समाचार

गण्डकीमा उद्योग, शिक्षालय र प्रशिक्षार्थी पुरस्कृत

पोखरा ।गण्डकी प्रदेश सरकार अन्तर्गत सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा ‘दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना’ अन्तर्गत औद्योगिक प्रशिक्षार्थी तालिम (अपे्रन्टिशीप) कार्यक्रमका उत्कृष्ट शिक्षालय, उद्योग र प्रशिक्षार्थीलाई एक कार्यक्रममा सम्मान गरिएको छ ।शिक्षालय तर्फ निर्मल मावि, व्यास तनहुँ प्रथम घोषित हुँदै रु ५० हजारसहित सम्मानित भयो भने धवलागिरी बहुप्राविधिक शिक्षालय, थासाङ मुस्ताङ द्वितीय रु ३० हजार, पोखरा प्राविधिक शिक्षालय तृतीय रु २० हजार र रणविर जनहित मावि, वालिङ स्याङ्जा चौथो रु १० हजार नगद सहित सम्मानति भए… पुरा पढौ

कास्कीमा अनिवार्य तथा निशुल्क शिक्षाको प्रभावकारी कार्यान्वयनकालागि अन्तरक्रिया सम्पन्न

पोखरा । संविधानले प्रत्याभूत गरेको अनिवार्य तथा निशुल्क शिक्षाको कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले कास्की जिल्लामा सरोकारवालाहरूको सहभागितामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल सरकारले २०७८ सालमा पास गरेको ‘निःशुल्क तथा अनिवार्य विद्यालय शिक्षा ऐन, २०७५’ को कार्यान्वयन अन्तर्गत आगामी २०८५ वैशाख १ गतेदेखि यो प्रावधान पूर्ण रूपमा लागू गर्ने तयारी गरिरहेको सन्दर्भमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा जिल्ला शिक्षा समितिका संयोजक लीलाधर पौडेलले निशुल्क शिक्षा अब व्यवहारमा लागू हुन लागेको कुरालाई सकारात्मक परिवर्तनको संकेत… पुरा पढौ

‘हाम्रो खुशी पाठ्यक्रम’कार्यशाला लुम्लेमा सम्पन्न

पोखरा । ‘हाम्रो खुशी पाठ्यक्रम दृष्टिकोण निर्माण कार्यशाला’ कास्कीको लुम्लेस्थित कृषि अनुसन्धान निर्देशनालयमा आईतबार सम्पन्न भएको छ। कालीगण्डकी गाउँपालिकाको आयोजनामा पाँच सञ्चालित उक्त कार्यशालामा कालीगण्डकी गाउँपालिकाबाट ८९ जना र कावासोती तथा मध्यमिन्दु नगरपालिकाबाट ८ जना गरी कुल ९७ जना सहभागी भएका थिए। कार्यक्रममा गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले संघीय संरचनापछि स्थानीय तहलाई पाठ्यक्रम निर्माणको अधिकार मिल्नु निकै ठूलो उपलब्धि हो भएकाे बताए । 'अब आफ्नै गाउँ, आफ्नै माटोमै बसेर शिक्षादिन पाउने अवस्था छ। म त्यस्ता शिक्षकहरूप्रति… पुरा पढौ

छिन्नलता पुरस्कार–२०८२ बाट गायन तर्फ इतु/रामभक्त जोजिजु दम्पती सम्मानित

पोखरा । बरिष्ठ गीतकार रमोला देवी शाह ‘छिन्नलता’को १०३ औं जन्मजयन्ती तथा ४३ औं छिन्नलता गीत पुरस्कार २०८२ को अवसरमा आइतबार काठमाडौँमा एक विशेष कार्यक्रमको आयोजना गरी नेपाली गीत-संगीत क्षेत्रका विशिष्ट स्रष्टाहरूलाई सम्मानित गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि, सम्माननीय प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले चार विधामा छनोट गरिएका स्रष्टाहरूलाई नगद राशिसहित सम्मानपत्र प्रदान गरे। यस वर्षको छिन्नलता गीत पुरस्कार अन्तर्गत गीत रचना विधामा वरिष्ठ गीतकार राजेन्द्र रिजाललाई नगद १ लाख रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको छ। संगीत सिर्जना विधामा अच्युतप्रसाद फुयाल… पुरा पढौ

चलचित्र पत्रकार संघ कास्कीले मनायो २२ औं स्थापना दिवस

पोखरा ।चलचित्र पत्रकार संघ नेपाल कास्कीको २२ औं स्थापना दिवसको अवसरमा आज आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम विविध धारणा, सुझाव र प्रेरणादायी मन्तव्यले सम्पन्न भएको छ ।चलचित्र पत्रकार संघ नेपाल कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले कार्यसमितिमा देखिएको समस्याको समाधान गर्न आफूले जिम्मा लिएको बताउँदै केन्द्रबाट अधिवेशनका लागि परिपत्र आएपछि छैटौं अधिवेशन गरिने जानकारी गराए । उनले २०६० साल असार २२ गते संस्थाको स्थापना भएको र संस्थाले विविध चुनौति पार गर्दै यहाँसम्म आएको उल्लेख गरे ।संघका सल्लाहकार सुरेश रानाभाटले संघलाई… पुरा पढौ

मेकानिक्स, व्यवसाय प्रवर्धनका लागी वर्कसप छलफल कार्यक्रम

गण्डकी अटो मेकानिक्स वक्र्स एशोसियसनले सदस्य वर्कसप संचालक र मेकानिक्स मजदुरका लागी वर्कसप छलफल कार्यको शुरुवात गरेको छ । २०४९ देखि पोखरामा शुरुवात गरीएको एशोसिएसनले मेकानिक्सको क्षमता र दक्षता अभिवृद्धि सहित विविध रचनात्मक सामाजिक कार्यहरु गर्दै आएको एशोसियसनका अध्यक्ष विष्णुप्रसाद अधिकारीले बताए । पोखरामा संचालित भएका ठुला साना ४ पाङ्गग्रे साधनको मर्मतमा कार्यरत मजदुरलाई काम जिम्मेवारी महसुस सङ्गै, सवारी साधनको वास्तविक पहिचान, मर्मतका लागी मेकानिक्सहरुलाई जिम्मेवारी बनाउन कार्यक्रम गरीएको पूर्व अध्यक्ष एंव नेपाल अटोमेकानिक्स व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष कुलबहादुर नेपालीले… पुरा पढौ

प्रथम प्रगति एसई.ई. कप छात्रतर्फको उपाधि मुखिया समूहलाई

पोखरा प्रथम प्रगति एस.इ.इ. कपको छात्र फुटबलको उपाधि मुखिया समुहले उचालेको छ। एस इ इ परीक्षा दिएर बसेका विद्यार्थीलाई केन्द्रित गरी पोखराको बाटुलेचौरमा रहेको प्रगति सेकेण्डरी स्कुलले पहिलो पटक आयोजना गरेको खेल प्रतियोगिता अन्तर्गत छात्र फुटबलको उपाधि मुखिया समुहले उचालेको हो। प्रतियोगितामा भलाम बि दोस्रो भएको छ । प्रतियोगितामा १६ टिमले सहभागिता जनाएको आयोजकले जनाएको छ ।८ टिमले सहभागिता जनाएको छात्र बास्केटबलमा मर्दीखोला समुह प्रथम र अन्नपूर्ण कास्की समुह दोस्रो भयो । छात्रा बास्केटबलमा अमिची समुह प्रथम र मर्दीखोला समुह… पुरा पढौ

रेवान पोखराद्वारा होटल, रेष्टुरेण्टका सेफ तथा म्यानेजरहरुलाई स्वच्छ खाद्य सेवा तालिम प्रदान

२२ असार,पोखरा रेस्टुरेन्ट एण्ड बार एसोसिएसन अफ नेपाल रेवान पोखराको आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोग, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराको प्राविधिक सहयोगमा एक दिने रेस्टुरेन्ट तथा होटलमा सुरक्षित र स्वच्छ खाद्य सेवा तालिम कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै नेपाल पर्यटन बोर्ड गण्डकीका कार्यालय प्रमुख मणीराज लामिछानेले पोखरा पर्यटकीय राजधानी सहर भएकाले यहाँ आउने पर्यटकलाई स्वास्थ्य खाना पस्किनुपर्नेमा जोड दिए । तालिम पश्चात् पोखराको खाद्य गुणस्तरमा थप सुधार आउने उनले अपेक्षा व्यक्त… पुरा पढौ

बक्स पोखराको आयोजनामा पोखरामा ‘खुल्ला फुटसल प्रतियोगिता’ आयोजना हुँदै

पोखरा, असार २२ पोखरामा असार २७ गतेदेखि खुल्ला फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । बक्स पोखराको आयोजनामा पोखरा रंगशालाको बहुउद्देश्यीय खेल भवन (कभर्ड हल)मा हुने प्रतियोगिता असार २९ गतेसम्म हुने आयोजकले आईतबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । एक्सपोजर दिएर प्रतिभावान खेलाडीको पहिचान गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा करीब ३० टिमको सहभागिता हुने आयोजकको अनुमान छ । खुल्ला फुटसल प्रतियोगिता भएकाले देशभरका जुनसुकै टिमलेपनि सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ । टिममा राष्ट्रिय खेलाडीहरु आवश्यक्ता अनुसार सहभागी गराउन… पुरा पढौ

गण्डकी प्रदेशमा किराती भाषिक तथा सांस्कृतिक अवस्थामाथि पोखरामा विमर्श

पोखरा, २२ असार । गण्डकी प्रदेशमा बसोबास गर्दै आएका किराती समुदायको भाषा र संस्कृतिका विविध पक्षमाथि एक दिवसीय गोष्ठी मार्फत पोखरामा गहन विमर्श सम्पन्न भएको छ। नेपाल प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा किरात अध्ययन तथा अनुसन्धान केन्द्र, कास्कीको आयोजनामा भएको सो गोष्ठीमा विभिन्न विज्ञ, प्राज्ञ तथा समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै अनुसन्धानकर्ता प्रदीप कुलुङले गण्डकी प्रदेशमा किराँत समुदायको बसोबास २०२० सालदेखि सुरु भएको तथ्य प्रस्तुत गरे। गोर्खा भर्तीको सिलसिलामा मगर र गुरुङ समुदायसँगको निकटताका कारण विशेषगरी पोखरा क्षेत्रमा किराँत… पुरा पढौ