समाचार

पोखरा ल्याउँदै गरेको झण्डै ३ केजी गाँजासहित एक जना पक्राउ

पोखरा, साउन ८ पोखरा ल्याउँदै गरेको झण्डै ३ केजी लागूऔषध गाँजासहित मंगलबार एक जना पक्राउ परेका छन् । पृथ्वी राजमार्गहुँदै पोखरा ल्याउँदै गरेको ३ केजी ९ सय ग्राम गाँजासहित गोरखा अजिरकोट गा.पा. वडा नं.३ बस्ने बर्ष २५ को प्रकाश गुरुङलाई कास्की प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट एक हजार रुपैयाँ नगद र एउटा मोवाइलसमेत बरामद गरेको प्रहरीको भनाई छ । ग.६ प. १६३० नम्बरको मोटरसाइकलमा सवार उनलाई खैरो रङको नर्थ फेस झोलामा लुकाईछिपाई गाँजा ल्याईरहेको अवस्थामा पोखरा–३२ लामेआहालमा प्रहरीले… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि पशु क्वारेनटाईन चेकपोस्ट राखिने

पोखरा, साउन ८ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि पशु क्वारेन्टाईन चेकपोस्ट राखिने भएको छ । नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पोखरा अन्तर्राराष्ट्रिय विमानस्थलमा पशु क्वारेन्टाईन चेकपोस्ट स्थापना र सञ्चालन गर्ने निर्णय गरेको हो । सो निर्णय अनुसार मन्त्रालयले राजपत्रमा विहीबार सूचना प्रकाशित गरेको छ । सो सूचना राजपत्रमा प्रकाशित भएसँगै पोखरा अन्तर्राराष्ट्रिय विमानस्थलमा पशु क्वारेन्टाईन चेकपोस्ट स्थापना र सञ्चालन हुने भएको छ । सरकारले पोखरासँगै भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि पशु क्वारेन्टाईन चेकपोस्ट स्थापना र सञ्चालन गर्ने जनाएको छ ।… पुरा पढौ

सिटीवान टेलिभिजनको तीज मेलाभाद्र ४ र ५ गते हुने

सिटीवान टेलिभिजनले आयोजना गर्ने प्रदेश स्तरीय तीज गीत प्रतियोगिताको चौथो संस्करण आउँदो भाद्र ४ र ५ गते हुने भएको छ । तिजको बेला सिटीवानको साँस्कृतिक मेला, प्रदेश स्तरीय खुल्ला तीज गीत प्रतियोगिताको नाममा हुने कार्यक्रम गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा हुनेछ । कार्यक्रमा गण्डकी प्रदेश भित्रका करीव १ सय टिमको सहभागिता रहने टेलिभिजनका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक चिनु गुरुङ्गले जानकारी दिईन् । यस वर्षको संस्करणमा स्कुलका विद्यार्थीहरुलाई तीज सस्कृतीका बारेमा जानकारी दिने उद्धेश्यले विद्यार्थीका समुहहरुलाई पनि प्रतियोगितामा सहभागिता गराउने लक्ष्य रहेको… पुरा पढौ

केसीविरुद्धको अनुशासन कारबाहीपछि कांग्रेस कास्की सभापति बरालको खुला पत्र : “यो व्यक्तिगत बदला होइन, पार्टी प्रतिको जिम्मेवारी हो”

पोखरा ।नेपाली कांग्रेस कास्कीका सभापति तथा २०७९ सालको संघीय निर्वाचनका उम्मेदवार किशोर दत्त बरालले अनुशासन समितिबाट कारबाही सिफारिसमा परेका पार्टी नेता कृष्णबहादुर केसीलाई सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक खुला पत्र लेख्दै पार्टी र व्यक्तिगत सम्बन्धका बिचको संवेदनशील सन्तुलनबारे धारणा सार्वजनिक गरेका छन्। सातपृष्ठ लामो भावनात्मक र राजनीतिकरूपमा गहिरो पत्रमा बरालले लेखेका छन् — “तपाईंलाई कारबाही सिफारिस हुनुमा मलाई खुशी लागेको होइन। तर पार्टीभित्रको अनुशासन, मूल्य र उत्तरदायित्वका कारण यो आवश्यक भयो। यो कुनै व्यक्तिगत बदला होइन।”तपाईं विरुद्धको कारबाही ढिलो भयो… पुरा पढौ

पोखरामा आदिवासी जनजाति महिला तथा किशोरीका अधिकार सम्बन्धी आधारभूत सिफारिस संख्या (जिआर)–३९ सम्बन्धि तालिम सुरु

पोखराः राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ (निफ)को आयोजनामा पोखरामा आदिवासी जनजाति महिला तथा किशोरीका अधिकार सम्बन्धी आधारभूत सिफारिस संख्या (जिआर)–३९ सम्बन्धी दुईदिने तालिम सुरु भएको छ ।भोलिसम्म सञ्चालन हुने तालिम राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ (निफ) केन्द्रिय समितिको आयोजना र गण्डकी प्रदेश प्रदेश समन्वय परिषद्को समन्वयमा तालिम सुरु भएको हो । दुईदिन सम्म सञ्चालन हुने तालिममा गण्डकी प्रदेशका ५५ जना महिलाहरुको सहभागिता रहेको छ ।तालिमको उद्घाटनपछि बोल्दै गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङले समाजमा मिलेर प्रगति गरेको देख्न नसक्ने… पुरा पढौ

पदयात्रा पर्यटन सुधारका लागि टान गण्डकीको १४ बुँदे ध्यानाकर्षण

पोखरा, साउन ६ ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) गण्डकी प्रदेशले नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयलाई गण्डकी क्षेत्रको पर्यटन प्रवद्र्धन तथा व्यवस्थापन सुधार सम्बन्धि १४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्य, निवर्तमान अध्यक्ष धर्मराज पन्थी सहितको टोलीले पर्यटन क्षेत्रको गुणस्तर, सुरक्षा, अवैध ट्रेकिङ न्यूनीकरण, पूर्वाधार सुधार लगायतका ११ बुँदे घोषणा पत्र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितिमा संघ सरकारका वन तथा वातावरण मन्त्री ऐनबहादुर साही ठकुरीलाई बुझाएको हो । ध्यानाकर्षण पत्रमा टान गण्डकीले पदयात्रा… पुरा पढौ

प्रतिभामा स्वागत : ‘सगरमाथाको आधारशिविर त पक्कै पुगिन्छ’

पोखरा, साउन ६पोखराको पालिखेचोकस्थित प्रतिभा माविले कक्षा ११ मा विज्ञान विषयमा भर्ना भएका नवआगन्तुक विद्यार्थीका लागि मंगलबार स्वागत तथा उत्प्रेरणामुलक कार्यक्रम आयोजना गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) उत्तिर्ण गरि प्रतिभामा भर्ना भएका विद्यार्थीका लागि कार्यक्रम आयोजना गरिएको हो ।विद्यालयले सोमबार व्यवस्थापन र होटल व्यवस्थापन विषयका विद्यार्थीका लागि स्वागत कार्यक्रम राखेको थियो । मंगलबार भने विज्ञान विषयका विद्यार्थीका लागि स्वागत र उत्प्रेरणामुलक कार्यक्रम राखेको विद्यालयका प्राचार्य किरण सापकोटाले बताए । मंगलबारको कार्यक्रमको राष्ट्रिय परीक्षा बोर्ड पोखराका प्रमुख गोविन्दराज पोखरेलले… पुरा पढौ

पोउवा संघका अध्यक्ष कार्की चीन प्रस्थान, उपाध्यक्ष बास्तोलालाई कार्यवाहकको जिम्मेवारी

पोखरा,६ साउन । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की तथा पूर्वअध्यक्ष विश्वशंकर पालिखेले नेपाल तथा जनवादी गणतन्त्र चीनबीच दौत्य सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सवको विशेष समारोहमा सहभागिता जनाउने भएका छन् । सो समारोहमा सहभागिता जनाउन अध्यक्ष कार्की तथा पूर्वअध्यक्ष पालिखे मंगलबार हिमालय एयरलायन्सको विमानबाट तिब्बत प्रस्थान गरेका हुन् । अध्यक्ष तथा पूर्वअध्यक्षलाई पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष तथा उद्योगतर्फका उपाध्यक्ष दीनेशचन्द्र बास्तोला,वाणिज्यतर्फका उपाध्यक्ष बलराम आचार्य,महासचिव शोभा गौतम,कोषाध्यक्ष मनोज श्रेष्ठ,उपमहासचिव सुदीप प्रधानाङ्ग तथा कार्यसमिति सदस्य जीवन श्रेष्ठलगायतले विदाइ गरे… पुरा पढौ

पोखरामा नवजात शिशुको हत्या गरेको आरोपमा आफ्नै बुबा पक्राउ

साउन ७ गते पोखरामा नवजात शिशुको हत्या गरेको आरोपमा आफ्नै बुबा पक्राउ परेका छन् । पोखरा–१४ चाउथेमा गत असोज १३ गते साँझ साढे ५ बजे जेब्रा झोलाभित्र मृत भेटिएका नवजात शिशुको हत्या गरेको आरोपमा आफ्नै बुबालाई कास्की प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मृतक नवजात शिशुका बुबा नुवाकोटको बेलकोटगढी नगरपालिका–५ घर भई हाल पोखरा–९ नागढुंगा निवासी ३७ वर्षिय गोविन्द लामिछाने रहेका छन् । पुनः सन्तान लाभका लागि श्रीमतीलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी) ल्याएका बेला उनलाई पक्राउ गरिएको कास्की प्रहरीले… पुरा पढौ

आज ४३ औं बीपी स्मृति दिवस मनाइँदै

प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४३औं स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् । कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते भएको हो । विसं २०१५ को संसदीय निर्वाचनपछि विसं २०१६ जेठमा उनी पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति… पुरा पढौ