र भबिष्य निर्माण हुने भएकोले बेलैमा लक्ष्य निर्धारण गरी अघि बढ्न आग्रह गर्नुभयो । सहजकर्ता श्रेष्ठले लक्ष्य निर्धारण, नो योरसेल्फ (Know Yourself), अर्जुन दृष्टि, पाठ्यपुस्तक भन्दा बाहिर पनि पठन संस्कृति निर्माण, अनुशासन, निरन्तरता, आत्मविश्वास विकास, नेतृत्व क्षमता, टीमवर्क, डेली रुटिन (टाइम टेबल) अध्ययन विधि… पुरा पढौ

पोखराको वरपिपल रिसोर्टले मनायो छैटौं वर्षगाँठ

पोखरा साउन २९ पोखराको वरपिपल रिसोर्टले छैटौं वर्षगाँठ मनाएको छ । रिसोर्टले कर्मचारी सम्मान, शैक्षिक सामग्री वितरण तथा केक काटेर आफ्नो छैटौं वर्षगाँठ मनाएको हो । वर्षगाँठको अवसरमा रिसोर्टमा विहीबार एक औपचारिक कार्यक्रम गरेर स्थापनाकालदेखि नै सेवारत कर्मचारीहरुलाई सम्मान गरियो । विशेष समारोहमा स्थापना कालदेखि हालसम्म कार्यरत पविनकुमार श्रेष्ठ, सुमन श्रेष्ठ, परशुराम राना, जीना लिम्बु, सचिन गुरुङ, लायक राम राजबंशी, हर्क गुरुङ, गिरिधारी उपाध्याय र चिन्मे विश्वासलाई सम्मान गरेको सञ्चालक जितु गुरुङले जानकारी दिए । यस्तै रिसोर्टले उत्कृष्ट स्टाफ अफ… पुरा पढौ

“घुमन्ते समूह” पोखराले मनायो प्रथम बार्षिकोत्सव

पोखरा । मर्निङ वाक गर्नेहरुको स्वतन्त्र सामाजिक समूह “घुमन्ते समूह” ले बुधबार (साउन २८ गते) आफ्नो प्रथम बार्षिकोत्सव मनाएको छ । समूहका अध्यक्ष (मुखिया) दशरथमान बुद्दाचार्य “काका” को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख सल्लाहकार आनन्दराज मुल्मीले समूहलाई अझ बढि क्रियाशिल र सिर्जनशिल बनाउन सुझाब दिनु भयो । समारोहमा हालै नेपाल प्रहरीमा एसएसपि मा बढुवा भई गण्डकी प्रदेश प्रहरी कार्यालयमा पदस्थापन हुनुभएका प्र.ब.उ. तुलबहादुर कार्कीलाई सम्मान गरिएको समूहका सक्रिय सदस्य सोबितमान बुद्दाचार्यले जानकारी दिनुभयो । समूहका सचिब बिमलमान गुभाजुले नयाँ सदस्यको रुपमा… पुरा पढौ

पोखरामा सेफ्टीट्याङ्की नभएको घर छैन : मेयर आचार्य

सन्देश श्रेष्ठपोखरा, साउन २९ पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले पोखरामा शतप्रतिशत घरमा सेफ्टीट्याङ्की भएको दाबी गरेका छन् । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)को सातौं साधारण सभा तथा चौथो अधिवेशनलाई सम्बोधन गर्दै उनले पोखरामा सेफ्टीट्याङ्की नभएको घर नै भएको दाबी गरेका हुन् । कार्यक्रममा बोल्दै उनले भने,‘पोखरामा शतप्रतिशत घरमा सेफ्टीट्याङ्की छ, अर्थात सेफ्टीट्याङ्की नभएको घर नै छैन ।’ मेयर आचार्यले शतप्रतिशत घरमा सेफ्टीट्याङ्की हुने सहर पोखरा मात्र भएको दाबीसमेत गरे । शतप्रतिशत घरमा सेफ्टीट्याङ्की भएको सहर पोखरा पनि हो भन्ने… पुरा पढौ

ओटेफद्वारा पत्रकार सुवेदी सम्मानित

पोखरा, साउन २९ महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)द्वारा सञ्चालित पर्यटन पत्रकारिता पुरस्कारबाट पत्रकार गोविन्द सुवेदी पुरस्कृत भएका छन् । ओटेफको विहीबार आयोजित सातौं साधारण सभा तथा चौथो अधिवेशनको उद्घाटन कार्यक्रमको अवसरमा सुवेदीलाई पर्यटन पत्रकारिता पुरस्कारबाट नगदसहित पुरस्कृत गरिएको हो । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराई, ओटेफकी अध्यक्ष उमा रेग्मी भण्डारी लगायतले दोषल्ला, नगद र सम्मान पत्रले सम्मान गरेका थिए । पुरस्कृत पत्रकार सुवेदी केन्द्रभाग मिडिया प्रालिद्वारा सञ्चालित केन्द्रखबर डटकमका प्रकाशक/सम्पादक हुन् । कार्यक्रममा पोखरा… पुरा पढौ

देवघाटमा लक्षचण्डी महायज्ञ हुने, बिहिबार पोखरामा बिद्वदगोष्ठी आयोजना

पोखरा । देवभूमि नेपालको ऐतिहासिक त्रिवेणी संगमस्थल देवघाट धाममा गलेश्वर आश्रमको शतवार्षिकोत्सव अवसरमा नेपालको इतिहासमै पहिलोपटक आयोजना हुने लक्षचण्डी विराट् महायज्ञ बारे बृहत् जानकारी दिन पोखरामा आज बिहिबार विद्वद गोष्ठी आयोजना भएको छ।लक्ष्य चण्डी महायज्ञ माघ १८ गतेदेखि फाल्गुन १७ गतेसम्म (तदनुसार 1st February – 1st March 2026) तय गरिएको छ र कार्यक्रम लगातार ३० दिनसम्म सञ्चालन हुनेछ। गलेश्वर आश्रमका पिठाधीश एवं अध्यक्ष महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजले लक्षचण्डी महायज्ञ बारे बिस्तृत जानकारी दिनु हुदै अष्टाङ्ग योगसिद्ध योगिराज गलेश्वर बाबाको… पुरा पढौ

महिला घरमै असुरक्षित

सन्देश श्रेष्ठपोखरा, साउन २९ नेपाल सरकारले “लैंगिक हिंसाबिरुद्ध शून्य सहनशिलता”को नारा तय गरेको दशकौं भयो । त्यो नारालाई गण्डकी प्रदेशलेपनि अवलम्वन गरेको छ । त्यसको रटान लगाउन स्थानिय तहहरुलेपनि तछाडमछाड गर्दै आएका छन् । तीन वटै तहले हरेक नीति तथा कार्यक्रममा सो नारासँगै नीति, योजना र कार्यक्रम घोषणा गर्छन् । महिला सशक्तिकरणका लागि भन्दै विविध कार्यक्रमहरु तय गरिन्छन् । त्यतिमात्र होईन, तीन वटै सरकारले त्यसलाई कार्यान्वयन गर्नका लागि हरेक वर्ष बजेट विनियोजन गर्छन् । त्योपनि हजार वा लाखमा होईन करोडौं… पुरा पढौ