समाचार

सुन-चाँदीको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

नेपाली बजारमा मंगलबार सुनको मूल्य वृद्धि भएको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा १९०० रुपैयाँ वृद्धि भएको हो । जसअनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार भने छापावाल सुन तोलामा १ लाख ९६ हजार ६०० रुपैयाँ थियो । यसैबीच चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार २५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार २८० रुपैयाँ पुगेको हो । पुरा पढौ

पोखरामा चलचित्र मोहरको प्रचारप्रसार, दर्शकको भीड सहित “मोहर साँझ” सम्पन्न

पोखरा । साउन २३ गतेबाट अल नेपाल रिलिज हुन लागेको नेपाली सिनेमा मोहरको प्रचारप्रसारका लागि आयोजित मोहर साँझ कार्यक्रम पोखराको पृथ्वीचोकमा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमले लामो समयदेखि प्रतिक्षामा रहेका फिल्मप्रेमीहरूलाई उत्साहित बनाएको छ । कार्यक्रमको मुख्य आकर्षण अभिनेता पल शाह र गायक थानेश्वर गौतमको विशेष प्रस्तुति रह्यो। साथमा अन्य कलाकारहरूको समेत प्रभावशाली प्रस्तुति रहेको कार्यक्रममा दर्शकको उल्लेखनीय उपस्थिति देखियो। पृथ्वीचोकको माहोल निकै रमाइलो र सांगीतिक बनेको थियो । सिनेमा प्रचारका लागि पोखरा आएका पल शाहलाई दर्शकले उत्साहपूर्वक… पुरा पढौ

कक्षा १२ को पूरक परीक्षा आगामी भदौ २८ र २९ गते हुने

कक्षा १२ को पूरक परीक्षा आगामी भदौ २८ र २९ गते सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार नतिजा सार्वजनिक गर्दै पूरक परीक्षाबारे जानकारी दिएको हो । आगामी भदौ २८ र २९ गते पूरक परीक्षा (ग्रेड वृद्धि) हुने बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए । कक्षा १२ को परीक्षा गत वैशाख २१ गते देखि सञ्चालन गरिएको थियो ।परीक्षामा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख… पुरा पढौ

कक्षा १२ को पुनर्योगका लागि साउन २९ गतेसम्म आवेदन दिन सकिने

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफलमा चित्त नबुझेका विद्यार्थीहरूका लागि पुनर्योगको लागि साउन २९ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ ।बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले आज एक सूचना जारी गर्दै पुनर्योग गर्न चाहनेले अनलाइनमार्फत निवेदन दिन आग्रह गरेको हो।गत वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालित कक्षा १२ को नियमित तथा आंशिक परीक्षाको नतिजा साउन १९ गते प्रकाशित भएको थियो। पुरा पढौ

पोखरामा लागूऔषधसहित एक पक्राउ

पोखरा, साउन १९ पोखरामा लागूऔषधसहित एक जना पक्राउ परेका छन् । धादिङ घर भई हाल पोखरा–२७ रिट्ठेपानी लामटार बस्ने २४ वर्षिय राजन गुरुङलाई कास्की प्रहरीले सोमबार साँझ लागूऔषधसहित पक्राउ गरेको हो । लागूऔषधको कारोबार भइरहेको सूचना प्राप्त भएपछि लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत ईलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलिले गुरुङको घर खानतलासी गर्दा बुप्रिनर्फिन–२५८एम्पुल, डाईजापाम–२२४एम्पुल, फेनरागन–१७६ एम्पुल गरी जम्मा ६५८ एम्पुल बरामद गरेको कास्की प्रहरीले जनाएको छ ।… पुरा पढौ

जर्ज जोन शिक्षा प्रतिष्ठानद्वारा लालचनसहित ५ शिक्षासेवी पुरस्कृत

जर्ज जोन शिक्षा प्रतिष्ठानले बरिष्ठ शिक्षासेवी नरेन्द्रमान चालचनसहित ५ जना शिक्षासेवीहरुलाई सम्मान गरेको छ । प्रतिष्ठानको २९ औँ वार्षिकोत्सवका अवसरमा पोखरा बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष नरेन्द्रमान लालचनसहित ५ जनालाई सम्मान गरिएको हो । कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका प्राडा लेखनाथ भट्टराई, प्राडा यादव गौडेल, शिक्षासेवी छविलाल आचार्य र स्वास्थ्यकर्मी शकुन सिंहलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मानित शिक्षासेवी पाँचै जनालाई सम्मानपत्र, दोसल्ला र नगद पुरस्कार अर्पण गरेका थिए । कार्यक्रममा मुख्यमन्त्री पाण्डेले शिक्षासेवीहरुको समर्पण समुदायकै… पुरा पढौ

वहुविवाह सम्बन्धि मस्यौदाबिरुद्द पोखरेली अधिकारकर्मीहरुको प्रदर्शन

पोखरा, साउन १९ बहुविवाह मान्दैनौं भन्दै पोखरामा प्रदर्शन भएको छ । बहुविवाहलाई मान्यता दिनेगरी बनेको कानून्को मस्यौदाबिरुद्ध कास्केली अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालय कास्की अगाडि रहेको सहिद पार्कमा प्रदर्शन गरेका हुन् । शान्तिका लागि नागरिक समाज कास्की र महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीको आह्वानमा भएको प्रदर्शनमा सहभागीहरुले बहुविवाहबिरुद्द लेखिएका प्लेकार्ड बोक्नुका साथै नाराबाजीसमेत गरेका थिए । उनीहरुले ‘बहुविवाह मान्दैनौं’, ‘बहुविवाहलाई कानूनी मान्यता दिने मस्यौदा खारेज गर’, ‘नेपाल सरकार खबरदार !’, ‘महिला हिंसा अन्त्य गर, महिलाको संवैधानिक अधिकार सुनिश्चित गर’, ‘संविधानले… पुरा पढौ

मगर र गुरुङ भाषालाई कामकाजको भाषा बनाउने विधेयक प्रदेश प्रमुखद्वारा प्रमाणिकरण

पोखरा, १९ साउन ।     गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रदेश सभाबाट पारित भई आएका दुई वटा विधेयक संविधानको धारा २०१ को उपधारा (२) बमोजिम आज (सोमबार) प्रमाणीकरण गर्नुभएको छ । गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘गण्डकी प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण गर्नुभएको हो । गत १२ गते प्राप्त भएको पत्र सोमबार प्रमाणीकरण भएको प्रदेश प्रमुख कार्यालयका सहायक प्रवक्ता सीता… पुरा पढौ

सडक मानवमुक्त प्रदेशको यात्रामा सरकार र समाज एकसाथ अघि बढ्दैछ : मन्त्री थापा

पोखरा ।गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सडक मानवमुक्त प्रदेशको यात्रामा सरकार र समाज एकसाथ अघि बढिरहेको बताएका छन् । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानवसेवा आश्रम पोखरामा एनएमबी बैंकद्वारा आयोजित सौर्य उर्जा हस्तान्तरण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।गण्डकी प्रदेश सरकारको सडक मानवमुक्त प्रदेश निर्माणको परिकल्पनालाई सार्थक बनाउने क्रममा मानवसेवा आश्रमसँगको सहकार्यलाई उनले एक महत्वपूर्ण नीतिगत पहलकदमीको रूपमा व्याख्या गरेका छन् । सामाजिक उत्तरदायित्वका माध्यमबाट सञ्चालनमा रहेको मानवसेवा आश्रमलाई आश्रय, माया र सम्मान खोजिरहेका… पुरा पढौ

अन्नपुर्ण केवलकारलाई प्रादेशिक उत्कृष्टताको प्रशंसा पत्र

पोखरा, व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य व्यबस्थापन र कार्यान्वयनमा उत्कृष्ट भएको भन्दै अन्नपुर्ण केवलकार लिमिटेडलाई श्रम कार्यालय पोखराले सम्मान गरेको छ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, श्रम तथा रोजगार कार्यालय पोखराले अन्नपुर्ण केवलकार लिमिटेडलाई प्रशंसा पत्र प्रदान गर्दै हालै सम्मान गरेको हो । गण्डकी प्रदेश भित्रका जिल्ला स्तरीय प्रतिष्ठान र उद्योगहरुको आर्थिक बर्ष २०८१÷८२ मा गरिएको अनुगमन तथा निरीक्षणका क्रममा अन्नपुर्ण केवलकार लिमिटेडले श्रम ऐन २०७४ र श्रम नियमावली २०७५ बमोजिम… पुरा पढौ