समाचार

बहुविवाहलाई कानूनी मान्यता दिने प्रस्तावित मस्यौदाबिरुद्द पोखरामा भोलि प्रदर्शन हुने

पोखरा, साउन १८ शान्तिका लागि नागरिक समाज र महिला मानव अधिकार रक्षक सञ्जालले बहुविवाहलाई कानूनी मान्यता दिने प्रस्तावित मस्यौदाबिरुद्द पोखरामा प्रदर्शन गर्ने भएको छ । दुई संस्थाले भोलि सोमबार जिल्ला प्रशासन कार्यालय अगाडि सहिदचोकमा धर्ना दिने भएको हो । धर्नापश्चात कास्कीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाईने शान्तिका लागि नागरिक समाज कास्कीका अध्यक्ष बिना सिलवाल र महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीका अध्यक्ष केशु भुजेलले एक सूचना निकालेर जानकारी दिएका हुन् । सरकारले मुलुकी अपराध संहिता धारा १७५ संसोधन गरी… पुरा पढौ

कास्की मोर्डनाइज्डको वक्तृत्वकलामा सुविक्षा र प्रेना प्रथम

पोखरा, साउन १८पोखरा–१४ चाउथेमा रहेको कास्की मोर्डनाइज्ड एकेडेमीले कक्षा ११÷१२ मा अध्ययन गर्ने विद्यार्थीहरुको अन्तरसदनात्मक वक्तृवकला प्रतियोगिता सम्पन्न गरेको छ ।आफ्नै प्रेक्ष्यालयमा सञ्चालित उक्त वक्तृत्वकला प्रतियोगिता नेपाली र अङ्ग्रेजी दुवै माध्यममा भएको थियो । विद्यार्थीहरु चारओटा सदनबाट नेपाली र अङ्ग्रेजी दुवै तर्फ २÷२ जना गरी जम्मा १६ जना सहभागी भएका थिए । विद्यालयका नेपाली विभाग प्रमुख निरोज के.सी.को अध्यक्षतामा सञ्चालित उक्त प्रतियोगितामा विद्यालयका संस्थापक प्राचार्य श्री रामबहादुर मोचीले संसारमा गोली भन्दा मानिसको बोली शक्तिशाली हुने हुनाले यस्तो प्रतियोगिताबाट विद्यार्थीहरुले आफूभित्रको… पुरा पढौ

तनहुँको ऐना पहरा नजिकै बस खस्यो

पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ(पोखरा सडकखण्डको तनहुँको ऐना पहरा नजिकै यात्रुबाहक बस मस्र्याङ्दी नदी किनारमा खसेको छ । गोरखाबाट नारायणगढका लागि छुटेको ग.२ ख. १०७७ नम्बरको बस मर्स्याङ्दी नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बसमा कति सवार छन् भन्ने यकीन नभएपनि २ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेहरुको उद्वार कार्य जारी छ । बस मर्‍याङ्दी नदी किनारामा उत्तानो परेको अवस्थामा रहेको र यात्रुहरूको उद्धार कार्य जारी रहेको प्रहरीको भनाई छ । पुरा पढौ

दोस्रो पर्वतीय दौडलाई मजेष्टिक लेक फ्रण्ट होटलको साथ

पोखरा १८, साउन पोखरा लेकसाइडमा रहेको मजेष्टिक लेक फ्रण्ट होटल एण्ड सुइट्सले असोज ४ गते पोखरामा हुन गइरहेको दोस्रो पुम्दी—भुम्दी पर्वतीय दौड प्रतियोगितामा सहकार्य गर्ने भएको छ । होटलका सञ्चालक सुनिलबहादुर भट्टराई र दोस्रो पर्वतीय दौड प्रतियोगिताका संयोजक दीननाथ बराल बीच उक्त सहकार्यमा सम्झौता भएको हो । करिब सात रोपनी क्षेत्रमा फैलिएको होटलमा हाल तीन स्वीट रुमसहित डिलक्स र सुपर डिलक्स गरी ३८ रुम रहेकामा आउँदो असोजमा २४ रुम नयाँ थप हुने अर्को एक तीन सय सिट क्षमताको सभाहल निर्माणपछि… पुरा पढौ

पोखरामा ६ दिने टुरिस्ट गाइड तालिम सुरु

पोखरा, साउन १८ पोखरामा ६ दिने टुरिस्ट गाइड तालिम सुरु भएको छ । नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको संयुक्त आयोजनामा पोखरामा टुरिस्ट गाईड तालिमको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले उद्घाटन गरे । अन्तराष्ट्रिय टुरिस्ट गाइड उत्पादन गर्ने उद्देश्यले आयोजित तालिममा गण्डकी अल्पाइन क्लब र काठमाण्डौं इन्भायरोनमेण्टल एजुकेशन प्रोजेक्टको प्राविधिक सहयोग रहेको छ । तालिममा ७ महिलासहित २३ जना टुरिस्ट गाईडहरु सहभागी छन् । पोखरामा अन्तर्राष्ट्रिय स्तरका टुरिष्ट गाइडहरुको अभाव महशुष… पुरा पढौ

अडिटर्स एसोसिएशनको स्थापना दिवसमा सहयोग

लेखनाथ, १८ साउन । अडिटर्स एसोसिएशन (अडान ) कास्कीले अडान डे को उपलक्ष्यमा मानव सेवा आश्रम हेम्जालाई सहयोग गरेको छ । २०औ अडान डे को अवसर पारेर अडिटर्स एसोसिएशन कास्कीले मानव सेवा आश्रम हेम्जामा रहेका बुबा आमाहरूलाई खाना खुवाउने र बेल बिक्षारोपण गर्ने काम गरी स्थापना दिवस मनाएको हो । नेपाल अडिटेर्स एसोसियसन (अडान) जिल्ला कार्य समिति कास्कीले स्थापना दिवसमा कुनै न कुनै नयाँ काम गर्दै आएकोमा यस वर्ष सेवा नै धर्म हो भन्ने भावनाले मानवसेवा आश्रम हेमजामा भोजनसेवा र… पुरा पढौ

जन्मदर्ता बिग्रियो ? चिन्ता नमान्नूस् ! अब सच्याउन पाईन्छ

१८ साउन, काठमाडौं । के तपाईंको व्यक्तिगत घटना विवरण बिग्रिएको छ । वा आफ्नो व्यक्तिगत घटना विवरण विग्रिएर झञ्झट व्यहोरेर चिन्तामा हुनुहुन्छ ? यदि आफ्नो व्यक्तिगत घटना विवरण बिग्रिएको छ भने अब तपाईंले चिन्ता लिनुपर्दैन । किनकी अब एक पटकलाई व्यक्तिगत घटना विवरण मिलाउन पाईने भएको छ । यसअघि जन्मदर्ता कागजमा भएको नाम, जन्म मिति, जन्म स्थानलगायतका विवरण बिग्रिदा झञ्झट व्यहोर्नुपरेको थियो । जसका कारण नागरिकता, राष्ट्रिय परिचय पत्रमासमेत नाम, ठेगाना वा जन्म मिति बिग्रिएकै बनाउनुपर्ने बाध्यता थियो । तर… पुरा पढौ

स्व.तारापति भट्टराईको स्मृति ग्रन्थ लोकार्पण

साउन १८ तनहुँका राजनीतिक नेता तथा सामाजिक अभियन्ता स्व.तारापति भट्टराईको ‘म र मेरो भन्दा माथि नेपाल आमा तथा नेपाली सन्तान’ स्मृति ग्रन्थ लोकार्पण भएको छ । तारापति स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा स्व.भट्टराईको स्मृति ग्रन्थ ‘म र मेरो भन्दा माथि नेपाल आमा तथा नेपाली सन्तान’को पूर्व राष्ट्रपति रामवरण यादवले लोकार्पण गरेका हुन् । स्मृति ग्रन्थमा स्व.भट्टराईसँग सम्बन्धित घटना र विषयमा समकालीन राजनीतिक र सामाजिक क्षेत्रका ४० जना लेखकले लेखेका लेख समावेश छन् । १९८९ चैत्र १ गते जन्मेर २०६१ साल… पुरा पढौ

प्रजातान्त्र सेनानी गणेश बहादुर परियारको ९१औं जन्मजयन्तीमा सम्मान तथा पुरस्कार अर्पण

पोखरा । अग्रज प्रजातन्त्र सेनानी तथा सामाजिक रूपान्तरणका प्रेरणा श्रोत स्व. गणेश बहादुर परियारको ९१औं जन्मजयन्तीको अवसरमा शनिबार (साउन १७ गते) सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। शनिश्वरी माई गुणी र परियार सेवा समाजको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा प्रमुख अतिथि सम्बाद नेपालका अध्यक्ष निलकण्ठ शर्माले स्व. परियारलाई ‘राष्ट्रलाई जातिभन्दा माथि राख्ने’ एक असल योद्धा भन्दै उहाँको योगदान सधैं प्रेरणाको स्रोत रहने उल्लेख गर्नुभयो। उहाँले, “हामी आज गणेश परियार जस्ता अग्रजप्रति सम्मान व्यक्त गर्दै उहाँको चेतनालाई सजिव राख्ने प्रयासमा संलग्न… पुरा पढौ

क्वाँटी संस्कृति प्रवर्द्धनमा गौंडाकोमुखका नेवार समुदाय

पोखरा, साउन १७ नेवारी समुदायले शुरु गरेको क्वाँटी अहिले सबै जातजातिका लागि सर्वप्रिय बनेको छ । स्वास्थ्यका लागि पनि राम्रो मानिएको यो नेवारी समुदायले जनै पूर्णिमाका दिन खाने चलन रहेको थियो । तर पछिल्लो क्रममा सो दिन सबै जातजातिकाले खाने गरेकाले क्वाँटी हाल लोकप्रिय बनेको हो । नेवारी भाषामा ‘क्वाँ’ भनेको तातो र ‘टी’ भनेको झोल हो । जसको पूरा अर्थ तातो झोल भन्ने लाग्छ । नेवारी समुदायमा जनै पूर्णिमाको दिनलाई क्वाँटी पूर्णिमा भनेर मनाउने चलन छ भने सो दिन… पुरा पढौ